Baigyanik Media

Advertisement

Skip Ad

अभाव र गरिबी बिर्साउँदै दीपावली र छठ

महोत्तरी, मधेसको महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले दीपावली र छठपर्वको तयारी छ । रमझम र उज्यालोको पर्व दीपावली एवं त्यसलगत्तै आउने निष्ठाको महापर्व छठको तयारीले अहिले जताततै खुसी देखिन्छ । सधैँ गरिबी र अभावले गाँजेका गरिब बस्तीमा पनि यी पर्वले दुःख भुलाएझैँ लाग्छ । निरन्तर कडा परिश्रम गरे पनि सधैँ गुजाराको चिन्ता हुने बनिहारा (श्रमजीवी) पनि अहिले हाँसीखुसी पर्वको तयारीमा जुटेका छन् । यमपञ्चक पनि भनिने यसपालिको दीपावली पर्व यही आउने आइतबार सुरु हुँदैछ । बाँसको चोया र झिक्राले भित्ता बेरेका कच्ची घर पनि अहिले लिपपोत र रङ्गरोगनले चिटिक्क बनाइँदैछन् ।
दीपावली पर्व नजिकिँदै गर्दा पराले झुप्रा बस्तीका बालबालिका पनि पर्वविशेषको रमाइलोमा मस्त देखिन्छन् । दीपावली र छठका लागि बस्तीबस्तीमा गरिएको सरसफाइ र घरघरै थालिएको तयारीले दुःख र अभाव आमसर्वसाधारणले अहिले बिर्सेझैँ लाग्छ । सबै पर्वको तयारीमा छन् । लाग्छ, यहाँ कुनै अभाव छैन । जताततै उल्लास छ । “वर्ष दिनमा आउने पवनी (पर्व) हो, कमसेकम यो पवनीभरि त हाँसीखुसी बिताउँ”, भङ्गाहा–४ पलारको दलित बस्तीका अगुवा ७५ वर्षीय चौठी बाँतर भन्नुहुन्छ, “हामी दीपावली र छठपर्व हाँसीखुसी मनाउने गर्छौँ ।” यी पर्वका सर्दाम जुटाउन, ससाना नानीहरूको ‘फर्माइस’ पूरा गर्न आपूmहरूले लामो समयदेखि रकम साँचेर राख्ने गरेको उहाँको भनाइ छ । धनधान्यकी देवी लक्ष्मीको आराधना गरिने मुख्य विधिको दीपावली र इच्छित कामना पूरा गर्ने सूर्यदेव र षष्ठी (छठी) मातालाई निष्ठापूर्वक पूजिने छठ मिथिला क्षेत्रको मुख्य पर्व हुन् । कार्तिक कृष्णपक्षको अन्त्यमा मनाइने उज्यालोको पर्व दीपावली र शुक्लपक्षको पहिलो साताभित्रै सम्पन्न गरिने छठपर्वको तयारीले अहिले सबैतिर उल्लास छाएको छ । दीपावली यसपालि आउने आइतबार ‘धनतेरस’ विधिबाट सुरु हँुदैछ ।
कृष्णपक्षमा राति अन्धकार छाउँछ । तर कार्तिक कृष्णपक्षको अन्त्यतिर पर्ने दीपावली जताततै चहकिलो बनाउने उज्यालो पर्व हो । उज्यालोको पर्व दीपावली र निष्ठा, श्रद्धा र समर्पण भावले मनाइने छठ मिथिलामा हिन्दू परम्पराभित्रका प्रायः सबै जाति समुदायले मनाउँछन् । “यी पर्व मिथिलाका पारम्परिक, सांस्कृतिक र धार्मिक महत्वका लोकआस्थाका महापर्व हुन्”, मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस)का प्राचार्य हेमनारायणलाल कर्ण भन्नुहुन्छ, “यी पर्वमा आम मैथिल आफ्नो सामथ्र्यभित्र रमाएर खर्च गर्छन् ।” मन खोलेर मनाइने यी पर्व खुसी र सन्तोषका प्रतीक मानिएका कर्णको भनाइ छ । मिथिलामा कार्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि दीपावली पर्व सुरु हुन्छ । धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिने यस पर्वको पहिलो दिन ‘धनतेरस’ मनाउने मैथिल परम्परा छ । यस दिन धातुका नयाँ सामान जोडेर सन्ध्याकालमा लक्ष्मीको आराधना गरिन्छ । कार्तिक कृष्ण त्रयोदशीका दिनदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ । कार्तिक औँसीको रातमा लक्ष्मी आराधना गरिन्छ ।
यसैगरी कार्तिक शुक्ल प्रतिपदाका दिन ‘गोवद्र्धन’ पूजन र द्वितीयाका दिन ‘भैयादुज’ मनाउने मैथिल परम्परा छ । भैयादुजका दिन दिदीबहिनीले दाजुभाइलाई निमन्त्रणा गरेर सप्तरङ्गी टीका लगाई मिष्टान्न भोजन गराउँछन् । यमपञ्चकका पाँच दिनमध्ये धनतेरस, लक्ष्मीपूजा, गोधन र भैयादुज (भातृद्वितीया) मैथिल परम्परामा विशेष मानिन्छन् । पर्वको तेस्रो दिन कार्तिक औँसीको साँझ घरको चौदिशा दीपमालिका गर्दै लक्ष्मी स्थापना गरेर पूजाआराधना गरिन्छ । मिष्टान्न परिकार खाने–ख्वाइने यो पर्वको चौथो दिन गाई÷गोरुलाई रङ्ग्याउने, सिङ र खुरमा तोरीको तेल लगाइदिने, नयाँ रङ्गिन दाम्ला फेर्ने र रुचिकर खानेकुरा दिने मैथिल चलन छ । यसै दिन गोवद्र्धन मनाइन्छ । गोधनमा अघि द्वापरयुगमा श्रीकृष्णले गोवद्र्धन पर्वतको पूजा प्रारम्भ गराउनुभएको परम्परालाई निरन्तरता दिइएको पाका मैथिल बताउँछन् ।
पौराणिक कथानक पाताललोकका राजा बलिको सन्दर्भ जोडिने यो पर्वमा कार्तिक शुक्ल द्वितीयाका दिन ‘भैयादुज’ (मिथिलामा भातृद्वितीया पनि भनिन्छ) पर्व मनाउने मैथिल परम्परा छ । राजा बलिलाई बहिनीहरू गङ्गा र यमुनाले देवतासँगको युद्धमा विजयको मङ्गल कामनाका साथ सप्तरङ्गी टीका र माला लगाइदिएका सम्झनामा यो पर्व परम्परा चलेको मैथिल जनविश्वास छ । पर्वको पहिलो दिन काग तिहार र दोस्रो दिन कुकुर पूजा गरिने पर्वते मूलको हिन्दू परम्परा भने मिथिलामा देखिँदैन । यद्यपि मैथिल ‘यमपञ्चक’ पर्व विधानमा पनि कागपूजा र स्वानः पूजा (कुकुर पूजा)को वर्णन भने रहेको मैथिल परम्परा र कर्मकाण्डका ज्ञाता राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउनुहुन्छ । दीपावली पर्वको सिद्धान्तमा यी विधि उल्लेख रहे पनि पछि कागपूजा र कुकुरपूजाको परम्परा व्यवहारबाट छुट्दै गएको हुनसक्ने झाको भनाइ छ ।
दीपावली पर्वसँगै अहिले घरको रङ्गरोगन गर्ने सामग्री, पूजाअर्चनाका लागि प्रयोग गरिने बाँसको चोयाले बुनिने र माटाका भाँडाको जताततै छुट्टै बजार जमेको देखिँदैछ । खासमा दीपमालिकाका लागि माटाका दियौरी प्रयोग गरिने मैथिल परम्पराले यस्तो सामग्री बनाउने कुम्हाल जाति समुदायको व्यस्तता पनि बढेको छ । यसैगरी छठ पर्वमा पूजा सामग्री राखनधरणमा प्रयोग गरिने बाँसका चोया र कप्टेराबाट बनेका छिटी, डलिया, नाङ्लो, चाल्नो र कनसुपा र पङ्खा पनि अनिवार्य सामग्री हुन् । पर्वले गर्दा अहिले बाँसको चोया र कप्टेरा काढेर यस्ता सामग्री बनाउन बिन र डोम समुदाय दिनरात नभनी जुटेका छन् । पर्वमा हुने आपसी घुलमिल र सँगै रमाउने मैथिल संस्कृतिले अहिले दुःख, अभाव र गरिबी छोपेको पाका मैथिल बताउँछन् । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

‘सबै स्थानीय तहमा युवापरिषद् गठन आवश्यक’

भक्तपुर।   युवा तथा खेलकुद मन्त्रालयका सचिव डा हरिप्रसाद लम्सालले ७५३ वटै स्थानीय तहमा युवापरिषद् गठन गर्ने अभियान सुरु गर्नुपर्ने बताउनुभएको छ । आज राष्ट्रिय युवापरिषद् सानोठिमीले युएनएफपिएको साझेदारीमा यहाँ आयोजना गरेको ‘नीतिनिर्माण तहदेखि कार्यान्वयन तहसम्म युवा सहभागिता संवाद’ कार्यक्रममा उहाँले उक्त अभियान जरुरी...

पार्टीमा युवा सहभागिता बढाउन ‘डिजी युथ कांग्रेस गठन’ गर्न नेता पौडेलको प्रस्ताव

काठमाडौँ ।   नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचनअघि नै कांग्रेसमा पुस्तान्तरण तथा रुपान्तरण हुनुपर्ने माग गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा आज उहाँले रुपान्तरण र पुस्तान्तरण भएमात्रै निर्वाचनमा बहुमत ल्याउन सकिने धारणा राख्नुभयो ।   उहाँले मुलुकमा भएको जेनजी आन्दोलनलाई...

हुलास र अशोक स्टिलले तिर्न थाले डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसुल बक्यौता

काठमाडौँ।  डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेको बाराको सिमरामा सञ्चालित हुलास स्टिल इण्डष्ट्रिजले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिर्न सुरु गरेको छ । उद्योगले २०७२ साल माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्कलाइन प्रयोगबापतको प्रिमियम महसुलको कूल रु १४ करोड १२ लाख...

बिहीबार विश्व खाद्य दिवस मनाइने

काठमाडौँ, सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउन यही आज ४५औँ विश्व खाद्य दिवस मनाउँदै छ । कृषि विभागले संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), खाद्यका लागि कृषि अभियानलगायत सङ्घसंस्थाको समन्वयमा दिवस मनाउन लागेको हो । यसवर्ष ‘स्वच्छ खाना...

प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्छ: गृहमन्त्री अर्याल

काठमाडौँ ।    गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्ने बताउनुभएको छ । आज यहाँ आयोजित ७०औँ प्रहरी दिवस एवम् अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रममा उहाँले प्रविधिको बढ्दो प्रभावसँगै अपराध अनुसन्धानमा समेत चुनौती थपिँदै गएकाले प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्ने बताउनुभएको हो ।...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

कैलालीमा डर लाग्दो हत्या: केशर बुढाको टाउको लिएर प्रहरीमा पुगे दुई युवक!

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–८ जरहीमा गए राति रक्सीपाटी पछिको विवादका क्रममा एकजनाको घाँटी रेटी हत्या गरिएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीका अनुसार सोही वडाका केशर बहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको हो। घटना गए राति करिब...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई शैक्षिक उपकरण सहयोग

म्याग्दी, मालिका गाउँपालिका–५ मगरदाङ्गमा रहेको गौबोमबस्त माविलाई विदेशमा बसोबास गर्ने पूर्वविद्यार्थीहरुले रु आठ लाख ५० हजार मूल्य बराबरको शैक्षिक उपकरण सहयोग गरेका छन् । प्रवासी दङ्गाले मञ्चले पितृ स्मृति सेवा कोषमार्फत आइतबार १३ थान कम्प्युटर, चार थान ब्याट्री, दुई थान सिसिटिभी क्यामेरा र दुई...

एक सय जनामा क्षयरोग सङ्क्रमण

ओखलढुङ्गा,  ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ देखि चालु आव २०८२/८३ को हालसम्ममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । कार्यालयका सूचना अधिकारी विवेक पोखरेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ६५ पुरुष र ३०...

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्ज।आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९