जापानमा अब २ घन्टा भन्दा बढी स्मार्टफोन चलाउन नपाइने

काठमाडौं। स्मार्टफोन हामी सबैको जीवन र बानीमा समावेश भइसकेको छ, त्यसैले मानिसहरु स्मार्टफोन प्रयोग गरेर धेरै घण्टा बिताउँछन्। बालबालिकाको राम्रो भविष्य, मानिसको स्वास्थ्य र मानसिक स्वास्थ्य र बिग्रिएको सम्बन्धलाई ट्रयाकमा ल्याउन विज्ञहरूले स्क्रिन टाइम घटाउन सुझाव दिने गरेका छन् । यही कारणले गर्दा स्क्रिन टाइम कम गर्न विश्वभर विभिन्न किसिमका प्रयास भइरहेका छन् ।

 

 

हालै जापानको एउटा सहरमा फोनको प्रयोगका सम्बन्धमा एउटा नियम सार्वजनिक गरिएको छ जसमा अब मानिसले दिनमा दुई घण्टा मात्रै स्मार्टफोन प्रयोग गर्न पाउने भएका छन् । जापानी सञ्चारमाध्यमका अनुसार जापानको  तोयोआके सहरका बासिन्दाले अब दिनमा दुई घण्टा मात्र स्मार्टफोन चलाउन सक्ने छन् ।तोयोआके मेयर मासामी कोकीले घोषणा गरे कि नगरसभाले चाँडै मस्यौदा अध्यादेशमा मतदान गराउने छ, जसले बासिन्दाहरूलाई काम र स्कूलको दायित्व बाहिर स्मार्टफोन, ट्याब्लेट र कम्प्युटरमा दिनको दुई घण्टा बिताउन अनुमति दिनेछ।

 

 

यदि नियममा पारित भएमा यो अक्टोबरदेखि  तोयोआकेमा लागू हुनेछ। जापानको कागावा सहरमा सन् २०२० मा नै यस्तो नियम बनाएर लागू नै गरिसकेको  छ । कोकीले यो कानुन उल्लंघन गर्नेलाई कुनै आर्थिक वा फौजदारी सजाय नहुने स्पष्ट पारेका छन्। उनले भने कि स्क्रिन टाइमलाई दुई घण्टामा सीमित गर्नु एक दिशानिर्देश मात्र हो। यो विधेयकले स्वास्थ्य र दैनिक जीवनमा अत्यधिक स्मार्टफोन प्रयोगको नकारात्मक असरबाट बासिन्दाहरूलाई जोगाउने लक्ष्य राखेको छ।

 

 

जापानमा मार्चमा गरिएको एक सर्वेक्षणले देशका युवाहरूले आफ्नो फोन, ट्याब्लेट र कम्प्युटरमा दैनिक औसत पाँच घण्टा बिताउने गरेको पाइएको थियो। कोकीको विश्वास छ कि फोनको अत्यधिक प्रयोगले निद्रामा समस्या, मानसिक स्वास्थ्य आदि जस्ता समस्याहरू निम्त्याउन सक्छ।बालबालिका र वयस्कहरू, युवा र वृद्धहरूले निश्चित समय पछि फोन प्रयोग गर्ने छैनन्। विद्यालय सकिए पछि विद्यार्थीले दिनमा दुई घण्टा मात्रै स्मार्टफोन प्रयोग गर्न पाउने छन् । कक्षा १ देखि ५ सम्मका बालबालिकाले राति ९ बजेपछि फोन प्रयोग गर्न पाउने छैनन् र ठूला बालबालिकाले १० बजेपछि फोन प्रयोग गर्नु हुँदैन ।

 

यद्यपि जापानको  तोयोआके शहरमा फोनका सम्बन्धमा बनाइएका नियममा सजाय वा जरिवानाको व्यवस्था छैन । जनतालाई सचेत गराउनका लागि मात्रै यस्तो व्यवस्था गरिएको हो । यति हुँदाहुँदै पनि जनतामा आक्रोश छ। जापानका एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्– दुई घण्टा निकै कम समय हो, त्यो समयमा उनीहरु केही गर्न सक्ने छैनन् । अर्का एक प्रयोगकर्ताले लेखेका छन्– ‘म मेयर मासामी कोकीको नियतमा शंका गरिरहेको छैन, तर दुई घन्टाको लिमिटको सिमा पालना गर्न असम्भव छ ।’

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९