१७ विद्यालयमा कक्षा ८ को नतिजा शून्य, किन भए सबै विद्यार्थी फेल?

यी हुन् विद्यालय, कुन विषयमा कति फेल ?

धनगढी : सुदूरपश्चिमको अस्थायी मुकामसमेत रहेको धनगढी उपमहानगरपालिकामा कक्षा ८ को नतिजा हालसम्मकै कमजोर देखिएको छ। उपमहानगरका १६ सामुदायिक र एक संस्थागत गरी १७ विद्यालयको नतिजा कमजोर आएको उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ। महाशाखाका अनुसार १७ विद्यालयमा कक्षा ८ मा कुनै पनि विद्यार्थी उत्तीर्ण भएका छैनन्। धनगढीमा जम्मा ६३ सामुदायिक विद्यालय छन्।

 

 

विगतमा आन्तरिक मूल्याकंनबाट विद्यार्थीको ग्रेड दिइने गरे पनि यसपटक कडाइका साथ परीक्षा सञ्चालन गरेपछि यहाँ कक्षा ८ को नतिजा अहिलेसम्मकै कमजोर देखिएको बताइएको छ।

 

यस्तै, परीक्षा सेन्टर र उत्तरपुस्तिका जाँच गर्ने शिक्षकहरू परिवर्तन गरिएपछि नतिजा खराब आएको दाबी गरिएको छ।

 

नतिजा निकै खराब आएपछि शिक्षकहरूले एकपटक फेरि मौका दिन उपमहानगरपालिकासमक्ष आग्रह गरेका छन्। उपमहानगरभित्र सञ्चालित १ सय ६ विद्यालयमा अध्ययन गर्ने ४ हजार ५ सय ३३ विद्यार्थीमध्ये २ हजार ३ सय ४१ ले गणित विषयमा ननग्रेड प्राप्त गरेका छन्।

 

उपमहानगरपालिकाले यसपटक आधारभूत तह अर्थात् कक्षा ८ को परीक्षा सञ्चालनका लागि विगतभन्दा फरक नियम बनाएको थियो। विगतमा विद्यालयले आन्तरिक मूल्यांकंनबाटै विद्यार्थीको नतिजा पठाउने गरेका थिए। तर, यसपटक उपमहानगर आफैंले कक्षा ८ को परीक्षा सञ्चालन गर्‍यो।

 

विद्यालयको नतिजा उल्टिएपछि शिक्षक ग्रेडवृद्धिका लागि माग गरिरहेका छन्। सोमबार धनगढीका नगरप्रमुख गोपाल हमाललाई भेटेर शिक्षकले विद्यालयलाई सच्चिने मौका दिन आग्रह गरेका हुन्। शिक्षा सुधारका लागि कक्षा ८ को परीक्षामा कडाइ गरेको उपमहानगरले जनाएको छ।

 

विद्यार्थीको जग बलियो बनाउन सके मात्रै माथिल्लो तह बलियो बन्ने बताउँदै उपमहानगरका मेयर हमालले दिन मिल्ने ग्रेड दिइने तर फेल भएकालाई ग्रेड बढाउन नमिल्ने बताए। साथै शिक्षा क्षेत्रको सुधारका लागि शिक्षकलाई अवलोकन भ्रमणदेखि क्षमता अभिवृद्धिलगायतका सुविधा प्रदान गर्ने पनि उनले बताए।

 

उपमहानगरपालिकाले कक्षा ८ को परीक्षामा ननग्रेड कायम भएका विद्यार्थीका लागि ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने तयारी पनि गरेको छ। वैशाख २९ र ३० गते सैद्धान्तिकतर्फ बढीमा दुई विषयमा ननग्रेड कायम भएका विद्यार्थीका लागि ग्रेड वृद्धि परीक्षा हुने भएको हो। ननग्रेड भएका विद्यार्थीहरूलाई ग्रेड वृद्धि परीक्षामा सहभागी गराउन प्रति विद्यार्थी प्रति विषय २५० का दरले राजश्व शाखामा जम्मा गरि बैशाख १८ भित्र शिक्षा महाशाखामा विद्यार्थीको विवरण आइसक्नुपर्ने बताइएको छ। ग्रेड वृद्धि परीक्षाका लागि सबै विद्यालयलाई सूचना दिइएको छ।

 

यी हुन् १७ विद्यालयहरू

 

१) धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ शान्तिनगरमा रहेको सरस्वती आधारभूत विद्यालय

 

२) धनगढी वडा नम्बर १३ श्रीलंकामा रहेको नव ज्योति आधाभूत विद्यालय

 

३) धनगढी वडा नम्बर १३ राजपुरमा रहेको जनता राष्ट्रिय माध्यमिक विद्यालय राजपुर

 

४) धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मट्यारीमा रहेको भैरवबाबा आधाभूत विद्यालय

 

५) धनगढी–९ बंगराकटानमा रहेको सरस्वती आधारभूत विद्यालय

 

६) धनगढी– ७ देबहरीयामा रहेको शिव माध्यमिक विद्यालय

 

७) धनगढी–१७ पथरीमा रहेको भानु माध्यमिक विद्यालय

 

८)धनगढी–१६ दमौलीमा रहको सज्जन आधारभूत विद्यालय

 

९)धनगढी–१६ भादामा रहेको दिपेन्द्र चारपाते माध्यमिक विद्यालय

 

१०) धनगढी–१४ फूलबारीमा रहेको शिवशंकर आधारभूत विद्यालय

 

११)धनगढी– १४ एच गाँउमा रहेको सिद्धार्थ आधारभूत विद्यालय

 

१२)धनगढी–१८ ‘एफ’ गाँउमा रहेको खप्तडी आधारभूत विद्यालय

 

१३)धनगढी–१८ ‘ई’ गाँउमा रहेको इन्द्रोदय आधारभूत विद्यालय

 

१४) धनगढी–१९ फूलबारीमा रहेको फूलबारी आधारभूत विद्यालय

 

१५) धनगढी–१२ जनकबस्तीमा रहेको नवदुर्गा आधारभूत विद्यालय

 

१६) धनगढी–१२ दुर्गाबस्तीमा रहेको दुर्गा आधारभूत विद्यालय

 

१७)धनगढी– १० जुगेडामा रहेको जनकल्याण माध्यमिक विद्यालय

 

यस्तै, एउटा निजी विद्यालयको नतिजा पनि सामुदायिक विद्यालयको जस्तै आएको छ। धनगढी–३ बोराडाँडीमा रहेको मोडर्न स्कुलको कुनै पनि विद्यार्थीले कक्षा ८ को परीक्षामा ९ कक्षामा भर्ना हुन आवश्यक पर्ने ग्रेड ल्याउन सकेका छैनन्।

 

कुन विषयमा कति फेल?

 

उपमहानगरभित्र सञ्चालित १ सय ६ विद्यालयमा अध्ययन गर्ने ४ हजार ५ सय ३३ विद्यार्थीमा गणित विषयमा सबैभन्दा बढी २ हजार ३ सय ४१ ले ननग्रेड प्राप्त गरेका छन्।

 

समग्रमा ३३ प्रतिशत विद्यार्थी कक्षा ९ मा भर्ना हुन योग्य रहेकोमा सामुदायिक विद्यालयबाट भने केबल ९ प्रतिशत विद्यार्थीले मात्रै कक्षा ९ मा भर्ना हुन आवश्यक पर्ने ग्रेड प्राप्त गरेका छन्।

 

उपमहानगरपालिकाबाट प्राप्त विवरणअनुसार गणितपछि अंग्रेजीमा बढी विद्यार्थीले ननग्रेड ल्याएका छन्। अंग्रेजीमा १ हजार ६ सय ४ जनाको ननग्रेड आएको छ।

 

यस्तै, नेपालीमा १ हजार ६ सय २ जना, सामाजिकमा १ हजार ८ सय ३२ जना, स्वास्थ्य तथा शारीरिक शिक्षामा १ हजार १ सय ३२ जना, नैतिक शिक्षामा ४ सय ६८ जना, कम्प्युटरमा २ हजार १ सय ४ जना र पेशा व्यवसायमा १ हजार ६ सय विद्यार्थीको ननग्रेड आएको छ। स्रोत:थाहा खबर

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९