गाजा सम्झौता उल्लङ्घन गरे हमासको ‘अन्त्य’ हुने ट्रम्पको चेतावनी

हमासले इजरायलसँगको गाजा सम्झौता उल्लङ्घन गर्यो भने यसलाई यसलाई पूर्ण रूपमा ‘अन्त्य’ गरिनेछ, तर प्यालेस्टिनी लडाकू समूहलाई युद्धविरामको सम्मान गर्ने मौका दिनेछन्। ट्रम्पको टिप्पणीलगत्तै उपराष्ट्रपति जेडी भान्स इजरायल जानुभएको छ।सप्ताहन्तमा भएको हिंसाले युद्धविराम सम्झौतामा प्रश्नचिन्ह खडा गरेपछि उहाँसहित यसपहिले नै इजरायलमा पुगेका दुई शीर्ष अमेरिकी दूतहरू इजरायलमा रहनुभएको हो । ह्वाइट हाउसमा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजलाई स्वागत गर्दै ट्रम्पले भन्नुभयो, “हामीले हमाससँग सम्झौता गरेका छौँ उनीहरूले धेरै राम्रो व्यवहार गर्नेछन् अन्यथा उनीहरूले नराम्रो परिस्थितिको सामना गर्नुपर्नेछ।

 

 

 

” उहाँले भन्नुभयो, “यदि तिनीहरूले सम्झौताको पालना गरेनन् भने अमेरिका त्यहाँ जानेछ र हामी तिनीहरूलाई निर्मूल पारिनेछ। उनीहरूलाई यो थाहा छ।” ट्रम्पले करिब दुई साताअघि गाजा सम्झौतामा मध्यस्थता गर्न सहयोग गर्नुभएको थियो । तर इजरायलले हमासलाई मृत बन्धक हस्तान्तरण गर्न ढिलाइ गरी आक्रमण सुरु गरेको आरोप लागेको छ । सम्झौताको बारम्बार उल्लङ्घन गरिएमा सम्झौता भङ्ग हुने जोखिम रहनेछ। यद्यपि, हमासका शीर्ष वार्ताकार खलिल अल–हयाले इजिप्टको अल–काहेरा न्यूजसँग भन्नुभयो,“समूह अझै पनि युद्धविराम सम्झौतामा प्रतिबद्ध छ।

 

 

 

” “हामीलाई शव निकाल्न निकै गाह्रो भइरहेको छ, तर हामी गम्भीर छौँ र तिनीहरूलाई निकाल्न कडा मेहनत गरिरहेका छौँ,” उहाँले मङ्गलबार बिहान प्रसारित टिप्पणीमा भन्नुभयो । उहाँले भन्नुभयो, “गाजा सम्झौता कायम रहनेछ, किनकि हामी यो चाहन्छौं र यसको पालना गर्ने हाम्रो दृढ इच्छा छ।” ट्रम्पले लडाकू समूहलाई आफ्ना प्रतिद्वन्द्वीहरू र कथित सहयोगीहरूको सार्वजनिक मृत्युदण्ड रोक्न चेतावनी पनि दिनुभएको छ। हमासले ध्वस्त क्षेत्रमा आफ्नो पकड पुनः स्थापित गर्न खोजिरहेको र प्रतिद्वन्द्वीलाई निशाना बनाइरहेको छ।

 

 

 

यद्यपि ट्रम्पले हमासबिरूद्ध अमेरिकी सेना संलग्न नहुने कुरामा जोड दिँदै गाजाको स्थायित्वका लागि अन्तर्राष्ट्रिय सेनामा सामेल हुन सहमत भएका दर्जनौं देशहरूसँग संलग्न हुने र सहयोग गर्ने बताउनुभयो । ट्रम्पले भन्नुभयो, “यदि मैले उनीहरूलाई गाजामा प्रवेश गर्न भनेँ भने इजरायल दुई मिनेटमा भित्र जान्छ ।” राष्ट्रपति ट्रम्पले भन्नुभयो, “तर अहिले, हामीले त्यसो भनेका छैनौं। हामी समूहलाई मौका दिइरहेका छौँ आशा छ हिंसा कम हुँदै जानेछ । तर अहिले, तपाईंलाई थाहा छ, तिनीहरू हिंस्रक मानिसहरू हुन्।

 

 

” “तिनीहरू धेरै उग्र भए, उनीहरूले उनीहरूले गर्न नहुने काम गरेभने हामी गाजामा जान इजरायललाई अनुमति दिनेछौँ। त्यसपछिको परिस्थिति धेरै छिटो र धेरै हिंस्रक हुनसक्छ ।” ट्रम्पले हमास अब निकै कमजोर भएको र खासगरी क्षेत्रीय समर्थक इरानले यस वर्ष अमेरिका र इजरायली आक्रमणपछि आफ्नो पक्षमा कदम चाल्ने सम्भावना नरहेको पनि बताउनुभयो । “उनीहरूसँग अब वास्तवमा कसैको समर्थन छैन। तिनीहरू सुध्रिनुुपर्दछ र यदि त्यसो गरेनन् भने तिनीहरू निर्मूल हुनेछन्,” राष्ट्रपति ट्रम्पले जोड दिनुभयो।

 

 

 

प्रधानमन्त्रीको कार्यालयका प्रवक्ताका अनुसार ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र सल्लाहकार ज्वाइँ जारेड कुश्नरले सोमबार नेतान्याहूसँग भेट गरी ’क्षेत्रीय विकास र अपडेट’ बारे छलफल गर्नुभएको थियो। भान्स र उहाँकी पत्नी विहानै पत्रकारहरूसँग कुनै टिप्पणी नगरी वाशिङ्गटनबाट इजरायल जानुभएको छ। उहाँहरुले नेतान्याहुसँग पनि भेट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९