हात्ती भगाउने पुराना तरिका असफल, किसान चिन्तित

कञ्चनपुर, “साइरन बजाउँदा, उज्यालो देखाउँदा, पटाका पड्काउँदा पनि हात्ती तर्सिन छाडेका छन्”, शुक्लाफाँटा नगरपालिका–६ कसरौलका किसान दामोदर जोशी भन्नुहुन्छ, “अब त आगो बाल्दा वा टायर बालेर धपाउन खोज्दा पनि हात्ती टसकोमस हुँदैन ।” शुक्लाफाँटा नगरपालिकाका अधिकांश किसानको साझा पीडा अहिले हात्ती आतङ्क बनेको छ । “पहिले सजिलै धपाइने हात्तीका बथान अहिले यिनै तरिकामा ‘अभ्यस्त’ भइसकेका छन्, त्यसैले भाग्न छाडेका छन्”, उहाँ भन्न्नुहुन्छ । उहाँका अनुसार दुई दिनअघि मात्रै नगरपालिका–५ गर्जमुनी गाउँको धानबारीमा पसेका करिब दुई दर्जन हात्तीलाई किसान, प्रहरी, निकुञ्ज सुरक्षार्थ नेपाली सेना र निकुञ्जका सुरक्षाकर्मीले निकै प्रयास गर्दा पनि निकाल्न सकेनन् । साँझ ८ः०० बजे खेतमा पसेको हात्ती बिहान ४ः०० बजेसम्म त्यहीँ रहेर धान खाए र कुल्चेर नष्ट गर्‍यो । टन्न भएपछि मात्रै हात्ती स्याली नदी तर्दै बिहानपख निकुञ्जतर्फ लागेको जोशीले बताउनुभयो । वडाध्यक्ष चक्रबहादुर खड्काका अनुसार, एकै रातमा गर्जमुनिका किसानको करिब १० बिघाको पाक्नै लागेको धानबारी सखाप भएको छ ।
यसअघि पनि हात्तीले त्यसै ठाउँका किसानको तीन बिघा धानबालीमा बाला नलाग्दै क्षति पुर्‍याएका थिए । “पहिले होहल्ला गर्दा, टिन ठटाउँदा, आगो बाल्दा वा पटाका पड्काउँदा हात्ती भाग्ने गरेका थिए”, उहाँले भन्नुभयो, “अहिलेका हात्तीलाई यस्ता तरिकाले धपाउन सकिँदैन ।” “हात्ती बुद्धिमान जनावर भएकाले पटक–पटक एउटै अनुभव भएपछि त्यसलाई सहजै चिन्छ त्यसैले अहिले यस्ता उपायले काम गर्दैन”, उहाँ भन्नुहुन्छ । विगतमा मेसवायर जडान गर्दा केही समय हात्ती बस्तीमा पसेका थिएनन् । तर पछिल्ला दुई वर्षयता हात्तीले बार भत्काएर खेतबारी र गाउँ पस्न थालेको पूर्ववडाध्यक्ष जगतबहादुर सिंहले बताउनुभयो । उहाँका अनुसार, स्याली नदी किनारमा गरिएको दुई–स्टेपको तारजाली र तटबन्ध भएको क्षेत्रमा हात्ती छिरेको छैन । सम्भावित क्षेत्रको पहिचान गरेर यस्तै संरचना निर्माण गर्न जरुरी छ ।
जसबाट हात्तीको आतङ्क रोक्न सकिन्छ भने अर्कोतर्फ नदीका कारण भूक्षय हुने क्रमलाई रोक्न सकिन्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकका बस्तीमा हरेक वर्ष हात्तीको बथानले ठूलो क्षति पु¥याउँदै आएको छ । पछिल्ला तीन दिनमै शुक्लाफाँटा नगरपालिकाको वडा नं ५, ६ र ७ का किसानको धानबारीमा करिब एक दर्जन परिवारले ठूलो क्षति बेहोरेका छन् । वडा नं ७ सिमलफाँटाका किसान दानसिंह कुँवर भन्छन्, “धानबारीसँगै हात्ती गाउँभित्रको सडकसमेत हिँड्न थालेका छन्, यसले मानवीय क्षतिसम्मको जोखिम बढेको छ”, सुनदेवी उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर विष्ट विद्युतीय सायरनसहितको फेन्सिङ प्रविधि ल्याउनुपर्नेमा जोड दिनुहुन्छ । उहाँका अनुसार, बाँके र बर्दियामा यो प्रविधि प्रभावकारी देखिएको छ । त्यहीँ अभ्यासलाई शुक्लाफाँटामा पनि लागू गर्नुपर्ने हुन्छ ।
“योभन्दा अर्को विकल्पले हात्तीलाई बस्तीमा आउनबाट रोक्न सकिँदैन”, उहाँले भन्नुभयो, “यसका लागि सम्बन्धित पक्षले चासो देखाउनुपर्ने हुन्छ ।” एक अध्ययनअनुसार हात्तीलाई दैनिक करिब २०० किलो खाना आवश्यक पर्छ । मकै, धान, गहुँ, मसुर, उखु र केराजस्ता बालीको गन्धले हात्तीलाई टाढैबाट आकर्षित गर्छ । नगरपालिका–६ का वडाध्यक्ष दानसिंह ऐर भन्नुहुन्छ, “यस्ता बाली निकुञ्ज छेउछाउमा लगाउनुहुँदैन, यसको सट्टा मेन्था, अदुवा, क्यामोमाइल, बेसार वा खुर्सानी लगाउन सकिन्छ तर यी बालीको किसानले पहिले खेती नगरेका भने होइनन्, बजार नपाउँदा लगाउन छाडेका छन् ।
” जडीबुटीजन्य बालीको खेतीसँगै प्रशोधन गर्नका लागि मेसिन समेत राखेको उल्लेख गर्दै उहाँले यस्ता खेतीको बजार नपाउँदा छाड्दै गएको बताउनुभयो । “जडीबुटीजन्य बाली हात्तीले नष्ट नगर्ने मात्र नभई किसानको आयस्तर बढाउन पनि सहयोगी हुन्छन्”, उहाँले भन्नुभयो, “बजार प्रवर्द्धन गर्न र किसानलाई लगाउन उत्प्रेरित गर्छौँ ।” हात्तीलाई धपाउने परम्परागत तरिका काम नलाग्ने भएकाले नयाँ प्रविधि, वैज्ञानिक अध्ययन र बस्तीमैत्री रणनीति बनाइनुपर्ने विज्ञहरूको भनाइ रहेको छ । स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँगै दातृ निकायले सहकार्य गरेर नदी किनारमा तटबन्ध, इलेक्ट्रिक फेन्सिङ, वैकल्पिक बाली खेती र समुदायलाई प्राविधिक सहयोग उपलब्ध गराउन आवश्यक भएको स्थानीय किसानको भनाइ रहेको छ । निकुञ्जसँग जोडिएका बस्तीहरूमा मानव–हात्ती द्वन्द्व बर्सेनि बढ्दै गएको छ । भारतको दुधुवा नेशलपार्क हुँदै निकुञ्ज छिर्ने हात्तीले बर्सेनि यस क्षेत्रमा बालीनालीमा क्षतिसँगै मानवीय र भौतिक क्षति निम्त्याउँदै आएको छ । —
img

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

राँझा (बाँके), रासायनिक मलको असन्तुलित प्रयोगले बाँकेमा माटोको अवस्था बिग्रिँदै गएको छ । उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिँदा यहाँका माटोको उर्वराशक्तिमा ह्रास आउँदै गएको माटो तथा मल परीक्षण प्रयोगशाला खजुराका माटो विज्ञ खिमबहादुर केसीले बताउनुभयो । निःशुल्क माटो जाँच शिविरको प्रतिवेदनले...

निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

काठमाडौँ,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी केन्द्रीय वाचापत्र निर्माणका लागि सुझाव सङ्कलन गर्दैछ । रास्वपाका उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा गठित केन्द्रीय वाचापत्र कार्यदलले पार्टीका सबै संयन्त्रबाट आज सुझाव सङ्कलन गर्ने प्रवक्ता मनिष झाले जानकारी दिनुभयो...

काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली

काठमाडौँ, नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क र बत्तीसपुतलीलगायतका स्थानमा बिद्युत् कटौती गर्ने भएको छ । विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण आयोजनाले आज बिहान आठबजेदेखि मध्यान्न १२ बजेसम्म सो क्षेत्रमा बिजुली कटौतीका लागि आग्रह गरेको प्राधिकरणको बानेश्वर वितरण केन्द्रले जनाएको छ ।...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

एसिया–प्यासिफिक जेरियाट्रिक्स’ सम्मेलन सुरु

काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले  आज यहाँ ‘एसिया–प्यासिफिक जेरियाट्रिक्स नेटवर्क (एपिजिएन)’ सम्मेलनको उद्घाटन गर्दै हरेक परिवारले ज्येष्ठ नागरिकहरुलाई सक्रिय जीवन यापनमा सघाउनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले देशका नीतिहरू ज्येष्ठ नागरिकमैत्री भए पनि स्रोतसाधन अभावले जति गर्नुपर्ने हो त्यति गर्न नसकिएको...

टोखाभित्रका मुख्य सडकमा ‘स्मार्ट सडकबक्ति’

काठमाडौँ,  काठमाडौँको टोखा नगरपालिकाभित्रका मुख्य सडकमा ‘स्मार्ट सडकबक्ति’ जडान गरिएको छ । टोखा नगरपालिकाको ६५ प्रतिशत र नेपाल विद्युत््् प्राधिकरणको ३५ प्रतिशत लगानीमा टोखाभित्रका मुख्य सडकमा ‘स्मार्ट सडकबक्ति’ जडान गरिएको हो । उक्त सडकबक्तिको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले शुभारम्भ गर्नुभयो । स्मार्ट सडकबक्तिको शुभारम्भ...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कालीकोटमा विषयगत शिक्षक पाउन कठिन

मान्म (कालीकोट),कालीकोटका सामुदायिक विद्यालयमा विषयगत शिक्षक पाउन कठिन हुने गरेको छ । सामुदायिक विद्यालयमा गणित, विज्ञान र अङ्ग्र्रेजी विषयका शिक्षक पाउन कठिन हुने गरेको हो ।जिल्लाको नरहरिनाथ गाउँपालिका–७ माल्कोट उच्छवस्थित रुपादेवी माध्यमिक विद्यालयमा गणित विषय शिक्षकका लागि १९ पटक विज्ञापन गरिसक्दा पनि शिक्षक पाउन...

भोजपुर कोटमा निःशुल्क स्वास्थ्य शिविर

भोजपुर,  जनस्तरसम्म स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ गाउँपालिका–७ कोटमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गाउँका सर्वसाधारणलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ श्रीनाथ गणले एकदिने स्वास्थ्य सेवा अभियान सञ्चालन गरेको हो ।   स्वास्थ्य सेवा पहुँचबाट टाढा रहेका ग्रामीण...

‘एफक्यान रोड रेस’मा आर्मी क्लबका रोकाय प्रथम

काठमाडौँ,  नेपाल निर्माण व्यवसायी महासङ्घले १८औँ राष्ट्रिय निर्माण दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘एफक्यान रोड रेस’ को पुरुष खुल्ला १० किलोमिटरतर्फ त्रिभुवन आर्मी क्लबका राजन रोकाय प्रथम भएका छन् । आर्मी क्लबका सञ्जय श्रेष्ठ दोस्रो हुँदा सशस्त्र प्रहरीका तयाहाङ राई तेस्रो भएका छन् ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९