सम्झना राईले गरिन करिब ३ सर्पकाे उद्दार, बनाइन फरक पहिचान

मोरङ । सर्प देख्नासाथ डराउने वा भाग्नेहरुको कमी छैन तर केही अपवाद पनि छन्। सम्झना राई यस्तै एक साहसी युवती हुन्, जसले सर्पलाई मित्र मान्दै उद्धार गर्ने जिम्मेवारी उठाएकी छिन्। संखुवासभाको खादबारीमा जन्मेकी सम्झना अहिले उर्लाबारी नगरपालिका–१मा बसोबास गर्दै एक सक्रिय सर्प उद्धारकर्ताको रूपमा चिनिन्छिन्। उनले २ वर्ष देखि सर्प उद्धार गर्न थालेकी छन् र अहिले सम्म तीन सय हाराहारी सर्प उद्धार गरिसकेकी छन्।

 

सम्झना राईको जीवन यात्रा सामान्य नभई विशेष छ। सामान्यतया सर्पको नाम सुन्दा मानिसको शरीर काँप्ने गर्छ, तर सम्झनाको लागि सर्प भने एक अजीब दोस्त बन्यो, जसको उद्धार गर्न उनले आफ्नो समय र श्रम खपत गर्न थालिन्। सर्पलाई मार्नुपर्ने सोचलाई चिर्दै, उनी सर्पप्रति चिन्ता र देखावटी डरको छायाँ हटाएर उनी आफ्नो समाजमा सर्प प्रतिको समझदारी र सहिष्णुता फैलाउने अभियानमा जुटेकी छन्।

 

‘सर्प हाम्रो सत्रु होइन, मित्र हो,’ सम्झना भन्छिन्, ‘सर्प बचाउन सके हामीलाई थाहा हुन्छ कि हामीले प्रकृतिको सन्तुलन र सम्पूर्ण पारिस्थितिकी प्रणालीलाई बचाउन सहयोग पुर्याएका छौं। यही सोचले मलाई यस अभियानमा भाग लिन प्रेरित गर्यो।’ उनको यो सोच सामाजिक सन्देश र उद्धारका कार्यहरूमा ध्यान आकर्षित गरिरहेको छ।

 

सम्झनाको सर्प उद्धार कार्य यात्रा कुनै साधारण काम होइन। शुरूमा उनलाई धेरै जसो मानिसहरूको आलोचना र चिन्ता भोग्न पर्‍यो। २० वर्षकी उमेरमा उनले सर्पसँग सम्बन्ध बनाउने निर्णय गरिन्, जब उनले सर्पहरूको साँचो महत्व र सर्पहरूको संरक्षण विषयमा अध्ययन गर्न थालिन्।‘सर्पलाई मानिसहरूले जस्तो डर र घृणा जनाएका छन्, त्यस्तै सर्पको वास्तविकता छैन,’ उनले भनिन्। ‘सर्पहरूले हामीलाई कुनै धोका दिँदैनन्। प्रकृतिमा तिनीहरूको विशेष स्थान छ।’

 

सम्झना राइलाई यिनीको प्रेरणा भनेको देव राई र मास्के श्रेष्ठजस्ता साथीहरू थिए, जसले उनलाई सर्प उद्धारमा लाग्नका लागि प्रेरित गरे। उनीहरू दुवै सर्प उद्धारका क्षेत्रमा कार्यरत छन् र उनीहरूको सँगसँगै काम गर्दै सम्झनाले यो क्षेत्रमा सशक्त स्थान बनाएको छ। उनी भन्छिन्, ‘सङ्गतले ठूलो प्रभाव पार्छ। देव र मास्के जस्ता साथीहरूको साथले मलाई यो कार्यमा साहस र हिम्मत प्रदान गरिदिए ।’

 

सम्झनाका लागि चुनौतीहरूको एक ठूलो हिस्सा भनेको महिला सर्प उद्धारकर्ता हुनु हो। हाम्रो समाजमा महिलाहरूलाई सर्पको नजिक जानेलाई अस्वीकृति र डरको दृष्टिले हेरिन्छ। ‘महिलाहरू सर्प देख्दा सात कोश टाढा भाग्छन्, तर म भने सर्प समाउँछु। यो कार्य गर्दा सामाजिक मान्यता र डरले पनि हामीलाई बारम्बार रोकेको छ,’ सम्झना भन्छिन्।

तर, सम्झनाले यो चुनौती स्वीकारेर आफ्नो पथमा अडिग रहिन्। घरका सदस्यहरू सुरुआतमा चिन्तित भए पनि उनको अडान र दृढताले सबैलाई कन्भिन्स गर्न सफल बनायो। अहिले उनको परिवार पनि उनलाई सर्मथन गर्दछ।सम्झना राईलाई सर्पको सही संरक्षण र सम्हालका लागि आवश्यक ज्ञान प्राप्त गर्नको लागि उनले चितवनमा केही दिनको विशेष तालिम लिएकी थिइन्। सर्प विशेषज्ञहरूले उनलाई विषालु र अविषालु सर्प बीचको भेद, सर्पहरूको बनावट, रङ्ग, र स्वभाव जस्ता विभिन्न पक्षहरूका बारेमा प्रशिक्षण पाएकी छिन्। यस तालिमले उनलाई सर्प समाउने क्रममा सर्पको वास्तविक पहिचान गर्ने क्षमता दिएको छ।

 

सम्झना सर्पप्रतिको आफ्ना ज्ञान र अनुभवलाई अन्नत बनाउन चाहन्छिन्। उनी भन्छिन्, ‘हामीले सर्पको खतरनाक वा नखतरनाक प्रवृत्तिलाई चिन्न आवश्यक छ। उदाहरणका रूपमा गोमन सर्पको टाउको फराकिलो र विषालु हुन्छ, यदि यसले टोक्यो भने आधा घन्टामा अस्पताल पुग्न सकिएन भने जान गुमाउन सक्छ।’

 

सम्झना राईको काम धेरै हदसम्म सशक्त भए तापनि, उनले सर्प उद्धारका लागि उपयोग गर्ने उपकरणहरूको अभाव छ। उर्लाबारी नगरपालिकाले केही उपकरण उपलब्ध गराए पनि उनले कार्य गर्नका लागि आवश्यक अन्य उपकरणहरूको लागि आफ्नै गोजीबाट खर्च गर्नु परेको छ। ‘महिनामा ४ देखि ५ हजार रुपैयाँ खर्च हुने गर्छ,’ उनी बताउँछिन्, ‘तर सरकारको तर्फबाट कुनै पनि दीगो सहयोग प्राप्त भएको छैन।’सर्प उद्धारको काम साहसिक भए तापनि, यस्ता कामहरूमा सरकारी स्तरबाट विशेष सहयोगको आवश्यकता स्पष्ट देखिन्छ। ‘मलाई र अन्य सर्प उद्धारकर्ताहरुलाई राज्यको सहयोगको ठूलो आवश्यकता छ,’ उनी थप्छिन्।

 

सम्झनाको सर्पसँगको अनुभवको पहिलो क्षण भनेको उनको पहिलो सर्प समाउने पल हो। उनले भनिन, ‘पहिलो पटक सर्प समाउने सोच्दा पनि मलाई डर लागिरहेको थियो, तर त्यो एक अनौठो रोमाञ्चक अनुभव बन्यो।’ यो पल सम्झनाको जीवनको एक मीलपत्थर बन्यो र उनले त्यसपछि सर्पको संरक्षकको रूपमा कसम खाइन्।

 

मिडियामा पनि सम्झनाले आफ्नो यात्रा सुरु गरिन्। उनले झापाको रेडियोमा आरजेको रूपमा करिअर सुरु गरिन् र पछि बिर्तामोडको सेल्फी टिभीमा कार्य गर्दै हाल आफ्नै अनलाइन मिडिया प्लेटफर्म चलाउँदै छिन्।सम्झनाको सर्प उद्धारको यात्रा केवल सर्पप्रतिको समर्पण मात्र होइन, यो सामाजिक भय र अज्ञानतासँगको संघर्षको कथा पनि हो। उनले भनिन, ‘हामी सर्पलाई देख्दा मर्छौं जस्तो सोच्दछौं, तर साँचो कुरा भनेको हामी प्रकृतिलाई मारेका हौं।’सम्झनाले यस कार्यमा समाजलाई अज्ञानताको पर्दा हटाउन र सर्पको वास्तविक महत्व बुझ्न मद्दत गर्न चाहन्छिन्। उनको भनाइ छ, ‘सर्पलाई देख्दा भाग्नुको सट्टा, हामीले तिनको साथमा बाँच्न र समझदारीका साथ हिँड्न सिक्न आवश्यक छ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

अन्तर्वार्ता : हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक

काठमाडौँ,  फ्रान्सका प्रसिद्ध फोटोग्राफर तथा चलचित्र निर्देशक एरिक भ्याली विशेषगरी नेपालको हिमाली क्षेत्रका समुदायहरूको जीवनशैली र प्रकृतिसँगको सम्बन्ध चित्रण गर्ने कार्यका लागि ख्यातिप्राप्त हुनुहुन्छ । सन् १९५२ मा फ्रान्समा जन्मिनुभएका उहाँले सन् १९८० को दशकदेखि दक्षिण एसियामा विशेष गरी नेपालमा निरन्तर काम गर्दै आउनुभएको...

माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न दश वामपन्थी पार्टीबीच एकता घोषणा भएको छ । भृकुटीमण्डपमा आज आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)लगायत...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ, स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा रू एक हजार एक सय र चाँदी तोलामा रू २५ ले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रू दुई लाख ३७ हजार २०० र चाँदी प्रतितोला रू दुई हजार...

चीनद्वारा अमेरिकी सामानमा थप शुल्क स्थगित

बेइजिङ, चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत हप्ताको भेटवार्तामा भएको सम्झौतालाई औपचारिक रूप दिँदै चीनले अमेरिकी सामानमा लगाइने अतिरिक्त शुल्क एक वर्षका लागि स्थगित गर्ने निर्णय गरेको छ । यससँगै विश्वका दुई ठूला अर्थतन्त्रबीचको नाजुक व्यापार युद्धविराम आगामी वर्षसम्म कायम...

सहकारीको रकम हिनामिना गरेको आरोपमा सात जना पक्राउ

गण्डकी, कास्कीस्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले सहकारी सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रबहादुर गोदारसहित सात जनालाई आज नियन्त्रणमा लिएको छ । अध्यक्ष गोदार, सचिव दिलबहादुर केसी, कोषाध्यक्ष हिरामणी दाहाल, सदस्य दोर्जे तामाङ, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, बजार प्रमुख वेदीप्रसाद...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

पन्ध्र शय्याको बागलुङ नगर अस्पतालमा दुई मेडिकल अधिकृत

गलकोट (बागलुङ),  पन्ध्र शय्याको बागलुङ नगर अस्पतालले स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ ।नगरपालिकाले २०७८ असोज ८ गते पैयुपाटा स्वास्थ्यचौकीलाई १५ शय्यामा स्तारोन्नति गरेको थियो । दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले हालै एक्सरे र भिडियो...

आइसिसी विश्वकप क्रिकेट लिग–२ : युएईविरुद्ध नेपालले ब्याटिङ गर्दै

काठमाडौँ,  आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध एकदिवसीय शृङ्खालको अन्तिम खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।दुबईस्थित आइसिसी एकेडेमीमा भर्खरै भएको टसमा युएईका कप्तान आलिशान शराफुले टस जितेर पहिला फिल्डिङ रोजेका छन् । यसँसगै नेपालले पहिला ब्याटिङको...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९