म्याग्दी पहिरोमा पुरिदा एकको मृत्यु, अर्का एक बेपत्ता

काठमाडौं । म्याग्दीमा गएको पहिरोमा परी एकजनाको मृत्यु भएको छ । आज दिउँसो अचानक आएको पहिरोमा परी एकको मृत्यु हुनुका साथै थप एक बेपत्ता भएका छन् । म्याग्दीको मालिका गाउँपालिका–३ लुप्सीपारमा आज दिउँसो पहिरो गएको थियो । अचानक आएको पहिरोमा पुरिएर लुप्सीपारका ३५ वर्षीय जगेन्द्र विकको मृत्यु भएको हो ।  समाचार अनुसार उनका छोरा अन्दाजी १३ वर्षका सरोज विक भने बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले सञ्चारकर्मीलाइ जानकारी दिएका छन् । उनका अनुसार घर नजिकैको पाखामा घाँस काट्ने क्रममा अचानक माथिबाट पहिरो खसेर दुवैलाई पुरेको थियो । बेपत्ताको खोजीका लागि जनप्रतिनिधि, स्थानीयवासी र इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी टोली घटनास्थलमा खटिएको छ । साथै, पहिरो थुनिएको म्याग्दी खोलावाट अहिले पानी निकास हुन थालेको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?