न्यायालय बिचौलियाको घेरामा, सेटिङमा अभियुक्त हाजिर गरेको आरोप

रौतहट । पूर्व मन्त्री महमद आफताब आलमलाई सफाई दिने पुनरावेदन अदालतका दुईजना न्यायाधीश न्याय परिषदमा तानिएको बेला रौतहटस्थित न्यायालय बिचौलियाको घेरामा परेको चर्चा चुलिएको छ। स्थानिय कटहरिया नगरपालिका ५ अन्तर्गत नवविवाहिता हत्या प्रकरणका मुख्य आरोपी तथा आत्महत्या दुरुत्साहन मुद्दाका अभियुक्तलाई सेटिङ अनुसार प्रहरीमा हाजिर गराएको आरोप लागेको छ  ।

 

नवविवाहिता हत्या प्रकरणमा प्रहरीले अनुसन्धान प्रभावित पार्न खोजेको भन्दै पीडित पक्षले  न्यायका लागि अपिल समेत गरेका छन्। कटहरिया नगरपालिका–५ मा वैशाख २८ गते भएको सानिया प्रविनको मृत्यु प्रकरणमा पीडित परिवारले न्यायका लागि पहल गरिदिन न्युजकारखानालाई आग्रह गरेका छन्। भारत, बिहार राज्य, पूर्वी चम्पारण सुगौली राय टोलाका मेहोलिया रोजनाजी परिवारकी छोरीको हत्या भएको र प्रहरीले पनि न्याय दिन नसकेको भन्दै मृतक सानिया परवीनको आफन्तहरूले उक्त आग्रह गरेका हुन्।

 

माइती पक्षका अनुसार परवीनको कटहरिया–५ कटहरिया बजारमै घर भएका अहमद राय भाटको छोरा अरमानराय भाटसँग मात्र ६ महिना अघि मुस्लिम परम्परा अनुसार बिवाह भएको थियो।  बिहे पछि दाइजोमा नगद, केटिएम मोटरसाइकललगायतका सामग्री दिन नसकिएकै कारण सानियालाई मानसिक र शारीरिक यातना दिई हत्या गरिएको माइती पक्षले आरोप लगाउँदै आएका छन्।

 

मृतक सानियाका मामा असमान अन्सारीले भने, “सासु, ससुरा र ज्वाइँ अरमान राय मिलेर गत बैशाख २८ गते घाँटी थिचेर भान्जी सानियाको हत्या गरेका हुन्। हत्या गरेर शवलाई झुण्ड्याएर आत्महत्या देखाउन खोजिएको  छ ।’ सानिया भोलिपल्ट माईती जान तयारी अवस्थामा थिइन्। त्यही दिन बेलुकी उनको झुण्डिएको अवस्थामा मृत्यु हुन्छ र कोठाको ढोका खुला थियो। तर, प्रहरीले गहन अध्ययन अनुसन्धान नगरी  प्रभावमा परेर ईलाका प्रहरी कार्यालय गरुडामा ज्यान मुद्दाको सट्टा आत्महत्या दुरुत्साहन मुद्दा चलायो त्यो पनि एक जनामाथि मात्र मृतक सानियाका मामा असमान अन्सारीले आरोप लगाए ।

 

घटना पछि मुख्य आरोपी तथा मृतक सानियाका श्रीमान अरमानराय भाट फरार भएका थिए तर पछि एकजना स्थानिय बिचौलियाले आर्थिक चलखेलको भरमा प्रहरी, सरकारी वकील र न्यायलयलाई मिलाइ सकेको दाबी गरे पछी आरोपी अरमान ईलाका प्रहरी कार्यालय गरुडामा हाजिर भएको सानियाका मामा अन्सारीले जिकिर गरेका छन्।

 

प्रहरीमा हाजिर भएपछि सरकारी वकिलको पहलमा अदालतमा धरौटीमा छाड्ने बिचौलियाले सेटिङ मिलाएको पीडित परिवारले दाबी गरेका छन्। उनीहरूले नेपालको कानुन ब्यवस्था प्रति नै प्रश्न उठाएका छन्। भारतमा यस्तो घटना हुँदा अहिलेसम्म धेरै थोक हुन्थ्यो, ससुरा, सासु, श्रीमान सबै थुनामा हुन्थे तर यहाँ प्रहरी प्रशासन, न्यायलय देखी राजनीतिक दलका नेताहरु कसैमाथि विश्वास गर्ने अवस्था नरहेको उनीहरूले दुःखेसो पोखेका छन्।

ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले घटनाको प्रहरीले भनेको निश्पक्ष अनुसन्धान गर्ने हो। आरोप जस्ले जे लगाउदा पनि हुन्छ। न्याय सबैले पाउनु पर्छ। जहाँसम्म प्रहरिको भुमिकाको कुरा छ, यसमा म निष्पक्ष छु। कुनै मोलमोलाइ हुने छैन। निष्पक्ष अनुसन्धान हुनेछ। बाहिर कस्ले के कुरा गर्यो भन्ने कुरा मेरो खासै चासोको बिषय पनि होइन। पिडितलाइ न्याय दिलाउन म प्रतिबद्ध रहेको डिएसपी कार्कीले प्रतिवद्धता जनाएका छन्। अर्को प्रसङ्गमा उनले भने घटना पछी आरोपी अरमानलाई हाजिर गराउन पटक पटक उनको अभिभावकलाई भन्दा कुनै वास्ता नगरेको तर केही दिन अघि आफै आएर ईलाका प्रहरी कार्यालय गरुडामा आरोपी अरमान हाजिर भएपछी कुनै कतै सेटिङ त छैन भनेर आफूलाई पनि शंका लागेको डिएसपी राजन कार्कीले बताएका छन्।

 

जिल्ला सरकारी वकील कार्यालय रौतहटका प्रमुख जिल्ला न्यायाधिवक्ता मुन्ना मियाँले अहिले अभियुक्त प्रहरी हिरासतमा रही अनुसन्धान भईरहेको बताउँदै सबै आरोपको खण्डन गरेका छन्। उनले कुनै पनि फौजदारी मुद्दाका अभियुक्तलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेर सम्पूर्ण रिपोर्ट सरकारी वकील कार्यालयमा बुझाउने गर्दछन्। सरकारी वकिलले उक्त मुद्दामा अभियोजन पत्रसहित सम्पूर्ण प्रमाणहरु अदालतमा बुझाउँछ, न्यायाधिवक्ताले पीडितको पक्षमा बहस गर्छन मियाँले भने।

 

र, त्यसपछि न्यायाधीशले प्रमाण, गवाही, घटना प्रकृति, प्रहरीको अनुसन्धान सबै हेरेर वकिलको बहस सुनेर अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गर्न सक्छ, धरौटीमा छोड्न सक्छ अथवा साधारण तारेखमा पनी छोड्न सक्ने जिल्ला न्यायाधिवक्ता मियाँले स्पष्ट पारेका छन्। उनले कुनै बिचौलियासँग आफूहरुको कुनै सम्बन्ध छैन्, सबै आरोप गलत रहेको उनको भनाई रहेको छ तर पछिल्लो समय रौतहटमा सरकारी वकिल कार्यालय देखी जिल्ला अदालत गौरमा बिचौलियाको चलखेल भईरहेको गुनासो बढ्दै गएको छ।

 

केही महिना अघि मात्र जिल्लाको एक हत्याको घटनामा न्याय मारेको भन्दै पिडित परिवारले न्यायाधीश मनोज केसी बिरुद्द उनको राजीनामा र उनीमाथि कारवाहीको माग गर्दै कैयौं दिनसम्म प्रदर्शन गर्दै अदालतको गेट छेउमा धर्ना बसेका थिए। दुईबर्ष अघि सरकारी वकील कार्यालय रौतहटका प्रमुख माथि एकजना पीडितले अख्तियारमा उजुरी दिएका थिए। हाल सरकारी वकील कार्यालय गौरमा बिचौलियाको चलखेल सहजै देख्न सकिन्छ। सानो सानो मुद्दामा सहयोग गर्ने नाउँमा बिचौलियाले सरकारी वकिल र न्यायमूर्ति मिलाउने नाउँमा लाखौं लाख रुपैयाँ असुली गरिरहेको जिल्ला सदरमुकाम गौरमा कानुन व्यवसायीहरु गुनासो गरेका छन्।

 

केही बर्ष यता दाईजो लगायत बिभिन्न कारणले मधेश प्रदेशमा नवविवाहिताको हत्याको घटनामा बृद्धि भएको छ। भारतीय बालिकाको नेपालमा हत्या हुनु र आरोपी सहज रुपमा उन्मुक्ती पाउने गरेको कारण केही बर्ष यता देखि दुईदेश बीच सदियौं देखि चलिआएको रोटीबेटीको सम्बन्ध समेत प्रभावित भएको देखिएको छ। अहिले आफ्नो छोरा छोरीको बिहे नेपालमा गर्न आनाकानी गरिरहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

सिरहा,  सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा उद्घाटन गरिएको ‘सिटी स्क्यान’ सेवा जनशक्ति अभावका कारण सञ्चालन हुन सकेको छैन । यही वैशाख २१ गते उद्घाटन गरिए पनि दक्ष प्राविधिक नहुँदा सेवा सञ्चालन हुन नसकेको हो । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष...

सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

काठमाडौँ, सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि जापानका राजदूत मायदा तोरुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उहाँहरूबीच भएको भेटमा नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा सकारात्मक छलफल भएको थियो ।       भेटमा सभामुख अर्यालले आफ्नो कार्यकालमा नेपाल–जापान...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ७०, गोलभेँडा...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन

कैलाली। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन भएका छन्। समितिका सदस्यहरूमा योगेश बगालेमगर, दिलमाया थापामगर र कल्पना भण्डारी रहेका छन्।   त्यसैगरी, पदेन सदस्यमा नानी दमाई, शिक्षक प्रतिनिधिमा रमेशकुमार कठरिया तथा सदस्य सचिवमा मान...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन

कैलाली। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन भएका छन्। समितिका सदस्यहरूमा योगेश बगालेमगर, दिलमाया थापामगर र कल्पना भण्डारी रहेका छन्।   त्यसैगरी, पदेन सदस्यमा नानी दमाई, शिक्षक प्रतिनिधिमा रमेशकुमार कठरिया तथा सदस्य सचिवमा मान...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन

कैलाली। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन भएका छन्। समितिका सदस्यहरूमा योगेश बगालेमगर, दिलमाया थापामगर र कल्पना भण्डारी रहेका छन्।   त्यसैगरी, पदेन सदस्यमा नानी दमाई, शिक्षक प्रतिनिधिमा रमेशकुमार कठरिया तथा सदस्य सचिवमा मान...

चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने

नारायणगढ (चितवन),  जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जिपिएस जडान गर्नुपर्ने...

‘रन च्यालेन्ज’ शनिबार

काठमाडौँ,  एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको ‘नेपाल—५ के रन च्यालेन्ज’ हुने हुने भएको छ । शनिबार हुने दौडमा विभिन्न छ विधामा प्रतिस्पर्धा हुने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो ।   खुला महिला/पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फ पाँच...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९