काठमाडौं। राज्य व्यवस्था तथा सुशासन समितिबाट ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित भएको छ ।समितिमा बाँकी रहेका कुलिङ पिरियड र कर्मचारीको अवकाश उमेर ६० वर्ष बनाउने सहमति भएसँगै समितिवाट बिधेयक पारित भएको हो । जसअनुसार अब निजामती कर्मचारीको उमेर हद ६० वर्ष हुनेछ ।उता, कर्मचारीको ‘कुलिङ पिरियड’ दुई वर्ष राख्ने बिषयमा पनि समितिमा सहमति जुटेको छ भने निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ वर्षसम्म र महिलाको ३९ वर्षसम्म राखिएको छ।
मुस्ताङ, यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु गरिएको छ । गाउँपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालयले सेवा प्रवाह गर्न थालेको हो ।आन्तरिक राजस्व कार्यालय बाग्लुङले व्यक्तिगत तथा व्यावसायिक उद्योग दर्तासम्बन्धी जिम्मेवारी लोमान्थाङ गाउँपालिकालाई अख्तियारी दिएको छ । उद्योग तथा व्यक्तिगत व्यवसाय दर्तासम्बन्धी सम्पूर्ण...



















































































































































