मंगल मिशनका लागि १० अर्ब डलर, १० बुदाँमा जान्नुहोस ट्रम्पको नयाँ कर नीति

वासिंगटन डिसी। अमेरिकी राष्ट्रपतिले राष्ट्रिय राजनीतिमा यतिखेर ठूलो जित हासिल गरेका छन् । उनको सपनाको विधेयक अमेरिकी संसदको दुवै सदनबाट पारित भइसकेको छ र जुलाई ४ मा ट्रम्पको हस्ताक्षरले कानुन बन्नेछ ।वास्तवमा, अमेरिकी कंग्रेस (हाउस अफ रिप्रिजेन्टेटिभजस्तै) ले एउटा प्रमुख बिल प्याकेज पारित गरेको छ, जसलाई ‘बिग ब्यूटीफुल बिल’भनिएको छ। यसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो दोस्रो कार्यकालमा सबैभन्दा ठूलो विजय दिएको छ।प्रश्न यो छ कि यस कानूनमा यस्तो के छ कि यसको यति धेरै चर्चा भइरहेको छ र ट्रम्पले यसलाई कुनै पनि हालतमा पास गराउन चाहेका छन्, यद्यपि उनका पूर्व साथी र विश्वका धनी व्यक्ति एलोन मस्क यसको विरुद्धमा खुलेर आएका छन्।

 

दश बुदाँमा बुझ्नुहोस्ः

करः ट्रम्पले आफ्नो पहिलो कार्यकालमा गरेको आयकर कटौती अब स्थायी भएको छ। अब अमेरिकामा टिप्स र ओभरटाइमका लागि प्राप्त हुने रकममा कर लाग्ने छैन । ट्रम्पले आफ्नो चुनावी अभियानमा यो ठूलो चुनावी वाचा गरेका थिए तर यो कर कटौती सन् २०२८ सम्म मात्र रहनेछ। यो कानून लागू भएमा अमेरिकी कम्पनीहरूले अनुसन्धान र विकासमा लाग्ने खर्चमा तुरुन्तै कटौती गर्न पाउने छन्।

 

आप्रवासीहरूमाथि कारबाहीः अमेरिकी सीमामा पर्खाल निर्माणलगायत सीमा पूर्वाधार निर्माण गर्न ४६.५ बिलियन डलर खर्च गरिने भएको छ। अवैध आप्रवासीहरूलाई हिरासतमा राख्न १ लाख बेडको सुविधा (जेल जस्तै) निर्माण गर्न ४५ बिलियन खर्च हुनेछ। अवैध आप्रवासीहरूलाई पक्राउ गर्न १० हजार अध्यागमन र भन्सार प्रवर्तन (आईसीई) अधिकारीहरू भर्ती गर्न नयाँ कोष उपलब्ध गराइने छ। अमेरिकामा गैरकानूनी रूपमा देश प्रवेश गर्न खोज्ने शरणार्थी र आप्रवासीलाई अमेरिकामा नयाँ जरिवानाको व्यवस्था गरिएको छ ।

 

स्वच्छ ऊर्जामा सरकारी खर्चमा कटौतीः पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनले ल्याएको स्वच्छ ऊर्जा कर क्रेडिट रद्द गरिएको छ। यसको सट्टा ट्रम्पले आफ्नै मुद्रास्फीति न्यूनीकरण ऐन ल्याएका छन्। नयाँ वायु र सौर्य ऊर्जा परियोजनाहरूका लागि अमेरिकी संघीय (केन्द्रीयं) सरकारबाट प्राप्त अनुदानहरू चरणबद्ध रुपमा रोकिनेछन । जस्तो कि, ३० सेप्टेम्बर २०२५ पछि विद्युतीय सवारीको खरिदमा ७५०० अमेरिकन डलरको कर क्रेडिट हटनेछ । मुख्यतयाः यसकारण ट्रम्पले टेस्लाका सीईओ एलन मस्कलाई निशाना बनाएको बताइएको छ।सरकारको ऋण लिने सीमा बढ्योः अमेरिकाको ऋण लिने सीमा बढाएर ५ ट्रिलियन डलर पु¥याएको छ । यसबाट इलन मस्क र ट्रम्पको रिपब्लिकन पार्टीका धेरै समर्थकहरु पनि आक्रोशित भएका छन् ।

 

कल्याणः गरिब र अपाङ्गता भएकाहरूका लागि विशेष गरी मेडिकेड स्वास्थ्य बीमा कार्यक्रम र खाद्य सहायता कार्यक्रममा खर्च गरिएको रकममा नयाँ प्रतिबन्धहरू लगाइएको छ। अब ६५ वर्ष मुनिका र नाबालिग सन्तान नभएका मानिसहरु तिनीहरूले स्वास्थ्य बिमा वा खाध्य सहायता प्राप्त गर्न प्रति महिना कम्तिमा ८० घण्टा काम गर्नुपर्ने भएको छ । अमेरिकाका गाउँहरूमा अस्पतालहरूलाई सहयोग गर्न ५० बिलियन पाँच वर्षिय कोष सिर्जना गरिएको छ।

 

महिला स्वास्थ्यः अमेरिकाको संघीय सरकारबाट ‘प्लान्ड पेरेंटहुडझ् नामक संस्थालाई एक वर्षको लागि आर्थिक सहयोग रोकिएको छ । ‘प्लान्ड पेरेंटहुड’  संयुक्त राज्य अमेरिकामा एक राष्ट्रव्यापी महिला स्वास्थ्य संगठन हो, जुन प्रायः गर्भपतनको काम गराउँछ । यो नीतिले रिपब्लिकन पार्टीमाथी प्रहार लक्षित रहेको छ।

 

नवजात शिशु कोषः अमेरिकामा नवजात शिशुको जन्म भएपछि उनीहरुको नाममा अब १ हजार डलर जम्मा गरी बचत खाता खोलिनेछ । यी खाताहरूको नाम ‘ट्रम्प खाता’ हुनेछ।गोल्डेन डोमः ट्रम्पले अमेरिकाले पनि इजरायलको वायु रक्षा प्रणाली ‘आइरन डोम’ जस्तै अत्याधुनिक ‘गोल्डेन डोम’ बनाउने घोषणा गरेका थिए । अब ट्रम्पको यो पहललाई २५ अर्ब डलरको कोष दिइएको छ ।अन्तरिक्ष कार्यक्रमः अमेरिकाको अन्तरिक्ष कार्यक्रम प्रवर्द्धन गरिएको छ। मंगल ग्रहको मिसनका लागि १० अर्ब डलर दिइएको छ र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनले अवकाशपछि डिकमिशन गर्नका लागि ३२ करोड ५० लाख डलर पाउने छन्।धनी विश्वविद्यालयमा नयाँ करः अमेरिकाका धनी विश्वविद्यालयमा नयाँ कर लगाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बनेपामा ‘एक घर, एक धारा’अभियान

काभ्रेपलाञ्चोक, काभ्रेको बनेपा नगरपालिका–६ स्थित बस्तीहरुमा खानेपानी वितरण थालिएको छ । वडा कार्यालयले ‘वडाको अभियान शुद्ध खानेपानी, पानीबिना रहँदैन जिन्दगानी’नाराका साथ एक घर एक धारा कार्यक्रमअन्तर्गत खानेपानी वितरण थालेको हो ।   खानेपानी आयोजनाले ६ नं वडाका बस्तीमा सात सय ६० परिवारलाई समेट्ने जनाइएको छ ।...

राष्ट्रपति कतारतर्फ प्रस्थान

काठमाडौँ,  राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...

वीरगञ्ज नाका हुँदै तीन महिनामा आठ अर्ब ७० करोडका सवारीसाधन भित्रियो

वीरगञ्ज (पर्सा),  वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा रु आठ अर्ब ७० करोड मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनामा सवारीसाधनको आयातबाट रु सात अर्ब ७७ करोड राजस्व सङ्कलन भएको छ ।वीरगञ्ज भन्सार...

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच मे महिनाको द्वन्द्वपछि पहिलोपटक भारतीय सिख तीर्थयात्रीहरूलाई पाकिस्तान प्रवेशका लागि भिसा प्रदान गरिएको छ । यो निर्णयले दुवै देशबीच स्थगित धार्मिक यात्रामा पुनः आशाको किरण ल्याएको छ । भारतीय सरकारको औपचारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक नभए पनि भारतीय पत्रपत्रिकाहरूले शनिबार सरकारका...

अझै रोकिएन असुरक्षित गर्भपतन : आफूखुसी औषधि नखाऔँ

ढोरपाटन (बागलुङ), बागलुङमा पछिल्लो समय सुरक्षित स्वास्थ्य सस्थाबाट नै गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्दो छ । प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा एक हजार ६४ जना महिलाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सुचीकृत स्वास्थ्य सस्थामार्फत् सेवा लिएका थिए । सेवा लिएका मध्ये २७...

मौसमः पश्चिमी वायुको प्रभाव कायमै

काठमाडौँ, नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार देशका पहाडी भू–भागमा आशिंक बदली रहनेछ । यसैगरी धेरै जसो स्थानमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

पायक पर्ने स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दा …

ढोरपाटन (बागलुङ), बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा सञ्चालन भएको आँखा शिविरबाट एक हजार सात जना आँखाका बिरामी लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित हिमालय आँखा अस्पताल पोखरा र धौलागिरि आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा लायन्स क्लब अफ ढोरपाटनको संयोजनमा गत शुक्रबारदेखि सुरु भएको...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९