बुटवल । लुम्बिनी प्रदेश सभा बैठक बस्दैँछ ।सो बैठकमा आज दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । आजको बैठकमा आर्थिक वर्ष २०८२÷०८३ का लागि प्रस्तावित “प्रदेश विनियोजन विधेयक, २०८२” का सिद्धान्त र प्राथमिकताका बारेमा छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।यसअघिको बैठकमा प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए, जसको छलफल आजवाट सुरू हुन लागेको हो ।
कैलाली । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४, ओम शान्ति टोल निवासी ६४ वर्षीय कर्ण जित साउँद सकुशल घर फर्किएका छन्। राष्ट्रिय वाणिज्य बैंकका पूर्व म्यानेजर साउँद वैशाख ५ गते बिहान करिब ६ बजे घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए। उनको खोजीका लागि परिवारले सर्वसाधारण तथा सम्बन्धित निकायसँग...


























































































































































