थाइल्याण्ड-कम्बोडियालाई भिडन्तमा शिव मन्दिर बिबादकाे १०० बर्षिय संघर्ष, अहिलेसम्म गयाे ६२ को ज्यान

बैंकक । थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ । थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ । यसअघि बिहीबार बिहान दुवै देशका सैनिकले सीमा क्षेत्रमा एक अर्का माथि गोली प्रहार गरेका थिए ।कम्बोडियाको विदेश मन्त्रालयले थाई सैनिकले पहिले गोली चलाएको आरोप लगाएको छ जबकि थाइल्याण्डको सेनाले भने कि कम्बोडियाले सेना पठाउनु अघि ड्रोन तैनाथ गरेको थियो, त्यसपछि उसले तोप र लामो दूरीको बिएम २१ रकेटले फायर गरेको थियो।

 

दुई देशबीचको यो द्वन्द्वको कारण पनि पुरानो हो । ११०० वर्ष पुरानो शिव मन्दिर ‘प्रेह विहेर’ भनेर चिनिन्छ। यो मन्दिर ९ औं शताब्दीमा खमेर सम्राट सूर्य वर्मनले भगवान शिवको लागि बनाएका थिए। तर, समयसँगै यो मन्दिर आस्थाको केन्द्र मात्र नभएर राष्ट्रवाद, राजनीति र सैन्य शक्तिको अखाडा पनि बन्न पुगेको छ ।

 

२ जुलाई २०२५ मा थाइल्याण्डका प्रधानमन्त्री पैतोंगटार्न सिनावात्रालाई अदालतले निलम्बन गरेको थियो। कारण थियो एक फोन कल, जसमा उनले कम्बोडियाका एक वरिष्ठ नेतालाई काका भनेर बोलाउँदै थिए। त्यो पनि त्यतिबेला जब सीमामा अवस्था निकै तनावपूर्ण थियो । यो वार्तालाप बाहिरिए पछि जनताले यसलाई राष्ट्रिय स्वाभिमान विपरित ठान्न पुगे । र, केही समयमै यो आह्वान राजनीतिक आँधीमा परिणत भयो र प्रधानमन्त्रीले आफ्नो कुर्सी गुमाउनु पर्‍यो ।

कम्बोडियाले यो मन्दिर आफ्नो क्षेत्रभित्र रहेको दाबी गरेको छ भने थाइल्याण्डले मन्दिरको केही भाग आफ्नो सुरिन प्रान्तमा पर्ने बताउँछ। वास्तवमा, यो मन्दिर डांग्रेक पहाडमा एक रणनीतिक पासमा अवस्थित छ, जहाँ एक पटक ऐतिहासिक खमेर राजमार्ग गुज्रिएको थियो, जसले आजको अंगकोर (कम्बोडिया) लाई फिमाई (थाइल्याण्ड) लाई जोडेको छ। यो विवाद विगत दशकहरूमा रोकिएन, बरु समयसँगै चर्कियो। र, अहिले यो विवादले देशको राजनीतिलाई समेत हल्लाएको छ ।

यो विवाद २० औं शताब्दीको सुरुबाट सुरु भएको मानिन्छ। सन् १९०४ मा प्राकृतिक जलविभाजनका आधारमा सीमा निर्माण गर्ने निर्णय भएको थियो । तर फ्रान्सेली उपनिवेशवादीहरूले सन् १९०७ मा तयार गरेको नक्सामा उक्त मन्दिर कम्बोडियामा देखाइएको थियो।

 

थाइल्याण्डले त्यसपछि यसलाई स्वीकार गरेको पनि थियो तर १९३० मा विरोध गर्यो, जुन धेरै ढिलो भयो रअन्तर्राष्ट्रिय न्यायालयले यो विरोध अस्वीकारसमेत गरिदियो । सन् १९६२ मा अन्तर्राष्ट्रिय अदालतले कम्बोडियालाई मन्दिरको अधिकार दिएको थियो । यद्यपि थाइल्यान्डले यो निर्णयलाई पूर्ण रूपमा स्वीकार गरेन र अझै पनि मन्दिरको छेउछाउको क्षेत्रमा आफ्नो दाबी कायम राखेको छ। २००८ मा जब कम्बोडियाले मन्दिरलाई युनेस्को विश्व सम्पदा स्थलमा समावेश गरायो,  त्यस यता दुई देशबीचको तनाव झनै बढेको छ ।

 

२००८–२०११ को बीचमा मन्दिर क्षेत्रको लागी धेरै झगडा भएको थियो। २०११ मा त्यहाँ एक हप्ता सम्म चलेको भारी गोलाबारी भएको थियो, जसमा दुबै देशका सैनिक र नागरिक सहित कुल ४२ जनाको मृत्यु भएको थियो। जसमा कम्बोडियाका १९ सैनिक र ३ नागरिक तथा थाइल्याण्डका १६ सैनिक र ४ नागरिक रहेका छन् ।

मे २०२५ मा स्थिति एक पटक फेरि बिग्रियो। थाइल्याण्डले दाबी गर्‍यो कि कम्बोडियन ड्रोन निगरानी गतिविधि आफ्नो क्षेत्रमा देखाइएको थियो भड्काउने कार्य थियो। यसपछि दुई देशबीच रकेट फायर र हवाई हमलाको खबर बाहिर आएको थियो । थाइल्याण्डले पनि एफ १६ लडाकु विमानहरू प्रयोग गरेको थियो।

 

उही समयमा, कम्बोडियाले आरोप लगायो कि थाई सेनाले बिना उत्तेजना आक्रमण गर्ने काम र तिनीहरूको सेनाले आत्मरक्षामा मात्र कार्य गरेको हो। मन्दिर वरपर दुवै देशका सैनिकको उपस्थिति कुनै नौलो कुरा होइन । पछिल्ला केही वर्षमा दुई देशबीच तीर्थयात्रीका लागि संयुक्त सम्झौता पनि भएको थियो । तर, मन्दिरको सन्दर्भमा सैन्य शक्तिको प्रदर्शनले दुवै पक्षमा राष्ट्रवादी भावनालाई जन्म दिएको छ ।

 

फेब्रुअरी २०२५ मा कम्बोडियन सैनिकहरूले मन्दिर क्षेत्रमा प्रवेश गरे र राष्ट्रिय गान गाए र थाई सेनालाई खुला चुनौती दिए। तर, अप्रिलमा दुई देशबीच स्थानीय तहमा सम्झौता भएको थियो । तर, अहिले स्थित पुनः भडकिएकगत बिहीबार कम्बोडियाली सैनिकको गोली लागेर थाइल्याण्डका १४ जनाको मृत्यु भएको थियो । जसमा १ सैनिक र १३ सर्वसाधारण रहेका छन्  जबकि १० भन्दा बढी घाइते भएका छन् । अहिले पनि स्थिति तनाव ग्रस्त रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बनेपामा ‘एक घर, एक धारा’अभियान

काभ्रेपलाञ्चोक, काभ्रेको बनेपा नगरपालिका–६ स्थित बस्तीहरुमा खानेपानी वितरण थालिएको छ । वडा कार्यालयले ‘वडाको अभियान शुद्ध खानेपानी, पानीबिना रहँदैन जिन्दगानी’नाराका साथ एक घर एक धारा कार्यक्रमअन्तर्गत खानेपानी वितरण थालेको हो ।   खानेपानी आयोजनाले ६ नं वडाका बस्तीमा सात सय ६० परिवारलाई समेट्ने जनाइएको छ ।...

राष्ट्रपति कतारतर्फ प्रस्थान

काठमाडौँ,  राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...

वीरगञ्ज नाका हुँदै तीन महिनामा आठ अर्ब ७० करोडका सवारीसाधन भित्रियो

वीरगञ्ज (पर्सा),  वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा रु आठ अर्ब ७० करोड मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनामा सवारीसाधनको आयातबाट रु सात अर्ब ७७ करोड राजस्व सङ्कलन भएको छ ।वीरगञ्ज भन्सार...

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच मे महिनाको द्वन्द्वपछि पहिलोपटक भारतीय सिख तीर्थयात्रीहरूलाई पाकिस्तान प्रवेशका लागि भिसा प्रदान गरिएको छ । यो निर्णयले दुवै देशबीच स्थगित धार्मिक यात्रामा पुनः आशाको किरण ल्याएको छ । भारतीय सरकारको औपचारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक नभए पनि भारतीय पत्रपत्रिकाहरूले शनिबार सरकारका...

अझै रोकिएन असुरक्षित गर्भपतन : आफूखुसी औषधि नखाऔँ

ढोरपाटन (बागलुङ), बागलुङमा पछिल्लो समय सुरक्षित स्वास्थ्य सस्थाबाट नै गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्दो छ । प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा एक हजार ६४ जना महिलाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सुचीकृत स्वास्थ्य सस्थामार्फत् सेवा लिएका थिए । सेवा लिएका मध्ये २७...

मौसमः पश्चिमी वायुको प्रभाव कायमै

काठमाडौँ, नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार देशका पहाडी भू–भागमा आशिंक बदली रहनेछ । यसैगरी धेरै जसो स्थानमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

पायक पर्ने स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दा …

ढोरपाटन (बागलुङ), बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा सञ्चालन भएको आँखा शिविरबाट एक हजार सात जना आँखाका बिरामी लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित हिमालय आँखा अस्पताल पोखरा र धौलागिरि आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा लायन्स क्लब अफ ढोरपाटनको संयोजनमा गत शुक्रबारदेखि सुरु भएको...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९