Baigyanik Media

Advertisement

Skip Ad

पाकिस्तान–साउदी अरेबिया रक्षा सम्झौताः आणविक छायाँ, क्षेत्रीय शक्ति सन्तुलन र रणनीतिक अस्पष्टता

पेरिस, ११ असोज (रासस/एएफपी) : पाकिस्तान र साउदी अरेबियाबीच यसै महिना हस्ताक्षर भएको नयाँ रक्षा सम्झौताले क्षेत्रीय शक्तिसन्तुलनबारे व्यापक प्रश्न खडा गरेको छ । कतारस्थित हमास कम्पाउन्डमा इजरायली आक्रमण, इरानी–इजरायली द्वन्द्व, तेहरानको आणविक कार्यक्रमबारे अनिश्चितता र मे महिनामा भारत–पाकिस्तान झडपको पृष्ठभूमिमा आएको यो सम्झौतालाई विश्लेषकहरूले अत्यन्तै संवेदनशील समयको कदम मानिरहेका छन् । ब्रुकिङ्स इन्स्टिच्युसनका जोशुआ ह्वाइट भन्नुहुन्छ, “मध्यपूर्व र दक्षिण एसियाका नाटकीय घटनाक्रममा अभ्यस्त विश्लेषकहरू पनि यस घोषणाबाट अचम्मित भए ।” सम्झौताको सटीक खाका अझै प्रष्ट छैन, विशेषगरी आणविक आयामबारे प्रश्नहरू अनुत्तरित छन् । – ऐतिहासिक पृष्ठभूमि – सन् १९८२ को ऐतिहासिक प्रोटोकल सम्झौतादेखि साउदी–पाकिस्तानी सुरक्षा सहकार्य जारी छ ।
त्यतिबेला पाकिस्तानी सेनाको उल्लेख्य उपस्थिति साउदी भूमिमा देखिएको थियो । हाल पनि हजारौँ साउदी सैनिक पाकिस्तानी प्रशिक्षकद्वारा तालिम पाउँछन् र पाकिस्तानी अधिकारीहरू साउदी रक्षा मन्त्रालयमा कार्यरत छन् । युरोपेली काउन्सिल अन फरेन रिलेसन्सकी गल्फ विज्ञ क्यामिली लोन्सका अनुसार यो सम्झौता लामो वार्ताको नतिजा हो । “यद्यपि यसलाई प्रत्यक्ष हालैका घटनासँग नजोड्दा राम्रो हुन्छ, तर समग्र विश्लेषणले यसलाई बढ्दो इजरायली शक्ति र अमेरिकी सुरक्षा ग्यारेन्टीप्रति साउदी शङ्काको प्रतिक्रियाका रूपमा देख्छ”, उहाँले भन्नुभयो ।
लाहोर विश्वविद्यालयका सैयद अली जिया जाफरीका अनुसार पाकिस्तानका लागि यो सम्झौता ‘मध्यपूर्वको सुरक्षा संरचनामा आफ्नो बढ्दो महत्त्व प्रदर्शन गर्ने साधन’ हो भने साउदी अरेबियाका लागि ‘अमेरिकामाथिको निर्भरता घटाएर सुरक्षाको स्रोत विविधीकरण गर्ने प्रयास’ हो । – आणविक छायाँ – बुलेटिन अफ द एटमिक साइन्टिस्ट्सका अनुसार पाकिस्तानसँग करिब इक सय ७० आणविक हतियार छन् । सम्झौताले ती क्षमतासँग सम्बन्ध राख्छ वा राख्दैन भन्ने स्पष्ट छैन । कुनै आधिकारिक वक्तव्य पनि आएको छैन । हालसम्म विश्वमा मात्र दुई आणविक छत्र व्यवस्था छन्—अमेरिकाले युरोपेली सहयोगीहरूलाई र रुसले बेलारुसलाई ।
तर साउदी र पाकिस्तानी स्रोतहरूले सम्भावित आणविक आयामबारे सङ्केत गरेका छन् । एक साउदी सेवानिवृत्त जनरलले एएफपीलाई भने, “सम्झौतामा परम्परागत र गैर–परम्परागत दुवै साधन समावेश छन् । यसले पाकिस्तानी आणविक हतियारलाई समेत समेट्छ ।” शाही दरबारसँग नजिकका विश्लेषक अली सिहाबीले पनि ‘आणविक यस सम्झौताको अभिन्न अङ्ग हो’ भन्नुभयो । तर विशेषज्ञहरू विभाजित छन् । जाफरी भन्नुहुन्छ, “पाकिस्तानको आणविक सिद्धान्त भारतमै केन्द्रित छ । साउदीलाई आणविक छत्र दिने योजना भएको कुनै प्रमाण छैन ।” पेरिसस्थित फाउन्डेसन फर स्ट्रेटेजिक रिसर्चका ब्रुनो टट्र्रेसले भने यसलाई रणनीतिक अस्पष्टता भन्न मिल्ने बताउनुभयो । – भारतसँगको सम्बन्ध – साउदी अरेबियाले पाकिस्तानको प्रमुख प्रतिद्वन्द्वी भारतसँग पनि बलियो सम्बन्ध राखेको छ ।
भारतको तीव्र आर्थिक वृद्धि साउदी पेट्रोलियममा निर्भर छ र साउदी तेस्रो ठूलो आपूर्तिकर्ता हो । लोन्स भन्नुहुन्छ, “साउदी अरेबिया भारत–पाकिस्तान तनावलाई थप चर्काउने बाटोमा जान्ने सम्भावना छैन । साउदीको कूटनीति बहु–सन्तुलनमा आधारित छ ।” तर सम्झौता भारत–पाकिस्तानबीच केही महिनाअघि भएको चार दिन लामो द्वन्द्वपछिको हो । भारत र पाकिस्तानबीचको द्वन्द्वलाई दशकौँकै सबैभन्दा गम्भीर सङ्कट मानिन्छ । ह्वाइटका अनुसार रियादले पाकिस्तानसँगको सुरक्षा दायित्व पूरा गर्दै भारतसँग कमाइएका आर्थिक–व्यापारिक सम्बन्ध जोगाउने प्रयास गर्नेछ । तर यस्तो सन्तुलन अब निकै कठिन हुनेछ ।” ऐतिहासिक सहकार्यलाई गहिरो बनाउँदै यो नयाँ रक्षा सम्झौता मध्यपूर्व र दक्षिण एसियामा शक्ति समीकरणलाई नयाँ दिशामा धकेल्ने निश्चित देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दसैँको रौनकसँगै थारू बस्तीमा गुञ्जियो सखिया नाच

दोधारा चाँदनी (कञ्चनपुर),  दसैँ सुरु भएसँगै गाउँ बस्तीमा चहलपहल सुरु भएको छ । योसँगै कञ्चनपुरका थारू बस्तीमा सखिया नाचको रौनकले थप उत्साह थपेको छ । दसैँको आगमनसँगै यो समुदायमा अबेर रातिसम्म मादल घन्किने गर्दछ । बेदकोट नगरपालिका-९ लालपुरमा थारू समुदायका सबैजसो साँझ ८ बजे...

एमाले सचिवालय बैठक आइतबार

काठमाडौँ, जेनजी समूहको आन्दोलन र नयाँ राजनीतिक परिस्थितिबारे छलफल गर्न आइबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक हुने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिउँसो १ः०० बजे गुण्डुस्थित आफ्नो निवासमा सचिवालय बैठक बोलाउनुभएको एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख...

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ २६ पैसा र...

चीनमा सुरुङ भत्किएपछि तीन मजदुरको मृत्यु, अनुसन्धान जारी

झेनपिङ, शानक्सी, चीनको शानक्सी प्रान्तको झेनपिङ काउन्टीमा रहेको कोइला खानीको सुरुङ भत्किएर फसेका तीनै जना मजदुरको शनिबार बिहान मृत्यु भएको छ । बिहीबार भएको उक्त दुर्घटनामा आठ जना मजदुरहरू मर्मतसम्भारको काम गर्दै थिए । पाँच जना मजदुर सुरक्षित रूपमा बाहिर निस्कन सफल भए भने...

नदीमा हामफालेर दुई जना बेपत्ता

अदानचुली (हुम्ला),  चङ्खेली गाउँपालिकामा नदीमा हामफालेर दुई जना बेपत्ता भएका छन् । आज बिहान सामाजिक सञ्जाल ‘फेसबुक’मा ‘स्टाटस’ लेख्दै बेपत्ता भएका चङ्खेली गाउँपालिका–४ का हंस बुढा र कर्मा बोहोराले आत्महत्या गर्ने उद्देश्यले नदीमा हामफालेको अनुमान गरिएको छ । प्रहरी सहायक निरीक्षक शङ्कर पोखरेलले थानीयले...

फलामखानी सञ्चालन गर्न पदमार्ग निर्माण

पर्वत,  महाशिला गाउँपालिका–६ मा रहेको फलामखानी सञ्चालनको तयारीका लागि खानीसम्म पुग्ने पदमार्ग निर्माण गरिएको छ । निवर्तमान सरकारको मन्त्रिपरिषद्को बैठकबाट फलामखानी सञ्चालनका लागि मन्त्रालय र सचिवलाई निर्देशन दिएपछि अध्ययन, अनुसन्धान गर्नका लागि आउने टोलीलाई खानीसम्म पुग्न सहज होस् र सञ्चालन भइसकेपछि पनि प्रशोधन केन्द्रसम्म...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

संविधान दिवसमा गण्डकी प्रदेश प्रमुख भट्टको शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा प्रदेशवासीसँगै सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । हालै नव युवापुस्ताले गरेको आन्दोलनका क्रममा शहादत प्राप्त गरेकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ । नव...

बैतडीमा ‘भ्यान’ दुर्घटना, १० जना घाइते

बैतडी,  जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा ‘इलेक्ट्रोनिक भ्यान’ दुर्घटना हुँदा १० जना घाइते भएका छन् । धनगढीबाट पुर्चांैडीहाट जाँदै गरेको सु प प्र ०२ ००१ ज ६२० नंको भ्यान आज दिउँसो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयो ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

काम नगरी अलपत्र परेका सडक र पुलका २३४ ठेक्का तोडिँदै

काठमाडौँ,  सम्झौता गरेर वर्षौंसम्म निर्माण नगरिएका २३४ सडक र पुलका तोडिने भएका छन् । सडक विभागअन्तर्गत सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालय, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका रुग्ण अवस्थामा रहेका ठेक्का तोड्न लागिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक...

आयुर्वेद तथा वैकल्पिक चिकित्सातर्फ आकर्षण बढ्दो

मन्थली (रामेछाप),  यहाँस्थित आयुुर्वेद तथा वैकल्पिक चिकित्सालयमा उपचार गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको छ । पहिले मन्थली नगरपालिका–१ घारी खहरेस्थित भाडाको घरबाट चिकित्सालयले सेवा प्रवाह गरेकामा हाल मन्थली अस्पतालको पुरानो भवनबाट सेवा प्रवाह गर्न थालेको छ । चिकित्सालयका सूचना अधिकारी हरिनारायण महतोकाअनुसार हाल जिल्लामा...

राष्ट्रिय क्रिकेट टोलीले पायो यूएईको प्रवेशाज्ञा

काठमाडौँ  नेपाली क्रिकेटको राष्ट्रिय टोलीले संयुक्त अरब इमिरेट्स (यूएई)को प्रवेशाज्ञा पाएको छ । नेपाल क्रिकेट सङ्घका प्रवक्ता छुमी लामाकाअनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रवेशाज्ञा पाएको हो । सो टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ । टोलीले यही असोज ११ देखि १४ गतेसम्म युनिटी कल टी–२०...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९