आलेखः सङ्घीयताताको सफल अभ्यास : समृद्ध यात्रामा भोजपुर

भोजपुर ।   गणतन्त्र स्थापनापछि जारी भएको संविधान २०७२ ले देशलाई सङ्घीयता संरचनामा लैजाँदा भोजपुरको विकासमा उल्लेखनीय गति आएको छ । सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार सञ्चालनमा आएपछि जनताको हक र अधिकार सुनिश्चितासँगै जिल्लामा नमूनायोग्य विकासको थालनी भएको छ । संविधानले अवलम्बन गरेको सङ्घीय ढाँचाअनुसार भोजपुरमा हाल दुई नगरपालिका र सात गाउँपालिका गरी नौवटा स्थानीय सरकार सञ्चालनमा छन् ।

 

यी तहहरूको आपसी साझेदारी र समन्वयमा जिल्लाका ग्रामिण बस्तीहरूसम्म सडक सञ्जाल विस्तार हुनाका साथै योजनाबद्ध पूर्वाधार विकासले तीव्रता पाएको देखिन्छ । सङ्घीयता कार्यान्वयन हुनुअघि सम्म भोजपुरमा जम्मा चारवटा मात्र पक्की पुल थिए भने २०७५ सालमा पूर्वाधार विकास कार्यालय स्थापना भइसकेपछि १३ वटा पक्की पुल निर्माण भई सञ्चालनमा आएका छन् । थप दुईवटा पक्की पुल र एकवटा सडक निर्माण तयारी रहेका छन् ।

 

 

पूर्वाधार विकास कार्यालयका अनुसार जिल्लामा झन्डै १०५ किलोमिटर कालोपत्र सडक निर्माणाधीन छभने दर्जनौँ सडक स्तरोन्नति भइसकेका छन् । सङ्घीयताता लागू भएपछि विशेषगरी सडक र पुल निर्माणका कामहरू तीव्र गतिमा अघि बढेका छन् । गत आर्थिक वर्षमा मात्रै पाँचवटा पुलमध्ये चारवटा पक्की र एकवटा झोलुङ्गे पुल निर्माणसम्पन्न भएका छन् ।

 

 

कोशी प्रदेश सरकारको लगानीमा अरुण नदीको लम्सुवाघाटमा तीनपाङ्ग्रे सवारीसाधन गुड्न सक्ने पुल निर्माणसम्पन्न भइसकेको छ । हालसम्म भोजपुरमा १७ वटा झोलुङ्गे पुल सञ्चालनमा आइसकेका छन् । प्रदेश सरकार मातहतका मुख्य बहुवर्षीय आयोजनाहरुमा भोजपुर–टक्सार–मानेभञ्ज्याङ–बासिखोरा–बालाङ्खा रानीटार २० किलोमिटर दुई प्याकेज सडक, षडानन्द १२–तुर्के पुल, झ्याउपोखरी, साम्पाङ फाली दोबाटो २० किलोमिटर सडक, भोजपुर दिंला भोजपुर तीनतले खण्ड १७ दशमलव पाँच किलोमिटर सडक, भोजपुर दिङ्ला तीनतले दिङ्ला १६ किलोमिटर सडक र ५२ दशमलव ६ मिटर लम्बाइको तामुटार मोटरेबल पुल ठूला निर्माणाधीन हुन् ।

 

 

अर्बांै लगानीमा निर्माण भइरहेका यी योजनासम्पन्न भएपछि भोजपुरको विकासले फड्को मार्नेछ । भोजपुर–टक्सार–मानेभञ्ज्याङ–बासिखोरा–बालाङ्खा रानीटार सडक पहिलो प्याकेजको काम रु २८ करोड ७० लाख ४८ हजार ८१४ र यही सडकको दोस्रो खण्डको काम रु २५ करोड ६९ लाख ३० हजारमा कालोपत्र गर्नेगरी निर्माण भइरहेका छन् । त्यस्तै भोजपुर दिंला तीनतले पहिलो खण्ड रु ५८ करोड ४० लाख १५ हजार ५६१ र दोस्रो खण्ड भोजपुर दिङ्ला तीनतले दिङ्ला सडक रु ६३ करोड ९२ लाख ६२ हजार ७६१ लागतमा निर्माण भइरहेको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले जानकारी दिनभयो ।

 

 

तामुटार मोटरेबल पुल रु ६३ करोड ३५ लाख दुई हजार ५२६ र षडानन्द १२–तुर्के पुल, झ्याउपोखरी, साम्पाङ फाली दोबाटो सडक रु ५१ करोड ६२ लाख लागतमा निर्माण भइरहेको छ । प्रदेश सरकारको लगानीमा भोजपुर सदरमुकाम–टक्सार विमानस्थलसम्मको करिब साढे चार किलोमिटर कालोपत्र रु १६ करोड ९२ लाख लागतमा निर्माणसम्पन्न भएर सञ्चालनमा आएको छ ।

 

 

यो कोशी प्रदेश सरकार सञ्चालनमा भएपछि आस्फाल्ड प्रविधिमा निर्माण गरिएको पहिलो सडक पनि हो । देशमा नयाँ संविधान जारी भएर अधिकारहरु पत्यायोजन गरिएपछि जनताले महसुस गर्ने खालको विकास भइरहेको यशोधरा माध्यमिक विद्यालय टक्सारका प्रधानाध्यापक ध्रुवराज रेग्मीले बताउनुभयो । जनताको दैनिक जनजीवनसँगै जिल्लाको विकासले गति लिएको उहाँको भनाइ छ ।

 

 

 

स्थानीय तहमा जनशक्ति व्यवस्थापनमा भने राज्यले ध्यान दिनुपर्ने रेग्मीले बताउनुभयो । स्थानीय तहलाई शिक्षासम्बन्धी अधिकार रहेकोले शैक्षिक क्षेत्रको सुधारमा सहजता भएको उहाँको भनाइ छ । संविधानको मर्मअनुसार देश सङ्घीयता संरचनामा गएपछि भोजपुरमा विकासले गति लिएको छ । सडक विस्तारसँगै आवश्यक पूर्वाधारका संरचना निर्माण भएपछि ग्रामीण क्षेत्रमा आर्थिक उन्नतिको पाटोसमेत मजबुत बनेको स्थानीयवासी बताउँछन् । जनताले विकासको अनुभूति गर्न पाएका छन् । सानो कामका लागि काठमाडौँ जानुपर्ने अवस्थाबाट मुक्त भएर घरदैलोको सरकारबाट सेवा लिने अवस्था रहेकामा उनीहरु खुसी देखिन्छन् ।

 

 

भोजपुरमा खानेपानीको समस्या समाधानका लागि विभिन्न ठूला खानेपानी आयोजना सञ्चालन भइरहेका छन् । यहाँ साना ठूला तथा नयाँ पुराना गरी करिब १२९ ओटा खानेपानीको योजना सञ्चालनमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख आशुतोष ठाकुरले बताउनुभयो । भोजपुर नगरपालिका–७ कोदारमा रहेको अन्तरराष्ट्रियस्तरको भोजपुर रङ्गशाला निर्माण गरिएको छ ।

 

 

यो रङ्गशाला कोशी प्रदेश सरकारको करिब रु १४ करोड पाँच लाख लागतमा निर्माण गरिएको हो । रङ्गशालामा करिब पाँच हजार दर्शक क्षमताको छ । भोजपुरमा २०६५ सालमा कच्ची सडक विस्तारपछि हेलिकप्टरबाट जिप ल्याएर सवारीसाधनको सञ्चालन गरिएको अवस्थामा गणतन्त्र स्थापनापश्चात् भोजपुरको विकासले गति लिएको समाजसेवी गणेश श्रेष्ठले बताउनुभयो ।

 

देश सङ्घीयता संचरनामा गएपछि भोजपुरमा विकासले गतिलिएको उहाँको भनाइ छ । स्थानीय सरकार सञ्चालनपछि धेरै दूरगामी महत्व बोकेका योजनाहरु सञ्चालन भइरहेको श्रेष्ठले बताउनुभयो । जिल्लामा अहिले सडक, पुल, खानेपानी, कृषि पर्यटन, पूर्वाधार विकासलगायतका क्षेत्रमा स्थानीयवासीले महसुस गर्ने खालको विकास भएको उहाँको भनाइ छ ।

 

 

संविधान जारी भएसँगै नयाँ संरचना बनेपछि यहाँ नमूनायोग्य विकास भएका छ । ठूला कालोपत्र सडक, पुलसँगै भौतिक संरचनाहरु निर्माण भइरहेका छन् । यसले नागरिकको जनजीवनमा प्रत्यक्ष लाभ पुगेको छ । विकासले गति लिए पनि सङ्घीयताताको महत्व र आवश्यकताको विषयमा भने जनतालाई बुझाउन आवश्यकता छ । स्थानीय सरकार सञ्चालनमा आएपछि सबै ८१ वटै वडामा कच्ची नै भए पनि सडक विस्तार भएको छ ।

 

 

 

विस्तार भएका सडकलाई क्रमागत रुपमा स्तरोउन्नति गर्नुपर्ने स्थानीयवासीको माग रहेको छ । स्थानीय सरकारले पनि भोजपुरमा सडक पूर्वाधारसँगै पर्यटकीय क्षेत्रमा समेत नमूनायोग्य कामहरु गरिरहेका छन् । सीमित स्रोतको अधिकतम् सदुयोग गर्दै स्थानीय तहहरुले प्रदेश र केन्द्र सरकारसँगको समन्वयमा दीर्घकालीन महत्वका योजनाहरुको थालनी गरेको अवस्था छ । यहाँको पौवादुङमा गाउँपालिकाले आफ्नो स्रोत, प्रदेश तथा सङ्घ सरकारसँगको सहकार्यमा तिवारीभञ्याङ–अधेँरीघाट ३६ किलोमिटर सडक कालोपत्र थालेको छ । यो सडक कालोपत्रको काम बर्सेनि भइरहेको छ ।

 

 

 

सुक्खा क्षेत्रका रुपमा परिचित यो गाउँपालिकाले कृषि क्षेत्रमा गरेको लगानीले अकबरे खुर्सानीबाट मात्र वार्षिक रु १८ करोडसम्म भित्रने गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । कृषकलाई दुग्ध उत्पादनसँग जोड्न गत आर्थिक वर्षमा करिब २०० वटा उन्नत जातका गाईका बाछी वितरणको कार्यक्रम अघि सारेको उहाँको भनाइ छ । स्थानीय तहहरुले आफ्नो ठाउँका पर्यटकीय क्षेत्रको पहिचान गरेर संरक्षण तथा विकासका लागि काम गरिरहेका छन् । नेपाल सरकारको सय घुम्नै पर्ने पर्यटकीय गन्तव्यमा पर्न सफल मुन्दुम पदमार्गको विकासमा टेम्केमैयुङ गाउँपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको छ ।

 

 

 

भोजपुर, खोटाङ र सोलुखुम्बु जिल्लाका स्थानीय तहहरुलाई छोएको यो पदमार्गको विकासमा प्रदेश सरकार, केन्द्र सरकार, स्विस सरकार र भोजपुरका स्थानीय तहसँगै अन्य जिल्लाका स्थानीय तहहरुले पनि आवश्यक भूमिका खेलिरहेका छन् । यो पदमार्गलाई पूर्वको स्थापित पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्यका साथ विकास तथा विस्तारमा योजनाबद्ध रुपमा काम भइरहेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । यहाँको रामप्रसाद राई गाउँपालिकाले डाग्बुङ (गुराँस) पदमार्ग निर्माण गरेको छ ।

 

 

प्राकृतिक रुपमा मनोरम क्षेत्रलाई समेटेर डाग्बुङ (गुराँस) पदमार्ग निर्माण गरिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो । हतुवागढी गाउँपालिकाले पनि जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्ग निर्माण गरेको छ । प्राकृतिक रुपमा मनोरम ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गरिएको हो । विभिन्न आर्थिक वर्षमा यो पदमार्ग निर्माणका लागि प्रदेश सरकारसँगको सहकार्यमा करिब रु तीन करोड हाराहारी लगानी भइसकेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । क्रमागत रुपमा यो पदमार्गको विकास तथा विस्तारको काम भइरहेको उहाँको भनाइ छ । संविधान जारी भएको दस वर्षको अवधिमा भोजपुरको विकासमा नयाँ आयाम थपिएको भोजपुर बहुमुखी क्याम्पसका उप–प्राध्यापक तथा अधिवक्ता उत्तमसिंह राईले बताउनुभयो ।

 

 

यो पछिल्लो अवधिमा भोजपुरले चमत्कारिक उपलब्धि हासिल गरेको उहाँको भनाइ छ । विद्युतीकरणमा पनि जिल्लाले गति लिएको उहाँको भनाइ छ । स्थानीय तहमा प्रशासनिक भवनसँगै वडास्तरमा समेत आवश्यक संरचना निर्माण भएको उहाँले बताउनुभयो । गाउँका दूरदराजसम्म देखिने र महसुस गर्न सक्ने विकास रहेको उहाँको भनाइ छ । सङ्घीयता लागू भएपछि स्थानीय तहको स्थापनासँगै जनताले आफ्नै घरदैलोबाट सेवा पाउन थालेका छन् । सङ्घीयताले जनतामा सुशासनसँगै सहज र सरल अभ्यासको थालनी भएको महसुस हुन थालेको छ । –––

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो

काठमाडौँ, गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ । सो मार्गमा दुई घण्टा सवारी जाममा पर्दा समस्या भएको यात्रुको गुनासो छ । विभिन्न...

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट

काठमाडौँ,  नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग बिदाइ भेट गर्नुभएको छ । कार्यकाल पूरा गरेर फर्किन लाग्नुभएका राजदूत सोङले आज सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा बिदाइ भेट गर्नुभएको हो ।भेटमा अध्यक्ष दाहालले नेपाल बसाइका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ गर्न खेल्नुभएको भूमिकाको...

सुनचाँदीको मूल्यमा उतारचढाव, सुन दुई लाख ६० हजार नजिक

काठमाडौँ, पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव आएको छ । गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ६० हजार ४०० सय पुगेको थियो भने आज त्यति नै परिमाणको सुन रु दुई लाख ५८ हजार ३०० मा...

सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र,७० भन्दा बढी लक्ष्यमा आक्रमण

वासिङ्टन, अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रतिशोध’ भएको बताउनुभयो । गत सप्ताहअन्तमा भएको आक्रमणमा तीन अमेरिकीको मृत्यु भएको थियो ।वासिङ्टनका अनुसार, पाम्यारा शहरमा भएको आक्रमण एकल आक्रमणकारीले गरेको थियो...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी (कञ्चनपुर), शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले देशभर बाघ गणना सुरु गरेसँगै शुक्लाफाँटा निकुञ्जले पनि गरको हो ।  बाघ गणनाका लागि पाँच वटा राष्ट्रिय निकुञ्ज र निकुञ्ज बाहिरका क्षेत्रलाईसमेत समेटेर तीन वटा ‘कम्प्लेक्स’...

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली (तनहुँ),  जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका युवाहरू एकजुट भएका छन् । खेलमैदानमा विभिन्न बहानामा पटकपटक महोत्सव गर्न दिँदा खेलमैदान बिग्रिँदै गएपछि यहाँका युवा संरक्षणका लागि एकजुट भएका हुन् ।   खेलमैदान नहुँदा दमौलीमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै खेलमैदानमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर : ३८४ जनाको परीक्षण गर्दा ७५ मा मोतियाबिन्दुको समस्या

कैलाली, घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको मध्यवर्ती घोडाघोडी नगरपालिकामा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा ३८४ जनाको परीक्षण गर्दा ७५ जनामा मोतियाबिन्दुको समस्या देखिएको हो ।   नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित गेटा आँखा अस्पतालद्वारा घोडाघोडी–१ सुख्खडमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो...

प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै

त्रिवेणी (नवलपरासी), ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता–२०८२, आजदेखि सुरु हुँदैछ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१६, डण्डामा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी पुलिस क्लब र आयोजक टिम कावासोती ‘ए’ बीच प्रतिस्पर्धा हुने आयोजक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९