गणेशपुरको पोलमा ट्रक ठोकिनु पछाडिका कारण के हुन् ? रेडियम टेपको अभावले थपियो जोखिम!

लम्की । गत शनिबार राति करिब १० बजे लम्कीचुहा–२ गणेशपुरस्थित पूर्व–पश्चिम राजमार्गमा एक मालवाहक ट्रक बीच सडकमा रहेको हाइमास्ट लाइटको पोलमा ठोक्किएको थियो । कञ्चनपुरबाट पूर्वतर्फ गइरहेको सुप्र ०१००१ ख २७८१ नम्बरको ट्रक अन्धकार र वर्षाको बीचमा सो पोलमा ठोक्किँदा ट्रकको अगाडिको भागमा क्षति पुगेको थियो । पोल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने सहचालक सामान्य घाइते भएका थिए ।

सो दुर्घनापछि आखिर सडकको बीचमा रहेको पोलमा कसरी ट्रक ठोकियो भन्ने चासो बनेको छ । यसमा हामीले केही कुराको जवाफ खोज्ने गर्ने प्रयास गरेका छौं ।
सबैभन्दा पहिला त हाइमस्ट लाइट पोल राखिएको स्थान कानुनसम्मत ठिक छ की छैन् ? भन्ने हो । यो सम्बन्धमा सडक डिभिजन महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर हरिस प्रसाद जोशी राजमार्गको क्षेत्रमा स्वीकृति नलिई सार्वजनिक सडक वा सडक सीमामा कुनै किसिमको काम गर्न नहुने बताउँछन् ।

कानूनमा समेत ‘सडक विभागको स्वीकृति प्राप्त नगरी कसैले सार्वजनिक सडकसँग जोडिने गरी प्रवेश मार्ग बनाउन, सार्वजनिक सडक वा सडक सीमाभित्र खाडल वा कुलो खन्न वा भत्काउन, किला, लट्ठा, तगारो आदि गाड्न वा हाल्न वा घर टहरो छाप्रो बनाउन वा सडक सीमाभित्रको जग्गा आवादी गर्न वा यस्तै अन्य कुनै कार्य गर्न हुँदैन ।’ भन्ने व्यवस्था गरेको छ ।

त्यसो भए लम्कीचुहा नगरपालिकासँग सडको बीचमा अथवा सडकको सीमा हाइमस्ट लाइट पोल राख्ने अनुमति छ की छ्रैन् ? भन्ने प्रश्न रहन्छ । यसमा विषयमा पुनः सडक डिभिजन महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर हरिस प्रसाद जोशी भन्छन्, ‘हामीसँग अनुमति नै नलिएर त्यहाँ(लम्कीचुहा नगरपालिका)मा सडकको बीचमा पोल राखिएको रहेछ । त्यो मिल्दैन् । यस सम्बन्धमा हामीले लम्कीचुहालाई पत्राचार गरिसकेका छौँ ।’

अब हामी ड्राइभरले बीच बाटोमा रहेको पोल देखेको देखिनन् भन्ने प्रश्नको जवाफ खोजौं । यस विषयमा बुझ्न इलाका प्रहरी कार्यालय, लम्कीमा गएर ट्रक चालकलाई हामीले दुर्घटना कसरी भयो भनेर सोधेका थियौं ।

चालकले जवाफ दिदै भने, ‘पानी निकै जोरले परिरहेको थियो। सडक खाली थियो । ट्रकको हेडलाइटले धेरै परसम्म देखाउँथ्यो, तर भारी पानी परेका कारण तीन–चार मिटरभन्दा टाढा देखिन सक्दैनथ्यो । पोल देखिन सकेन, एक्कासी ठोक्किए जस्तो आवाज आयो ।’

उनले थपे, ‘यदि पोलमा रेडियम टेप वा रिफ्लेक्टर टाँसेको भए म त्यो देख्न सक्थें । बत्ती पनि निभेको थियो, पोल देख्नै सकिएन ।’

ट्रक पोलमा ठोकिनुमा मानवीय कारणसँगसँगै साघुँरो सडक पनि एक कारण रहेको स्थानीय बताउँछन् । ‘राजमार्ग नाम मात्रका जस्ता राजमार्ग लाग्छ हाम्रा देशका राजमार्ग । जम्माजम्मी ७ मिटर चौडाई छ पूर्वपश्चिम जोड्ने यो राजमार्गको ।’ स्थानीय भन्छन्, ‘त्यसै सडकको बीचमा पोल राख्दा सडक झन् साघँुरो बन्न पुगेको छ । यसले दुर्घटना हुने जोखिम बढाएको छ ।’

रेफ्लेक्टिभ टेपको अभाव, लम्कीचुहाका धेरै पोलमा छैन सुरक्षा संकेत

सडक मापदण्ड, २०७० अनुसार सडकका पोल, डिभाइडर र संकेत बोर्डहरूमा रेफ्लेक्टिभ टेप वा स्टिकर प्रयोग गर्नु अनिवार्य छ । यस्तो टेप अँध्यारोमा सवारीको हेडलाइट परेपछि चम्किन्छ र संरचना सजिलै देखिन्छ ।
तर लम्कीचुहाका अधिकांश पोलमा यस्तो सुरक्षा उपाय छैन । गणेशपुरमा भएको दुर्घटना यसको प्रत्यक्ष उदाहरण हो, जहाँ पोल सडकबीचमा थियो, बत्ती निभेको थियो, र रिफ्लेक्टर पनि थिएन । यसले दुर्घटना निम्त्याउन सहज बनायो ।

रेफ्लेक्टिभ टेप के हो ?
रेफ्लेक्टिभ टेप वा स्टिकर -Reflective Tape-Sticker_ भन्नाले यस्तो सामग्रीलाई जनाइन्छ, जुन अन्धकार वा कम प्रकाशमा पनि प्रकाश (लाइट) परेपछि चम्कने क्षमता राख्दछ । यो विशेष किसिमको टेप वा स्टिकर retro–reflective material बाट बनेको हुन्छ, जुन गाडीको हेडलाइट वा अन्य उज्यालो स्रोतबाट आएको प्रकाशलाई सोही दिशामा फर्काएर फर्काउँछ, जसले रातको समयमा देख्न सजिलो बनाउँछ ।

गणेशपुरको दुर्घटना केवल मौसमीय कारण मात्र होइन, सडक सुरक्षा लापरवाही र कानुनी मापदण्डको उल्लंघन पनि हो ।
बिना अनुमति सडकको बीचमा पोल राखिएको, त्यसमा रेडियम टेप जस्ता आवश्यक सुरक्षा चिन्ह नलागिएको, र वर्षा–अन्धकारको बेला ट्रक चालकलाई पोल नदेखिनु यी सबै मिलेर दुर्घटनाको जोखिम बढाएको देखिन्छ । अब सरोकारवाला निकायले पोलको पुनरावलोकन गर्दै, रेफ्लेक्टिभ टेप अनिवार्य रूपमा टाँस्ने, अवैध पोल हटाउने, र सडक सुरक्षाको मापदण्ड पूर्ण पालना गराउने आवश्यक देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कलम बम मेमोरियल इंग्लिस बोर्डिङ स्कुलद्वारा १०% छात्रवृत्ति खुला, समावेशी शिक्षामा उदाहरणीय पहल

कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा रहेको कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक सत्र २०८३ का लागि समावेशी आधारमा छात्रवृत्ति आवेदन खुला गरेको छ। शिक्षा ऐन तथा शिक्षा नियमावलीअनुसार संस्थागत विद्यालयले कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध...

अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना

काठमाडौँ,  नयाँ शैक्षिकसत्र सुरू भएसँगै अभिभावकको रोजाइमा परेका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन अभिभावक, शिक्षक–कर्मचारीलाई भ्याइनभ्याइ छ ।अधिकांश निजी लगानीका विद्यालयमा वैशाख १५ गतेदेखि पढाइ सुरु भइसकेको छ भने सामुदायिक विद्यालयमा भर्ना जारी छ । सामुदायिक विद्यालयले नयाँ विद्यार्थी भर्ना फाराम वितरण, सङ्कलन...

सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौँ,  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु १०५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९२ हजार ७०० र त्यति नै...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा, चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९ भेडाबाख्रा मरेका छन् । पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–१ जोरुको रानीसैन वनमा चराउन लगिएका भेडाबाख्रा चट्याङ लागेर मरेका हुन् । पानीपर्दा ओत लागेर ओडारमा बसेका बेला चट्याङ लागेर भेडाबाख्रा मरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

घोडाघोडीमा संस्थागत विद्यालय वर्गीकरण : न्यू स्टार  सहित ७ विद्यालय उत्कृष्टताको आधारमा ‘ख’ श्रेणीमा

सुखड । घोडाघोडी नगरपालिकाले संस्थागत विद्यालयहरूको गुणस्तर, शैक्षिक अवस्था र पूर्वाधारको आधारमा वर्गीकरण गर्ने निर्णय सार्वजनिक गरेको छ। उक्त निर्णयअनुसार नगरभित्र सञ्चालित निजी (संस्थागत) विद्यालयहरूलाई  ‘ख’, ‘ग’ र ‘घ’ श्रेणीमा विभाजन गरिएको छ। कुनैपनी विद्यालय ‘क’ श्रेणीमा परेका छैनन ।   नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि,...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कलम बम मेमोरियल इंग्लिस बोर्डिङ स्कुलद्वारा १०% छात्रवृत्ति खुला, समावेशी शिक्षामा उदाहरणीय पहल

कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा रहेको कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक सत्र २०८३ का लागि समावेशी आधारमा छात्रवृत्ति आवेदन खुला गरेको छ। शिक्षा ऐन तथा शिक्षा नियमावलीअनुसार संस्थागत विद्यालयले कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध...

नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै विश्व बौद्धिक सम्पदा दिवस मनाइँदै

काठमाडौँ, आज विश्व बौद्धिक सम्पदा दिवस हो । विश्वका विभिन्न देशमा यो दिवस नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै मनाइँदैछ ।प्रत्येक वर्ष अप्रिल २६ मा मनाइने यो दिवसको उद्देश्य नवप्रवर्तन, सिर्जनशीलता र बौद्धिक सम्पदाको संरक्षणप्रति चेतना अभिवृद्धि गर्नु हो ।     विश्व बौद्धिक सम्पदा सङ्गठनको पहलमा...

नेपाल एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा

काठमाडौँ,  छैटौँ एसियन ‘बीच गेम्स’ २०२६ को समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ ।चीनको हाइनान्स्थित सन्या सहरमा आज भएको खेलमा नेपाल बङ्गलादेशलाई ३८–३६ ले पराजित गर्दै विजयी भएको हो । यससँगै नेपाल समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९