जेलबाट छुटेपछि विराटनगरका मिटरब्याजी ‘मन्टु’ले मच्चाए आतंक, हुलाकबाट पत्र पठाएर धम्की

काठमाडौं – चक्रिय ब्याजमा लगानी गरेर मोटो रकम असुल्ने विराटनगरका मिटरब्याजी सञ्जयप्रसाद रौनियारले जेलबाट छुटेपछि आतंक मच्चाएका छन्।‘मन्टु’ भनेर चिनिने रौनियारले जेलबाट छुटेपछि पुरानै शैलीमा सर्वसाधरणलाई धम्की दिएर पैसा माग्ने गरेका हुन्। उनले पैसा नदिए कारबाहीको त्रास देखाउने गरेका छन्।

 

 

मोरङ जिल्ला अदालतबाट ठगी र आपराधिक लाभको मुद्दामा सफाइ पाएर रौनियार २०७९ जेठ ९ गते छुटेका थिए। जेलबाट छुटेको केही वर्षपछि उनले गाउँका सर्वसाधारणलाई हुलाकमार्फत् धम्कीपूर्ण चिठी पठाएका छन्।पीडितका अनुसार मन्टुलाई साँवा-ब्याज गरी तिर्नुपर्ने भन्दा बढी बुझाएर जग्गा फिर्ता गरिएको थियो। तर, फेरि मन्टुले अझै पैसा तिर्न बाँकी छ भन्दै पत्र पठाएर त्रास फैलाइरहेको विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी पीडितले गुनासो गरे।हुलाकमार्फत् पत्र पठाउने र भनेजतिको पैसा नदिए प्रहरी प्रशासन लगाएर कानुनी कारबाही गर्ने धम्की मन्टुले दिने गरेको मोरङको सुनवर्षी नगरपालिका-४ का अमितकुमार यादवले बताए।

 

 

अमितका बुवा महावीरले मन्टुसँग ६ वर्षअगाडि एक बिघा १ कठ्ठा १५ धूर जग्गा राजीनामा पास गरेर दुई लाख रुपैयाँ ऋण लिएका थिए। मन्टुसँग लिएको दुई लाखको ब्याज र साँवा गरेर २० लाख रुपैयाँ तिरेका थिए।तर, मन्टुले अझै २० लाख रुपैयाँ दिएपछि मात्रै महावीरको जग्गा फिर्ता गरिदिने बताए। त्यसपछि महावीरसहित मन्टुबाट मिटरब्याज पीडित भएका १७ जनाले मोरङ प्रहरीमा ठगी र अपराधिक लाभ लिएको भन्दै जाहेरी दिएका थिए। २९ मंसिर २०७७ मा मोरङ प्रहरीले मन्टुलाई पक्राउ गर्‍यो।

 

मोरङ प्रहरीले अनुसन्धान पूरा गरेपछि १३ माघ २०७७ मा मन्टुविरूद्ध मुद्दा दायर भयो। मोरङ प्रहरीको अनुसन्धानबाट मन्टुले १७ जना सर्वसाधरणलाई ९२ लाख ८८ हजार रूपैयाँ कर्जा दिएर २ करोड ७० लाख ३१ हजार रुपैयाँ असुली गरेको खुलेको थियो।मिटरब्याजमा ऋण दिएको भन्दा दुई गुणा बढी रकम असुली गरिसक्दा पनि उनीहरूबाट अझै १ करोड ३८ लाख ९८ हजार ४ सय रुपैयाँ १७ जना पीडितहरूसँग माग गरेको अभियोग पत्रमा उल्लेख छ।

 

 

मन्टुले १७ जना सर्वसाधरणलाई विभिन्न मितिमा ‘ठगी’ र अपराधिक लाभ लिएको पुष्टि भएपछि १ करोड ९२ लाख ८५ हजार २ सय ३६ रूपैयाँ बिगो, दुवै मुद्दामा ७ वर्ष कैदको मागदाबी लिएर मुद्दा दायर भयो। २०७७ माघ २० मन्टु मोरङ कारागार चलान भए।

 

 

कारागार गएपछि फैसला हुनुभन्दा अगाडि बकपत्र भयो। त्यसबेला मन्टुविरुद्ध उजुरी दिने १७ जना सर्वसाधरणलाई उनले आफू जग्गा फिर्ता गर्न तयार भएको सन्देश पठाए। त्यसबेला निवेदन दिने र मन्टुबीच जग्गा फिर्ता गरिदिने आन्तरिक छलफल भयो। मन्टुले सहमतिको पत्रमा हस्ताक्षर गर्नका लागि श्रीमती ज्योती रौनियारलाई अख्यितारी दिए।

 

 

 

वडा कार्यालयमा निवेदन दिने १७ जना र मन्टुको तर्फबाट श्रीमती ज्योतिले निवेदकहरुलाई नै जग्गा बिक्री गर्ने सहमति २०७७ चैत ८ गते गरिन्। मन्टुको नाममा रहेको जग्गा १७ जना निवेदकले पैसा दिएपछि फिर्ता गरिदिने सहमति बन्यो।मन्टु त्यसबेला पुर्पक्षका लागि थुनामा रहेकोले उनको श्रीमती रौनियारलाई मालपोत कार्यालय विराटनगरमा पैसा दिएपछि जग्गा आफ्नो नाममा आएको पत्रकार सम्मेलनमा अमितकुमार यादवले बताए।‘यसरी जग्गा फिर्ता ल्याएपछि अहिले मन्टुले हुलाकमार्फत् २५ लाख ५० हजार रुपैयाँ माग्ने गरेको छ। नदिए कानुन अनुसार कारबाही गर्ने भन्दै धम्कीपूर्ण पत्र पठाएको छ,’ पत्रकार सम्मेलनमा उनले भने।

 

 

मन्टुले जेठ १४ गते बुधबार पत्र पठाएको उनले बताए।  ‘जेलबाट छुटेपछि फेरि मन्टुको पुरानो मिटरब्याज र असुली धन्दा चलाउन थालेका रहेछन्। त्यसबेला मन्टुविरुद्ध उजुरी दिने १७ जनामध्ये ११ जनालाई पत्रचार गरेर पैसा माग्दैछन्। यो गैरकानुनी धन्दाको विरुद्ध हामी फेरि पीडितहरू संगठित भएर न्यायको खोजीमा जानेछौं,’ उनले भने।

 

 

 

जेलबाट मन्टु छुटेपछि प्रहरी प्रशासान आफ्नो पक्षमा रहेको भन्दै भनेजति पैसा नदिए थुनामा पठाउने उनले धम्की दिएको विराटनगर-८ का गणेश रायले बताए।मन्टुले हुलाकमार्फत् पत्रचार गरेर २५ लाख रुपैयाँ मागेको उनले बताए। गणेशका अनुसार उनका ज्वाइँ महानन्द रायले मन्टुसँग एक कठ्ठा जग्गा र टिनको घरसहित राजीनामा पास गरेर २ लाख ५० हजार रुपैयाँ लिएका थिए। विभिन्न मितिमा मन्टुलाई ज्वाइँले पाँच लाख रुपैयाँ दिए। पछि मन्टु जेल गएपछि उनकी श्रीमतीलाई २५ लाख रुपैयाँ दिएर एक कठ्ठा जग्गा र घर आफ्नो नाममा ल्याएको गणेश रायले बताए।

 

 

 

‘मन्टु जेलबाट छुटेर आएपछि ज्वाइँ महानन्दलाई घरभाडाबापत ९ लाख रुपैयाँ नबुझाएको भन्दै मुद्दा हाले। मोरङ अदालतले ९ लाख रुपैयाँ तिनुपर्ने पैसला पनि गर्‍यो। तर, अदालतले भनेजति पैसा तिर्न नसकेपछि ज्वाइँ महानन्द राय १३ असोज २०८१ मा जेल गए। उनलाई बिगो बराबरको दुई वर्ष कैद सजाय भयो। जेल बसेको एक महिनापछि ज्वाइँको मृत्यु भयो,’ पत्रकार सम्मेलनमा गणेशले भने, ‘मन्टुले अदालतमा मुद्दा दिएपछि ज्वाइँ तनावमा रहनुभएको थियो। मन्टुले दिएको तनावले ज्वाइँको मृत्यु भयो।’

 

 

 

धनपालथान-१ नोचाका गुल्जार मियाँले आफ्नो बाबु इनुस मियाँको नाममा मन्टुले पठाएको पत्र आफूले नलिएको बताए। ‘उनले भनेजति पैसा दिएपछि जग्गा बुवा इनुस मियाँको नाममा आएको छ। अहिले फेरि मन्टुले दुःख दिने नियतले पत्रचार गरेकोले हामीले नबुझेका हौं,’ उनले भने।मन्टुले पठाएको पत्रमा सबैलाई एकै प्रकारको भाषा प्रयोग गरिएको छ।

 

 

 

मन्टुले पत्रचार गरेको मोरङको धनपालथान, जहदा, रंगेली, सुनवर्षी विराटनगरका विभिन्न गाउँका बासिन्दा हुन्। उनीहरूले मन्टुसँग वैदेशिक रोजगारीको, घरायसी समस्या वा छोरा–छोरीलाई पढाउन पैसा आवश्यक पर्दा ऋण लिने गर्थे।मन्टु भनिने रौनियारले भने आफूले कसैलाई दुःख दिने नियतले नभएर बिक्री गरेको जग्गाको पैसा माग्न पत्र पठाएको बताएका छन्। उनले आफूमाथि लागेको अरू सबै आरोप भने अस्वीकार गरेका छन्। उनले भने, ‘म जेलमा हुँदा जग्गा बिक्री भएको थियो, तर त्यसको पैसा अहिलेसम्म पाएको छैन। मैले चिठी पठाएर धम्की दिएको होइन, आफ्नो पैसा मागेको मात्रै हो।’

 

 

उनको दाबी अनुसार सम्बन्धित व्यक्तिहरूले जग्गा बिक्री गर्दा खातामा पैसा राख्ने भनेका थिए, तर अहिलेसम्म एक रुपैयाँ पनि आएको छैन। ‘यदि पैसा दिइएन भने कानुनी प्रक्रिया अगाडि बढाउँछु,’ उनले भने, ‘कारागारमा भएको बेला जग्गा बेचेको र त्यतिबेलाको सहमति अनुसार मेरो खातामा पैसा नहालिदिएका कारण अहिले मागेको हुँ। मैले बिक्री गरेको जग्गाको एक पैसा पनि पाएको छैन, त्यही पैसा मैले खोजेको हुँ, कसैलाई धम्की दिएको छैन।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

चितवनमा दूध बिक्री सहज, भुक्तानीमा समस्या

नारायणगढ (चितवन),  समयमै भुक्तानी नपाउँदा यहाँका दुग्ध किसानहरू मर्कामा परेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दुग्ध विकास संस्थान (डिडिसी) सँग पुस १६ गतेदेखि भुक्तानी बाँकी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार केही ठूला उद्योगीबाट तीन महिनादेखि भुक्तानी हुन...

त्रियुगाको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले गर्यो सिल

उदयपुर/गाईघाट,  उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडामा रहेको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले सिल गरेको छ ।मङ्गलबार खाद्य तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय उदयपुर गाईघाटसहित जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गर्ने क्रममा उक्त उद्योगमा मापदण्डविपरीत पानी फिल्टरिङ गरेर उपभोक्ताको स्वास्थ्य असरपार्ने कार्य भएको भेटिएकाले सिल गरिएको प्रशासनले...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

‘कृत्रिम पोखरीले चुरेको पानी सङ्कट टर्ने’

सिरहा,  लहान नगरपालिकामा निर्माण सुरु गरिएको नयाँ बहुउद्देश्यीय कृत्रिम पोखरीले चुरे क्षेत्रको पानीको सङ्कट टार्ने र सयौँ बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने सरोकारवालाहरूले दाबी गरेका छन् । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि लहानका वडा नं १५ र १८ मा यसअघि नै नौवटा बहुउद्देश्यीय मानवनिर्मित...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

१३ जनामा औलो सङ्क्रमण पुष्टि

चितवन, चालु आर्थिक वर्षमा जिल्लामा १३ जनामा औलो (मलेरिया) रोगका बिरामी भेटिएका छन् । औलो रोग सङ्क्रमणको आशंकामा उपचारका लागि आएका ३ हजार ९३ जनाको नमूना परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएकोे हो ।     जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार यसरी सङ्क्रमण देखिनेमा वैदेशिक रोजगारीबाट...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९