आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२÷८३ को बजेट सार्बजनिक गर्दैछ ।  अर्थमन्त्रालय स्रोतका अनुसार करिब १९ खर्ब रुपैयाँ हाराहारीको बजेट आज सार्बजनिक गर्न लागेको हो ।उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिउँसो ३ बजे बस्ने संघीय संसदको बैठकबाट बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।  जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।  राष्ट्रिय योजना आयोगले आगामी आवका लागि १९ खर्ब ६५ करोड रुपैयाँ हाराहारीको बजेट सिलिङ तोके अनुसार नै बजेट तयार गरिएको जनाइएको छ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?