न्यायालय बिचौलियाको घेरामा, सेटिङमा अभियुक्त हाजिर गरेको आरोप

रौतहट । पूर्व मन्त्री महमद आफताब आलमलाई सफाई दिने पुनरावेदन अदालतका दुईजना न्यायाधीश न्याय परिषदमा तानिएको बेला रौतहटस्थित न्यायालय बिचौलियाको घेरामा परेको चर्चा चुलिएको छ। स्थानिय कटहरिया नगरपालिका ५ अन्तर्गत नवविवाहिता हत्या प्रकरणका मुख्य आरोपी तथा आत्महत्या दुरुत्साहन मुद्दाका अभियुक्तलाई सेटिङ अनुसार प्रहरीमा हाजिर गराएको आरोप लागेको छ  ।

 

नवविवाहिता हत्या प्रकरणमा प्रहरीले अनुसन्धान प्रभावित पार्न खोजेको भन्दै पीडित पक्षले  न्यायका लागि अपिल समेत गरेका छन्। कटहरिया नगरपालिका–५ मा वैशाख २८ गते भएको सानिया प्रविनको मृत्यु प्रकरणमा पीडित परिवारले न्यायका लागि पहल गरिदिन न्युजकारखानालाई आग्रह गरेका छन्। भारत, बिहार राज्य, पूर्वी चम्पारण सुगौली राय टोलाका मेहोलिया रोजनाजी परिवारकी छोरीको हत्या भएको र प्रहरीले पनि न्याय दिन नसकेको भन्दै मृतक सानिया परवीनको आफन्तहरूले उक्त आग्रह गरेका हुन्।

 

माइती पक्षका अनुसार परवीनको कटहरिया–५ कटहरिया बजारमै घर भएका अहमद राय भाटको छोरा अरमानराय भाटसँग मात्र ६ महिना अघि मुस्लिम परम्परा अनुसार बिवाह भएको थियो।  बिहे पछि दाइजोमा नगद, केटिएम मोटरसाइकललगायतका सामग्री दिन नसकिएकै कारण सानियालाई मानसिक र शारीरिक यातना दिई हत्या गरिएको माइती पक्षले आरोप लगाउँदै आएका छन्।

 

मृतक सानियाका मामा असमान अन्सारीले भने, “सासु, ससुरा र ज्वाइँ अरमान राय मिलेर गत बैशाख २८ गते घाँटी थिचेर भान्जी सानियाको हत्या गरेका हुन्। हत्या गरेर शवलाई झुण्ड्याएर आत्महत्या देखाउन खोजिएको  छ ।’ सानिया भोलिपल्ट माईती जान तयारी अवस्थामा थिइन्। त्यही दिन बेलुकी उनको झुण्डिएको अवस्थामा मृत्यु हुन्छ र कोठाको ढोका खुला थियो। तर, प्रहरीले गहन अध्ययन अनुसन्धान नगरी  प्रभावमा परेर ईलाका प्रहरी कार्यालय गरुडामा ज्यान मुद्दाको सट्टा आत्महत्या दुरुत्साहन मुद्दा चलायो त्यो पनि एक जनामाथि मात्र मृतक सानियाका मामा असमान अन्सारीले आरोप लगाए ।

 

घटना पछि मुख्य आरोपी तथा मृतक सानियाका श्रीमान अरमानराय भाट फरार भएका थिए तर पछि एकजना स्थानिय बिचौलियाले आर्थिक चलखेलको भरमा प्रहरी, सरकारी वकील र न्यायलयलाई मिलाइ सकेको दाबी गरे पछी आरोपी अरमान ईलाका प्रहरी कार्यालय गरुडामा हाजिर भएको सानियाका मामा अन्सारीले जिकिर गरेका छन्।

 

प्रहरीमा हाजिर भएपछि सरकारी वकिलको पहलमा अदालतमा धरौटीमा छाड्ने बिचौलियाले सेटिङ मिलाएको पीडित परिवारले दाबी गरेका छन्। उनीहरूले नेपालको कानुन ब्यवस्था प्रति नै प्रश्न उठाएका छन्। भारतमा यस्तो घटना हुँदा अहिलेसम्म धेरै थोक हुन्थ्यो, ससुरा, सासु, श्रीमान सबै थुनामा हुन्थे तर यहाँ प्रहरी प्रशासन, न्यायलय देखी राजनीतिक दलका नेताहरु कसैमाथि विश्वास गर्ने अवस्था नरहेको उनीहरूले दुःखेसो पोखेका छन्।

ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले घटनाको प्रहरीले भनेको निश्पक्ष अनुसन्धान गर्ने हो। आरोप जस्ले जे लगाउदा पनि हुन्छ। न्याय सबैले पाउनु पर्छ। जहाँसम्म प्रहरिको भुमिकाको कुरा छ, यसमा म निष्पक्ष छु। कुनै मोलमोलाइ हुने छैन। निष्पक्ष अनुसन्धान हुनेछ। बाहिर कस्ले के कुरा गर्यो भन्ने कुरा मेरो खासै चासोको बिषय पनि होइन। पिडितलाइ न्याय दिलाउन म प्रतिबद्ध रहेको डिएसपी कार्कीले प्रतिवद्धता जनाएका छन्। अर्को प्रसङ्गमा उनले भने घटना पछी आरोपी अरमानलाई हाजिर गराउन पटक पटक उनको अभिभावकलाई भन्दा कुनै वास्ता नगरेको तर केही दिन अघि आफै आएर ईलाका प्रहरी कार्यालय गरुडामा आरोपी अरमान हाजिर भएपछी कुनै कतै सेटिङ त छैन भनेर आफूलाई पनि शंका लागेको डिएसपी राजन कार्कीले बताएका छन्।

 

जिल्ला सरकारी वकील कार्यालय रौतहटका प्रमुख जिल्ला न्यायाधिवक्ता मुन्ना मियाँले अहिले अभियुक्त प्रहरी हिरासतमा रही अनुसन्धान भईरहेको बताउँदै सबै आरोपको खण्डन गरेका छन्। उनले कुनै पनि फौजदारी मुद्दाका अभियुक्तलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेर सम्पूर्ण रिपोर्ट सरकारी वकील कार्यालयमा बुझाउने गर्दछन्। सरकारी वकिलले उक्त मुद्दामा अभियोजन पत्रसहित सम्पूर्ण प्रमाणहरु अदालतमा बुझाउँछ, न्यायाधिवक्ताले पीडितको पक्षमा बहस गर्छन मियाँले भने।

 

र, त्यसपछि न्यायाधीशले प्रमाण, गवाही, घटना प्रकृति, प्रहरीको अनुसन्धान सबै हेरेर वकिलको बहस सुनेर अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गर्न सक्छ, धरौटीमा छोड्न सक्छ अथवा साधारण तारेखमा पनी छोड्न सक्ने जिल्ला न्यायाधिवक्ता मियाँले स्पष्ट पारेका छन्। उनले कुनै बिचौलियासँग आफूहरुको कुनै सम्बन्ध छैन्, सबै आरोप गलत रहेको उनको भनाई रहेको छ तर पछिल्लो समय रौतहटमा सरकारी वकिल कार्यालय देखी जिल्ला अदालत गौरमा बिचौलियाको चलखेल भईरहेको गुनासो बढ्दै गएको छ।

 

केही महिना अघि मात्र जिल्लाको एक हत्याको घटनामा न्याय मारेको भन्दै पिडित परिवारले न्यायाधीश मनोज केसी बिरुद्द उनको राजीनामा र उनीमाथि कारवाहीको माग गर्दै कैयौं दिनसम्म प्रदर्शन गर्दै अदालतको गेट छेउमा धर्ना बसेका थिए। दुईबर्ष अघि सरकारी वकील कार्यालय रौतहटका प्रमुख माथि एकजना पीडितले अख्तियारमा उजुरी दिएका थिए। हाल सरकारी वकील कार्यालय गौरमा बिचौलियाको चलखेल सहजै देख्न सकिन्छ। सानो सानो मुद्दामा सहयोग गर्ने नाउँमा बिचौलियाले सरकारी वकिल र न्यायमूर्ति मिलाउने नाउँमा लाखौं लाख रुपैयाँ असुली गरिरहेको जिल्ला सदरमुकाम गौरमा कानुन व्यवसायीहरु गुनासो गरेका छन्।

 

केही बर्ष यता दाईजो लगायत बिभिन्न कारणले मधेश प्रदेशमा नवविवाहिताको हत्याको घटनामा बृद्धि भएको छ। भारतीय बालिकाको नेपालमा हत्या हुनु र आरोपी सहज रुपमा उन्मुक्ती पाउने गरेको कारण केही बर्ष यता देखि दुईदेश बीच सदियौं देखि चलिआएको रोटीबेटीको सम्बन्ध समेत प्रभावित भएको देखिएको छ। अहिले आफ्नो छोरा छोरीको बिहे नेपालमा गर्न आनाकानी गरिरहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

अन्तर्वार्ता : हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक

काठमाडौँ,  फ्रान्सका प्रसिद्ध फोटोग्राफर तथा चलचित्र निर्देशक एरिक भ्याली विशेषगरी नेपालको हिमाली क्षेत्रका समुदायहरूको जीवनशैली र प्रकृतिसँगको सम्बन्ध चित्रण गर्ने कार्यका लागि ख्यातिप्राप्त हुनुहुन्छ । सन् १९५२ मा फ्रान्समा जन्मिनुभएका उहाँले सन् १९८० को दशकदेखि दक्षिण एसियामा विशेष गरी नेपालमा निरन्तर काम गर्दै आउनुभएको...

माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न दश वामपन्थी पार्टीबीच एकता घोषणा भएको छ । भृकुटीमण्डपमा आज आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)लगायत...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ, स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा रू एक हजार एक सय र चाँदी तोलामा रू २५ ले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रू दुई लाख ३७ हजार २०० र चाँदी प्रतितोला रू दुई हजार...

चीनद्वारा अमेरिकी सामानमा थप शुल्क स्थगित

बेइजिङ, चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत हप्ताको भेटवार्तामा भएको सम्झौतालाई औपचारिक रूप दिँदै चीनले अमेरिकी सामानमा लगाइने अतिरिक्त शुल्क एक वर्षका लागि स्थगित गर्ने निर्णय गरेको छ । यससँगै विश्वका दुई ठूला अर्थतन्त्रबीचको नाजुक व्यापार युद्धविराम आगामी वर्षसम्म कायम...

सहकारीको रकम हिनामिना गरेको आरोपमा सात जना पक्राउ

गण्डकी, कास्कीस्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले सहकारी सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रबहादुर गोदारसहित सात जनालाई आज नियन्त्रणमा लिएको छ । अध्यक्ष गोदार, सचिव दिलबहादुर केसी, कोषाध्यक्ष हिरामणी दाहाल, सदस्य दोर्जे तामाङ, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, बजार प्रमुख वेदीप्रसाद...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

पन्ध्र शय्याको बागलुङ नगर अस्पतालमा दुई मेडिकल अधिकृत

गलकोट (बागलुङ),  पन्ध्र शय्याको बागलुङ नगर अस्पतालले स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ ।नगरपालिकाले २०७८ असोज ८ गते पैयुपाटा स्वास्थ्यचौकीलाई १५ शय्यामा स्तारोन्नति गरेको थियो । दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले हालै एक्सरे र भिडियो...

आइसिसी विश्वकप क्रिकेट लिग–२ : युएईविरुद्ध नेपालले ब्याटिङ गर्दै

काठमाडौँ,  आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध एकदिवसीय शृङ्खालको अन्तिम खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।दुबईस्थित आइसिसी एकेडेमीमा भर्खरै भएको टसमा युएईका कप्तान आलिशान शराफुले टस जितेर पहिला फिल्डिङ रोजेका छन् । यसँसगै नेपालले पहिला ब्याटिङको...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९