अमेरिकाभर ‘नो किङ्ग्स’ र्‍याली, ट्रम्पको अधिनायकवादी शैलीविरुद्ध लाखौँ प्रदर्शनकारी सडकमा

वासिङ्टन, (रासस/एएफपी)  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कठोर नीति र अधिनायकवादी व्यवहारविरुद्ध शनिबार देशभरै ‘नो किङ्ग्स’ नामक विशाल प्रदर्शन गरिएको छ । सबै ५० अमेरिकी राज्यका सहर–सहरमा लाखौँ मानिस लोकतन्त्रको पक्षमा र राष्ट्रपति ट्रम्पको नीतिविरुद्ध सडकमा उत्रिएका थिए । आयोजकहरूका अनुसार न्युयोर्कदेखि लस एन्जलससम्म फैलिएको यो आन्दोलनमा करिब ७० लाखभन्दा बढी नागरिकले सहभागिता जनाएका थिए । फ्लोरिडास्थित ट्रम्पको निवास नजिक र अमेरिकी हार्टल्यान्डका साना सहरहरूमा समेत विरोध प्रदर्शन भएका थिए । वासिङ्टनस्थित अमेरिकी क्यापिटल नजिकै हजारौँ प्रदर्शनकारीले ‘लोकतन्त्र यस्तो देखिन्छ !’ भन्ने नारा लगाउँदै सरकारको दीर्घकालीन बन्द (शटडाउन) विरुद्ध पनि आक्रोश प्रकट गरेका थिए ।
रङ्गीन पोस्टरहरूमा ‘लोकतन्त्रको रक्षा गरौँ’ भन्ने सन्देश झल्किन्थ्यो भने कतिपयले आप्रवासीमाथि दमन गर्ने अध्यागमन तथा भन्सार प्रवर्तन (आइसिई) निकायको अन्त्य गर्न माग गरेका थिए । न्युयोर्ककी ६९ वर्षीया सेवानिवृत्त कोलिन हफम्यानले आँसु झर्दै भन्नुभयो, “लोकतान्त्रिक देशको मृत्यु आफ्नै आँखाबाट हेर्नुपर्ने दिन आउनेछ भन्ने मैले कहिल्यै सोचेकी थिइनँ । हामी अहिले सङ्कटमा छौँ — यो शासनको क्रूरता र अधिनायकवादले हामीलाई घुँडा टेकाउन खोजिरहेको छ ।” लस एन्जलसमा प्रदर्शनकारीहरूले डाइपर लगाएको ट्रम्पको विशाल बेलुन आकाशमा उडाए । कतिपयले हालैका विश्वव्यापी विरोधहरूमा प्रचलित ‘खोपडी लोगो’ अङ्कित झण्डा फहराएका थिए । ह्युस्टनमा ‘अज्ञानताविरुद्ध लडौँ, आप्रवासीविरुद्ध होइनौँ’ भन्ने सन्देशले नागरिकको ध्यान खिचेको थियो । प्रदर्शन अधिकांश ठाउँमा शान्तिपूर्ण रहे पनि लस एन्जलसको डाउनटाउनमा केही भिड नियन्त्रणका क्रममा प्रहरीले गैरघातक गोली र अश्रुग्याँस प्रयोग गरेको लस एन्जलस टाइम्सले जनाएको छ । लस एन्जलस प्रहरीले ‘कानूनी आदेशपछि प्रदर्शनकारीहरूलाई तितरबितर गरियो’ भने पनि गिरफ्तारीबारे विवरण सार्वजनिक गरिएको थिएन । न्युयोर्कमा करिब एक लाखभन्दा बढी र वासिङ्टनमा आठदेखि १० हजारसम्म प्रदर्शनकारीको भीड अनुमान गरिएको थियो । आयोजकहरूको उपस्थिति तथ्याङ्क स्वतन्त्र रूपमा पुष्टि हुन सकेको थिएन । राष्ट्रपति ट्रम्पले भने आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममार्फत प्रतिक्रिया दिँदै आफूलाई राजाको रूपमा चित्रण गर्ने एआई–निर्मित भिडियोहरूको शृङखला सार्वजनिक गर्नुभयो ।
एउटामा उहाँलाई मुकुट लगाएर लडाकू जेट उडाउन र विरोधीहरूलाई अपमानित गर्ने दृश्य देखाइएको थियो । उहाँका सहयोगीहरूले पनि प्रदर्शनलाई ‘घृणा अमेरिका र्‍याली’ भन्दै व्यङ्ग्य गरेका थिए । सदनका अध्यक्ष माइक जोनसनले प्रदर्शनकारीहरूलाई ‘मार्क्सवादी, समाजवादी र हमास समर्थक वामपन्थीहरू’ को मिश्रण भएको बताउनुभयो । तर प्रदर्शनकारीहरूले ती आरोपलाई हास्यात्मक रूपमा खारेज गरे । वासिङ्टनमा सहभागी ६३ वर्षीया पाओलोले भन्नुभयो, “यदि यो घृणा हो भने ती आलोचकहरूलाई फेरि विद्यालय फर्किनु पर्छ ।” अर्का प्रदर्शनकारी ३४ वर्षीय सफ्टवेयर इन्जिनियर टोनीले भन्नुभयो, “हामीमाथि दक्षिणपन्थीहरूले घृणा गर्छन्, तर हामी सत्यको पक्षमा अडिएका छौँ ।” अमेरिकन सिभिल लिबर्टिज युनियनकी डेरड्रे सिफेलिङका अनुसार प्रदर्शनकारीहरूको मुख्य सन्देश ‘हामी समानता र कानूनको देश हौँ’ भन्ने थियो । उहाँले भन्नुभयो, “हामी सबैका लागि न्याय, प्रक्रिया र लोकतन्त्रमा विश्वास गर्छौं । हामी चुप लाग्ने छैनौँ ।” अविभाज्य परियोजनाका सह–संस्थापक लेह ग्रिनबर्गले ट्रम्प प्रशासनले डेमोक्रेटिक नेतृत्व भएका सहरहरू—लस एन्जलस, वासिङ्टन, शिकागो, पोर्टल्यान्ड र मेम्फिसमा नेसनल गार्ड पठाउने प्रयासको कडा आलोचना गर्नुभयो ।
उहाँका शब्दमा, “यो धम्की, भ्रम र डरद्वारा नागरिकहरूलाई मौन पार्ने अधिनायकवादी शासनको पुरानो रणनीति हो ।” अमेरिकी क्यापिटल अगाडि बोल्दै प्रगतिशील सिनेटर बर्नी स्यान्डर्सले ट्रम्प शासनले लोकतन्त्रमा गम्भीर खतरा उत्पन्न गरिरहेको चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, “हामीसँग यस्तो राष्ट्रपति छन् जसले सबै शक्ति आफ्नो र आफ्नो निकट वर्गको हातमा केन्द्रित गर्न खोजिरहेका छन् ।” १६ वर्षीय विद्यार्थी आइज्याक हार्डरले भन्नुभयो, “हाम्रो पुस्ताको भविष्य अन्धकारमय देखिन्छ । यो फासिस्ट बाटो हो र यसलाई रोक्नका लागि म आफ्नो हिस्साको योगदान गर्न चाहन्छु ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

कर्णाली,  गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएको भन्दै सो घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ । सुर्खेतका विभिन्न सङ्घसंस्थाहरूले संयुक्त विज्ञप्ति जारी गरी सो घटनाले आफूहरूलाई स्तब्ध बनाएको जनाउँदै घटनाको निष्पक्ष छानबिन गर्न तथा दोषीमाथि...

अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

काठमाडौँ,   पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलसहित उक्त पार्टीलाई हालैको आम निर्वाचनमा प्राप्त उल्लेखनीय सफलताका लागि बधाई ज्ञापन गर्नुभएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीका नेताद्वयलाई दिनुभएको बधाई सन्देशमा प्रधानमन्त्री शरीफले उक्त जनादेश नेपाली जनताले नयाँ तथा...

मस्र्याङ्दी जलविद्युत्को मर्मतसम्भारपछि विद्युत् उत्पादन पुनः सुरु

तनहुँ,  आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् केन्द्रको मर्मतसम्भार कार्य सम्पन्न गरी पुनः विद्युत् उत्पादन कार्य सुरु गरिएको छ । विगत २१ दिनदेखि प्लान्ट पूर्ण रूपमा बन्द (सटडाउन) गरी थालिएका जटिल प्राविधिक तथा सिभिल संरचनाका कार्य निर्धारित समयमै सम्पन्न गरी केन्द्रले पुनः...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

बेनीका किसानलाई माछाका भुरा वितरण

म्याग्दी,  बेनी नगरपालिकाले ३५ जना किसानलाई १२ हजार वटा ग्रास कार्प माछाका भुरा निःशुल्क वितरण गरेको छ ।नगरपालिकाले रु एक लाखमा भुरा खरिद गरेर किसानलाई वितरण गरेको हो । किसानलाई माछापालनतर्फ आकर्षित गर्ने र माछाको आयात घटाउने उद्देश्यले भुरा वितरण गरिएको नगर प्रमुख सुरत...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट (बागलुङ),  बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ ।   यस क्षेत्रका ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिनुका साथै २२ जनाको बुर्तिबाङ अस्पताल उपचार...

कञ्चनपुर–२ बाट नवनिर्वाचित रास्वपा नेता बोहराद्वारा महाकाली अस्पतालको निरीक्षण

दोधारा चाँदनी (कञ्चनपुर),  कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक बोहराले महाकाली प्रादेशिक अस्पताल निरीक्षण गरी सेवा–सुविधाबारे जानकारी लिनुभएको छ । आज निर्वाचित भएपछि उहाँ अस्पतालको सेवा सुविधाबारे जानकारी लिन अस्पताल पुग्नुभएको थियो । उहाँलाई...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९