दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए नयाँ जीवन

काठमाडौं – दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको कलेजो र मिर्गौलाबाट दुई जनाले नयाँ जीवन पाएका छन्।भक्तपुरस्थित धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका एकै व्यक्तिको कलेजो र मिर्गौला दुई जनामा प्रत्यारोपण गरेको हो।केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठका अनुसार ती मृतक युवाको दुई महत्वपूर्ण अंगबाट ५३ वर्षीय पुरुषमा कलेजो र एउटा मिर्गौला तथा ४० वर्षीया महिलामा एउटा मिर्गौला प्रत्यारोपण गरिएको हो।

 

 

‘एउटै व्यक्तिका दुई अंग अन्य दुई जना बिरामीमा प्रत्यारोपण गरिएको नेपालमा यो पहिलो पटक हो,’ आइतबार पत्रकार सम्मेलनमा डा. श्रेष्ठले भने।श्रेष्ठका अनुसार दुबै बिरामीले अहिले स्वास्थ्यलाभ गरिरहेका छन्। एकै जनाको अंग दुई जनामा प्रत्यारोपण जटिल भए पनि अधिकतम् प्रयासबाट सम्भव भएको श्रेष्ठले बताए।

 

 

 

उनका अनुसार जेठ १ गते मोटरसाइकल दुर्घटनामा सख्त घाइते भएका ती युवकलाई काठमाडौं मेडिकल कलेज (केएमसी) सीनामंगल पुर्‍याइएको थियो। उनको केएमसीमा मृत्यु भयो। मृत्युपछि युवकका परिवारले  दुबै अंग कलेजो र मिर्गौला दान गर्ने घोषणा गरेपछि त्यही दिन प्रत्यारोपण गरिएको हो।

 

 

 

केएमसीकी डा. कल्पना घिमिरेले मस्तिष्क मृत्युपछि अंग प्रत्यारोपण गरेर अन्य व्यक्तिको जीवन बचाउन सकिने भन्दै मृतक युवकका परिवारसँग समन्वय गरेकी थिइन्।त्यसपछि तुरुन्तै ती युवकको मिर्गौला र कलेजो झिकेर कृत्रिम अक्सिजन दिई भेन्टिलेटरमा राखियो। मस्तिष्क मृत्युपछि १२ घन्टा नबित्दै अंक झिकेर सुरक्षित गर्न सकिए अन्य व्यक्तिमा प्रत्यारोपण गर्न सम्भव हुन्छ।

 

 

 

डा. श्रेष्ठका अनुसार मस्तिष्क मृत्यु भएको ६ घन्टाभित्र कलेजो झिक्न सकिए अन्य व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ। त्यस्तै, ९ घन्टाभित्र मिर्गौला झिकेर सुरक्षित गरिए अन्य व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ।‘जति ढिलो भयो उति अंगले काम गर्न नसक्ने भएकाले जतिसक्दो चाँडो मृत्यु भएका व्यक्तिबाट अंग निकालेर सुरक्षित राख्नुपर्छ, मृतक परिवारले यो कार्यमा हामीलाई एकदमै सहयोग गर्नुभयो,’ श्रेष्ठले भने।

 

 

अंग पाएलगत्तै दुई जनालाई कलेजो र मिर्गौला प्रत्यारोपणको अप्रेसन थालिएको थियो। एक साता लामो प्रयासपछि दुबै जनामा सफलतापूर्वक अंग प्रत्यारोपण गर्न सफल भएको श्रेष्ठले बताए।कलेजो प्रत्यारोपण गरेका व्यक्तिलाई ३० पोका रगत चाहिएको थियो। रगत तुरुन्तै उपलब्ध गराउन पीडित परिवारले सहयोग गरेको श्रेष्ठले बताए।दुर्घटनामा मृत्यु भएका व्यक्तिको पोष्टमार्टमलगायतका कानुनी रित पुर्‍याउन प्रहरीले छिट्टै पहल गरिदिएको थियो।

 

 

केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला प्रत्यारोपण गरिएको यो १२ औं पटक हो। यसैगरी, कलेजो प्रत्यारोपण गरिएको यो चौथो हो। हालसम्म केन्द्रमा ३४ जनाको कलेजो प्रत्यारोपण गरिसकिएको छ। प्रत्यारोपण कार्यमा केन्द्रका एक दर्जन चिकित्सक संलग्न थिए।

 

 

 

केन्द्रको इतिहासमा २०७३ सालमा पहिलोपटक दक्षिण कोरियाली विज्ञको सहयोगमा कलेजो प्रत्यारोपण सुरू गरिएको थियो। नेपाली चिकित्सक टोलीले नेपालमा २०७५ सालमा कलेजो प्रत्यारोपण गरेका थिए। दुबै प्रत्यारोपण डा. श्रेष्ठको नेतृत्वमा भएका हुन्। अंग प्रत्यारोपण एकदमै जटिल मानिन्छ। प्रधानमन्त्री केपी ओलीलाई दोस्रोपटक नेपालमै मिर्गौला प्रत्यारोपण गरिएको थियो।

 

यस्तै, केन्द्रमा २०७४ सालमा पहिलोपटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला प्रत्यारोपण सुरू गरिएको थियो।श्रेष्ठका अनुसार एक जना मस्तिष्क मृत्यु भएको व्यक्तिबाट आठ जनासम्मले पुनर्जीवन पाउन सक्छन्। मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई मिर्गौला, दुई फोक्सो, एक कलेजो, एक मुटु, एक प्यांक्रियाज र एक सानो आन्द्रा प्रत्यारोपण गर्न सकिन्छ।

 

 

सरकारी तहको केन्द्रमा हालसम्म १ हजार ४२१ मिर्गौला र ३४ कलेजो प्रत्यारोपण गरिसकिएको छ।प्रत्यारोपणपछि उपचाररत् दुबै बिरामीले आइसियू कक्षबाटै भिडिओ सन्देशमार्फत् केन्द्रका चिकित्सक र अंगदाता परिवारलाई धन्यवाद ज्ञापन गरेका छन्। ‘म तीन वर्षदेखि मिर्गौला खोजिरहेको थिएँ, तर पाउन सकेको थिइनँ,’ ५३ वर्षीय पुरुषले भने।

 

 

अंग प्रत्यारोपण परिवारका आफन्तले दान गरे मात्रै सम्भव हुने गरेको छ। मस्तिष्क मृत्युपश्चात् अंग दान गर्न सकिने कानुन बनेपछि नेपालमा अंग प्रत्यारोपण सम्भव हुन थालेको हो।स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग दान गर्ने परिवारलाई सरकारले दुई लाख र अंगदाता अस्पताललाई ७५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।‘यस कार्यले मृत्युपछि अंग दान गर्न परिवारलाई प्रोत्साहन भएको छ,’ श्रेष्ठले भने, ‘व्यक्तिको आकस्मिक मृत्युपछि अंगहरू खेर जान्छन्, तर अंग दान गरे अन्य व्यक्तिको जीवन बच्छ।’

 

 

 

तर, यसरी मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग दिने कुरामा परिवारका सबै सदस्यको अनुमति चाहिन्छ। एक जना परिवारको व्यक्तिले मात्रै सहमति नदिए पक्रिया अघि बढाउन नसकिने श्रेष्ठ बताउँछन्।नेपालमा मानव अंग खराब भएका व्यक्तिहरूलाई लक्षित गरी सरकारले २०६८ फागुनमा केन्द्रको स्थापना गरेको थियो। केन्द्रले सुरूमा डायलासिस सुविधा दिँदै २०६९ साल माघ ६ गतेबाट मिर्गौला प्रत्यारोपण सुरू गरेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

गत वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ,  गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का ती घटनाबाट १३ हजार ९८ परिवार प्रभावित भएका छन् । यस अवधिमा चार सय ७९ जनाको निधन भएको छ भने...

डा वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी

दमौली (तनहुँ),  तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्ले  अर्थमन्त्री बन्नुभएको छ । रास्वपा सभापति रवि लामिछानेले निर्वाचनअगावै डा वाग्लेलाई अर्थमन्त्रीको जिम्मेवारी बनाइने अभिव्यक्ति दिनुभएको थियो । आफ्नो क्षेत्रबाट निर्वाचित सांसंद देशको महत्तुवपूर्ण...

चैत्र शुक्ल नवमी: देशभरका राम मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौँ,  रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका राम मन्दिरमा पूजाआराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो लागेको छ ।प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । यस उपलक्ष्यमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपतिपारिको राम मन्दिर, गोकर्णेश्वर नगरपालिका– ९ आरुबारीस्थित राम मन्दिर, डिल्लीबजारस्थित राममन्दिर, राजधानी...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

टिप्परको ठक्करबाट एक जनाको मृत्यु

घोराही (दाङ),  टिप्परको ठक्करबाट दाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही–१३ भ्युडरकी ५२ वर्षीया जुठी पुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो । आज बिहान सिमेन्ट उद्योगको चुन ढुङ्गा बोकेर घोराहीतर्फ जाँदै गरेको रा१प १२९३ नम्बरको टिप्परले...

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन,  यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म रु १२ करोड ३० लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १० करोड ६४ लाख ४३३ अर्थात् ८६ प्रतिशत मात्र राजस्व असुली...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

सन्त निरंकारी मण्डल नेपालद्वारा नारी सन्त समागमबारे आज पत्रकार सम्मेलन गर्दै 

कैलाली — सन्त निरंकारी मण्डल नेपालले सुदूरपश्चिम प्रदेशमा आयोजना हुन लागेको प्रादेशिक नारी सन्त समागमबारे जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।   बर्दगोरिया गाउँपालिका–१ टिनबजार नजिक आयोजना हुने उक्त पत्रकार सम्मेलन दिउँसो ३ बजेका लागि तय गरिएको मण्डलले जनाएको छ। सम्मेलनमार्फत समागमको उद्देश्य,...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शिक्षासँगै रोजगारी जोड्दै कञ्चनपुरको कृष्ण वैजनाथ क्याम्पस

कञ्चनपुर,  उच्च शिक्षाका लागि टाढाका सहर धाउनुपर्ने बाध्यता झेल्दै आएका यहाँको शुक्लाफाँटा र कृष्णपुर क्षेत्रका विद्यार्थीका लागि कृष्ण वैजनाथ बहुमुखी क्याम्पस अहिले भरपर्दो शैक्षिक गन्तव्य मात्र नभई ‘करियर’ निर्माणको मुख्य थलोका रूपमा स्थापित हुँदै गएको छ ।ग्रामीण क्षेत्रमै स्नातक र स्नातकोत्तर तहसम्म अध्ययनको अवसर...

पुगेन आँखा उपचारको सहज पहुँच, भएन सचेतना

काठमाडौं  विगत एक वर्षमा ४ लाख भन्दाबढी आँखाका बिरामीहरुको निःशुल्क उपचार गरिएको छ । नेपाल नेत्रज्योति संघको सञ्जालभित्र आवद्ध २८ आँखा अस्पताल, २२६ आँखा उपचार केन्द्र तथा बिभिन्न बाह्य कार्यक्रमहरु मार्फत ४ लाख ५४ हजार ९ सय ४२ जना आँखाका बिरामीहरुको निःशुल्क उपचार गरिएको...

प्रधानमन्त्री कप क्रिकेटः मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज (पर्सा), प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।वीरगञ्जको नारायणी रङ्गशालामा भएको उक्त खेलमा मधेस प्रदेशले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गरेको हो । सुरुआती चरणमा ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ४३ दशमलव २ ओभरमा सबै विकेट...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९