सामुदायिक विद्यालय अभिभावक तथा विद्यार्थीको रोजाइमा

रामपुर (पाल्पा),  युवा जनशक्ति आजका आवश्यकता मात्र होइनन्, देशका परिवर्तनका संवाहक पनि हुन् । परिवर्तन खोज्ने हो भने युवाकै नेतृत्व चाहिन्छ । यो हरेक क्षेत्रमा गुञ्जिन्छ र युवाले नै नेतृत्व गरेका संस्था, क्षेत्रमा परिवर्तनको लहर झल्किएको छ । कुनै समय विद्यार्थी नियमित रूपमा विद्यालय नआउने, बिनापोशाक विद्यालय आउने, गृहकार्य नियमित नगर्ने, पढाइमा चासो नदिने, अभिभावकले पनि आफ्ना सन्तानले विद्यालयमा कस्तो पढिरहेका छन् भन्नेबारे बेवास्ता गर्ने गरेका थिए । शिक्षक नियमित रूपमा विद्यालय नआउने, आए पनि विद्यालय समयमा नबस्नेजस्ता समस्याले विद्यालयको शैक्षिक तथा भौतिक वातावरण अपेक्षाकृत रूपमा फेरिएको थिएन । शैक्षिक क्षेत्रमा युवा नेतृत्व आएपछि पछिल्ला वर्षमा भने धेरै परिवर्तनका लहर आएका छन् । यसको ज्वलन्त उदाहरण हुन् रामपुर नगरपालिकाका शैक्षिक संस्था ।
यहाँका शैक्षिक संस्थामा युवा नेतृत्वले धेरै सुधार हुँदै आएको छ । रामपुर आधारभूत विद्यालयमा तीन वर्षअघि विद्यार्थी सङ्ख्या न्यून थियो । विद्यालयमा विद्यार्थी टिकाउनै मुस्किल पथ्र्यो । कुनै समय यो अत्यधिक विद्यार्थी पढ्ने विद्यालयको अग्रपङ्क्तिमै पर्दथ्यो । समयानुकुल शैक्षिक गतिविधि अगाडि बढाउन नसक्दा बीचमा विद्यार्थी सङ्ख्या घटदै गयो । युवा नेतृत्वको कुशल जिम्मेवारीले अहिले विद्यालयको अवस्था बदलिएको छ । तीन वर्षअघि ८७ विद्यार्थी रहेको यो विद्यालय अहिले दोब्बर बढी छन् । यहाँ हाल दुई सय दुई विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा विद्यार्थी सङ्ख्या मात्र फेरिएको होइन, भौतिक संरचना, विद्यालयको पूरै वातावरण नै नयाँ स्वरुपको बनेको छ । “युवाको गहन र कुशल जिम्मेवारीले विद्यालय फेरिने रहेछ”, प्रधानाध्यापक विजय शर्माले भन्नुभयो । प्राथमिक तहमा स्थायी दरबन्दीमा नियुक्ति लिएपश्चात २०७९ चैत २० गते रामपुर आधारभूत विद्यालयमा पदस्थापन हुनुभएका प्रअ शर्माले तीन वर्षमै यसलाई नमूना विद्यालय बनाउन सफल हुनुभएको छ । प्रअ शर्माले यो विद्यालयमा नियुक्ति लिँदा ८७ विद्यार्थी अध्ययनरत थिए ।
अहिले दुई सय दुई विद्यार्थी अध्ययनरत छन् । विसं २०६५ देखि बृहस्पति आधारभूत विद्यालय निस्दी गाउँपालिका–५ गल्धाबाट शिक्षण पेसा सुरु गर्नुभएका शर्माले विद्यालय सुधार गर्ने अठोट लिएर स्थायी नियुक्तिपश्चात रामपुर आधारभूत विद्यालय आएको बताउनुभयो । “विद्यार्थी सङ्ख्या न्यून, समयमा विद्यार्थी तथा शिक्षक विद्यालयमा उपस्थित नहुने, चुहिने कक्षाकोठा, खानेपानी, शौचालय समस्या, अव्यवस्थित विद्युत्जस्ता विविध समस्यासँग कछुवा गतिमा चलिरहेको विद्यालय सुधार गर्न सुरुमा कठिन थियो”, उहाँले भन्नुभयो, “अभिभावक पनि नयाँ शैक्षिकसत्र सुरु भएपछि अन्यत्र आफ्ना बालबालिका विद्यालय भर्ना गर्न लैजाने तयारीमा हुनुहुन्थ्यो भने शिक्षक, कर्मचारीमा शिक्षण पेसाप्रति उत्साह थिएन, तर मैले हिम्मत गरेर विद्यालय सुधार्नुपर्छ भनेर लागेपछि अहिले हेर्नलायकको विद्यालय बनेको छ ।” समयमा विद्यालय नआउने विद्यार्थी तथा शिक्षक हिजोआज भने समयअगावै आउने गरेका छन् । पहिला शैक्षिक सामग्री र फर्निचर अभाव थियो । अहिले उक्त समस्या छैन । निजी स्रोतमा कार्यरत शिक्षकको हरेक वर्ष तलब वृद्धि, विद्यार्थी सङ्ख्या बढेपछि दरबन्दी थप, आधुनिक शिक्षण पद्धतिको व्यवस्था, अनुशासन, समयपालना र मेहनतका कारण विद्यालयले आफ्नो पहिचान फरक बनाउन सफल भएको प्रअ शर्मा बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “सुरुआतमा विद्यालयमा हाजिरी भएपश्चात यहाँको गतिविधि बुझ्दा सुधार गर्न सकिएलाजस्तो थिएन, विद्यार्थीले नियमित पोशाक नलगाउने, समयमा उपस्थित नहुने, केही शिक्षक त विद्यालयले बनाएको नियम पालना गर्न नसकेर विद्यालय छाडेर पनि जानुभयो, विद्यालय सुधार गरेर विद्यार्थीलाई गुणस्तरिय शिक्षा दिनेमा म दृढ सङ्कल्प लिएर अघि बढेको छु, अहिले शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी तथा समुदायको राम्रो साथ पाएको हुँदा काम गर्न सहज वातावरण बनेको छ ।” विद्यालयमा २०७८ सालमा ८६, २०७९ सालमा ८७, २०८० सालमा एक सय ४६, २०८१ सालमा एक सय ७६ र २०८२ सालमा दुई सय दुई विद्यार्थी अध्ययनरत रहेका शिक्षक तुलसी गौतमले जानकारी दिनुभयो । पछिल्ला तीन वर्षमा विद्यार्थीको सङ्ख्या ह्वात्तै बढेको छ । चालु शैक्षिकसत्रमा २६ विद्यार्थी थपिएका छन् । नर्सरीदेखि ८ कक्षासम्म पठनपाठन हुने उक्त विद्यालय अहिले रामपुरकै नमूना र उत्कृष्ट बनेको छ । विद्यालयको वातावरण राम्रो हुँदै गएपछि बोर्डिङ स्कुल छाडेर उक्त विद्यालयमा पढ्न थालेका अभिभावक सङ्गीता काफ्लेले बताउनुभयो । उहाँका दुई छोराछोरी यही विद्यालयमा पढ्छन् । बेलाबेलामा विद्यालयले अभिभावकलाई बोलाएर आफ्ना छोराछोरीको प्रगतिबारे जानकारी लिन तथा रायसल्लाह सुझाव दिन लगाउँछन् ।
यसबाट अभिभावकको विद्यालयप्रतिको माया बढ्ने उहाँको भनाइ छ । “निजी विद्यालयमा महँगो शुल्क तिरेर पढाउनुभन्दा सरकारी विद्यालयमा कम शुल्कमा राम्रो पढाइ भएपछि बोर्डिङबाट छुटाएर यहाँ ल्याएको छु, अब बोर्डिङ स्कुलमा पढाउनुपर्ने अवस्था छैन, सबै सुविधा सरकारी स्कुलमा नै पाइने रहेछ”, अभिभावक काफ्लेले भन्नुभयो । गृहकार्यमा सुधार, विद्यार्थी नियमित विद्यालय आउने वातावरण तयार, बिहानदेखि साँझसम्म विद्यालय खुला र पालो गरेर शिक्षकले विद्यालयको रेखदेख गर्ने व्यवस्था, प्रत्येक विद्यार्थीको व्यक्तिगत अभिलेख राख्ने, प्रत्येक कक्षाकोठामा ‘बुक कर्नर’को व्यवस्था, प्रत्येक कक्षाकोठाको अगाडि डिस्प्ले बोर्ड, मासिक रूपमा आन्तरिक परीक्षा लिइने, प्रत्येक दिन शिक्षकले विद्यार्थीलाई स्वागत गर्ने, योगध्यान साधनाको निरन्तर अभ्यास, रामपुर नगरमै नयाँ विषयका रूपमा संस्कारसहितको शिक्षा सुरु गरिएपछि विद्यार्थी तथा अभिभावकको रोजाइमा विद्यालय परेको छ । यस शैक्षिकसत्रदेखि संस्कारसहितको शिक्षा नामक विषय समावेश गरी पठनपाठन सुरु गरेको शिक्षक चम्पा गौतमले बताउनुभयो ।
पाठमा समावेश विभिन्न समुदायका चाडपर्व, संस्कार, संस्कृति, रीतिरिवाज, वेशभूषा, आदर सत्कार, अनुशासन, नैतिक आचरण, दैनिक गर्नुपर्ने क्रियाकलापजस्ता विषय पढाउने गरेको उहाँ बताउनुहुन्छ । “विद्यार्थीले पाठ सुरु गर्नुपूर्व संस्कार, संस्कृतिसँग जोडिएका विभिन्न श्लोक तथा पाठ वाचन गर्छन्, कक्षाकोठामा विषय नै समावेश गरी पढाउन थालेपछि विद्यार्थीको आनीबानीमा धेरै परिवर्तन आएको छ”, उहाँले भन्नुभयो । आन्तरिक परीक्षाका लागि बाहिरका पालिकाबाट तयार पारिएका प्रश्नपत्रबाट परीक्षा लिइने, नतिजामा सुधार, कमजोर विद्यार्थीलाई सुधारका लागि छुट्टै शिक्षकको व्यवस्था, मासिक रूपमा शिक्षक, कर्मचारीको अनिवार्य बैठक, कक्षाअनुसार हरेक महिना अभिभावक भेला तथा विभिन्न तहमा शिक्षकलाई जिम्मेवारी दिएर शिक्षणकार्य सञ्चालन भइरहेको छ । विद्यालयको शैक्षिकस्तर उकासिँदै जाँदा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थी यस विद्यालयमा भर्ना भई अध्ययन गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो ।
युवा नेतृत्वले संस्था कसरी बन्छ भन्ने उदाहरण आफ्नै विद्यालयले प्रस्तुत गरेको उहाँ बताउनुहुन्छ । “शैक्षिकस्तर सुधार गर्न समितिले प्रधानाध्यापक, शिक्षक, कर्मचारीलाई कुनै अप्ठ्यारो स्थिति सृजना गरेको छैन, यसमा समितिले सहजीकरण गर्दै आइरहेको छ, विद्यालय सुधार गर्न कुशल प्रशासनिक अनुभव भएको प्रअ चाहिने रहेछ”, अध्यक्ष गौतमले भन्नुभयो । हाल विद्यालयमा स्थायी दरबन्दीमा चार, निमावि राहत दरबन्दीमा एक, प्रावि राहत दरबन्दीमा दुई, बालविकास राहत दरबन्दीमा एक, शिक्षण निमावि अनुदानमा एक, निजी स्रोतबाट सात, कार्यालय सहयोगी राहत दरबन्दी एक गरी जम्मा १७ शिक्षक कर्मचारी कार्यरत छन् । विद्यालयमा कार्यरत शिक्षक कर्मचारीमध्ये दुई जनाबाहेक सबै महिला छन् । करिव १२ रोपनी क्षेत्रफल विद्यालयको नाममा रहेको छ । चारैतिर पक्की घेराबार गरिएको पाँचवटा भवनमा १२ शैक्षिक प्रयोजनका लागि कक्षा सञ्चालन भइरहेको छ । विसं २०४६ मा कक्षा १ देखि ३ सम्म स्थापना भएको विद्यालयमा हाल कक्षासम्म पठनपाठन भइरहेको छ ।
विद्यार्थीका लागि छात्रावास र शिक्षकका लागि आवाससहितको सुविधायुक्त भवन निर्माण गर्ने, करेसाबारी र फूलबारी, कृषि उत्पादनका लागि विद्यार्थीलाई लक्षित गरी कार्यक्रम गर्ने, इन्टरनेटको प्रयोग गरी स्मार्टबोर्ड र प्रोजेक्टरबाट कक्षा सञ्चालन गर्ने, खेलमैदानको उपयुक्त व्यवस्थापन गर्ने, योग ध्यान, साधना र खेलकुदलाई जोड दिने विद्यालयको लक्ष्य छ । यस्तै रामपुरकै अर्को नमूना विद्यालय हो, बेलघारी प्राथमिक विद्यालय । रामपुर नरपालिका–१ क्वाङक्वाङमा यो विद्यालय पनि युवाकै नेतृत्वमा चलेको छ । युवा प्रधानाध्यापक छापबहादुर थापाले विद्यालयको नेतृत्व गरिरहनुभएको छ । युवा नेतृत्वपश्चात विद्यालयले मुहार फेर्दै गएको छ । पहिला यस विद्यालयमा नियमित रूपमा विद्यार्थी आउँदैनथे । अभिभावकले पनि विद्यालयप्रति चासो देखाउँदैनथे ।
हिजोआज भने युवाको नेतृत्वले विद्यार्थी नियमित आउने र विद्यालयप्रति अभिभावकले चासो देखाउने, सल्लाह सुझाव दिने गरेको प्रधानाध्यापक थापाले बताउनुभयो । “हरेक संस्थामा युवा नेतृत्वलाई जिम्मेवारी दिइयो भने काम गर्न सजिलो हुन्छ, युवा ऊर्जावान भएकाले नेतृत्व उनीहरुलाई नै दिनुपर्छ”, प्रअ थापाले भन्नुभयो । कक्षा ५ सम्म पठनपाठन हुने यस विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ हुने गरेको छ । हाल विद्यालयमा ४७ विद्यार्थी अध्ययनरत छन् । उक्त विद्यालय २०२२ सालमा स्थापना भएको हो । रामपुर नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा युवा नेतृत्वले शैक्षिक क्षेत्रमा सुधार आएको नगर शिक्षा अधिकृत विकल काफ्ले बताउनुहुन्छ । “युवा नेतृत्वमा चलेका विद्यालयको वातावरण नै बदलिएको छ, हिजो विद्यार्थी सङ्ख्या न्यून भएर गाभिन लागेका, शैक्षिक तथा भौतिक क्षेत्रमा पछाडि परेका विद्यालय अहिले नमूना विद्यालय बनाउन सफल भएको देख्दा खुसी लागेको छ”, उहाँले भन्नुभयो । –––

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कलम बम मेमोरियल इंग्लिस बोर्डिङ स्कुलद्वारा १०% छात्रवृत्ति खुला, समावेशी शिक्षामा उदाहरणीय पहल

कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा रहेको कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक सत्र २०८३ का लागि समावेशी आधारमा छात्रवृत्ति आवेदन खुला गरेको छ। शिक्षा ऐन तथा शिक्षा नियमावलीअनुसार संस्थागत विद्यालयले कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध...

अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना

काठमाडौँ,  नयाँ शैक्षिकसत्र सुरू भएसँगै अभिभावकको रोजाइमा परेका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन अभिभावक, शिक्षक–कर्मचारीलाई भ्याइनभ्याइ छ ।अधिकांश निजी लगानीका विद्यालयमा वैशाख १५ गतेदेखि पढाइ सुरु भइसकेको छ भने सामुदायिक विद्यालयमा भर्ना जारी छ । सामुदायिक विद्यालयले नयाँ विद्यार्थी भर्ना फाराम वितरण, सङ्कलन...

सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौँ,  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु १०५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९२ हजार ७०० र त्यति नै...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा, चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९ भेडाबाख्रा मरेका छन् । पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–१ जोरुको रानीसैन वनमा चराउन लगिएका भेडाबाख्रा चट्याङ लागेर मरेका हुन् । पानीपर्दा ओत लागेर ओडारमा बसेका बेला चट्याङ लागेर भेडाबाख्रा मरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

घोडाघोडीमा संस्थागत विद्यालय वर्गीकरण : न्यू स्टार  सहित ७ विद्यालय उत्कृष्टताको आधारमा ‘ख’ श्रेणीमा

सुखड । घोडाघोडी नगरपालिकाले संस्थागत विद्यालयहरूको गुणस्तर, शैक्षिक अवस्था र पूर्वाधारको आधारमा वर्गीकरण गर्ने निर्णय सार्वजनिक गरेको छ। उक्त निर्णयअनुसार नगरभित्र सञ्चालित निजी (संस्थागत) विद्यालयहरूलाई  ‘ख’, ‘ग’ र ‘घ’ श्रेणीमा विभाजन गरिएको छ। कुनैपनी विद्यालय ‘क’ श्रेणीमा परेका छैनन ।   नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि,...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कलम बम मेमोरियल इंग्लिस बोर्डिङ स्कुलद्वारा १०% छात्रवृत्ति खुला, समावेशी शिक्षामा उदाहरणीय पहल

कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा रहेको कलम बम मेमोरियल इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक सत्र २०८३ का लागि समावेशी आधारमा छात्रवृत्ति आवेदन खुला गरेको छ। शिक्षा ऐन तथा शिक्षा नियमावलीअनुसार संस्थागत विद्यालयले कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध...

नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै विश्व बौद्धिक सम्पदा दिवस मनाइँदै

काठमाडौँ, आज विश्व बौद्धिक सम्पदा दिवस हो । विश्वका विभिन्न देशमा यो दिवस नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै मनाइँदैछ ।प्रत्येक वर्ष अप्रिल २६ मा मनाइने यो दिवसको उद्देश्य नवप्रवर्तन, सिर्जनशीलता र बौद्धिक सम्पदाको संरक्षणप्रति चेतना अभिवृद्धि गर्नु हो ।     विश्व बौद्धिक सम्पदा सङ्गठनको पहलमा...

नेपाल एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा

काठमाडौँ,  छैटौँ एसियन ‘बीच गेम्स’ २०२६ को समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ ।चीनको हाइनान्स्थित सन्या सहरमा आज भएको खेलमा नेपाल बङ्गलादेशलाई ३८–३६ ले पराजित गर्दै विजयी भएको हो । यससँगै नेपाल समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९