चिटिक्क पारिँदै गाउँ

म्याग्दी (बेनी),  दसैँ नजिकिएसँगै गाउँघरमा चाडपर्वको रौनक बढेको छ । नेपालीले दसैँ–तिहार लगायतका पर्वलाई विशेष महत्व दिने भएकाले रोजगार, व्यवसाय र अवसरका लागि देश विदेश पुगेकाहरु गाउँ फर्कन थालेका छन् । अधिकांश समय सुनसान भएका गाउँघरमा दसैँको आगमनसँगै उल्लास छाउन थालेको रघुगङ्गा गाउँपालिका–७ का चिमखोलाका कायाम रोकाले बताउनुभयो । प्रवासमा रहेकाले चाडपर्व मनाउन छुट्टी लिएर आउने र विद्यालय तथा कार्यालयमा बिदा हुने भएकाले अन्य समयको तुलनामा दसैँ–तिहारको समयमा गाउँघरमा जमघट बढी हुने उहाँको भनाइ छ । रोजगार, शिक्षालगायतका लागि युवा विदेश र सहरी क्षेत्रमा जाने प्रचलनका कारण पछिल्लो समय म्याग्दीका ग्रामीण भेगमा बुढापाका मात्रै बसोबास गर्छन् ।

 

चाडपर्व मनाउन वर्षमा कम्तीमा एक पटक गाउँ फर्कने भएकाले यो समय गाउँघर गुञ्जायमान हुने गर्छ । चाडपर्वलाई लक्षित गरेर गाउँघर सरसफाइले चिटिक्क परेका छन् । परम्परागत ढुङ्गे घरमा कमेरो र रातो माटोले पोतिएका छन् भने ढलान, प्लास्टर गरी निर्माण भएका पक्की घरमा रङ्गरोगन गरिएका छन् । चाडपर्व मनाउन युरोपियन मुलुकबाट बिदामा घर आउनुभएका धवलागिरि गाउँपालिका–६ का खड्क पुनले लामो समयपछि गाउँ फर्कदा चाडपर्वको रौनकले प्रवासका दुःख र अत्यासलाई मेटाइदिएको बताउनुभयो । “प्रवासबाट आएको एक साता भयो, बजारमा किनमेल गरेर बाल बच्चासहित हामी गाउँ आइपुगेका छौँ, हरियाली वातावरण, धान र कोदोका फाँटले मन प्रफुल्ल बनेका छन्, गाउँघर यो समयमा धेरै नै सुन्दर बनेका छन्”, उहाँले भन्नुभयो ।

 

जिल्लाका अधिकांश गाउँमा वर्खायामको हिलो र झाडी पन्छ्याएर गोरटो बाटोलाई मर्मत गरिएको छ । परम्परादेखि नै चाडपर्वको समयमा झारा (श्रमदान) गरेर बाटो सरसफाइ र मर्मत गर्ने श्रम संस्कृति अझै यथावत रहेको छ । सडकमार्गलाई सञ्चालन गराउन स्थानीय सरकारले बजेट व्यवस्थापन गर्ने गरे पनि गोरेटो बाटो भने श्रमदानबाटै सरसफाइ गरिँदै आएको छ । हरेक घरबाट सहभागिता हुने गरी चाडपर्वको पूर्वसन्ध्यामा एक गाउँबाट अर्को गाउँ जाने र गाउँभित्रका गोरेटो बाटो सरसफाइ गरिएको रघुगङ्गा–३ दुलेपानीका युवा होम परियारले बताउनुभयो । “वर्खायाममा झाडीले बाटो नै ढाकिएका थिए, श्रमदानबाट सरसफाइ गरेपछि आवतजावतमा सहज हुने भएको छ”, परियारले भन्नुभयो । पछिल्लो समय युवा विदेशमा जाने प्रचलनका कारण श्रमदानमा महिलाको सहभागिता बढी हुने गरेको छ ।

 

दसैँलाई लक्षित गरी गाउँघरमा परम्परागत मेला आयोजना हुने गर्छन् । परम्परागत मनोरञ्जनको माध्यम बनेको मेला पर्वलाई पछिल्लो समय खेलकुद प्रतिस्पर्धा र कला संस्कृतिको प्रदर्शन गर्ने परम्परा सुरु भएको छ । दसँै तिहारको अवसरमा यहाँका दर्जनौँ गाउँ बस्तीमा मेला पर्व आयोजना भइरहेका छन् । परम्परागत मेला पर्वको निरन्तरता पाउनु सकारात्मक पक्ष भए पनि ती नै मेलापर्वबाट शान्ति सुरक्षामा असर पुग्ने गतिविधि हुने भएकाले त्यसतर्फ सबैको ध्यान जानुपर्ने प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बताउनुभयो ।

 

जिल्लामा हुने कतिपय अपराधिक घटनाको सुरुवात मेला पर्वमा युवामा हुने मनमुटाम र झैझगडाबाट सुरुवात भएको पाइएकाले निश्चित अवधिका लागि अनुमति लिएर शान्ति सुरक्षालाई असर नपर्ने गरी मौलिककला संस्कृतिको संरक्षणमा योगदान पुग्ने गरी मेला सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो । चाड पर्वको समयमा हुने अपराधिक गतिविधि नियन्त्रण गर्न र शान्ति सुरक्षालाई मजबुत बनाउनका लागि जिल्ला प्रहरी कार्यालयले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर प्रहरी परिचालन गर्ने तयारी गरेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९