
कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ।
कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गर्ने अन्य बालबालिकालाई पनि पुरस्कार वितरण गरिएको थियो।
बाल क्लब अध्यक्ष अनिल धामीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मानबहादुर बुढा (क्षेत्री) प्रमुख अतिथि रहनु भएको थियो । भने पूर्व प्रधानाध्यापक रामबहादुर थापा विशिष्ट अतिथि रहनुभएको थियो। वैज्ञानिक मिडियाका प्रबन्ध निर्देशक टिकाराम साउद, विभिन्न शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको कार्यक्रममा बाल अधिकारको संवर्धनमा यस्ता कार्यक्रममा बोल्ने वक्ताहरूले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमले बालबालिकामा आत्मविश्वास, सिर्जनशीलता र सहभागिता बढाउने विश्वास गरिएको छ।