लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका १२ जिल्लामा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुन सक्रिय भएकाले पश्चिम नेपालका जिल्लाहरुमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी जारी गरिएको छ । जल तथा मौसम विज्ञान विभागले लुम्बिनी, कर्णाली र सुदूपश्चिम प्रदेशका १२ जिल्लामा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले असार १६ गतेसम्म सतर्कता अपनाउन भनेको छ ।

विभागका अनुसार लुम्बिनीका बाँके, बर्दिया र दाङ, कर्णालीका सुर्खेत, दैलेख र सल्यान, सुदूरपश्चिमका बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर जिल्लामा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको चेतावनी जारी गरिएको छ । विभागले दिएको सूचनाको आधारमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम हुने भएकाले उच्च सतर्कता अपनाउन र पूर्वतयारी तथा पूर्वकार्य गर्न भनेको छ ।

विभागका अनुसार गत २४ घण्टामा सबैभन्दा धेरै प्युठानको स्याउलीबाङमा पानी परेको छ । स्याउलीबाङमा २४ घण्टामा १२०.२ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी सिन्धुपाल्चोकको गोब्रे स्टेसनमा १०२.६ र कञ्चनपुरको हनुमाननगरमा १०२.४ मिलिमिटर वर्षा मापन भएको छ । वर्षा, बाढी र डुबानको जोखिम भएकाले नदी र खोला नजिकको क्षेत्रमा नजान भनिएको छ । साथै सडक र हवाई यातायात समेत प्रभावित हुने सम्भावना रहेकाले मौसमको अध्यावधिक जानकारी लिएर र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न भनिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मुढाको छपाबाघ शान्ति टोलमा देहव्यापारको अड्डा: बालिका समेत दलदलमा, प्रशासन मौन

कैलाली । कैलालीको मुढास्थित छपाबाघ शान्ति टोलमा कानुनले पूर्णतः बन्देज गरेको देहव्यापारको धन्दा अहिले निर्बाध रूपमा चलिरहेको छ। बादी समुदायको बाक्लो बस्ती रहेको यस शान्ति टोलमा विगत एक दशकदेखि चलिरहेको यो अवैध कार्य पछिल्लो समय होटेल तथा खाजा घरहरूको सुरक्षा कबजभित्र झन् मौलाउँदै गएको...

राष्ट्रिय आर्थिक गणना तथा अनुसन्धान सहकार्य गर्न समझदारी

काठमाडौँ,  राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल र उद्योग परिसङ्घबीच राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित विश्वसनीय तथ्याङ्क, सङ्कलन, विश्लेषण, अनुसन्धान तथा नीतिनिर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले एक समझदारी भएको छ । मुलुकको आर्थिक विकास, औद्योगिक विस्तार तथा प्रभावकारी नीतिनिर्माणका लागि गुणस्तरीय र समयानुकूल तथ्याङ्क जरुरी आवश्यक रहेकाले उक्त...

सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ,  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य स्थिर छ । यो प्रवृत्ति गत शुक्रबारदेखि कायम छ । सुनको मूल्य भने गत बिहीबारदेखि नै स्थिर छ । अघिल्लो दिनको तुलनामा गत शुक्रबार चाँदीको मोल तोलामा रु ५० ले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...

अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं,  बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना अभिवृद्धि गर्नुका साथै प्रभावित देशहरूमा राष्ट्रियस्तरमा सुरुङ निवारण क्षमताको विकास गर्न दिगो अन्तरराष्ट्रिय सहयोग आह्वान गर्दै आज विश्वका विभिन्न मुलुकमा अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदैछ ।       सन् २००५ डिसेम्बर ८ मा...

मुढाको छपाबाघ शान्ति टोलमा देहव्यापारको अड्डा: बालिका समेत दलदलमा, प्रशासन मौन

कैलाली । कैलालीको मुढास्थित छपाबाघ शान्ति टोलमा कानुनले पूर्णतः बन्देज गरेको देहव्यापारको धन्दा अहिले निर्बाध रूपमा चलिरहेको छ। बादी समुदायको बाक्लो बस्ती रहेको यस शान्ति टोलमा विगत एक दशकदेखि चलिरहेको यो अवैध कार्य पछिल्लो समय होटेल तथा खाजा घरहरूको सुरक्षा कबजभित्र झन् मौलाउँदै गएको...

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन,  यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म रु १२ करोड ३० लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १० करोड ६४ लाख ४३३ अर्थात् ८६ प्रतिशत मात्र राजस्व असुली...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली,  कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ः०० बजेबाट अधिवेशन अन्त्य गर्नुभएको जानकारी सभामुख नन्दा गुरुङले दिनुभयो । सभामुख गुरुङले सातौँ अधिवेशनमा सम्पादन गरेका प्रमुख कार्यहरु मध्ये कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना...

मुढाको छपाबाघ शान्ति टोलमा देहव्यापारको अड्डा: बालिका समेत दलदलमा, प्रशासन मौन

कैलाली । कैलालीको मुढास्थित छपाबाघ शान्ति टोलमा कानुनले पूर्णतः बन्देज गरेको देहव्यापारको धन्दा अहिले निर्बाध रूपमा चलिरहेको छ। बादी समुदायको बाक्लो बस्ती रहेको यस शान्ति टोलमा विगत एक दशकदेखि चलिरहेको यो अवैध कार्य पछिल्लो समय होटेल तथा खाजा घरहरूको सुरक्षा कबजभित्र झन् मौलाउँदै गएको...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

अभिभावकबाट शुल्क उठाएर शिक्षकलाई तलब

भजनी (कैलाली), जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले विद्यालय सेवा शुल्कका नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको पाइएको छ । बालविकासदेखि नै नयाँ विद्यार्थी भर्नाका लागि आउँदा कतिपय विद्यालयले शुल्क उठाउने गरेको पाइएको हो । गाउँपालिकाभित्रका अधिकांश विद्यालयले कक्षा ६ देखि भने अभिभावक सेवा...

निःशुल्क दन्त शिविरबाट ३०५ जना लाभान्वित

जम्ला,  जुम्लाको तिला गाउँपालिका–६ सञ्चालन गरिएको दुईदिने निःशुल्क दन्त शिविरबाट ३०५ जना लाभान्वित भएका छन् ।‘मेल फर स्माइल’ र प्रोजेक्ट रङ्गीचङ्गीको आर्थिक सहयोग तथा तिला गाउँपालिका–६ को समन्वयमा आइतबार भएको निःशुल्क स्वास्थ्य शिविरमा १६२ पुरुष र १४३ महिलाले सेवा लिएका वडाध्यक्ष जङ्गबहादुर रोकायाले जानकारी...

गोलबजार मेयर गोल्डकप: उद्घाटन खेलमा इटहरी विजयी

सिरहा,  सिरहाको गोलबजार नगरपालिकामा सोमबारदेखि सुरु भएको नवौँ संस्करणको ‘गोलबजार मेयर गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा राष्ट्रिय जागृति क्लब, इटहरी विजयी भएको छ । गोलबजार नगरपालिका-२ गुरुधामस्थित खेलग्राममा भएको प्रतिस्पर्धात्मक उद्घाटन खेलमा हेटौँडा फुटबल एकेडेमीलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै इटहरीले सुखद...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९