पाकिस्तान–साउदी अरेबिया रक्षा सम्झौताः आणविक छायाँ, क्षेत्रीय शक्ति सन्तुलन र रणनीतिक अस्पष्टता

पेरिस, ११ असोज (रासस/एएफपी) : पाकिस्तान र साउदी अरेबियाबीच यसै महिना हस्ताक्षर भएको नयाँ रक्षा सम्झौताले क्षेत्रीय शक्तिसन्तुलनबारे व्यापक प्रश्न खडा गरेको छ । कतारस्थित हमास कम्पाउन्डमा इजरायली आक्रमण, इरानी–इजरायली द्वन्द्व, तेहरानको आणविक कार्यक्रमबारे अनिश्चितता र मे महिनामा भारत–पाकिस्तान झडपको पृष्ठभूमिमा आएको यो सम्झौतालाई विश्लेषकहरूले अत्यन्तै संवेदनशील समयको कदम मानिरहेका छन् । ब्रुकिङ्स इन्स्टिच्युसनका जोशुआ ह्वाइट भन्नुहुन्छ, “मध्यपूर्व र दक्षिण एसियाका नाटकीय घटनाक्रममा अभ्यस्त विश्लेषकहरू पनि यस घोषणाबाट अचम्मित भए ।” सम्झौताको सटीक खाका अझै प्रष्ट छैन, विशेषगरी आणविक आयामबारे प्रश्नहरू अनुत्तरित छन् । – ऐतिहासिक पृष्ठभूमि – सन् १९८२ को ऐतिहासिक प्रोटोकल सम्झौतादेखि साउदी–पाकिस्तानी सुरक्षा सहकार्य जारी छ ।
त्यतिबेला पाकिस्तानी सेनाको उल्लेख्य उपस्थिति साउदी भूमिमा देखिएको थियो । हाल पनि हजारौँ साउदी सैनिक पाकिस्तानी प्रशिक्षकद्वारा तालिम पाउँछन् र पाकिस्तानी अधिकारीहरू साउदी रक्षा मन्त्रालयमा कार्यरत छन् । युरोपेली काउन्सिल अन फरेन रिलेसन्सकी गल्फ विज्ञ क्यामिली लोन्सका अनुसार यो सम्झौता लामो वार्ताको नतिजा हो । “यद्यपि यसलाई प्रत्यक्ष हालैका घटनासँग नजोड्दा राम्रो हुन्छ, तर समग्र विश्लेषणले यसलाई बढ्दो इजरायली शक्ति र अमेरिकी सुरक्षा ग्यारेन्टीप्रति साउदी शङ्काको प्रतिक्रियाका रूपमा देख्छ”, उहाँले भन्नुभयो ।
लाहोर विश्वविद्यालयका सैयद अली जिया जाफरीका अनुसार पाकिस्तानका लागि यो सम्झौता ‘मध्यपूर्वको सुरक्षा संरचनामा आफ्नो बढ्दो महत्त्व प्रदर्शन गर्ने साधन’ हो भने साउदी अरेबियाका लागि ‘अमेरिकामाथिको निर्भरता घटाएर सुरक्षाको स्रोत विविधीकरण गर्ने प्रयास’ हो । – आणविक छायाँ – बुलेटिन अफ द एटमिक साइन्टिस्ट्सका अनुसार पाकिस्तानसँग करिब इक सय ७० आणविक हतियार छन् । सम्झौताले ती क्षमतासँग सम्बन्ध राख्छ वा राख्दैन भन्ने स्पष्ट छैन । कुनै आधिकारिक वक्तव्य पनि आएको छैन । हालसम्म विश्वमा मात्र दुई आणविक छत्र व्यवस्था छन्—अमेरिकाले युरोपेली सहयोगीहरूलाई र रुसले बेलारुसलाई ।
तर साउदी र पाकिस्तानी स्रोतहरूले सम्भावित आणविक आयामबारे सङ्केत गरेका छन् । एक साउदी सेवानिवृत्त जनरलले एएफपीलाई भने, “सम्झौतामा परम्परागत र गैर–परम्परागत दुवै साधन समावेश छन् । यसले पाकिस्तानी आणविक हतियारलाई समेत समेट्छ ।” शाही दरबारसँग नजिकका विश्लेषक अली सिहाबीले पनि ‘आणविक यस सम्झौताको अभिन्न अङ्ग हो’ भन्नुभयो । तर विशेषज्ञहरू विभाजित छन् । जाफरी भन्नुहुन्छ, “पाकिस्तानको आणविक सिद्धान्त भारतमै केन्द्रित छ । साउदीलाई आणविक छत्र दिने योजना भएको कुनै प्रमाण छैन ।” पेरिसस्थित फाउन्डेसन फर स्ट्रेटेजिक रिसर्चका ब्रुनो टट्र्रेसले भने यसलाई रणनीतिक अस्पष्टता भन्न मिल्ने बताउनुभयो । – भारतसँगको सम्बन्ध – साउदी अरेबियाले पाकिस्तानको प्रमुख प्रतिद्वन्द्वी भारतसँग पनि बलियो सम्बन्ध राखेको छ ।
भारतको तीव्र आर्थिक वृद्धि साउदी पेट्रोलियममा निर्भर छ र साउदी तेस्रो ठूलो आपूर्तिकर्ता हो । लोन्स भन्नुहुन्छ, “साउदी अरेबिया भारत–पाकिस्तान तनावलाई थप चर्काउने बाटोमा जान्ने सम्भावना छैन । साउदीको कूटनीति बहु–सन्तुलनमा आधारित छ ।” तर सम्झौता भारत–पाकिस्तानबीच केही महिनाअघि भएको चार दिन लामो द्वन्द्वपछिको हो । भारत र पाकिस्तानबीचको द्वन्द्वलाई दशकौँकै सबैभन्दा गम्भीर सङ्कट मानिन्छ । ह्वाइटका अनुसार रियादले पाकिस्तानसँगको सुरक्षा दायित्व पूरा गर्दै भारतसँग कमाइएका आर्थिक–व्यापारिक सम्बन्ध जोगाउने प्रयास गर्नेछ । तर यस्तो सन्तुलन अब निकै कठिन हुनेछ ।” ऐतिहासिक सहकार्यलाई गहिरो बनाउँदै यो नयाँ रक्षा सम्झौता मध्यपूर्व र दक्षिण एसियामा शक्ति समीकरणलाई नयाँ दिशामा धकेल्ने निश्चित देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९