
कैलाली । कैलालीको बर्दगोरिया स्थित एक ग्रामीण विद्युत् कार्यालयमामा ताला तोडी चोरी भएको छ । बर्दगोरिया गाउँपालिका वडा नं १ र २ बौनिया स्थित जय महाकाली ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडमा रहेको पच्चिस हजार सात सय पचास नगद चोरी भएको छ ।
शुक्रबार दिउँसो ३ बजे विद्युत् कार्यालय बन्द गरेपछि आइतबार बिहान १० बजे कार्यालयमा प्रबन्धक पुग्दा चोरीको घटना सार्वजनिक भएको हो । कार्यालयको घररामा राखिएको पैसा चोरी भएको प्रबन्धक विष्णु जोशीले जानकारी दिए । जोशीका अनुसार दैनीक रूपमा बिजुली बिल उपभोक्ताले तिरेको रकम चोरी भएको बताए ।
यता संस्थाका अध्यक्ष हिकमत बहादुर बमले भने आज बिहान ११ बजे आफूलाई जानकारी आएको छ । भोली बिहान कार्यसमितिको बैठक राखेर खोजें अनुसन्धान गरिने बमको भनाई छ ।
उता उपभोक्ताहरूको भनाइ भने यस्तो रहेको छ । एक उपभोक्ताले भने यो चोरी हुनुमा ठूलो संकाको विषय रहेको छ कार्यालयको पछाडी पटी रहेको च्यानल गेटको ताला तोडीएको छ । चोरलाई ताला तोड्नको लागि अगाडिको च्यानल गेट सजिलो छ। जुन च्यानलको ताला तोडिएको छ त्यो च्यानलको गेटमा लागेको माकुराको जाली त्यही रहेको छ । समितिले छानबिन नगरी चोर पत्ता नलगाएमा हामी उपभोक्ता कुनै पनि हालतमा कर्मचारी र समितिलाई नछोडने एक उपभोक्ताले आफनो नाम नलेखने सर्तमा हामीलाई बताएका थिए ।