मधेश प्रदेश जेष्ठ नागरिक संघको अध्यक्षमा विजयी किशोर झा

पर्सा। मधेश प्रदेश जेष्ठ नागरिक संघको अधिवेशन आज पर्सा जिल्लाको बीरगंजमा सम्पन्न भएको छ।अधिवेशनको उद्घाटन सत्र संघका संयोजक जगदीश शर्माको अध्यक्षता र मधेश प्रदेश सरकारका युवा, खेलकूद तथा समाज कल्याण मन्त्री माननीय प्रमोद जयसवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

 

उद्घाटन सत्रमा मन्त्री जयसवालले जेष्ठ नागरिकप्रतिको कदर र सम्मान समाजको कर्तव्य भएको उल्लेख गर्दै प्रदेश सरकारले जेष्ठ नागरिकहरूको हितमा नीतिगत तथा व्यवहारिक पहल गरिरहेको बताए। उनले संघले समाजमा अनुशासन, ज्ञान र अनुभवको आदान(प्रदानका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

यस अधिवेशनबाट संघको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ। विजय किशोर झा ९रौतहट० संघको प्रदेश अध्यक्ष चयन भएका छन्। अन्य निर्वाचित पदाधिकारीहरूमा  प्रथम उपाध्यक्षमा भरत मल्ल (बारा) महिला उपाध्यक्ष ज्योति शाह (पर्सा) महासचिवमा सूखचंद्र लाल कर्ण (धनुषा), कोषाध्यक्षमा रविन्द्र प्रसाद सिंह (सर्लाही), सचिवमा राम नरेश सिंह (सप्तरी), उपकोषाध्यक्षमा राजेश्वर ठाकुर (महोत्तरी), सदस्यहरूमा सलमा नेशा खातुन (सर्लाही), महेश्वरलाल कर्ण (रौतहट) लगायतका रहेका छन्।

 

यस अधिवेशनले मधेश प्रदेशका विभिन्न जिल्लाबाट जेष्ठ नागरिकको प्रतिनिधित्व समेट्दै एक समावेशी र अनुभवसिद्ध नेतृत्वको संरचना प्रस्तुत गरेको छ। महिला उपाध्यक्षको चयनले लैङ्गिक समावेशिताको संकेत गरेको छ भने विभिन्न जिल्लाबाट चयन भएका पदाधिकारीहरूले संघलाई प्रदेशभर सशक्त रूपमा विस्तार गर्न सक्ने सम्भावना देखिएको छ। प्रदेश अध्यक्ष झाले न्युज कारखाना संग कुरा गर्दै जेष्ठ नागरिकको हकमा अहोरात्र खट्ने प्रतिवद्धता जनाएका छन्।

जेष्ठ नागरिक संघहरूले समाजमा अनुशासन, सामाजिक चेतना, अनुभवको हस्तान्तरण, तथा युवापुस्तामा मार्गदर्शनको भूमिका निर्वाह गर्न सक्छन्। मधेश प्रदेशको सन्दर्भमा, जहाँ सामाजिक संरचना अझै परम्परागत मूल्यमान्यतामा आधारित छ, त्यहाँ यस्ता संघहरू सामाजिक संवाद र सहकार्यको महत्त्वपूर्ण माध्यम बन्न सक्छन्।प्रदेश सरकार र संघबीच सहकार्य बढेमा नीति निर्माणदेखि सेवाप्रवाहसम्म जेष्ठ नागरिकका लागि थप सशक्त कार्यक्रमहरू ल्याउन सकिने सम्भावना रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९