Baigyanik Media

Advertisement

Skip Ad

नेपालका चर्चित कलाकारहरूलाई समेटेर थापा र मानन्धरले ल्याए नयाँ हास्य शृंखला ‘गाँवै रमाइलो’

काठमाडौं – कलाकार, टेलिफिल्म निर्माता तथा परिकल्पनाकार जयकुमार थापा र निर्माता नदिश मानन्धरले ‘गाँवै रमाइलो’ नामक नयाँ हास्य शृंखला बजारमा ल्याउने भएका छन्। थापा र मानन्धरले ‘गाँवै रमाइलो’ टेलिफिल्म जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर लञ्च गर्न लागेका हुन्। उनीहरूको यो नयाँ टेलिफिल्म देवकी मिडिया नामक युट्युब च्यानलबाट हरेक साताको बिहीबार बेलुका साढे ७ बजे प्रसारण हुने छ।

 

सामाजिक कथा तथा राजनीतिक विषयवस्तुमाथि तीखो व्यंग्य गर्ने कथावस्तु लिएर आफूहरूले नयाँ हास्य शृंखला बजारमा ल्याएको निर्माता थापा तथा मानन्धरले बताए। थापा तथा मानन्धरका अनुसार यो हास्य चलचित्रको उद्देश्य विभिन्न कारण तथा सामाजिक समस्याका कारण गाउँबाट टाढिएका युवा-पिढी तथा अन्य त्यस्तै व्यक्तिहरूलाई गाउँ फर्किन प्रेरित गर्ने रहेको छ।

 

‘नेपाली समाजका नयाँ युवापिढी विदेशिएका छन्, काम विशेषले कति मानिस आफ्नो क्षेत्र छोडेर लाखापाखा भएका छन्,’ परिकल्पनाकार थापाले भने, ‘हामी हास्य-व्यंग्यमार्फत् मनोरञ्जन दिने उद्देश्यले आफ्नो गाउँबाट टाढिएका युवा-पिढीसहितलाई गाउँ फर्किनुपर्छ, जता भए पनि गाउँ नै रमाइलो छ भन्ने सन्देश दिन चाहन्छौं। यस्तै, ‘गाँवै रमाइलो’ शृंखलाले समाजबाट पछि परेका व्यक्तिहरूको प्रतिनिधिमूलक कथा बोकेको थापाले जानकारी दिए। ‘समाजमा राजनीतिक, आर्थिक सबै पक्षबाट पिछडिएका व्यक्तिहरूको आवाज बनेर गाँवै रमाइलो प्रस्तुत हुने छ,’ थापाले भने।

 

यो टेलिचलचित्रमा राजनीतिमा आउने नयाँ पुस्तालाई पुरानो पुस्ताबाट भएका थिचोमिचोलाई व्यापक रूपमा सम्बोधन गरिने थापाले बताए। ‘गाँवै रमाइलो’का निर्माता जयकुमार थापा र नदिश मानन्धर हुन् भने परिकल्पनाकार जयकुमार थापा हुन्। यसका लेखक तथा निर्देशक लोकप्रिय कलाकार नेत्र राउत हुन्। यो टेलिचलचित्रमा नेपालमा चर्चित हास्य कलाकारहरूको बाहुल्य उपस्थिति रहेको छ। कलाकारको रूपमा निर्माता तथा परिकल्पनाकार थापा आफू पनि अभिनयमा देखिन्छन्।

 

यसैगरी, वरिष्ठ कलाकार देशभक्त खनाल, दमन रुपाखेती, लक्ष्मणविक्रम बस्नेत, सुरेश थापा, विनोद राई, नवीना सिलवाल, नेत्रविक्रम खड्का, सुभाना राई र कृशला तामाङको अभिनय देख्न सकिने छ।शृंखलामा स्वर, शब्द तथा संगीत नवीन रावलको रहेको छ। यस्तै, मिक्सिङ किस्मत स्टुडिओले गरेको छ। पार्श्व ध्वनी सुविन सेन्चुरीले दिएका छन्। यस्तै, आइटी सपोर्टरमा विशाल राई, निर्माण नियन्त्रकमा सुजन गिरी रहेका छन्। सम्पादन राजकुमार कार्कीले गरेका छन् भने छायांकन ज्ञानकुमार कट्टेलले गरेका छन्। थापाले यसअघि ‘लोडसेडिङ’, ‘गुलेली’, ‘उटपट्याङ’लगायत थुप्रै हास्य टेलिचलचलित्र ल्याएका थिए। ती हास्य टेलिचलचित्रहरू नेपाली समाजमा लोकप्रिय बनेका थिए।

 

यस्तै, जयकुमार थापा र सुजित थापाको नेतृत्वमा अर्को टेलिशृंखला ‘तारा’ बजारमा ल्याउने तयारी रहेको छ। निर्माता थापा एभरेष्ट बैंकबाट अवकाशप्राप्त कर्मचारी हुन्। उनले बैंकमा कार्यरत् रहँदै ‘लोड्सेडिङ’, ‘गुलेली’, ‘उटपट्याङ’,जस्ता टेलिसिरिल बजारमा ल्याएका थिए। उनले भने, ‘यस टेली सिरियलमा ‘हास्य-व्यंग्य क्षेत्रमा चर्चित कलाकारहरूलाई समेटेका छौं, अहिले हास्य-व्यंग्य क्षेत्रमा चर्चित पुराना कलाकारहरू पलायन हुने अवस्था छ, कलाकारहरूका लागि आफ्नो प्रतिभा पस्किनका लागि गाँवै रमाइलो एउटा महत्वपूर्ण प्लेटफर्म हुने छ। अन्य नयाँ तथा पुराना कलाकारहरूलाई समेट्दै जाने योजना बनाएका छौं।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

‘सबै स्थानीय तहमा युवापरिषद् गठन आवश्यक’

भक्तपुर।   युवा तथा खेलकुद मन्त्रालयका सचिव डा हरिप्रसाद लम्सालले ७५३ वटै स्थानीय तहमा युवापरिषद् गठन गर्ने अभियान सुरु गर्नुपर्ने बताउनुभएको छ । आज राष्ट्रिय युवापरिषद् सानोठिमीले युएनएफपिएको साझेदारीमा यहाँ आयोजना गरेको ‘नीतिनिर्माण तहदेखि कार्यान्वयन तहसम्म युवा सहभागिता संवाद’ कार्यक्रममा उहाँले उक्त अभियान जरुरी...

पन्ध्र शय्याका दुई आधारभूत अस्पताल सञ्चालनमा

तम्घास।    देशभरमा नै १५ शय्याका अस्पतालको निर्माणको समेत काम नसकिएको अवस्थामा गुल्मीमा भने १५ श्ययाका दुई आधारभूत अस्पताल सञ्चालनमा आएका छन् । तत्कालीन सरकारले गाउँका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले ०७७ मङ्सिर १५ गते देशभरका ३९६ पालिकामा पाँच, १० र १५ शय्याका...

पेट्रोलियम पाइपलाइनबाट साढे छ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी वचत

काठमाडौँ ।   नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको छ वर्ष पूरा भएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको पाइपलाइन सञ्चालन भएयता छ अर्ब ३४ करोड ९२ लाख लिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट आयात भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको...

बिहीबार विश्व खाद्य दिवस मनाइने

काठमाडौँ, सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउन यही आज ४५औँ विश्व खाद्य दिवस मनाउँदै छ । कृषि विभागले संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), खाद्यका लागि कृषि अभियानलगायत सङ्घसंस्थाको समन्वयमा दिवस मनाउन लागेको हो । यसवर्ष ‘स्वच्छ खाना...

पदयात्रीको ‘रिफ्रेस सेन्टर’ भुरुङ–तातोपानी

म्याग्दी ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ–तातोपानी कुण्डे ‘रिफ्रेस सेन्टर’को रूपमा विकास भएको छ । भुरुङ तातोपानी कुण्ड बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने–आउने, अन्नपूर्ण चक्रीय र अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदयात्राको थकान मेटाउने थलो बनेको हो । अन्नपूर्ण हिमालको आधार शिविरको...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

कैलालीमा डर लाग्दो हत्या: केशर बुढाको टाउको लिएर प्रहरीमा पुगे दुई युवक!

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–८ जरहीमा गए राति रक्सीपाटी पछिको विवादका क्रममा एकजनाको घाँटी रेटी हत्या गरिएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीका अनुसार सोही वडाका केशर बहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको हो। घटना गए राति करिब...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई शैक्षिक उपकरण सहयोग

म्याग्दी, मालिका गाउँपालिका–५ मगरदाङ्गमा रहेको गौबोमबस्त माविलाई विदेशमा बसोबास गर्ने पूर्वविद्यार्थीहरुले रु आठ लाख ५० हजार मूल्य बराबरको शैक्षिक उपकरण सहयोग गरेका छन् । प्रवासी दङ्गाले मञ्चले पितृ स्मृति सेवा कोषमार्फत आइतबार १३ थान कम्प्युटर, चार थान ब्याट्री, दुई थान सिसिटिभी क्यामेरा र दुई...

एक सय जनामा क्षयरोग सङ्क्रमण

ओखलढुङ्गा,  ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ देखि चालु आव २०८२/८३ को हालसम्ममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । कार्यालयका सूचना अधिकारी विवेक पोखरेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ६५ पुरुष र ३०...

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्ज।आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९