६५ बर्ष देखी सिंगापुरमा एउटै पार्टीको सरकार, फेरी जित्यो पिएपीले ९७ मध्ये ८७ सिट

सिंगापुर । सिंगापुरमा भएको १४ औं आमचुनावमा प्रधानमन्त्री लरेन्स वोङ र उनको पिपुल्स एक्सन पार्टी (पीएपी) ले फेरि जित हासिल गरेको  छ ।सो पार्टीले सिंगापुरको ९७ संसदीय सिटमध्ये ८७ सिट प्राप्त गरेको छ । सिंगापुरको यी सबै सिटमा उम्मेदवारी दिने एकमात्र पार्टी पीएपी नै थियो ।यसबाहेक करिब ११ राजनीतिक दल तथा २ सय ११ उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।सन् १९६५ देखि लगातार सत्तामा रहेको सो पार्टी सन २०२५ को आम निर्वाचनमा पनि भारी जित हासिल गरेको छ ।

 

 

यो जितपछि प्रधानमन्त्री वोङले बलियो जनादेशका लागि हामी कृतज्ञ रहेको बताए । ‘हामी अझै कडा मेहनत गरेर तपाईंको विश्वासको सम्मान गर्नेछौं’ जीत पछि उनले भने । सन् १९४८ मा भएको पहिलो आम निर्वाचनपछि यो सिंगापुरको १९औँ आम निर्वाचन थियो र सन् १९६५ मा स्वतन्त्र भए पछिको १४औँ निर्वाचन हो ।यस निर्वाचनमा नेसिपी र वर्कर्स पार्टीबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो । तर, वर्कर्स पार्टीले २६ सिटमा मात्रै चुनाव लडेर सुरूमा नै मैदानमा कमजोर प्रस्तुति दियो ।

 

 

खासमा १५ मे २०२० मा सिंगापुरले २० वर्ष पछि नयाँ प्रधानमन्त्री पाएको थियो । राष्ट्रपति थर्मन सानमुग रत्नमले अर्थशास्त्री लरेन्स वोङलाई देशको चौथो प्रधानमन्त्रीका रूपमा सपथ ग्रहण गराएका थिए ।  यसअघि सिएन लुङ यहाँ २० वर्षसम्म प्रधानमन्त्रीको पदको जिम्मेवारीमा रहिरहेका थिए । वोङ नै सिंगापुरको पहिलो प्रधानमन्त्री बनेका छन, जो देशको स्वतन्त्रता पछि जन्मेका हुन् ।

 

 

 

लरेन्स वोङको राजनीतिक करियरको बारेमा कुरा गर्दा उनी २०२० मा पाण्डेमिक टास्क फोर्सको सह अध्यक्षको रूपमा काम गर्दा चर्चामा आएका थिए। त्यस समय देखि वोङ देशमा समाचारमा छाइनै रहे । यही कारण उनको लोकप्रियताका कारण २०२२ मा उनलाइ उत्तराधिकारी बनाइएको थियो। र, प्रधानमन्त्री लरेन्स वङलाई सन् २०२४ मा देशको चौथो प्रधानमन्त्री बनाइएको थियो।

 

 

प्रधानमन्त्री बनेपछि वोङको यो पहिलो निर्वाचन हो। जुन देशको वर्तमान अवस्थालाई हेर्दा अप्ठ्यारो मानिएको थियो । किनभने मुद्रास्फीति र आप्रवासीको बढ्दो भीड यहाँको मुख्य समस्या बनेको थियो। यद्यपि, यी सबै समस्याहरूलाई पार गर्दै वोङले आफ्नो पहिलो चुनाव जिते र आफ्नो पार्टीको जारी जीतलाई पनि कायम राखे ।पिएपीले स्वतन्त्रतादेखि नै देशको नेतृत्व गरिरहेको छ ।

 

 

 

सन् १९४८ मा सिंगापुरमा पहिलो पटक आम निर्वाचन भएको थियो । यसपछि सन् १९६५ मा देश स्वतन्त्र भयो। स्वतन्त्रतापछि सिंगापुरको यो १४औँ आम निर्वाचन थियो, जसमा पीएपी पार्टी विजयी भएको थियो। सिंगापुर स्वतन्त्र भएदेखि नै पीएपीको नियन्त्रणमा छ। सिङ्गापुरमा अरु धेरै दलहरु भए पनि पछिल्लो ६५ वर्षमा सिंगापुरमा कुनै पनि पार्टीले सरकार बनाउन सकेको छैन । खासमा यहाँ कुनै पनि दलले पीएपीसँग प्रतिस्पर्धा गर्न सकेको छैन । नतिजा सार्वजनिक भएपछि प्रधानमन्त्री लरेन्स वोङले आफ्ना समर्थकहरूको अभिवादनलाई थम्ब्स अप दिएर स्वीकार गरे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९