काठमाडौं। राज्य व्यवस्था तथा सुशासन समितिबाट ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित भएको छ ।समितिमा बाँकी रहेका कुलिङ पिरियड र कर्मचारीको अवकाश उमेर ६० वर्ष बनाउने सहमति भएसँगै समितिवाट बिधेयक पारित भएको हो । जसअनुसार अब निजामती कर्मचारीको उमेर हद ६० वर्ष हुनेछ ।उता, कर्मचारीको ‘कुलिङ पिरियड’ दुई वर्ष राख्ने बिषयमा पनि समितिमा सहमति जुटेको छ भने निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ वर्षसम्म र महिलाको ३९ वर्षसम्म राखिएको छ।
कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा तथा खैरेनी क्षेत्रमा अवस्थित शिवशक्ति ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेका कारण स्थगित गरिएको छ। संस्थाले २०८२ साल नौ महिना २९ गतेका लागि वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गर्दै कुल...


























































































































































