मिटरब्याजपीडितलाई निवेदन दिन आयोगको आह्वान

काठमाडौं, १४ वैशाख । अनुचित लेनदेन (मिटरव्याज ) सम्बन्धि जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले मिटरब्याजपीडितलाई निवेदन दिन आह्वान गरेको छ। बिहीबार आयोगले यही वैशाख १७ देखि ३१ गतेसम्म निवेदन सकिने जनाएको छ ।  आयोगको कार्यालय वा सम्बन्धित् जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सकिने आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिएका छन् । जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजपीडित सहायता कक्ष पनि स्थापना गरिएको र सोही स्थानबाट निःशुल्क फारम पाइने र भर्न नसक्नेका लागि प्रशासनकै कर्मचारीले सहयोग गरिदिने आयोगले जनाएको छ । तराई मधेशका विभिन्न जिल्लाबाट काठमाडौं आएर मिटरब्याजपीडित संघयर्षरत् छन् । सरकारले समस्या समाधान गर्न नखोजेको भन्दै उनीहरु वार्ता नै भंग गरेर आन्दोलनमा उत्रिएका थिए । सरकारले मिटरब्याजपीडितको समस्या समाधान गर्न विषेश अदालका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्य जाँचबुझ आयोग गठन गरेको हो । आयोगको सदस्यमा पूर्व नायव महान्याधिवक्त गणेशबाबु अर्याल र पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदी रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी, मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीले बताएका छन् । तातोपानी र रसुवा नाका अवरूद्ध भएपछि नेपाली व्यापारीहरुले कोराला नाकाबाट मुस्ताङ, म्याग्दी हुँदै राजधानी काठमाडौँमा चिनियाँ सामग्री आयात, निर्यात गर्न...

मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

गोदावरी (कैलाली)।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका भौतिक संरचनाको अनुगमन गर्नुभएको छ । उहाँले आज धनगढीस्थित प्रदेश मन्त्रालय तथा विभिन्न सरकारी कार्यालयमा पुगेर क्षतिको अवस्थाबारे अस्थलगत अवलोकन गर्नुभएको हो । त्यस क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ९४ पैसा...

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी, मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीले बताएका छन् । तातोपानी र रसुवा नाका अवरूद्ध भएपछि नेपाली व्यापारीहरुले कोराला नाकाबाट मुस्ताङ, म्याग्दी हुँदै राजधानी काठमाडौँमा चिनियाँ सामग्री आयात, निर्यात गर्न...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९