राजनीतिमा यौवन : सोचको ताजगी कि उमेरको विद्रोह?

पक्कै पनि युवाले ताजगी ल्याउँछन्, तर अनुभवले स्थायित्व दिन्छ। कम उमेरका नेताहरूले नवीन विचार ल्याउन सक्छन्, जनतासँग जोडिन सक्छन्, तर अन्तर्राष्ट्रिय मञ्चमा सहमति निर्माण गर्न, राष्ट्रिय नीतिमा स्थायित्व ल्याउन र संवेदनशील निर्णयमा परिपक्वता देखाउन अनुभवको महत्व अझै रहन्छ।

 

– प्रकाश रेग्मी

समाजको अगुवाइ गर्ने व्यक्ति नै साँचो अर्थमा नेता हो। यो भूमिकाको सुरुवात आदिम समाजदेखि भएको पाइन्छ, जहाँ शारीरिक क्षमता, साहस र रणनीतिक सिपका आधारमा नेतृत्व उभिन्थ्यो। समय फेरियो, समाज परिष्कृत हुँदै गयो, र नेतृत्व चयनका तरिका पनि बदलिँदै आए। आज नेतृत्व केवल शक्ति प्रदर्शनको माध्यम होइन, साझा उद्देश्यतर्फ समन्वयकारी यात्राको दिशानिर्देशक बन्न पुगेको छ।

 

राजनीतिक नेतृत्वको विकास कुनै एकपल्टको घटना होइन, यो एउटा प्रक्रिया हो। सम्भावनाहरूको पहिचानदेखि जिम्मेवारी ग्रहण गर्न सक्ने हैसियतमा पुग्दासम्मको यात्रामा तालिम, अनुभव र परिपक्वताको समिश्रण हुन्छ। यहाँ प्रश्न उठ्छ, जब नेतृत्व परिपक्वतासँग गासिएको हुन्छ, तब त्यो परिपक्वता कुन बिन्दुमा गइसकेपछि बोझ बन्न थाल्छ?नेपाली राजनीति यतिबेला यस्तो मोडमा आइपुगेको छ, जहाँ नेतृत्वको अनुभव र यथार्थबीचको द्वन्द्व सतहमा छ। जीवनको उत्तरार्धमा रहेका नेताहरू अझै पनि निर्णायक शक्ति भएर उभिन खोजिरहेका छन्। उनीहरूको तर्क हुन्छ- हामीसँग अनुभव छ, स्थायित्व ल्याउने क्षमता छ। तर त्यो अनुभव कहिले सत्ताको मोहमा परिणत हुन्छ, छुट्याउन कठिन भइरहेको छ।

 

 

नयाँ पुस्ता राजनीति भित्रिन चाहन्छ, तर ढोका खोल्ने कुञ्जीहरू अझै पुरानै हातमा छन्। समयसँगै सोच, मूल्य र प्राथमिकता बदलिँदै जान्छन्, तर नेतृत्वमा भने परिवर्तनको गति सुस्त देखिन्छ। अनुभवी नेताको ज्ञान प्रशंसनीय छ, तर त्यो ज्ञान सत्ताको गन्धले भरिएको छ भने, त्यो शिक्षणभन्दा बढी नियन्त्रणको औजार बन्छ।

 

 

आज जनताको मनमा प्रश्न छ- पाका नेताहरू अझै किन सक्रिय छन्? के यो राष्ट्रको आवश्यकता हो, कि केवल उनीहरूको व्यक्तिगत चाहना? समाजले यति धेरै भोगेपछि अब नेतृत्वमा नयापन खोज्न थालेको छ। विकल्पको अभावले पुरानै अनुहारहरू फेरि फर्किएका हुन् कि जनताको स्मृतिमा अझै पुरानै छायाहरू बाँकी छन्?

 

अन्ततः, नेतृत्व हस्तान्तरण केवल उमेरको कुरा होइन, दृष्टिकोणको कुरा हो। यदि पाका नेताहरूले आफ्नो अनुभवलाई मार्गदर्शकको रूपमा प्रयोग गरेर नयाँ पुस्तालाई स्थान दिन्थे, त्यो राजनीतिक परिपक्वताको उच्चतम रूप हुन्थ्यो। तर सत्ता मोहले त्यो सम्भावना छायामा परेको छ।नेपालको राजनीतिको भविष्य तब मात्रै उज्यालो हुन सक्छ, जब पुरानाले ससम्मान बाटो देखाउने र नयाँले त्यो बाटोमा अग्रसर हुने साझा समझदारी बन्न सक्छ।

 

 

नेतामा हुनुपर्ने आधारभूत गुण

बुद्धिमानी : बुद्धिमान व्यक्तित्व एक कुशल नेतामा हुनुपर्ने एक प्रमुख गुण हो। चौधौं शताब्दीमा नारायण पण्डितद्वारा लिखित हितोपदेशमा भनिएको छ – जब एक राजनीतिक नेता बुद्धिमान हुन्छ, उसले घमण्ड, अहंकार र विकृत बोलीलाई घृणा गर्छ।

समझदार : ज्ञानसहितको समझदार राजनीतिक नेताले, सम्मान र इमानदारीका साथ आचरण गर्न सिकेको हुन्छ। सम्मानित नेताहरूको अधिनमा मानिसहरू फस्टाउँछन् र नैतिक रूपमा विकृत नेताको अधिनमा जनताहरूले अनेकौं दुःख भोग्नु पर्छ।

इन्साफ : कुशल नेता आफ्ना जनताप्रति समानताभन्दा पनि समतालाई आधार मानेर जनताप्रति उत्तरदायी हुन्छन्। समता भनेको समाजका तल्लो वर्गलाई थप अतिरिक्त ऊर्जा दिने उत्तरदायित्व बहन गर्न सक्नु हो। यसको अर्थ यो होइन कि नेताहरूले गरिबहरूको पक्षमा प्रणालीमा धाँधली गर्नुपर्छ।

नम्रता : जनताप्रतिको आधारभाव र नम्रताले बुद्धिमानी मानिसलाई थप बुद्धिमानी बनाउँछ। अहंकारले अपमान निम्त्याउँछ, जबकि नम्रताले बुद्धिमानी निम्त्याउँछ भन्ने कुरो अशल नेतालाई थाहा हुनु आवश्यक छ।

आत्मनिर्णय : खराब आचरणले व्यक्तिको तर्क राख्ने र निर्णय लिने प्रक्रियामा अबरोध पैदा गर्दछ। मद्यपान, अनैतिक शारीरिक सम्बन्ध र रिसजस्ता आचरणले आत्मनिर्णयको क्षमतामा गतिरोध उत्त्पन्न गर्दछ। यस्ता किसिमका आचरणबाट नेता सधैं सजग हुनु पर्दछ।

रानजनीतिक नेतृत्व विकास प्रक्रिया

राजनीतिक नेतृत्व विकास एक बहुआयामिक प्रक्रिया हो, जसले औपचारिक शिक्षा र व्यावहारिक अनुभव दुवैलाई साथ साथै अगाडि बढाउँछ। नेतृत्व गर्ने व्यक्तिले विद्यमान राजनीतिक परिदृश्यलाई प्रभावकारी रूपमा सकारात्मक दिशातर्फ चलायमान गर्ने आवश्यक सिप र ज्ञानले सुसज्जित हुनुपर्छ। यसमा राजनीतिक प्रणालीहरू बुझ्ने, गठबन्धनहरू निर्माण गर्ने, प्रेरक सञ्चार विकास गर्ने र नैतिक निर्णय लिने क्षमता विकास गर्ने कुरा समावेश हुन्छन्। यस्तो संयोग २०६५ जेठ १५ गते नेपालका सामूहिक नेतृत्वले झन्डै २४० वर्ष पुरानो राजतन्त्र समाप्त गरेर गणतन्त्र घोषणा गर्दाको बखत भएको थियो। पृष्ठभूमिमा १० वर्षे युद्ध भए तापनि राजनीतिक परिवर्तनको समय बिन्दुमा बिनारक्तपात यति ठूलो परिवर्तन हुन सक्नु कुशल नेतृत्वको अभ्यास थियो।

कुनै पनि नेताको चरित्रले त्यस स्थानको समाजको चरित्रलाई प्रतिनिधित्व गर्दछ। समाज जस्तो किसिमको छ नेता पनि त्यस्तै हुन्छ। समाजको चरित्र एकातिर अनि नेताको चरित्र फरक किसिमको हुन सक्दैन। किनकि, उक्त्त नेता त्यही समाजको प्रतिनिधि हो।

नेताहरूको उमेर प्रारुप

संसारमा झन्डै २ सयको संख्यामा रहेका देशहरूमा इतिहासमा अहिलेसम्म सबैभन्दा बढी उमेरका शासक कम्बोडियाका चाउ सेन कोक्सल छुम हुन्। उनले आफू १०३ वर्ष र १४३ दिन को उमेर सम्म सक्रिय शासन गरेका थिए। उनको मृत्यु सन् २००९ मा भएको थियो। १०० वर्ष  भन्दाबढी उमेरका थुप्रै शासकहरू, सेलाल बायर (टर्की १०३ वर्ष), एन्टोइन पिने (फ्रान्स १०३ वर्ष), राजकुमार नारुहीको हिगाशिकुनी (जपान १०२ वर्ष), बाबिकेर अवदल्ला (सुडान १०२ वर्ष), विलेम ड्रिस (१०२ वर्ष), डाई मुई (भियतनाम १०२ वर्ष), झाङ कुन (१०२ वर्ष) सम्म शासन सत्तामा रहेर काम गरे्को इतिहास पाइन्छ।

 

 

हाल कार्यरत उमेरका हिसाबले वरिष्ठ शासकहरूमा पाँल बिया (क्यामरुनका राष्ट्रपति ९२ वर्ष ), महमूद अब्बास (प्यालेस्टिनी राष्ट्रिय प्राधिकरणको अध्यक्ष, प्यालेस्टाइन राज्यको राष्ट्रपति ८९ वर्ष), सलमान बिन अब्दुलअजिज अल साउद (साउदी अरेबियाका राजा ८९ वर्ष ), ह्याराल्ड वी (नर्वेका राजा ८८ वर्ष ), अलि खामेनी (इरानका सर्वोच्च नेता ८६ वर्ष), जीन-लुसियन सावी डे टोभे (टोगोका राष्ट्रपति ८६ वर्ष), मोहम्मद युनुस (बंगलादेशका प्रमुख सल्लाहकार ८४ वर्ष), माइकल डी हिगिन्स (आयरल्याण्ड को राष्ट्रपति ८४ वर्ष) र सर्जियो म्याटारेला (इटालीका राष्ट्रपति ८४ वर्ष) रहेका छन्।

 

 

अहिले संसारको सबैभन्दा कान्छो शासक क्रिस्ट्रुन फ्रोस्टाडोटिर हुन्। उनी आइसल्याण्डका प्रधानमन्त्री हुन्। उनी अहिले ३७ वर्षकी छिन्। यस्तै गरेर इब्राहिम ट्राओरे (बुर्किना फासोको अन्तरिम राष्ट्रपति ३७ वर्ष), डेनियल नोबोआ (इक्वेडरका राष्ट्रपति ३७ वर्ष), मिलोज्को स्पाजिक (मोन्टेनेग्रो को प्रधानमन्त्री ३८ वर्ष), पेटोङ्टार्न शिनावात्रा (थाइल्याण्डका प्रधानमन्त्री ३८ वर्ष), गेब्रियल बोरिक (चिलीका राष्ट्रपति ३९ वर्ष), महामत डेबी (चाडका राष्ट्रपति ४१ वर्ष) र असिमी गोइटा (मालीको अन्तरिम राष्ट्रपति ४१ वर्ष)का छन्।

 

 

वर्तमान समयमा सबै देशका प्रमुखहरू र उनीहरूको उमेर यो छोटो लेखमा उतार्न सम्भव भएन। त्यसैले औसतको कुरा गर्दा द इकोनोमिस्ट र डब्ल्यूएसजेका अनुसार सन् २०२५ मा विश्वका राज्यहरूको प्रमुख नेताहरूको औसत उमेर लगभग ६२ वर्षको रहेको भनिएको छ। त्यसमा राजतन्त्र र निरंकुशता भएका देशहरूमा बढी उमेरका शासकहरू बढी भएका र लोकतान्त्रिक वा प्रजातान्त्रिक मुलुकहरूमा कम उमेरका राष्ट्र प्रमुखहरू रहेका छन्।

 

 

नेपालका राजनीतिक नेताहरू र युवाहरूको धारणा

हाल कार्यरत प्रधानमन्त्री केपी शर्मा ओली ७३ वर्षका छन्। यसअघिका प्रधानमन्त्रीहरू क्रमश पुष्पकमल दाहाल सन् १९५४ मा जन्मिएका उनी पछिल्लो पटक प्रधानमन्त्री हुँदा ७० वर्षका थिए। त्यसअघि नेपालमा शेरबहादुर देउवा  प्रधानमन्त्री थिए जुन समयमा उनी ७६ वर्षका थिए। सुशील कोइरालाले सन् १९१५ मा नेपालको छिमेकी देश भारतको असहमतिमै नेपालको नयाँ गणतन्त्रात्मक संविधान घोषणा गरेका थिए, जुन बेला उनी ७७ वर्षको उमेर व्यथित गर्दै थिए।

 

 

माथि उल्लेख गरिएका नेपालका प्रधानमन्त्रीहरू वास्तवमा आन्दोलनकै गर्भ र प्रशव पीडाको अनुभूतिबाट जन्मेका र हुर्केका अहिलेका पाका नेताहरू हुन्। समयको परिवर्तनसँगै विज्ञान र प्रविधिमा भएको अद्भूत विकासले युवा वर्गमा सानै उमेरमा धरै कुरा सिकाएको छ। फेरि देशको  विद्यमान आर्थिक र सामाजिक कारणले नयाँ पुस्तालाई प्रशस्त समय प्रदान पनि गरेको छ। त्यसैले, वर्तमान युवा वर्गमा राजनीतिप्रति थप चासो बढ्नुका साथै राजनीतिक जिम्मेवारी लिनका लागि पनि तत्पर रहेको बुलन्द आवाजहरू आउन थालेका छन्।

 

 

ओशो भन्छन्- जसमा जोश छ, ऊर्जा छ, उत्साह छ, उमंग छ, सकारात्मक चेत र चिन्तनको गतिशीलता छ, ऊ नै युवा हो। उमेरको अंकले मात्र कसैलाई युवा वा पाका भनेर छुट्याउनु न्यायोचित हुँदैन भन्ने ओशोको दृष्टिकोण गहिरो छ। वास्तवमा, यथार्थ समाजमा परिवर्तन ल्याउने शक्ति त्यो हो, जसमा जीवनप्रति ताजापन, सोचमा ताजगी र कार्यशैलीमा गति हुन्छ।

 

 

नेपालका विभिन्न सहरहरूमा हालसालै निर्वाचित भएका कम उमेरका जनप्रतिनिधिहरूले त्यसैको प्रमाण दिएका छन्। उनीहरूको जोस, प्रतिबद्धता र नतिजामुखी कार्यशैलीले विकासका परियोजनाहरूमा देखिएको तीव्रता र लागत–प्रतिफलको सन्तुलनले जनतामा सकारात्मक सन्देश दिएको छ। युवा वर्गले प्रदर्शन गरेको ऊर्जा र उमंगले अब नेतृत्वको संरचना पनि बदलिनुपर्छ भन्ने आवश्यकता थप प्रस्ट पारेको छ।

आजको सन्दर्भमा युवाको चाहना केवल प्रतिनिधित्वमा सीमित छैन, उनीहरूले दृष्टिकोणमा नवीनता, कार्यशैलीमा पारदर्शिता र अन्तर्राष्ट्रिय सम्बन्धमा सन्तुलित नीति खोजिरहेका छन्। अबको आवश्यक दिशा भनेको यही हो, जहाँ देशको कूटनीतिक सन्तुलन, भूराजनीतिक संवेदनशीलता र आन्तरिक विकासबीच सशक्त समन्वय कायम गर्न सकिने दीर्घकालीन दृष्टिसहितको रणनीति निर्माण हो।

 

 

पक्कै पनि युवाले ताजगी ल्याउँछन्, तर अनुभवले स्थायित्व दिन्छ। कम उमेरका नेताहरूले नवीन विचार ल्याउन सक्छन्, जनतासँग जोडिन सक्छन्, तर अन्तर्राष्ट्रिय मञ्चमा सहमति निर्माण गर्न, राष्ट्रिय नीतिमा स्थायित्व ल्याउन र संवेदनशील निर्णयमा परिपक्वता देखाउन अनुभवको महत्व अझै रहन्छ।

 

 

वर्तमान परिप्रेक्ष्यमा भारतप्रतिको आशंका युवापुस्तामा बलियो देखिन्छ, तर यसबीचमा भारत–पाकिस्तान सम्बन्धदेखि दक्षिण एशियाली राजनीति बुझ्नेसम्मका सन्दर्भमा अनुभवी नेताहरूले देखाएको सन्तुलन र संयमताले उमेरलाई मात्र आधार बनाएर उनीहरूको आलोचना गर्नु सरल तर अपर्याप्त विश्लेषण हुन सक्छ।

 

 

 

लेख लेख्ने क्रममा अध्ययन गरिएका सन्दर्भ सामग्रीहरू र विचार–विमर्शको आधारमा मलाई लागेको कुरा के हो भने नेपाली राजनीतिमा आज न त केवल युवा नेतृत्वको अन्ध समर्थन आवश्यक छ, न त पाका नेताको निरन्तरता। आजको आवश्यकता हो – ऊर्जा र अनुभवको संयोजन।जहाँ युवा दृष्टिकोणले मार्ग तय गर्छ र पाको विवेकले गति निर्धारण गर्छ। जहाँ नेताको मूल्यांकन उमेरले होइन, दृष्टिकोण, प्रतिबद्धता र नतिजाले गरिन्छ। त्यो नेतृत्व नै देशको मुहार फेरिदिने छ, जहाँ उमेरभन्दा माथि सोचको परिपक्वता र समाजप्रतिको जिम्मेवारी मूल्यांकनको आधार हुने छ।

(भरतपुर चितवन, हाल अमेरिका)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

श्रष्टा सुवेदीलाई ‘चुडामणि साहित्य पुरस्कार’

झापा,  लेखनाथ पुस्तकालयले नेपाली भाषा र साहित्यमा झर्रो शैलीको प्रयोगमा योगदान पुर्याए वापत साहित्यकार जीवनाथ सुवेदीलाई यस वर्षको ‘चुडामणि रेग्मी भाषा साहित्य पुरस्कार’ प्रदान गर्ने भएको छ ।भाषाविद् चुडामणि रेग्मीको सम्मानमा स्थापना भएको उक्त पुरस्कार राशि नगद रु २५ हजार पुस्तकालयका अध्यक्ष नवराज घिमिरेले...

डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना

अमरगढी (डडेल्धुरा), डडेल्धुरा सार्वजनिक पुस्तकालयले ‘डोट्याली सङ्ग्रहालय’ स्थापना गरेको छ ।  विक्रम संवत् २०६१ मा स्थापना भएको पुस्तकालयले २०७३ सालदेखि सुदूरपश्चिमको परम्परागत जीवनशैली, रहनसहन र सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने उद्देश्यसहित सङ्ग्रहालयमार्फत पुराना सामग्री सङ्कलन र संरक्षण गर्ने काम सुरु गरेको हो ।   पछिल्लो समय ग्रामीण...

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ,  कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्यनयका क्रममा ६४० मेगावाट क्षमता कायम गर्दा उपयुक्त हुनेगरी निर्धारण गरिएको हो ।     हाल आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारी भइरहेको छ ।...

अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं,  बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना अभिवृद्धि गर्नुका साथै प्रभावित देशहरूमा राष्ट्रियस्तरमा सुरुङ निवारण क्षमताको विकास गर्न दिगो अन्तरराष्ट्रिय सहयोग आह्वान गर्दै आज विश्वका विभिन्न मुलुकमा अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदैछ ।       सन् २००५ डिसेम्बर ८ मा...

सिँचाइ सुविधा उपलब्ध नहुँदा कञ्चनपुरमा चैते धानबाली घट्यो

दोधारा चाँदनी (कञ्चनपुर),  चैते धानको खेती गर्ने किसानको सङ्ख्या घटेको छ । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार चैते धान लगाउने कृषकको सङ्ख्या हरेक वर्ष घट्दै गएको छ । केही वर्षअघि सम्म जिल्लामा ४०० हेक्टरमा चैते धान खेती हुने...

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन,  यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म रु १२ करोड ३० लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १० करोड ६४ लाख ४३३ अर्थात् ८६ प्रतिशत मात्र राजस्व असुली...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली,  कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ः०० बजेबाट अधिवेशन अन्त्य गर्नुभएको जानकारी सभामुख नन्दा गुरुङले दिनुभयो । सभामुख गुरुङले सातौँ अधिवेशनमा सम्पादन गरेका प्रमुख कार्यहरु मध्ये कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना...

शिवशक्ति ग्रामीण विद्युत सहकारीको अध्यक्षमा दल बहादुर तिरुवा चयन

कैलाली — कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डा, खैरेनीस्थित शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन गरिएको छ। संस्थाको अध्यक्षमा दल बहादुर तिरुवा चयन भएका छन्।   उपाध्यक्षमा शिवचरण डंगौरा थारु, सचिवमा गोविन्द बहादुर बुडाक्षेत्री र कोषाध्यक्षमा अमृता देवी खत्री चयन भएका छन्।   सदस्यहरूमा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्यको समझदारी

दोधारा चाँदनी (कञ्चनपुर),  तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयबीच अध्ययन अनुसन्धान र प्राज्ञिक सहकार्यका लागि बुधबार त्रिपक्षीय समझदारी भएको विश्वविद्यालयका सूचना अधिकारी नवीनबहादुर बमले जानकारी दिनुभयो ।       उहाँका अनुसार विश्वविद्यालय अनुदान आयोगका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी, बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरेको हो । उक्त केन्द्रबाट जिल्ला सदरमुकाम बेनीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गलाघाट–२ को बगरफाँट र ६ को डम्मराका बासिन्दा लाभान्वित...

गोलबजार मेयर गोल्डकप: उद्घाटन खेलमा इटहरी विजयी

सिरहा,  सिरहाको गोलबजार नगरपालिकामा सोमबारदेखि सुरु भएको नवौँ संस्करणको ‘गोलबजार मेयर गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा राष्ट्रिय जागृति क्लब, इटहरी विजयी भएको छ । गोलबजार नगरपालिका-२ गुरुधामस्थित खेलग्राममा भएको प्रतिस्पर्धात्मक उद्घाटन खेलमा हेटौँडा फुटबल एकेडेमीलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै इटहरीले सुखद...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९