बुटवल । लुम्बिनी प्रदेश सभा बैठक बस्दैँछ ।सो बैठकमा आज दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । आजको बैठकमा आर्थिक वर्ष २०८२÷०८३ का लागि प्रस्तावित “प्रदेश विनियोजन विधेयक, २०८२” का सिद्धान्त र प्राथमिकताका बारेमा छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।यसअघिको बैठकमा प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए, जसको छलफल आजवाट सुरू हुन लागेको हो ।
नेपालगन्ज (बाँके), निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले लोकतन्त्रको आत्मा भनेकै स्वच्छ, स्वतन्त्र, निष्पक्ष, समावेशी, विश्वशनीय निर्वाचन भएको बताउनुभएको छ । मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश, जिल्ला निर्वाचन अधिकारीका लागि निर्वाचन व्यवस्थापनसम्बन्धी दुईदिने अभिमुखीकरणको आज यहाँ समापन गर्दै उहाँले संविधानले सुनिश्चित गरेको सार्वभौमसत्ता...

























































































































































