सहमतिको आधारमा नयाँ नेतृत्वः बीच भुरुवा विद्युत सहकारीको कार्यसमिति पदस्थापन सम्पन्न

लम्की । बीच भुरुवा ग्रामिण विद्युत सहकारी सँस्था लि.को नव निर्वाचित कार्य समितिका पदाधिकारीलाई सपथ ग्रहण तथा पदस्थापना गरिएको छ । लम्की स्थित किसान बहुउद्देश्यीय सहकारी सँस्थाको सभा हलमा शनिवार कार्य समितिका पदाधिकारी तथा लेखा समितिका पदाधिकारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण सहित पदास्थापना गरिएको छ ।

 

निर्वाचन समितिका संयोजक लोकराज खनालले १८ औँ साधारण सभाबाट निर्विरोधरूपमा नौ सदस्यीय कार्य समिति र तीन सदस्यीय कार्य समितिलाई पद तथा गोपनीयताको सपथ दिलाएका थिए । त्यस्तै सँस्थाका निर्वतमान अध्यक्ष लक्ष्मण रेग्मीले नवनिर्वाचित अध्यक्ष बुद्धिमान जैसी(वसन्त)लाई पदस्थापना गराएका थिए ।

 

संस्थाको १८ औँ साधारण सभाबाट अध्यक्षमा बसन्त जैसी निर्वाचित भएकोमा उपाध्यक्षमा देउशर्मा जैसी, सचिवमा बिना भट्टराई र कोषाध्यक्षमा प्रेम बहादुर आले मगर छन् । त्यस्तै सदस्यहरूमा जमान सि रावल, डिल्ली प्रसाद जैसी, राजेश विष्ट, राधिका देवी भण्डारी र योगेश न्यौपाने छन् ।

 

तीन सदस्यीय लेखा सुपरीवेक्षण समितिको संयोजकमा ललित कुमार न्यौपाने छन् भने सदस्यमा भागीराम चौधरी र सर्प सिंह विश्वकर्मा छन् ।

 

सपथ ग्रहण पदास्थापना आफ्नो भनाई राख्दै लम्कीचुहा नगरपालिका वडा नं. १ का अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि नेप प्रसाद खनालले तमाम अवरोध र वाधाका बीचमा सँस्थाको नयाँ कार्यसमिति विना निर्वाचन सहमतिको आधारमा चयन गर्न आफूहरू सफल भएको बताए ।

 

शपथ ग्रहण तथा पदस्थापन कार्यक्रममा आफ्नो भनाइ राख्दै लम्कीचुहा नगरपालिका वडा नं. १ का अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि नेत्र प्रसाद खनालले तमाम अवरोध र बाधाका बीचमा संस्थाको नयाँ कार्य समिति विना निर्वाचन सहमतिका आधारमा चयन गर्न सफल भएको बताए।

 

‘भरुवालाई हेर्ने दृष्टिकोण हिजोका दिनमा ठीक थिएन। समाजलाई विखण्डन गर्ने तत्वहरू सक्रिय थिए। पछि मेरो नेतृत्वमा नै समाजलाई एकवद्ध गर्दै अगाडि बढ्यौं,’ अध्यक्ष खनालले भने, ‘बीच भुरुवा ग्रामीण विद्युत सहकारीको विषयमा पनि त्यस्तै हुन थालिसकेको थियो। विभिन्न अवरोध र बाधाहरू आएका थिए, तर हामी सौहार्दपूर्ण वातावरणमा विना निर्वाचन नयाँ कार्य समिति चयन गर्न सफल भएका छौं।’

 

त्यस्तै निर्वतमान अध्यक्ष लक्ष्मण रेग्मीले निर्वाचन गर्दा एकतिर सँस्थाको व्यायभार बढ्ने र अर्कोतर्फ १ हजार २६ उपभोक्तालाई दुःख हुने भएको कुरालाई महसुस गर्दै हामीले निर्वाचन नगर्ने र सहमतिको आधारमा नयाँ कार्य समितिको चयन गर्दै नयाँ सन्देश दिने योजना सफल भएको बताए ।

 

‘निर्वाचन गर्नुपर्छ भन्दै म कहाँ धेरै प्रस्तावहरू आएका थिए। तर, मलाई लाग्यो निर्वाचन गर्दा संस्थाको खर्च बढ्ने र उपभोक्तालाई असर पर्नेछ,’ रेग्मीले भने, ‘त्यही कारण म निर्वाचन नगर्ने पक्षमा थिएँ। मैले एउटा खाका तयार पारेँ र सम्बन्धित सबैले त्यसलाई स्वीकार गर्नुभयो। सहमतिका आधारमा कार्य समिति चयन गर्दै समाजमा नयाँ सन्देश दिन सक्यौं।’

 

नवनिर्वाचित अध्यक्ष वसन्त जैसीले आफ्नो प्रतिबद्धता व्यक्त गर्दै भने, ‘आफ्नो कार्यकालमा उपभोक्ताको जीवनस्तर उकास्ने लक्ष्य लिएको छु । उपभोक्ताको पैसाबाट संस्था उपभोक्ताकै हितमा काम गर्नुपर्छ भन्ने मेरो धारणा हो ।’

 

उनले थपे, ‘मुख्य रूपमा संस्थालाई उत्पादनसँग जोड्दै समुदायलाई समृद्ध बनाउने काम गर्नेछौं । बचत र ऋणको मात्र कारोबार गर्नु भन्दा पनि उपभोक्ताका समूहमा लगानी गर्दै उत्पादनसँग जोड्नेछौं।’

 

त्यस्तै अध्यक्ष जैसीले पहिलो बैठकबाट विज्ञहरूको सुझावको आधारमा विद्युत महसुलको दर घटाउने पनि बताए ।

 

कार्यक्रममा वडा सदस्य शिद्धराज तिमिल्सेना, किसान बहुउद्देश्यीय सहकारी सँस्थाका महा प्रबन्धक डम्बर शाह, डिल्ली प्रसाद गड्तौला, गीता गड्तौला थापा, चक्र खनाल, कमल खनाल, पूर्ण जैसी, चन्द्र बि.क., टेक राज कठायत र देविराम जैसीले आफ्नो भनाई राखेका थिए ।

 

अधिकांश वक्ताले नयाँ कार्य समितिलाई बधाई व्यक्त गर्दै उपभोक्ताको हितमा काम गर्नुपर्ने बताएका थिए । त्यस्तै वक्ताले सहमतिको आधारमा नयाँ कार्य समितिको चयन हुनुले लम्कीचुहामा एक किसिमको नयाँ सन्देश प्रवाह गरेको धारणा राखेका थिए । यो कार्य समितिको अवधि चार वर्षको हुने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४८ रुपैयाँ तीन पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ४१ पैसा र बिक्रीदर १७१...

नयाँ सरकारसँग युवाको अपेक्षाः सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी

काठमाडौँ,  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति देशभरका युवापुस्ताको चासो र अपेक्षा बढेको छ । ‘जेनजी’ पुस्ताका युवाहरूले आगामी सरकारबाट सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र प्रणालीगत सुधारको अपेक्षा गरेका छन् ।     प्रतिनिधिसभा सदस्यमा निर्वाचित नवयुवाको उपस्थितिका कारण पनि युवामैत्री...

सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौँ,  मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनकोे मूल्य रु दुई हजारले बढेको छ भने चाँदी मोल स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १९ हजार कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

भोजपुरमा हिउँदे आलु थन्काउन किसान व्यस्त

भोजपुर, यहाँका किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन् । खेतबारीमा लगाइएको आलु परिपक्व भएपछि किसानहरू बिहानैदेखि साँझसम्म आलु भण्डारण गर्न बारीमा खटिएका देखिन्छन् । जिल्लाका विभिन्न गाउँबस्तीमा किसानले आलु खन्ने, छानेर बोरा भर्ने, सुकाउने र घरमा भित्र्याउने काम गरिरहेका हुन् ।   जिल्लाका ग्रामीण...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट (बागलुङ),  बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ ।   यस क्षेत्रका ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिनुका साथै २२ जनाको बुर्तिबाङ अस्पताल उपचार...

कञ्चनपुर–२ बाट नवनिर्वाचित रास्वपा नेता बोहराद्वारा महाकाली अस्पतालको निरीक्षण

दोधारा चाँदनी (कञ्चनपुर),  कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक बोहराले महाकाली प्रादेशिक अस्पताल निरीक्षण गरी सेवा–सुविधाबारे जानकारी लिनुभएको छ । आज निर्वाचित भएपछि उहाँ अस्पतालको सेवा सुविधाबारे जानकारी लिन अस्पताल पुग्नुभएको थियो । उहाँलाई...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९