पत्रकार थर्काउनेलाई नागरिक समाजले कारवाही गर्ने चेतावनी

रौतहट । समाचारको बिषय लिएर पत्रकार लाई थर्काउने रौतहटको पश्चिमीभेग फतुवा बिजयपुर नगरपालिकाको कार्यवाहक मेयर अम्बेया खातुनका श्रीमान महमद सेराजले नागरिक समाजले कारवाही गर्ने चेतावनी दिएका छन्।मेयरका श्रीमान सेराजले गरेको भ्रष्टाचार बारे समाचार लेखेपछी मेयर दम्पतीले शुक्रवार राती पत्रकारको मूल्य टोक्दै थर्काएका थिए।आफू बिरुद्द समाचार लेखेको भन्दै शुक्रवार राती महमद सेराजले प्रेस चौतारीका पूर्व केन्द्रीय सदस्य पनि बरिष्ठ पत्रकार तथा न्युज कारखाना, रातोपाटी,जनकपुर टुडे रौतहट सम्बादाता तथा कटहरिया एफएमका प्रमुख सञ्जय मिश्रा लाई फोन गरेर थर्काएका थिए।

 

रौतहटका पत्रकारको मूल्य ५ हजार तोक्दै केही पत्रकार लाई कुटपिट गर्ने धम्की दिएका थिए । कार्यवाहक मेयर खातुनका श्रीमानले गरेको भ्रष्टाचार बारे समाचार बिभिन्न मिडियामा प्रकाशन भएपछी फतुवा बिजयपुरका सम्पूर्ण बर्ग खुसी छन् तर कार्यवाहक मेयर दम्पतीको निन्द हराम भएको छ।

२०८२ साउन १६ गते यो समाचार बिभिन्न मिडियामा प्रकाशित भएपछी फतुवा बिजयपुरका कार्यवाहक मेयर खातुनको परिवार बाहेक प्रायः सम्पूर्ण बौद्धिकबर्ग, शिक्षक शिक्षिका, नागरिक समाज अत्यन्तै खुसी छन्। कैयौँ  शिक्षक जनप्रतिनिधि र बौद्धिक बर्गका मानिसले समाचार सेयर गर्नुका साथै सकारात्मक कमेन्ट गरेका छन्। विगत तीन वर्ष देखी सेराज दम्पतीले गरेको अनेकौं भ्रष्टाचार को खोजीनीति हुनुपर्ने तथा त्यसबारे समाचार प्रकाशन प्रशारण गर्न जनमानसमा माग उठ्न थालेको छ।  तर कार्यवाहक मेयर दम्पती समाचार लेख्ने पत्रकार माथी पूर्ण आक्रोशित भएका छन्।

 

शनिवार पत्रकारलाई धम्की दिएको समाचार बिभिन्न मिडियामा प्रकाशित भएपछि नागरिक स्तरबाट सामाजिक सञ्जाल फेसबुक मार्फत बिभिन्न किसिमका प्रतिक्रिया आउन सुरु भएको छ। यिनीहरूको धम्कीबाट केही हुँदैन तपाईँ सप्रमाण समाचार छाप्नुस जनता तपाईँको साथमा छ। ई भ्रष्टाचारीले धेरै पैसा कमाई सक्यो, अब पत्रकार लाई थर्काएर हुन्छ, ईनलाई जनताले कारवाही गर्छ जस्ता चेतावनी दिइएको छ फतुवा बिजयपुर नगरपालिकामा २०७९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको टिकटबाट मेयर पदमा गोपाल प्रसाद यादव, उपमेयरमा अम्बेया खातुन सहीत ११ वडा मध्ये ७ वडामा कांग्रेसकै अध्यक्ष निर्वाचित भएका थिए।

 

२०८० सालमा बिशेष अदालतबाट दोषी ठहर भएर तत्कालीन मेयर यादवको पद गएपछि खातुन कार्यवाहक मेयरको जिम्मेवारि पाएकी थिइन्। उनी कार्यवाहक बनेसंगै मेयरको छापको रुपमा मात्र प्रयोग हुँदै आएकी छिन्। उनको स्थानमा उनको श्रीमान सेराज नगरपालिकामा हस्तक्षेप गर्दै आएका छन्।

 

विकास निर्माणको काम भन्दा दिनरात भ्रष्टाचारमा ब्यस्त भएका छन्। नगरको शिक्षा, स्वास्थ, लगायत सिंगो नगरपालिका लाई भ्रष्टाचारको अखडा बनाएका छन्। सर्वसाधारण देखी शिक्षक, शिक्षिका, जनप्रतिनिधि, नगरका कर्मचारी समेत सेराजको नियत र ब्यवहारबाट आत्तिएका छन्। सेराज दम्पतीले तीनवर्ष कार्यवाहक बनेर गरेको करोडौं रुपैयाँ भ्रष्टाचारको छानबिन हुनुपर्ने माग उठ्न थालेको छ।

के थियो  समाचार ?

मेयरको श्रीमान , अधिकृत र लेखापालको बदमासीस् फतुवा बिजयपुरमा विद्यालयको १ करोड ६५ लाख फ्रिज
फतुवा विजयपुर नगरपालिकामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विनियोजित १ करोड ६५ लाख रुपैयाँको बजेट खर्च नहुनु दुर्भाग्यपूर्ण अवस्थामा परिणत भएको छ। कार्यवाहक मेयरका श्रीमान महमद सेराज, प्रमुख प्रशासकीय अधिकृत भरत यादव र लेखा अधिकृत कामेश्वर सहनीको कमिसन मोहको कारण तीनवटा बिद्यालय निर्माणको लागि आएको रकम फ्रिज भएको हो।

मेयर अम्बेया खातुनका श्रीमान कमिसन स्वरूप  २१ लाख रुपैयाँ एकलौटी कुम्ल्याउन खोजेपछि अधिकृत यादव र लेखा अधिकृत सहनी रुष्ट बनेको कारण समयमै कार्यविधि निर्माण नहुँदा नगरभित्रका तीन विद्यालयका पूँजीगत योजनाका लागि छुट्याइएको रकम फ्रिज भएको छ।  यसको प्रत्यक्ष असर विद्यार्थीहरूमा परेको छक्षिक सुविधाबाट वञ्चित हुने अवस्था सिर्जना गरेको छ।

 

नगरपालिकाका शिक्षा संयोजक सुबोध यादवका अनुसार वडा ८ स्थित श्री मावि विजयपुर, वडा ४ को श्री मावि टेङ्ग्राहा र वडा  ५ को श्री आधारभूत मावि, संतपुर दोष्तीयाका लागि ५५ लाख रुपैयाँका दरले पूँजीगत बजेट विनियोजन गरिएको थियो। कुल १ करोड ६५ लाख रुपैयाँको बजेट विद्यालय पूर्वाधार निर्माण, पुस्तकालय, डिजिटल सामग्री खरिद, कक्षा कोठा स्तरोन्नतिको लागि छुट्याइएको थियो।

उक्त योजना सम्झौता गर्न सेराजले प्रत्येक विद्यालयबाट १२ लाख रुपैयाँको दरले कमिसन माग गरेका थिए। तर ५५ लाख रुपैयाँको योजनामा १२ लाख कमिसन बढी हुन्छ भन्दै शिक्षा संयोजक तथा सम्बन्धित विद्यालयका प्रधानाध्यापक मानेनन्।पछी सेराजले मोलतोल गरी प्रती विद्यालयले कमिसन बापत ७ लाख रुपैयाँ दिनुपर्ने सहमती अनुसार माबी बिजयपुर र माबी टेंग्राहासँग दुई दुईलाख नगद र चारलाख रुपैयाँको चेक लिएका थिए। तेस्रो बिद्यालय मेयर खातुनकै टोलको रहेकाले त्यसको पैसा पछी लिने सहमती भएको स्रोतले दाबी गरेको छ। बाँकी रकम विद्यालयको खातामा  जम्मा भएपछी सेराजले लिने सहमती भएको थियो।

 

मेयरका श्रीमान सेराजले तीनवटै विद्यालयबाट योजनाको १५ प्रतिशत रकम लिने सहमती भएको थियो। उक्त सहमती पछी सेराजले योजनाको सम्झौता गर्न सम्बन्धित तीनवटै विद्यालयका प्रधानाध्यापक लाई नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत समक्ष पठाएका थिए।

तर, कुन हैसियतले यत्रो पैसा सेराजले एक्लौटी लिन्छ भनेर प्रमुख प्रशासकीय अधिकृत भरत यादव र लेखा अधिकृत कामेश्वर साहनीले योजना सम्झौता नगर्ने अडान लिएका थिए। उनीहरूको अडानको कारण समयमा कार्यविधि निर्माण गर्न नसक्दा रकम फ्रिज भएको नाम प्रकाशन नगर्ने सर्तमा एकजना शिक्षकले बताएका छन्।

 

अधिकृत यादव र लेखाअधिकृत सहनीले मेयरका श्रीमान सेराजले कमिसन बापत लिएको रकम बराबर आफूहरुलाई पनी चाहियो भन्दै कार्यविधी नबनाएको कारण हजारौँ विद्यार्थीको भविष्य संग खेलवाड भएको उनको भनाई छ।शिक्षा संयोजक सुबोध यादवले नगरपालिकाको लापरवाहीप्रति तीव्र असन्तोष व्यक्त गर्दै भने “समयमै कार्यविधि नबनाउनु नगरपालिकाको गम्भीर असफलता हो। यसले विद्यालय र बालबालिकाको भविष्यलाई नोक्सान पुर्‍याएको छ।” उनले राजनीतिक हस्तक्षेप, कार्यान्वयनको ढिलासुस्ती र नेतृत्वको कमजोरीलाई घटनाको प्रमुख कारण मानेका छन्।

 

संयोजक यादवले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हाम्रो पालिकाको ३ वटा विद्यालयमा निर्माण हुने भवन वापतको रकम फ्रिज भएको छ। फ्रिज गराउने जो सुकै व्यक्ति वा राजनीतिककर्मी कदापि विकासप्रेमी हुन सक्दैन। त्यस्ता व्यक्तिको कहिल्यै भलो हुदैन।’

 

फतुवा बिजयपुरका निलम्बित मेयर गोपाल यादवले सेराज तीनवटै बिद्यालयबाट ७ लाख रुपैयाँको दरले कमिसन लिएर मनपरी गर्न थालेको कारण भवनको रकम फ्रिज भएको दाबी गरेका छन्। भवन निर्माणका लागि आएको १ करोड ६५ लाख रुपैयाँको टेण्डर आह्वान गरेर काम गराउँदा कुनै समस्या हुने थिएन। तर कार्यवाहक मेयरका श्रीमान सेराज, हाकिम र लेखाले कमिसनको लागी मरमोलाई गरेकै कारण उक्त रकम फ्रिज भएर शिक्षा क्षेत्रमा आघात पुगेको उनले गुनासो गरेका छन् ।

 

नेकपा माओवादीका मेयर प्रत्याशी अजय तिमल्सिनाले मेयरका श्रीमान सेराज र नगरपालिकाका हाकिमहरु कमिसनकै चक्करमा लागेर तीन तीन वटा विद्यालयको रकम फ्रिज भएको दाबी गरेका छन्। यो घटना सामान्य होईन हजारौं बालबालिकाको भविष्य संग जोडिएको बिषय भएकाले यसको सत्य तथ्य छानबिन गरी दोधिमाथि कारवाही हुनुपर्ने तिमल्सिनाले माग गरेका छन्।

 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमजस्तो महत्वाकांक्षी योजनाबाट समेत विद्यार्थीहरू लाभान्वित हुन नसक्नुले स्थानीय सरकारको कार्यसम्पादन क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ। पूँजीगत बजेट फ्रिज हुनु भनेको न केवल प्रशासनिक असफलता हो, यो बालबालिकाको भविष्यसँग भएको गम्भीर खिलवाड पनि हो।

 

 

स्थानीय सरकारको पहिलो प्राथमिकता बालमैत्री शिक्षा प्रणाली निर्माण हुनु पर्नेमा, विकासमुखी कार्यक्रम समयमै कार्यान्वयन गर्न नसक्नु गम्भीर नेतृत्व संकटको संकेत हो। फतुवा बिजयपुरका तत्कालीन मेयर गोपाल प्रसाद यादव एकबर्ष अघी बिशेष अदालतद्वारा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएर पदच्युत भएसंगै उपमेयर अम्बेया खातुन कार्यवाहकको जिम्मेवारी पाएकि थिइन्। खातुन कार्यवाहकको जिम्मेवारी पाइदेखिनै हस्ताक्षर गर्ने छापको रुपमा मात्र प्रयोग हुँदै आएकी छिन्। प्रत्यक्ष रूपमा उनको श्रीमान सेराज नै मेयरको भूमिकामा रहेका छन्। उनी विकास निर्माणको काम भन्दा भ्रष्टाचारमा लिप्त भएको आरोप लाग्दै आएको छ।

 

 

दम्पतीको कारण सिंगो फतुवा बिजयपुरका नागरिक निरास भएका छन्। नगरको लागी ठोस विकास को सट्टा स्वास्थ शिबिर, आँखा शिविरको नाउँमा वर्षेनि लाखौं लाख रुपैयाँ उनीहरूले अनियमितता गर्दै आएको स्वयं जनप्रतिनिधिहरुको दाबी रहेको छ।

 

त्यतिमात्र नभई नामको मात्र मेयर अम्बेया खातुनका श्रीमान महमद सेराज शिक्षा स्वास्थ्य लगायतका संयोजक तोक्ने देखी विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी दिंदा ठूलै रकम कमिसन स्वरूप संकलन गर्दैआएको छ। नेपाली कांग्रेस रौतहटका सभापती तथा मधेश प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादव जितेन्द्रको गृहनगर फतुवा बिजयपुरको अवस्था दिन प्रतिदिन बिकराल बनेको छ । मन्त्री यादवले चासो नलिएको कारण फतुवा बिजयपुरको शिक्षा, स्वास्थ, देखी विकासका काम पूर्ण रुपमा प्रभावित भएको छ।

 

कार्यवाहक मेयर अम्बेया खातुन र उनको श्रीमान महमद सेराज संग प्रतिक्रिया लिँदा सबै आरोपको खण्डन गर्दै प्रमुख प्रशासकीय अधिकृत भारत यादव र लेखा अधिकृत कामेश्वर सहनीको कारण बिद्यालय भवन निर्माणका लागि आएको रकम फ्रिज भएको दाबी गरेका छन्। प्रमुख प्रशासकीय अधिकृत यादव र लेखा अधिकृत सहनी संग सम्पर्क हुनसकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो

काठमाडौँ, गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ । सो मार्गमा दुई घण्टा सवारी जाममा पर्दा समस्या भएको यात्रुको गुनासो छ । विभिन्न...

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट

काठमाडौँ,  नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग बिदाइ भेट गर्नुभएको छ । कार्यकाल पूरा गरेर फर्किन लाग्नुभएका राजदूत सोङले आज सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा बिदाइ भेट गर्नुभएको हो ।भेटमा अध्यक्ष दाहालले नेपाल बसाइका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ गर्न खेल्नुभएको भूमिकाको...

सुनचाँदीको मूल्यमा उतारचढाव, सुन दुई लाख ६० हजार नजिक

काठमाडौँ, पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव आएको छ । गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ६० हजार ४०० सय पुगेको थियो भने आज त्यति नै परिमाणको सुन रु दुई लाख ५८ हजार ३०० मा...

सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र,७० भन्दा बढी लक्ष्यमा आक्रमण

वासिङ्टन, अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रतिशोध’ भएको बताउनुभयो । गत सप्ताहअन्तमा भएको आक्रमणमा तीन अमेरिकीको मृत्यु भएको थियो ।वासिङ्टनका अनुसार, पाम्यारा शहरमा भएको आक्रमण एकल आक्रमणकारीले गरेको थियो...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी (कञ्चनपुर), शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले देशभर बाघ गणना सुरु गरेसँगै शुक्लाफाँटा निकुञ्जले पनि गरको हो ।  बाघ गणनाका लागि पाँच वटा राष्ट्रिय निकुञ्ज र निकुञ्ज बाहिरका क्षेत्रलाईसमेत समेटेर तीन वटा ‘कम्प्लेक्स’...

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली (तनहुँ),  जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका युवाहरू एकजुट भएका छन् । खेलमैदानमा विभिन्न बहानामा पटकपटक महोत्सव गर्न दिँदा खेलमैदान बिग्रिँदै गएपछि यहाँका युवा संरक्षणका लागि एकजुट भएका हुन् ।   खेलमैदान नहुँदा दमौलीमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै खेलमैदानमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर : ३८४ जनाको परीक्षण गर्दा ७५ मा मोतियाबिन्दुको समस्या

कैलाली, घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको मध्यवर्ती घोडाघोडी नगरपालिकामा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा ३८४ जनाको परीक्षण गर्दा ७५ जनामा मोतियाबिन्दुको समस्या देखिएको हो ।   नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित गेटा आँखा अस्पतालद्वारा घोडाघोडी–१ सुख्खडमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो...

प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै

त्रिवेणी (नवलपरासी), ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता–२०८२, आजदेखि सुरु हुँदैछ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१६, डण्डामा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी पुलिस क्लब र आयोजक टिम कावासोती ‘ए’ बीच प्रतिस्पर्धा हुने आयोजक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९