
कैलाली । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की शाखाद्वारा मृत्यु दाबी रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं १ निवासी कृष्ण तिरुवाको बिमा गरेको एक बर्ष पछी कालगतिले मृत्यु भएको हुँदा श्रीमती मनसरा तिरुवालाई कम्पनीले एक कार्यक्रमको आयोजना गरी रु ३ लाख ६५ हजार ७ सय ५० रुपैयाँ हस्तान्तरण गरेको हो मृतक तिरुवाले सन लाईफ बाट तीन लाख विमाङ्क रकमको जीवन बीमा गराउनु भएको थियो।सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड लम्की शाखा प्रबन्धक डम्बर बहादुर न्यौपानेको सभा अध्यक्षमा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँकार्यपालिका सदस्य सरस्वती तिरुवा रहनुभएको थियो। त्यसैगरी सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका मार्केटिङ म्यानेजर चन्द्रमणि सापकोटा, चक्रबहादुर बोहरा, विपिन देवकोटा र संगीता बिक लगायत मार्केटिङ म्यानेजरहरूको उल्लेखीय सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि सरस्वती तिरुवा अहिलेको समयमा जीवन बीमा अनिवार्य रहेको बताउनुभएको छ। सबैले सक्दो अनुसारको बीमा गर्यौं भने आश्रित परिवारलाई ठूलो राहत हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमको समापन गर्दै शाखा प्रबन्धक डम्बर न्यौपानेले मृत आत्माप्रति गहिरो दुःख प्रकट गर्दै सुखको घडीमा सबैले साथ दिए पनि दुःखको साथि जीवन बीमा नै भएकाले सबैले आ-आफ्नो सक्दो अनुसारको जीवन बीमा गर्नु अहिलेको आवश्यकता रहेको औल्याउनुभयो। कार्यक्रमको सञ्चालन लम्की शाखा मार्केटिङ डिपार्टमेन्ट प्रमुख डम्मर बहादुर बुढाले गर्नुभएको थियो।