
कैलाली । ‘ दोस्रो विद्यालय स्तरीय प्रदेश व्यापी छात्रा : छात्र फुटबल प्रतियोगिता २०८२ हुने भएको छ ।
बर्दगोरिया स्पोर्ट्स एण्ड ईभेण्टसको आयोजनामा मंसिर २ गते देखि १३ गतेसम्म माध्यमिक विद्यालयस्तरीय प्रतियोगिताको आयोजना गर्ने भएको हो । प्रतियोगितामा कक्षा १० सम्ममा अध्ययनरत विद्यार्थीले मात्र सहभागिता जनाउन सक्नेछन् ।
‘दोस्रो विद्यालय स्तरित प्रदेश व्यापी छात्र : छात्रा फुटबल प्रतियोगिता २०८२ ’ नाम दिइएको प्रतियोगिता मुडा बजार स्थित खेल मैदानमा हुने संस्थाका अध्यक्ष प्रमोद मल्लले जानकारी दिए ।
प्रतियोगितामा छात्र : छात्रा तर्फ प्रथम हुनेलाई १ लाख १ हजार र द्धितिय हुनेलाई ५१ हजारका साथै ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ ।
प्रतियोगितामा विद्यार्थी खेलाडीहरुको उमेर १९ बर्ष मुनिको हुनुपर्ने छ । उमेर खुल्ने कागजात अनिवार्य उपलब्ध गराउनुपर्ने, खेलाडी अनिवार्य रुपमा पोशाकमा उपस्थित हुनुपर्ने लगायतका नियम पनि आयोजकले जनाएको छ ।
पहिलो संस्करणको छात्र तर्फ बर्गिस टिकापुर उपाधी उचाल्न सफल भएको थियो भने छात्रा तर्फ कर्णालि मा वि टिकापुर उपाधी चुम्न सफल भएका थिए ।
पहिलो संस्करणको सफलता र विद्यार्थी खेलाडीको मागलाई मध्य नजर गर्दै आयोजकले यसपटक प्रदेश स्तरिय प्रतियोगिता आयोजना गर्न लागेको हो । फुटबल प्रतियोगिताले विद्यार्थीको खेल प्रतिको रुचि बढाउनुका साथै स्वस्थ रहन महत्त्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरिएको छ ।
प्रतियोगितामा छात्र : छात्रा तर्फ प्रतियोगिताकै उत्कृष्ट खेलाडी लाई नगद १० हजार, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डिङ, सर्बाधिक गोलकर्ता र उदयिमान खेलाडीलाई छात्र : छात्रा तर्फ जनही ७ हजार ५ सय, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन ।