
नुवाकोट, २ जेठनुवाकोटमा साढे तीन महिनादेखि हराइरहेकी एक महिलाको शव फेला परेको छ ।गत माघ १५ गतेदेखि हराइरहेकी विदुर नगरपालिका-२ बट्टारकी ५४ वर्षीय देवकी अधिकारीको विदुर नगरपालिका-१० केराघारीस्थित छत्तिवनडाँडामा मंगलबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । कपडा र झोलाको आधारमा उनको पहिचान खुलेको प्रहरीको भनाइ छ ।