लम्कीचुहाको नीति तथा कार्यक्रम : कृषि, रोजगारीदेखि समृद्ध पालिकासम्म

लम्की। कैलालीको लम्कीचुहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम ल्याएको छ । सोमबार नगरपालिकाको १५ औँ नगर सभाको पहिलो बैठकबाट नगरपालिकाले आर्थिक वर्ष ०८२/०८३ का लागि नीति तथा कार्यक्रम ल्याएको हो ।

 

नगर प्रमुख सुशीला शाहीले १५ औँ नगर सभामा पेश गरेको नीति तथा कार्यक्रममा कृषि, रोजगारी, पूर्वाधार विकास र सामाजिक समावेशीताको सन्तुलित संयोजनमार्फत समृद्धिको बाटोमा अघि बढ्ने देखिएको छ ।

 

नीति तथा कार्यक्रमका प्रमुख प्राथमिकताहरुमा कृषिमा आत्मनिर्भरता, युवा रोजगारी सिर्जना, पूर्वाधार विकास, शिक्षाको गुणस्तर सुधार, वातावरणीय संरक्षण, सुशासन र नागरिक सेवा प्रवाहलाई सुदृढ बनाउने योजना उल्लेख गरिएको छ ।

 

आगामी आर्थिक वर्षमा लम्कीचुहा कृषि उत्पादनमा आत्मनिर्भरता लक्ष्य बन्न लिएको छ । लम्कीचुहाले कृषि क्षेत्रमा नविनतम प्रविधिको प्रयोग गर्दै स्थानीय उत्पादनमा आत्मनिर्भर हुने योजना अघि सारेको छ । ‘एक वडा एक विशेष कृषि कार्यक्रम’ मार्फत कृषिजन्य उत्पादनको पहिचान र प्रवद्र्धन गरिने, कृषिमा यान्त्रीकरण, सिंचाइ विस्तार, बीउ अनुदान, भण्डारण तथा बजारीकरणलाई प्राथमिकता दिइने नीति तथा कार्यक्रम रहेको छ ।

 

नगर प्रमुख सुशीला शाही कार्यकालको चौथो नीति कार्यक्रममा बढ्दो बेरोजगारी समाधान गर्न नगरपालिकाले सीप विकास तालिम, व्यवसायिक प्रोत्साहन तथा उद्यमशीलताको विकासमा जोड दिने नीति लिएको छ । यसैगरि लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन गरी स्थानीय उत्पादन र रोजगारीको अवसर बढाउने नीति लिइएको । त्यस्तै पूर्वाधार र समृद्धितर्फ भौतिक पूर्वाधारको सुदृढीकरण मार्फत दिगो विकास र समृद्ध पालिका निर्माणलाई अगाडि सारिएको छ । सडक विस्तार, खानेपानी, ढल व्यवस्थापन, नाली निर्माण, सार्वजनिक भवन निर्माणजस्ता योजना समेटिएका छन् ।

 

शिक्षा, स्वास्थ्य र वातावरणतर्फ गुणस्तरीय शिक्षाका लागि डिजिटल शिक्षाको प्रवद्र्धन, शिक्षक तालिम, विद्यालय भौतिक पूर्वाधार सुधार लगायतका कार्यक्रम समावेश छन् । स्वास्थ्य क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा पहुँच वृद्धि र गुणस्तर सुधारमा ध्यान दिइएको छ । साथै, वातावरण संरक्षणका लागि हरियाली विस्तार, फोहोर व्यवस्थापन र जलवायु अनुकूलन रणनीति अपनाइने नीति लम्कीचुहाको रहेको छ ।

 

महिला, बालबालिका, दलित, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक लगायतको अधिकार सुनिश्चित गर्न लक्षित कार्यक्रम अघि सारिएको छ। डिजिटल प्रशासन, सेवा प्रवाह सहज र पारदर्शी बनाउने योजना नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

 

‘लम्कीचुहा समृद्धिको आधार : शिक्षा, कृषि, पर्यटन र पूर्वाधार’ को उदेश्यलाई लाई यही नीति तथा कार्यक्रमबाट प्राप्त गर्ने नगरपालिकाको अपेक्षा गरेको छ ।

 

लम्कीचुहाको नीति तथा कार्यक्रम हेर्नको लागि यहाँ क्लिक गर्नुहोला ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

राष्ट्रपति पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा भाग लिन दोहा जानुहुँदै

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० सम्म आयोजना हुने  ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुनुहुने भएको छ । कतारका अमीर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ सम्मेलनमा...

प्रधानन्त्रीको आह्वानमा त्रिपक्षीय छलफल सुरु

काठमाडौँ,  प्रधानमन्त्री सुशीला कार्कीको अह्वानमा सरकार, राजनीतिक दल र जेनजी समूहको त्रिपक्षीय छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जनाको सहभागिता रहेको छ । निर्वाचनको वातावरण बनाउन पहिलो पटक हुन लागेको यस प्रकारको महत्त्वपूर्ण...

चितवनमा मौरी चरन क्षेत्र अभाव

चितवन, जिल्लाका मौरी पालक किसानले मौरी चरनका लागि बाहिरी जिल्ला लैजान थालेका छन् । यहाँ मौरीका लागि चरनको अवस्था यो मौषममा नहुने भएकाले जिल्ला बाहिर लैजान थालेका हुन् । मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अङ्गाइका अनुसार अहिलेको समयमा चरन क्षेत्रको अभाबका कारण यहाँका...

ट्रम्प–ताकाइचीबीच ‘नयाँ स्वर्ण युग’को घोषणा

टोकियो,  (रासस/एएफपी) : अमेरिकासँग महत्त्वपूर्ण खनिज सुरक्षा सम्झौता गर्नुअघि जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीले मङ्गलबार टोकियोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका क्रममा दुवै देशबीचको सम्बन्धलाई ‘नयाँ स्वर्ण युग’ मा प्रवेश गराउने वाचा गर्नुभएको छ ।   जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले ट्रम्पको द्वन्द्व मध्यस्थतामा भूमिकाको प्रशंसा...

राष्ट्रपति पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा भाग लिन दोहा जानुहुँदै

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० सम्म आयोजना हुने  ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुनुहुने भएको छ । कतारका अमीर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ सम्मेलनमा...

राष्ट्रपति पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा भाग लिन दोहा जानुहुँदै

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० सम्म आयोजना हुने  ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुनुहुने भएको छ । कतारका अमीर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ सम्मेलनमा...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण : दुई सय घरपरिवार लाभान्वित

म्याग्दी, ११ कात्तिक : मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

जातीय विभेदको मुद्दामा फरार प्रकाश चन्द दिल्लीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै

बैतडी । जिल्ला अदालत बैतडीबाट जातीय विभेदको कसुरमा दोषी ठहर भई ४ महिनाको कैद सजाय सुनाइएका प्रकाश चन्द भारतको दिल्ली गुडगावस्थित बजाज कम्पनीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै आएका छन् । जता जहाँ गए पनि विवादास्पद क्रियाकलाप गर्ने उनी घरपरिवारको नजरमा समेत घृणित सदस्यका रूपमा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

त्रिविद्वारा शैक्षिक क्यालेण्डर सार्वजनिक

काठमाडौँ,  त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि सुरु हुने शैक्षिकसत्रका लागि ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरेको छ । त्रिविले यसै शैक्षिकसत्रका लागि स्नातक तह वार्षिक परीक्षा र सेमेष्टर प्रणाली तथा स्नातकोत्तर तह सेमेष्टर प्रणालीको ‘शैक्षिक क्यालेण्डर’ मङ्गलबार सार्वजनिक गरेको हो ।   त्रिविका शिक्षाध्यक्ष प्रा डा खड्ग केसीले...

सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ आज विश्व पक्षाघात दिवस मनाइँदै

काठमाडौँ, सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थाको सहयोगमा नेपालसहित विश्वका विभिन्न मुलुकमा आज विविध चेतनामूलक कार्यक्रम आयोजना गरेर विश्व पक्षाघात दिवस मनाइँदै छ ।चिकित्सकहरूका अनुसार पक्षाघात एक जटिल शारीरिक समस्या हो । यो मानव मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने...

दोस्रो पथरी शनिश्चरे गोल्डकपको तयारी पूरा

पथरी (मोरङ), दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ । यही कात्तिक १५ देखि २२ गतेसम्म सञ्चालन हुन लागेको खेलमा ‘ए’ डिभिजनसहितका आठ समूहको सहभागिता रहनेछ । आयोजक इन्ट्रा पथरी–११ फुटबल क्लबले यहाँ पत्रकार सम्मेलनमार्फत टाइसिट तथा ट्रफी सार्वजनिक गर्दै खेलको...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९