अभाव र गरिबी बिर्साउँदै दीपावली र छठ

महोत्तरी, मधेसको महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले दीपावली र छठपर्वको तयारी छ । रमझम र उज्यालोको पर्व दीपावली एवं त्यसलगत्तै आउने निष्ठाको महापर्व छठको तयारीले अहिले जताततै खुसी देखिन्छ । सधैँ गरिबी र अभावले गाँजेका गरिब बस्तीमा पनि यी पर्वले दुःख भुलाएझैँ लाग्छ । निरन्तर कडा परिश्रम गरे पनि सधैँ गुजाराको चिन्ता हुने बनिहारा (श्रमजीवी) पनि अहिले हाँसीखुसी पर्वको तयारीमा जुटेका छन् । यमपञ्चक पनि भनिने यसपालिको दीपावली पर्व यही आउने आइतबार सुरु हुँदैछ । बाँसको चोया र झिक्राले भित्ता बेरेका कच्ची घर पनि अहिले लिपपोत र रङ्गरोगनले चिटिक्क बनाइँदैछन् ।
दीपावली पर्व नजिकिँदै गर्दा पराले झुप्रा बस्तीका बालबालिका पनि पर्वविशेषको रमाइलोमा मस्त देखिन्छन् । दीपावली र छठका लागि बस्तीबस्तीमा गरिएको सरसफाइ र घरघरै थालिएको तयारीले दुःख र अभाव आमसर्वसाधारणले अहिले बिर्सेझैँ लाग्छ । सबै पर्वको तयारीमा छन् । लाग्छ, यहाँ कुनै अभाव छैन । जताततै उल्लास छ । “वर्ष दिनमा आउने पवनी (पर्व) हो, कमसेकम यो पवनीभरि त हाँसीखुसी बिताउँ”, भङ्गाहा–४ पलारको दलित बस्तीका अगुवा ७५ वर्षीय चौठी बाँतर भन्नुहुन्छ, “हामी दीपावली र छठपर्व हाँसीखुसी मनाउने गर्छौँ ।” यी पर्वका सर्दाम जुटाउन, ससाना नानीहरूको ‘फर्माइस’ पूरा गर्न आपूmहरूले लामो समयदेखि रकम साँचेर राख्ने गरेको उहाँको भनाइ छ । धनधान्यकी देवी लक्ष्मीको आराधना गरिने मुख्य विधिको दीपावली र इच्छित कामना पूरा गर्ने सूर्यदेव र षष्ठी (छठी) मातालाई निष्ठापूर्वक पूजिने छठ मिथिला क्षेत्रको मुख्य पर्व हुन् । कार्तिक कृष्णपक्षको अन्त्यमा मनाइने उज्यालोको पर्व दीपावली र शुक्लपक्षको पहिलो साताभित्रै सम्पन्न गरिने छठपर्वको तयारीले अहिले सबैतिर उल्लास छाएको छ । दीपावली यसपालि आउने आइतबार ‘धनतेरस’ विधिबाट सुरु हँुदैछ ।
कृष्णपक्षमा राति अन्धकार छाउँछ । तर कार्तिक कृष्णपक्षको अन्त्यतिर पर्ने दीपावली जताततै चहकिलो बनाउने उज्यालो पर्व हो । उज्यालोको पर्व दीपावली र निष्ठा, श्रद्धा र समर्पण भावले मनाइने छठ मिथिलामा हिन्दू परम्पराभित्रका प्रायः सबै जाति समुदायले मनाउँछन् । “यी पर्व मिथिलाका पारम्परिक, सांस्कृतिक र धार्मिक महत्वका लोकआस्थाका महापर्व हुन्”, मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस)का प्राचार्य हेमनारायणलाल कर्ण भन्नुहुन्छ, “यी पर्वमा आम मैथिल आफ्नो सामथ्र्यभित्र रमाएर खर्च गर्छन् ।” मन खोलेर मनाइने यी पर्व खुसी र सन्तोषका प्रतीक मानिएका कर्णको भनाइ छ । मिथिलामा कार्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि दीपावली पर्व सुरु हुन्छ । धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिने यस पर्वको पहिलो दिन ‘धनतेरस’ मनाउने मैथिल परम्परा छ । यस दिन धातुका नयाँ सामान जोडेर सन्ध्याकालमा लक्ष्मीको आराधना गरिन्छ । कार्तिक कृष्ण त्रयोदशीका दिनदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ । कार्तिक औँसीको रातमा लक्ष्मी आराधना गरिन्छ ।
यसैगरी कार्तिक शुक्ल प्रतिपदाका दिन ‘गोवद्र्धन’ पूजन र द्वितीयाका दिन ‘भैयादुज’ मनाउने मैथिल परम्परा छ । भैयादुजका दिन दिदीबहिनीले दाजुभाइलाई निमन्त्रणा गरेर सप्तरङ्गी टीका लगाई मिष्टान्न भोजन गराउँछन् । यमपञ्चकका पाँच दिनमध्ये धनतेरस, लक्ष्मीपूजा, गोधन र भैयादुज (भातृद्वितीया) मैथिल परम्परामा विशेष मानिन्छन् । पर्वको तेस्रो दिन कार्तिक औँसीको साँझ घरको चौदिशा दीपमालिका गर्दै लक्ष्मी स्थापना गरेर पूजाआराधना गरिन्छ । मिष्टान्न परिकार खाने–ख्वाइने यो पर्वको चौथो दिन गाई÷गोरुलाई रङ्ग्याउने, सिङ र खुरमा तोरीको तेल लगाइदिने, नयाँ रङ्गिन दाम्ला फेर्ने र रुचिकर खानेकुरा दिने मैथिल चलन छ । यसै दिन गोवद्र्धन मनाइन्छ । गोधनमा अघि द्वापरयुगमा श्रीकृष्णले गोवद्र्धन पर्वतको पूजा प्रारम्भ गराउनुभएको परम्परालाई निरन्तरता दिइएको पाका मैथिल बताउँछन् ।
पौराणिक कथानक पाताललोकका राजा बलिको सन्दर्भ जोडिने यो पर्वमा कार्तिक शुक्ल द्वितीयाका दिन ‘भैयादुज’ (मिथिलामा भातृद्वितीया पनि भनिन्छ) पर्व मनाउने मैथिल परम्परा छ । राजा बलिलाई बहिनीहरू गङ्गा र यमुनाले देवतासँगको युद्धमा विजयको मङ्गल कामनाका साथ सप्तरङ्गी टीका र माला लगाइदिएका सम्झनामा यो पर्व परम्परा चलेको मैथिल जनविश्वास छ । पर्वको पहिलो दिन काग तिहार र दोस्रो दिन कुकुर पूजा गरिने पर्वते मूलको हिन्दू परम्परा भने मिथिलामा देखिँदैन । यद्यपि मैथिल ‘यमपञ्चक’ पर्व विधानमा पनि कागपूजा र स्वानः पूजा (कुकुर पूजा)को वर्णन भने रहेको मैथिल परम्परा र कर्मकाण्डका ज्ञाता राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउनुहुन्छ । दीपावली पर्वको सिद्धान्तमा यी विधि उल्लेख रहे पनि पछि कागपूजा र कुकुरपूजाको परम्परा व्यवहारबाट छुट्दै गएको हुनसक्ने झाको भनाइ छ ।
दीपावली पर्वसँगै अहिले घरको रङ्गरोगन गर्ने सामग्री, पूजाअर्चनाका लागि प्रयोग गरिने बाँसको चोयाले बुनिने र माटाका भाँडाको जताततै छुट्टै बजार जमेको देखिँदैछ । खासमा दीपमालिकाका लागि माटाका दियौरी प्रयोग गरिने मैथिल परम्पराले यस्तो सामग्री बनाउने कुम्हाल जाति समुदायको व्यस्तता पनि बढेको छ । यसैगरी छठ पर्वमा पूजा सामग्री राखनधरणमा प्रयोग गरिने बाँसका चोया र कप्टेराबाट बनेका छिटी, डलिया, नाङ्लो, चाल्नो र कनसुपा र पङ्खा पनि अनिवार्य सामग्री हुन् । पर्वले गर्दा अहिले बाँसको चोया र कप्टेरा काढेर यस्ता सामग्री बनाउन बिन र डोम समुदाय दिनरात नभनी जुटेका छन् । पर्वमा हुने आपसी घुलमिल र सँगै रमाउने मैथिल संस्कृतिले अहिले दुःख, अभाव र गरिबी छोपेको पाका मैथिल बताउँछन् । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९