कैलालीका १३ पालिकालाई ७ अर्ब बजेट : नगरपालिकाको घट्दा गाउँपालिकाको बढ्यो

लम्की । संघीय सरकारले कैलालीका १३ पालिकालाई आर्थिक वर्ष २०८२/०८३ का लागि ७ अर्ब बजेट विनियोजन गरेको छ ।

कैलाली एक उप महानगरपालिका, छ नगरपालिका र छ गाउँपालिका गरि १३ पालिकालाई संघ सरकारले आगामी आर्थिक वर्षको लागि ७ अर्ब ११ करोड १८ लाख रुपैयाँ विनियोजन गरेको हो ।

विनियोजन गरिएको बजेटमा चालुतर्फ ५ अर्ब ६६ करोड ४ लाख र पुँजिगततर्फ १ अर्ब ४५ करोड १४ लाख रुपैयाँ रहेको छ ।

जसमा समानिकरण अनुदानतर्फ २ अर्ब ४ करोड ६१ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ ४ अर्ब ७१ करोड ४१ लाख, विषेश अनुदानतर्फ १८ करोड १५ लाख र समपूरक अनुदानतर्फ १७ करोड १ लाख गरि ७ अर्ब ११ करोड १८ लाख रुपैयाँ बजेट विनियोजन रहेको छ ।

चालु आर्थिक वर्ष २०८१/०८२ का लागि संघ सरकारले कैलालीका पालिकालाई ६ अर्ब ७५ करोड ३२ लाख रुपैयाँ विनियोजन गरेको थियो भने आगामी आर्थिक वर्षको लागि बजेटको आकार बढाउँदै पालिकाहरूलाई ७ अर्ब ११ करोड १८ लाख रुपैयाँ बजेट विनियोजन छ ।

कैलालीमा बजेटको आकार बढेर आएको भएपनि नगरपालिकारूको बजेट भने घटेर आएको छ । सबैभन्दा धेरै लम्कीचुहा नगरपालिकाको बजेट घटेको छ ।

आ.व. २०८१/०८२ मा लम्कीचुहालाई ६२ करोड ८६ लाख विनियोजना गरिएको थियो भने आ.व. २०८२/०८३ को लागि ७ करोड ५७ लाख कम अर्थात ५५ करोड २९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

बजेट कम घटेको नगरपालिकामा गोदावरी नगरपालिका रहेको छ । आ.व. ०८१/०८२ मा गोदावरी नगरपालिकालाई ६८ करोड ८६ लाख रुपैयाँ विनियोजन गरिएको थियो भने आ.व. ०८२/०८३ का लागि १ करोड ३२ लाख कम अर्थात ६७ करोड ८६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

बजेट बढेको भनेको गौरीगंगा नगरपालिकाको मात्र हो । गौरीगंगालाई ६८ लाख बढि अर्थात ४२ करोड १४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै आ.व. २०८२÷०८३ का लागि छ नगरपालिकाहरूका लागि ३ अर्ब १६ करोड ८८ लाख विनियोजन गरेको छ भने गाउँपालिकारूका लागि २ अर्ब ९५ करोड २१ लाख रुपैयाँ विनियोजन गरेको छ ।

एक मात्र उप महानगरपालिका धनगढी उप महानगरपालिकालाई ९९ करोड १ लाख रुपैयाँ विनियाजन गरेको छ ।

आ.व. २०८१/०८२ को तुलनामा घोडाघोडी नगरपालिकालाई २ करोड २० लाख कम गर्दै ६२ करोड ५१ लाख, टीकापुर नगरपालिकालाई २ करोड २६ लाख कम गर्दै ५२ करोड ७८ लाख र भजनी नगरपालिकालाई २ करोड ६८ लाख कम ४१ करोड ७६ लाख रुपैयाँ आ.व. २०८२/०८३ का लागि विनियोजन गरिएको छ ।

यसैगरि नगरपालिकाहरू बजेट घटाइएको अवस्थामा गाउँपालिकाको बजेट भने बढाइएको छ । सबैभन्दा धेरै जोशीपुर गाउँपालिको बजेट बढेको छ । आ.व. २०८१÷०८२ मा ३९ करोड ३८ लाख बजेट रहेकोमा आ.व. २०८२÷०८३ का लागि २५ करोड ९ लाख बढि अर्थात ५२ करोड २७ विनियोजन गरिएको छ ।

त्यस्तै अर्को उल्लेखीय बृद्धि भएको गाउँपालिका जानकी गाउँपालिका हो । १७ करोड ९० लाख बढि सहित जानकी गाउँपालिकालाई ६४ करोड १३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

कैलारी गाउँपालिकाको बजेट भने घटाइएको छ । ४ करोड ३४ लाख रुपैयाँ कम गर्दै कैलारीलाई ४७ करोड ९४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै, महोन्याल गाउँपालिकाको पनि बजेट घटाइएको छ । आ.व. २०८१/०८२ मा ३४ करोड ४८ लाख रुपैयाँ विनियोजन गरिएको आगामी आर्थिक वर्षको लागि १ करोड ५७ लाख कम अर्थात ३२ करोड ९१ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

बर्दगोरियालाई पनि १५ करोड १५ लाख रुपैयाँ बढि विनियोजन गर्दै ५२ करोड २७ लाख रुपैयाँ विनियोजन गरिएको छ भने चुरे गाउँपालिकालाई १ करोड ७३ लाख बढि सहित ३३ करोड ४९ लाख रुपैयाँ आ.व. २०८२/०८३ का लागि विनियोजन गरिएको छ ।

जिल्लाका ११ पालिका बाहेक लम्कीचुहा र भजनी नगरपालिकाले विषेश अनुदान पाउन सकेनन् । आ.व. २०८१/०८२ का लागि पनि भजनी विषेश अनुदान पाएको थिएन तर,लम्कीचुहाले विषेश अनुदानतर्फ १ करोड १० लाख रुपैयाँ पाएको थियो ।

नेपालको संघीय शासन प्रणाली अन्तर्गत, स्थानीय तहहरूले चार प्रकारका अनुदानहरू प्राप्त गर्छन् । वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान, र समपूरक अनुदान । यी अनुदानहरूको उद्देश्य स्थानीय तहहरूको वित्तीय क्षमता सुदृढ पार्नु, सेवा प्रवाहमा सुधार ल्याउनु, र समावेशी विकास सुनिश्चित गर्नु हो । अनुदानको संक्षिप्त विवरण यस्तो छ ।

*१) वित्तीय समानीकरण अनुदान*

यो अनुदान स्थानीय तहहरूको खर्च आवश्यकता र राजस्व संकलन क्षमताको आधारमा प्रदान गरिन्छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा संघीय सरकारले प्रदेश तथा स्थानीय तहहरूलाई यो अनुदान उपलब्ध गराउँछ । यसले सबै तहहरूलाई न्यूनतम सेवा प्रवाह सुनिश्चित गर्न मद्दत र्पुयाउँछ ।

*२) सशर्त अनुदान*

सशर्त अनुदान विशिष्ट योजनाहरू कार्यान्वयन गर्नका लागि प्रदान गरिन्छ, जसमा निश्चित शर्तहरू पालना गर्नुपर्ने हुन्छ । उदाहरणका लागि, शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा तोकिएको मानक अनुसार योजना सञ्चालन गर्न यो अनुदान दिइन्छ । संघीय वा प्रदेश सरकारले राष्ट्रिय नीति तथा कार्यक्रम अनुसार सशर्त अनुदान प्रदान गर्छन् ।

 

*३) विशेष अनुदान*

विशेष अनुदान आधारभूत सेवाहरूको विकास, अन्तरप्रदेश वा अन्तरस्थानीय तहहरूको सन्तुलित विकास, र आर्थिक, सामाजिक वा अन्य कुनै प्रकारले विभेदमा परेका वर्ग वा समुदायहरूको उत्थानका लागि प्रदान गरिन्छ । उदाहरणका लागि, पिछडिएको क्षेत्र वा दलित समुदायका लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्न यो अनुदान दिइन्छ ।

*४) समपूरक अनुदान*

समपूरक अनुदान पूर्वाधार विकाससम्बन्धी योजनाहरू कार्यान्वयन गर्न लागत साझेदारीको आधारमा प्रदान गरिन्छ । स्थानीय तह वा प्रदेशले उपलब्ध स्रोतको आधारमा केन्द्रसँग थप अनुदानको माग गर्न सक्छन् । योजना कार्यान्वयनको सम्भाव्यता, लागत, प्रतिफल, र आवश्यकताको आधारमा यो अनुदान प्रदान गरिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९