भूत मेलाको लागि प्रख्यात भगवती सोनासतिमाई

जलेश्वर (महोत्तरी)।  महोत्तरी जिल्लाको औरही नगरपालिका–७ भोइल गाउँमा अवस्थित सोनासति महारानीको मन्दिर सोनामाई मन्दिरको नामले प्रख्यात रहेको छ । सदरमुकाम जलेश्वरदेखि २३ किलोमिटर उत्तरमा रहेको यस मन्दिर मिथिला क्षेत्रकै भगवती मन्दिर तथा शक्तिपीठहरुमध्ये महत्वपूर्ण एवं चर्चित धार्मिकस्थलको रुपमा रहेको छ । मन्दिरमा विशेषगरी भूत, प्रेत, पिसाच, दुष्ट आत्मा तथा बोक्साबोक्सीहरुद्वारा सताइएका व्यक्तिहरुलाई झारफुक एवं तान्त्रिक विधिद्वारा निको हुने विश्वास गरिन्छ ।

 

 

सन्तान नभएकाहरुलाई सन्तान प्राप्त हुने, भाकल पूरा हुने विश्वास रहेको पुजारी कामेश्वर झाले बताउनुभयो । यहाँ दैनिकजसो पूजापाठ, आराधना, दर्शन तथा बलि प्रदान गर्न भक्तजनको घुइँचो लाग्ने गर्दछ । करिब पाँच सय वर्षअघि यस मन्दिर रहेको क्षेत्रमा घना जङ्गल थियो ।

 

 

जङ्गलमा गाई, भैँसीलगायतका बस्तुभाउ चराउन जिल्लाको पश्चिमी तथा दक्षिणी भेगबाट मान्छेहरु आउने गर्दथे र रातिको बास जङ्गलमै बस्नुपर्दथ्यो । एक दिन बस्तुभाउ चरिरहेकै अवस्थामा पाँचवटा भैँसी एकैसाथ हराएपछि चरवाहाहरुले भैँसी खोज्दै जाँदा हाल मन्दिर रहेको क्षेत्रमा पुग्दा सोनासति महारानी मानवको रुपमा प्रकट भई ‘भैसी आफूसँग रहेको जानकारी गराउनुभयो ।

 

 

उहाँले ‘मलाई दैनिक पूजापाठ, साँझ बत्ती, आरती गरे मात्र भैँसी दिने नत्र नदिने’ भनेपछि चरवाहाहरुले सोही दिनदेखि त्यहाँ सोनासतिमाईको पूजापाठ आरती हुँदै आएको माताको तत्कालीन पुजारी माझी झाको भनाइ किम्वदन्तीको रुपमा रहेको पुजारी झगरु झा बताउनुहुन्छ । अर्को प्रसङ्गमा पुजारी माझी झाको मित्र माझी चौधरीका व्यक्ति बिनाकसुर वीरगञ्ज जेलमा परेपछि उनले जेलबाटै सोनासति महारानीको मन्दिर बनाइदिन्छु भनी भाकल गर्दा जेलबाट निस्केको कहानी समेत स्थानीयहरुको जनजिब्रोमा रहेको कुरा अर्का पुजारी घनश्याम झाको कथन छ ।

 

 

मन्दिर निर्माण हुनुपूर्व यहाँ कहचरीया स्थान भन्ने एउटा धेरै पुरानो सिसौको रुखको टोड्कामा सोनासति महरानीको बास रहने गरेको स्व पुजारी राजेन्द्र झा (बन्ठु) को भनाइ थियो । केही वर्षपछि पुजारीले कहचरीया स्थानबाट मूर्ति ल्याई हाल मन्दिर रहेको स्थानमा माटोको घर बनाई दैनिक पूजापाठ गर्न थाल्नुभयो । यसैबीच सोनामाईकै नाम स्मरण गर्दा जेलबाट मुक्त भएका माझी चौधरीले मातालाई गरेको पूर्ववाचाअनुसार मन्दिर बनाई दिएपछि त्यसमा माताको प्राणप्रतिष्ठा गराई पूजापाठ हुन थालेको स्थानीय राजनीतिकर्मी नरेन्द्र यादवले बताउनुभयो ।

 

 

 

धेरै वर्ष सोही मन्दिरमा पूजाआजा भयो र पुनः सो मन्दिर पनि पुरानो र जीर्ण भएपछि त्यसलाई भत्काई अहिलेको नयाँ मन्दिर बनेको छ र यसै मन्दिरमा माताको पूजा, पाठ, आरती दैनिक रुपमा भइरहेको छ । यस शक्तिपीठलाई देशकै नमूना शक्तिपीठ तथा धार्मिक एवं पर्यटकीयस्थलको रुपमा समेत विकास गर्न सकिने स्थानीयहरुको भनाइ रहेको छ । नेपालकै धार्मिक एवं ऐतिहासिक धरोहरहरुमध्येको यो मन्दिर पनि एउटा शक्तिपीठ हो । यहाँ विशेषगरी दसैँमा छिमेकी मुलुक भारतबाट हजारौँ श्रद्धालु भक्तजनको पूजाआजा, दर्शन, भेटी र बलि चढाउनुका साथै भूत मेलामा सहभागी हुनका लागि घुइँचो लाग्ने गर्दछ ।

 

 

 

घटस्थापनादेखि विजयादशमीसम्म यस मन्दिरमा बडो हर्षोल्लास र धुमधामका साथ विशेष पूजा आराधना गर्नुको साथै यहाँ ठूलो भूत मेला लाग्ने गर्दछ । यस मन्दिरमा मनोकामना पूरा भएको भन्दै मानिसहरु पूर्व भाकलअनुसार लड्डु, मिठाई, बोका, परेवा, राँगालगायतका पञ्चबलि चढाउन आउने गर्छन् । कति ले त सुन चाँदीका गरगहना, लत्ताकपडा, मुकुट, गेरुवा, चनमा आदि पनि चढाउने गर्छन् भने कतिले विभिन्न आकारका घण्टीहरु समेत चढाउने गर्छन् । पहिलापहिला प्रत्येक वर्ष वैशाखदेखि असोजसम्म छिमेकी गाउँहरुबाट चामल, धुप, अगरवती, फूल, पैसा सङ्कलन गरी महिला र पुरुषको समूह बनाएर माताको पूजा गर्न आउने चलन समेत रहेको स्थानीय राजनीतिकर्मी रामबाबु चौधरी बताउनुहुन्छ । यस मन्दिर परिसरमा गणेश, राजदेवी, सरस्वती आदि देवीदेवताको मूर्तिको अतिरिक्त तपसी बाबाको धुनी समेत रहेको छ ।

 

 

 

यहाँ वर्षको ३६५ औँ दिन चौबिसैँ घण्टा आगो (धुनी) बलिरहन्छ । यहाँ प्रत्येक वर्ष बडादसैँको अवसर पारेर ठूलो भूत मेला पनि लाग्ने गर्छ । दसैँको दश दिन यहाँ सोनासति महारानी साक्षात विराजमान रहने गरेको जनविश्वास रहेको अर्का पुजारी रमेश झाले बताउनुभयो । असोज शुक्ल प्रतिपदादेखि विजया दशमीसम्म यहाँ ठूलो मेला लाग्ने गर्छ । दसैँको पहिलो दिनअर्थात् घटस्थापनाको दिन बिहान ३÷४ बजे पुजारीको घरबाट परम्परागत बाजागाजाको साथ सबै पुजारी सामेल भई ‘डाला’ (धुप, दीप, अक्षता, कलश, नैवेध, रातो कपडा, खर्ग आदि) मन्दिरमा लगिन्छ र घटस्थापना हुन्छ एवं जमरा राखिन्छ ।

 

 

 

यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । द्वितीयादेखि षष्ठीसम्म ठूलो सङ्ख्यामा भक्तजन आउने पूजापाठ गर्ने, दर्शन गर्ने, लडु, पेडा, मिठाई मातालाई चढाउने तथा बोका, परेवाको बलि दिने गरिन्छ । त्यसैगरी सप्तमीको दिन विभिन्न ठाउँबाट आएको फूलपाती मन्दिरमा भित्र्याउने चलन छ । त्यस्तै नशा पूजा अष्टमीको दिन हुन्छ र सो दिन रातिमा धुप–दीप, नैवेद्य, फलफूल, चुरा, सुन, चाँदी आदिले भव्य पूजा भई मन्दिरभित्रै बोका बलि दिइन्छ । त्यस्तै राजदेवीलाई कुभिन्डोको बलि दिने तथा माताको जीउभरि घ्यू र सिन्दूर लगाई नयाँ कपडा लगाउने चलन छ ।

 

 

 

यस मन्दिरमा महानवमीको दिन सयभन्दा बढीको संख्यामा राँगाको बलि प्रदान हुन्छ । विजयादशमीको दिन पुनः माता सोनासतिको डाला मन्दिरबाट परम्परागत बाजागाजाको साथ पुजारीको घरमा लगेर विधिवत् तरिकाले सोनामाई मेलाको सम्पन्न हुन्छ । यसै दिन भोइल, टिमकिया, औरही, चेपकट, श्रीपुर, मेघनाथ गोरहन्ना आदि) गाउँका वासिन्दाहरु खुशीले लड्डु, मिठाई, पेडा, खोवा, जिलेवी आदि चढाएर आपसमा प्रसाद बाँड्ने गर्दछन् । यस सोनामाई मन्दिरको विशेष आकर्षणको रुपमा यहाँ चौथीदेखि अष्टमीको दिनसम्म भूत मेला लाग्ने गदर्छ ।

 

 

 

 

 

चौथीदेखि अष्टमीसम्मको पाँच दिनसम्म करीब पाँचसयको सङ्ख्यामा आफूलाई भूत, प्रेत, पिसाच, दुष्ट आत्मा र बोक्साबोक्सीद्वारा सताएको ठानिएका व्यक्तिहरु यस गाउँको चारैतिरको सीमा क्षेत्रमा प्रवेश गर्दा रुँदै, कराउँदै, दौडदै राजदेवीमाईको खुट्टानिर लड्ने गर्दछन् । मन्दिरका पुजारीहरुले ती व्यक्तिहरुलाई तन्त्रमन्त्रद्वारा बाँध्ने तथा भूत, प्रेत, तथा बोक्साबोक्सीबाट मुक्ति दिलाउने गरिएको स्थानीय प्रेमबाबु यदुवंशीले बताउनुभयो । –––

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो

काठमाडौँ, गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ । सो मार्गमा दुई घण्टा सवारी जाममा पर्दा समस्या भएको यात्रुको गुनासो छ । विभिन्न...

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट

काठमाडौँ,  नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग बिदाइ भेट गर्नुभएको छ । कार्यकाल पूरा गरेर फर्किन लाग्नुभएका राजदूत सोङले आज सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा बिदाइ भेट गर्नुभएको हो ।भेटमा अध्यक्ष दाहालले नेपाल बसाइका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ गर्न खेल्नुभएको भूमिकाको...

सुनचाँदीको मूल्यमा उतारचढाव, सुन दुई लाख ६० हजार नजिक

काठमाडौँ, पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव आएको छ । गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ६० हजार ४०० सय पुगेको थियो भने आज त्यति नै परिमाणको सुन रु दुई लाख ५८ हजार ३०० मा...

सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र,७० भन्दा बढी लक्ष्यमा आक्रमण

वासिङ्टन, अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रतिशोध’ भएको बताउनुभयो । गत सप्ताहअन्तमा भएको आक्रमणमा तीन अमेरिकीको मृत्यु भएको थियो ।वासिङ्टनका अनुसार, पाम्यारा शहरमा भएको आक्रमण एकल आक्रमणकारीले गरेको थियो...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी (कञ्चनपुर), शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले देशभर बाघ गणना सुरु गरेसँगै शुक्लाफाँटा निकुञ्जले पनि गरको हो ।  बाघ गणनाका लागि पाँच वटा राष्ट्रिय निकुञ्ज र निकुञ्ज बाहिरका क्षेत्रलाईसमेत समेटेर तीन वटा ‘कम्प्लेक्स’...

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली (तनहुँ),  जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका युवाहरू एकजुट भएका छन् । खेलमैदानमा विभिन्न बहानामा पटकपटक महोत्सव गर्न दिँदा खेलमैदान बिग्रिँदै गएपछि यहाँका युवा संरक्षणका लागि एकजुट भएका हुन् ।   खेलमैदान नहुँदा दमौलीमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै खेलमैदानमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर : ३८४ जनाको परीक्षण गर्दा ७५ मा मोतियाबिन्दुको समस्या

कैलाली, घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको मध्यवर्ती घोडाघोडी नगरपालिकामा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा ३८४ जनाको परीक्षण गर्दा ७५ जनामा मोतियाबिन्दुको समस्या देखिएको हो ।   नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित गेटा आँखा अस्पतालद्वारा घोडाघोडी–१ सुख्खडमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो...

प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै

त्रिवेणी (नवलपरासी), ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता–२०८२, आजदेखि सुरु हुँदैछ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१६, डण्डामा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी पुलिस क्लब र आयोजक टिम कावासोती ‘ए’ बीच प्रतिस्पर्धा हुने आयोजक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९