जेनजी आन्दोलनका घाइते भन्छन्– होस आउँदा देशमा उथलपुथल भइसकेछ

काठमाडौँ ।  ‘जेनजी’ आन्दोलनका घाइते २५ वर्षीय मदन कार्की सिन्धुपाल्चोक बलेफी–८ का स्थायी बासिन्दा हुनुहुन्छ । केही वर्षदेखि काठमाडौँमा भिडियोग्राफी गर्दै आउनुभएका उहाँ भक्तपुर निकोसेरास्थित डेराबाटै काम गरिरहनुभएको थियो । गत भदौ २३ गते जेनजीको भ्रष्टाचार र बेथितिविरुद्धको आन्दोलनमा सहभागी हुने क्रममा नयाँ बानेश्वरमा बायाँ पाखुरामा गोली लागेर घाइते हुनुभयो ।

 

 

उहाँको अहिले महाङ्कालस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । मुलुकमा भइरहेको बेथिति अन्त्यगरी समृद्धिको सपना साकार पार्न कसै न कसैले पहल गरोस् भन्ने लागेकाबेला युवापुस्ताको बलमा भएको आन्दोलनको विस्फोटमा सम्पूर्ण नेपालीको सहयोग र समर्थन मिलेको आन्दोलनका घाइते कार्कीको बुझाइ छ । आन्दोलनमा सहभागिता, बानेश्वर घटना र आगामी सोचबारे ट्रमा सेन्टरमा उपचारमा रहनुभएका आन्दोलनका घाइते कार्कीसँग राससले गरेको कुराकानीको सम्पादित अशंः भदौ २३ गते जेनजी समूहको आह्वानमा भएको आन्दोलनमा सहभागी हुन बानेश्वरको एभरेष्ट होटलअघि बिहान ११ बजे पुग्दा सो ठाउँलाई निषेधित क्षेत्र घोषणा गरिएको रहेछ ।

 

 

 

पहिले त्यहाँ शान्तिपूर्ण आन्दोलन भइरहेको थियो । तीनकुने र माइतीघरबाट आउने आन्दोलनकारीको भीड दुवैतर्फ ठूलो थियो । ठूलो जुलुसले निषेधाज्ञा तोड्दै संसद् भवन अगाडि पुग्यो । ‘संसद् भवन खाली गर’ भनी दबाब सिर्जना गर्ने भन्ने थियो । त्यस क्रममा प्रहरीले अश्रुग्यास हान्न थाल्यो । सुरुमै अश्रु ग्यास प्रहार भएपछि भिड रन्थनिएर आक्रमक बन्यो । युवाले ढुङ्गामुढा गर्न थाले । सुरुमा त्यो गर्ने मनसाय थिएन । त्यहाँ घुसपैठ कहाँनेर भयो थाहा भएन । हामी शान्तिपूर्ण आन्दोलन गर्ने सोचका साथ नै अघि बढेका थियौँ । हामी वास्तविक जेनजी जो देशको सार्वजनिक सम्पत्ति र सम्पदा नष्ट गर्नु हुँदैन भन्ने कुरामा प्रष्ट थियौँ ।

 

 

 

स्वार्थी, उदण्ड स्वभावका केही व्यक्ति आन्दोलनको मर्म र भावना नबुझ्ने र रमाइलो हेर्न गएका मानिस भने त्यसमा संलग्न भएको पाइयो । सुरक्षा फौजले हानेको त्यसबखत अश्रुग्यास टिप्दै उतै फर्काउँदै भाग्दै गर्नेक्रम चलिरहेको थियो । बार भत्काउने र संसद् भवनभित्र छिर्ने भन्ने भयो । त्यो दिन संसद् चल्छ भन्ने पनि सुनियो । भीडलाई थेग्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । अश्रुग्यास हान्ने, फर्काउने, ह्वार्रर अघि बढ्ने र आँखामा पनि छयाप्ने काम चलिनै रह्यो । एक्कासी ड्याङ–ड्याङ र भटटटट गोली चल्यो । कहाँबाट हानियो भन्ने थाहै भएन । मसँगै छेउमा रहेका साथीहरु चार÷पाँच जना गोली लागेर ढले ।

 

 

 

हामी संसद् भवनको दक्षिण मुल ढोकाको अगाडि थियौँ । मलाई पनि एक्कासी गोली लाग्यो, रन्थनिएँ, अनि मुटु गाँठो प¥यो । त्यति हुँदा पनि दौडिएँ । मलाई गोली लाग्यो भनेर साथीहरुलाई भनेँ । त्यति खेरै रगत पनि ह्वार्र ओइरियो । त्यो देखेर साथीहरुले उचालेर एम्बुलेन्समा हाले अनि एभरेष्ट अस्पताल पु¥याए । त्यहाँ बिरामी राख्ने ठाउँ थिएन । भूइँमै सुताएर सोधपुछ गरे । वरपर रगतको आहाल थियो । साथीहरु मलाई नआत्तिनु भनेर सान्त्वना दिइराखेका थिए । संसार घुमाएजस्तो लाग्यो, बेहोस हुँला जस्तो भयो । अक्सिजन कमजस्तो भए पनि त्यो लगाइदिनु भनेँ । अनि साथीले ट्रमा सेन्टर पठाइदिनुभयो ।

 

 

 

त्यसपछि देशका लागि यतिसम्म गर्न सकँे भन्ने गर्व लाग्यो । भोलि आउने पीडिलाई राम्रो हुन्छ भने मेरो ज्यान गएर केही फरक पर्दैन भन्ने महसुस गरेँ । ट्रमा आएपछि साथीलाई मलाई गोली लाग्यो भनेर फोन गरे । हातै नचल्ने भयो भनी सुनाएँ । त्यसपछि दाईले मलाई फोन गर्नुभयो । त्यसपछि घरपरिवारका सबैसँग कुराकानी भयो । राति नै शल्यक्रिया भयो । होसमा आइपुग्दा सरकार परिवर्तन, राष्ट्रिय सम्पत्तिमा आगजनीसहित देशमा उथलपुथल भइसकेको रहेछ । सार्वजनिक सम्पत्ति जल्न हुन्थेन । कहाँबाट घुसपैठ भयो थाहा भएन । नेताहरुलाई एक हिसाबले सुकुम्बासी भए, घर न घाट भने बनाइ दियो ।

 

 

कतिले के–कति बदमासी गरेर सम्पत्ति जोडेका रहेछन् भन्ने छर्लङ्ग बनाइदियो । नेपालमा कतैबाट भगवान् आएर व्याप्त भ्रष्टाचार, अन्याय र अत्यचार अन्त्य गरिदेओस् भन्ने लागेका बेला यो विस्फोटन भएको छ । यसमा सम्पूर्ण नेपालीको सहयोग र समर्थन मिलेको छ । आन्दोलन सफल भएको छ । हामीले आन्दोलनमा खासगरी सुशासन, भ्रष्टाचार नियन्त्रण, युवापुस्ताको नेतृत्व र सामाजिक सञ्जाललाई निस्क्रिय बनाइएकामा त्यो हटाइनुपर्छ भन्ने मुख्य मुद्दा थिए । अर्कातर्फ आन्दोलनमा ठूलो जनधनको क्षति दुर्भाग्यपूर्ण स्थिति भयो । युवाको शान्तिपूर्ण प्रदर्शनीमा ताकिताकि गोली हान्नेलाई पक्राउ गरी कानुनी दायरामा ल्याउनुपर्छ ।

 

 

 

कारबाही गरिनुपर्छ । घाइते र सहिद परिवारलाई शिक्षा, स्वास्थ्य निःशुल्कसहित उचित राहत प्रदान गरिनुपर्छ । घाइतेलाई रोजगारी दिलाउनुपर्छ । युवापुस्ताको माग र मुद्दाअनुरुप शासकीयस्वरुपको परिवर्तनसम्मका विषयलाई सम्बोधन हुनुपर्छ । अनावश्यक संरचनाको खारेजी हुनुपर्छ । जनताले नै आफ्नो कार्यकारी छनोट गर्न पाउने व्यवस्था हुनुपर्छ । विसं २०४६ पछि माथिल्लो तहमा रहेका राजनीतिक र प्रशासनिक व्यक्तिको सम्पत्ति छानबिन गरी अकूत सम्पत्ति आर्जन गर्नेको राष्ट्रीयकरण गरिनुपर्छ । त्यसका लागि वर्तमान संविधानलाई पनि समयसापेक्ष संशोधन गरिनुपर्छ । युवाको बलिदानबाट बनेको सरकार भएकाले युवापुस्ताले उठाएका माग सम्बोधन हुनुपर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण

म्याग्दी,  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन् ।   अन्नपूर्ण–४ का वडाध्यक्ष...

राष्ट्रपति कतारतर्फ प्रस्थान

काठमाडौँ,  राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र...

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच मे महिनाको द्वन्द्वपछि पहिलोपटक भारतीय सिख तीर्थयात्रीहरूलाई पाकिस्तान प्रवेशका लागि भिसा प्रदान गरिएको छ । यो निर्णयले दुवै देशबीच स्थगित धार्मिक यात्रामा पुनः आशाको किरण ल्याएको छ । भारतीय सरकारको औपचारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक नभए पनि भारतीय पत्रपत्रिकाहरूले शनिबार सरकारका...

एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण

म्याग्दी,  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन् ।   अन्नपूर्ण–४ का वडाध्यक्ष...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

पायक पर्ने स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दा …

ढोरपाटन (बागलुङ), बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा सञ्चालन भएको आँखा शिविरबाट एक हजार सात जना आँखाका बिरामी लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित हिमालय आँखा अस्पताल पोखरा र धौलागिरि आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा लायन्स क्लब अफ ढोरपाटनको संयोजनमा गत शुक्रबारदेखि सुरु भएको...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९