मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

दमौली (तनहुँ), यहाँको आँबुखैरेनीका कृषक मादले काँक्रोखेतीतर्फ आकर्षित हुन थालेका छन् । पछिल्लो समय मादले काँक्रोले बजार पाउन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् । यसपटक मात्रै यहाँका छवटा कृषक समूहमा आबद्ध कृषकले काँक्रो बिक्री गरी रु छ लाख ३५ हजार आम्दानी गरेका छन् । आँबुखैरेनी गाउँपालिका–५ लाब्दी भोटेश्वाराका वीरबहादुर गुरुङले काँक्रो उत्पादन र बजारीकरणमा गाउँपालिकाले सहयोग गरेपछि आम्दानी बढेको बताउनुभयो । उहाँले यस वर्ष आफूले पनि काँक्रो बिक्री गरी रु ४० हजार ५०० आम्दानी गरेको बताउनुभयो । गुरुङले ५० बोट काँक्रोका बिरुवा लगाउनुभएको छ । “बजार नपाउँदा विगतमा काँक्रो कुहिएर जाने गरेको थियो । हाल बजार राम्रै छ”,उहाँले भन्नुभयो, “गाउँपालिकाले हाम्रो उत्पादन हाटबजारसम्म निःशुल्क ढुवानी गरिदिएको छ, त्यसकारण सहज रूपमा काँक्रो बिक्री भइरहेको छ ।

 

यसले हामीलाई निकै सहज भयो ।” सोही ठाउँका जितबहादुर गुरुङले रु ३० हजार ५००, तुलबहादुर गुरुङले रु १२ हजार ५००, सङ्गीता गुरुङले रु ४५ हजार ५००, लालश्री गुरुङले रु ४५ हजार ५००, तेजबहादुर गुरुङले रु २० हजार ५००, डिलुमाया गुरुङले रु १२ हजार ५००, रत्नमाया गुरुङले रु १४ हजार ५००, सीता गुरुङले रु नौ हजार ५००, रजमाया गुरुङले रु दश हजार ५००, फूलमाया गुरुङले रु ३५ हजार ५००, धनमाया गुरुङले रु १५ हजार ५००, खड्क गुरुङले रु ५० हजारको मादले काँक्रो बिक्री गर्नुभएको छ । छिम्केश्वरी कृषक समूहमा आबद्ध यीलगायत कृषकले मात्रै रु चार लाख तीन हजार बराबरको मादले काँक्रो बिक्री गरेको कृषक जितबहादुर गुरुङले जानकारी दिनुभयो । आँबुखैरेनीमा प्रत्येक सोमबार र शुक्रबार लाग्ने हाटबजारमा आफूहरूले उत्पादन गरेको मादले काँक्रोले राम्रो बजार पाएको उहाँले सुनाउनुभयो । “गाउँपालिकाले जति उत्पादन भए पनि बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाएपछि हामी ढुक्क छौँ ।

 

यसले कृषकलाई आकर्षित गरेको हो”, गुरुङले भन्नुभयो । गाउँपालिकाका कृषि शाखाप्रमुख सन्तोष केसीले यहाँका कृषकले करिब पाँच हजार ५०० केजी मादले काँक्रो उत्पादन गरी बिक्री गरेको जानकारी दिनुभयो । उहाँका अनुसार छिम्केश्वरी कृषक समूहका कृषकले रु चार लाख तीन हजार, घलडाँडा कृषक समूहका कृषकले रु एक लाख नौ हजार, केउरिनी कृषक समूहका कृषकले रु ७६ हजार, माई छिम्केश्वरी कृषक समूहका कृषकले रु १८ हजार, खोलागाउँ कृषक समूहका कृषकले रु तीन हजार, एकता कृषक समूहका कृषकले रु २६ हजार बराबरको काँक्रो बिक्री गरेका छन् । यसबाट ४४ जना कृषक लाभान्वित भएका छन् । केसीका अनुसार आँबुखैरेनी गाउँपालिका–५ र ६ मा धेरैले काँक्रोखेती गरिरहेका छन् । विगतमा विभिन्न जटिलतासँगै रोग कीराको प्रकोप, प्राविधिक ज्ञान र बजार समस्याका कारण सोचेअनुरुप उत्पादन हुन सकिरहेको थिएन ।

 

गाउँपालिकाले मादले काँक्रोलाई रैथाने बालीका रूपमा राखेर प्रवर्द्धनमा सहयोग गरेपछि केही समस्या समाधान भएको केसीको भनाइ छ । उहाँले भन्नुभयो, “यस वर्ष दुई वडाका ४४ जना कृषकले पाँच दशमलव पाँच मेट्रिक टन काँक्रो उत्पादन गरेर बिक्री गर्न सफल हुनुभयो । विगतमा उत्पादन भए पनि बजारीकरण मुख्य समस्याका रूपमा थिया । हाटबजारबाट यसको बजारीकरण हुँदा कृषक उत्साहित हुनाका साथै उत्पादन बढाउन प्रोत्साहित हुनुभएको छ ।” आँबुखैरेनी गाउँपालिका–२ मा प्रत्येक सोमबार र आँबुखैरेनी गाउँपालिका–३ मा प्रत्येक शुक्रबार हाटबजार लाग्ने गरेको छ । गाउँपालिकाभित्रका सबै कृषकले आफूले उत्पादन गरेका सामग्री यहाँ ल्याएर बिक्री गर्ने गर्छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रचार ठूलो, प्रमाण कमजोर? दीपक भट्ट प्रकरणमा सम्पत्ति शुद्धीकरण विभागमै अन्योल

काठमाडौं — उच्च राजनीतिक पहुँच, शेयर बजारमा प्रभाव तथा बैंकिङ–बीमा क्षेत्रसँगको सम्बन्धका कारण चर्चामा रहेका व्यवसायी दीपक भट्टविरुद्ध अघि बढाइएको सम्पत्ति शुद्धीकरण अनुसन्धान अहिले नै प्रश्नको घेरामा पर्न थालेको छ। प्रारम्भिक चरणमा व्यापक प्रचारसहित अघि बढाइएको अनुसन्धान प्रमाण संकलनकै चरणमा कमजोर देखिन थालेपछि विभागभित्रै...

प्रचार ठूलो, प्रमाण कमजोर? दीपक भट्ट प्रकरणमा सम्पत्ति शुद्धीकरण विभागमै अन्योल

काठमाडौं — उच्च राजनीतिक पहुँच, शेयर बजारमा प्रभाव तथा बैंकिङ–बीमा क्षेत्रसँगको सम्बन्धका कारण चर्चामा रहेका व्यवसायी दीपक भट्टविरुद्ध अघि बढाइएको सम्पत्ति शुद्धीकरण अनुसन्धान अहिले नै प्रश्नको घेरामा पर्न थालेको छ। प्रारम्भिक चरणमा व्यापक प्रचारसहित अघि बढाइएको अनुसन्धान प्रमाण संकलनकै चरणमा कमजोर देखिन थालेपछि विभागभित्रै...

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ,   स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यमा घटेको छ । सुन तोलामा रु चार हजार ५०० र चाँदी रु ३३० ले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

प्रचार ठूलो, प्रमाण कमजोर? दीपक भट्ट प्रकरणमा सम्पत्ति शुद्धीकरण विभागमै अन्योल

काठमाडौं — उच्च राजनीतिक पहुँच, शेयर बजारमा प्रभाव तथा बैंकिङ–बीमा क्षेत्रसँगको सम्बन्धका कारण चर्चामा रहेका व्यवसायी दीपक भट्टविरुद्ध अघि बढाइएको सम्पत्ति शुद्धीकरण अनुसन्धान अहिले नै प्रश्नको घेरामा पर्न थालेको छ। प्रारम्भिक चरणमा व्यापक प्रचारसहित अघि बढाइएको अनुसन्धान प्रमाण संकलनकै चरणमा कमजोर देखिन थालेपछि विभागभित्रै...

किरणराज ढुङ्गाना र मिना जैशीद्वारा विवाहको अवसरमा १० लाखको बीमा योजना खरिद

कैलाली । पछिल्लो समय जन्मोत्सव, विवाह, वर्षगाँठ तथा अन्नप्राशनजस्ता विशेष अवसरहरूमा तडकभडकपूर्ण खर्च गर्ने प्रवृत्तिभन्दा भविष्य सुरक्षित गर्ने उद्देश्यले बीमा पोलिसी उपहार दिने संस्कार समाजमा विस्तारै बढ्दै गएको छ। यसले बचत गर्ने बानी, आर्थिक अनुशासन तथा सकारात्मक सोचको विकासमा महत्वपूर्ण भूमिका खेलेको सरोकारवालाहरू बताउँछन्।     यसैक्रममा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

युवा समाजसेवी खेम जोशी लागू औषध दुर्व्यसन रोक्न मैदानमा, युवालाई ४३ हजार बराबरको खेल सामग्री वितरण

कैलाली — पछिल्लो समय ग्रामीण क्षेत्रमा युवा तथा बालबालिका लागू औषध दुर्व्यसन, कुलत तथा मोबाइलको अत्यधिक प्रयोगतर्फ आकर्षित भइरहेका बेला कैलालीका युवा समाजसेवी खेम जोशीले खेलकुदमार्फत समाज परिवर्तनको अभियान सुरु गरेका छन्।   बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ तथा जोशीपुर गाउँपालिका वडा नम्बर ६ र ७...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन

कैलाली। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन भएका छन्। समितिका सदस्यहरूमा योगेश बगालेमगर, दिलमाया थापामगर र कल्पना भण्डारी रहेका छन्।   त्यसैगरी, पदेन सदस्यमा नानी दमाई, शिक्षक प्रतिनिधिमा रमेशकुमार कठरिया तथा सदस्य सचिवमा मान...

चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने

नारायणगढ (चितवन),  जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जिपिएस जडान गर्नुपर्ने...

अमेरिकाविरुद्ध भुर्तेलद्वारा शतक प्रहार

कीर्तिपुर (काठमाडौँ),  नेपाली ओपनिङ ब्याटर कुशल भुर्तेलले शतकीय पारि खेलेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा आज भइरहेको आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु शृङ्खलामा उनले अमेरिकाविरुद्ध शतक प्रहार गरेका हुन । उनले अमेरिकी बलर मोहम्मद मोहशिनको बलमा एक रन लिँदै शतक पूरा...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९