गाजामा इजरायली आक्रमण तीव्र, हजारौं विस्थापितः संयुक्त राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घ, संयुक्त राष्ट्रसङ्घले गाजा क्षेत्रमा इजरायली सेनाले हरेक आठदेखि नौ मिनेटको अन्तरालमा आक्रमण गर्दै आएकाले सर्वसाधारणमा ठूलो मानवीय संकट उत्पन्न भएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय मानविय सहायता समन्वय कार्यालय (ओसिएचए) ले दिएको जानकारी अनुसार, पछिल्ला २४ घण्टाभित्र गाजा सहरमा बारम्बार हवाई आक्रमण, तोपगोलाबारी, हेलिकप्टर तथा अन्य यन्त्रबाट आक्रमण भएको छ । साथै, राहत सामग्रीको प्रतीक्षामा रहेका निर्दोष नागरिकहरूमाथि गोली प्रहारसमेत गरिएको छ । यस आक्रमणमा हालसम्म दर्जनौं नागरिकको ज्यान गएको र दुई सयभन्दा बढी घाइते भएका छन् ।
गाजा सहरबाट ज्यान जोगाउँदै भाग्ने मानिसहरू दक्षिण गाजातर्फ सरेका छन् । ओसिएचएका अनुसार, पछिल्लो समय करिब १६ हजार ५ सय व्यक्तिहरू उत्तर गाजाबाट विस्थापित भएका छन् । तर, दक्षिण गाजाको अवस्थासमेत अत्यन्तै दयनीय रहेको छ । गाजा सहरमा अझै पनि लाखौं नागरिकहरू फसेका छन्, जसले अत्यावश्यक सेवा र राहत सामग्रीमा भर पर्नु परिरहेको छ । तर, इजरायली पक्षबाट मानवीय सहायता पु¥याउने काममा निरन्तर अवरोध सिर्जना भइरहेको छ । संयुक्त राष्ट्रसङ्घले इजरायली सेनासँग समन्वय गरी सहायता सामग्री पु¥याउने १५ वटा अभियान सञ्चालन गरेकोमा केवल ७ वटा मात्र पूर्णरूपमा सफल भएका छन् । बाँकी अभियानहरू विभिन्न अवरोधका कारण रोकिएका छन् । केही राहत सामग्री केरम शालोम नाकाबाट संकलन गरिएको भए पनि उत्तर गाजामा पानी पु¥याउन अनुमति दिइएको छैन ।
अन्य नाकाहरूबाट खाद्यान्न लिनसमेत निषेध गरिएको छ । संयुक्त राष्ट्रसंघले सबै पक्षहरू—इजरायल, हमास तथा अन्य सशस्त्र समूहहरूलाई—मानव सहायता कार्यकर्ताहरूको सुरक्षा सुनिश्चित गर्न, उनीहरूको सवारी साधनमा आक्रमण नगर्न र पहुँचको अवरोध नगर्न आग्रह गरेको छ । त्यसैगरी, पश्चिमी किनारमा जोर्डन र अधिनस्थ फिलिस्तीनी क्षेत्रबीचको एकमात्र सीमा नाका एलनबी पुल यात्रुहरूका लागि खोलिएको छ भने राहत सामग्री ओसारपसारका लागि अझै बन्द रहेको छ । जोर्डनमा तयार अवस्थामा रहेको करिब ३५ प्रतिशत राहत सामग्री गाजामा पु¥याउन नपाएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
ओसिएचएको प्रतिवेदन अनुसार, २०२३ अगस्त १३ गतेदेखि हालसम्म पश्चिमी किनार क्षेत्रमा इजरायली बासिन्दा तथा सुरक्षाकर्मीहरूको आक्रमण र पहुँचमा लगाइएको प्रतिबन्धका कारण तीन हजारभन्दा बढी फिलिस्तीनी विस्थापित भएका छन्। तीमध्ये आधा बालबालिका हुन्, जो मुख्यतः बेदुइन र पशुपालन गर्ने समुदायबाट आएका हुन् । संयुक्त राष्ट्रसंघले गाजा र पश्चिमी किनार दुबै क्षेत्रमा हिंसाको अन्त्य, सर्वसाधारणको सुरक्षा, जवाफदेहिता र अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्न सबै पक्षहरूलाई आह्वान गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९