‘छरछिमेकमा सहयोग चल्दैन, प्रतिस्पर्धा छ’

टीकापुर (कैलाली),  जानकी गाउँपालिकाको खैरीफाँटाकी सीता विष्टलाई समाजमा मिलेर काम गरेको, एकअर्कालाई सुखदुःखमा सघाएको खुबै याद छ । ज्येष्ठ नागरिक उहाँलाई खेतीपाती गर्ने बेला गाईगोरु अभाव हुँदा खाद्यान्न, गर्जो टार्न रकम सरसापट गरेको सम्झना ताजै छ । “हामीले खाद्यान्न, रकममात्र नभई आगोसमेत साटासाट गरेर बाल्ने गथ्र्यौँ, एउटा घरमा पहिले आगो बालेमा वल्लोपल्लो घरमा त्यहीँ आगो लिएर सल्काउने चलन थियो”, उहाँ भन्नुहुन्छ, “अहिलेका समाज र जीवन फेरिएको छ । आजभोलि त समाजमा सहयोग चल्दैन, प्रतिस्पर्धा चलेको देख्छु ।”

 

अर्की महिला देवु रावल पनि विगतमा घर बनाउँदा, खेतीपाती गर्दा मिलेर काम गर्ने छिमेकी बदलिएका बताउनुहुन्छ । आजभोलि कमाइ भएकाहरूले नभएकालाई हेप्ने चलन बढेकामा चिन्ता व्यक्त गर्नुहुन्छ । “कमाइ भएकाहरूको जीवन सुखद् छ, विपन्न नागरिकले समाजमा बाँच्न गाह्रो भएको छ”, उहाँले भन्नुभयो, “पहिलाका मानिस दयालु, सहयोगी हुन्थे, आजभोलि जो धनी छ, उसैलाई मात्र सहयोग गर्नेहरू भेटिन्छन् ।” टीकापुरकी पार्वती गिरीलाई पनि पहिलेकै समाज राम्रो लाग्छ । छिमेकमा मिलेर, बाँडीचुडी खाएको याद आउँछ । “हामी एक घरमा दाल, एक घरमा तरकारी पकाएर छाक टाथ्र्यौँ”, उहाँले भन्नुभयो, “पाकेको मीठोमसिनो बाँडेर खाने चलन थियो, आजभोलि पल्लो घरमा मासु पाक्छ, वल्लो घरमा तरकारी हुँदैन, यस्तो समाज राम्रो भयो त ?” छिमेकी भनेका समाजसँग जोडिएका मानिस हुन् । छिमेकी मिलेर बसेमा व्यक्तिका मात्र नभई समाजका समस्यासमेत टार्न सकिन्छ । छिमेकीको सहयोग सजिलो अप्ठ्यारो दुवै बेला काम लाग्छ । सबै समयमा छिमेकी सहयोगी हुनुपर्छ । सहयोगी छिमेकी भएकाहरू दुःखलाई पनि सहजै पार गर्न सक्छन् ।

 

बर्दियाका बलिराज बम रोजगारीका लागि बाहिर बस्नुहुन्छ, उहाँले भने छिमेकीको सहयोग भरपुर लिनुभएको छ । “छिमेकी भनेका समाजका हिम्मत हुन्, छिमेकी सहयोगी भए समाज नै सुन्दर हुन्छ, म रोजगारीका लागि विदेशमा बस्छु”, उहाँले भन्नुभयो, “मैले मेरो परिवार पाल्न, समस्या टार्न छिमेकीको धेरै सहयोग पाएको छु ।” अर्का नागरिक उज्जले तिरुवा भने मर्दापर्दा छिमेकीको सहयोग लिने र सहयोग गर्ने गरिएको, अहिले पनि आफूहरूले सरसापट चलाइरहेको बताउनुहुन्छ । “पहिलेजस्तो आगोपानी सापटी भने चल्दैन, तर समस्या पर्दा खाद्यान्न, रकम सरसापट चल्छ”, उहाँले भन्नुभयो, “समाजमा समस्या परेकालाई सघाउने संस्कार हराउन दिन हुँदैन । सहयोग नरहे समाज पनि रहन्न ।” टीकापुरकी कौशी परियारलाई पनि छिमेकीको महत्व विशेष लाग्छ, पहिलेका छिमेकी धेरै सहयोगी र अहिलेका छिमेकी स्वार्थी भएको महसुस परियारले पनि गर्नुभएको छ ।

 

“विगतमा सबैखाले समस्याको समाधान छिमेकमै खोजिन्थ्यो, आजभोलि छिमेकीबीच संवादसमेत घटेकाले संवाद बढाउन आवश्यक छ”, उहाँले भन्नुभयो, “व्यक्तिव्यक्तिबीचको सम्बन्ध बढाउन एकापसमा आत्मीयता बढेमा सामाजिक समस्या समाधानमा पनि सहयोग पुग्छ ।” मानिसको समाजसँगको सम्बन्ध पातलिँदै गएको छ । यसले भोलिको समाज असहयोगी हुनसक्छ त्यसतर्फ सबैले ध्यान दिनुपर्ने शिक्षक पूर्ण विकको भनाइ छ । “समाजमा समूह बनाउने, सामूहिक कार्यमा छलफल गर्ने, समुदायका समस्या र आवश्यकताबारे छलफल गर्ने, समाधानको खोजी गर्ने गर्नुपर्छ”, शिक्षक विक भन्नुहुन्छ, “मिलेर टोल सफा गर्ने, विपन्नलाई राहत उठाएर दिने, समाजमा सांस्कृतिक कार्यक्रम गर्नेजस्ता कार्यले सामाजिक सम्बन्ध बढाउँछ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९