
लापाज, कोलिभिया, बोलिभियामा सोमबार सयौँ प्रदर्शनकारीहरू मतगणनाका क्रममा धाँधली भएको भन्दै पुन मतगणनाको माग गर्दै सडकमा उत्रिएका छन्। देशको नयाँ ५८ वर्षीय अर्थशास्त्री रोड्रिगो पाजले मध्य–दक्षिणपन्थी नेता जर्ज क्विरोगालाई पराजीत गरेपछि उहाँलाई राष्ट्रपति घोषणा गरिएसँगै यो विरोध प्रदर्शन भएको हो ।
मध्य–दक्षिणपन्थी नेता जर्ज क्विरोगा पाजले आइतवार भएको दोस्रो चरणको निर्वाचनमा ५४.५ प्रतिशत मत प्राप्त गरी पूर्व दक्षिणपन्थी राष्ट्रपति क्विरोगाविरूद्ध विजयी हुनुभएको थियो । प्रदर्शनकारीहरूले निर्वाचनमा ‘धाँधली’ भएको नारा लगाए र राष्ट्रपति र संसदीय कार्यालयहरू रहेको ला पाजको स्क्वायरमा मार्च गर्ने प्रयास गरेका थिए तर प्रहरीले कुनै पनि झडपको रिपोर्ट बिना उनीहरूलाई तितरबितर पारेको थियो । त्यसपछि, क्विरोगाले हार स्वीकार गर्दै पाजलाई बधाई दिनुभयो तर अनियमितताको आरोपको जवाफमा आगामी दिनहरूमा प्रमाणित रेकर्डहरू खोजिने आश्वासन समर्थकहरूलाई दिनुभएको छ ।
सामाजिक सञ्जालमा कैयौँ आरोप लगाइएको छ तर अझै प्रमाणित भएको छैन । पाजको विजयसँगै चार दशकमा सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको बोलिभियामा वामपन्थी सरकारको २० वर्षको राज अन्त्य भएको छ। सर्वोच्च निर्वाचन न्यायाधिकरणले आइतबार नतिजा घोषणा गर्दै यसका अध्यक्ष ओस्कार हासेन्टुफेलले सोमबार अनियमितताको कुनै सम्भावनालाई अस्वीकार गर्दै भन्नुभयो, “बोलिभियामा भएको निर्वाचनमा ‘धाँधली’ शब्दको प्रयोग गरिनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो। एक २३ वर्षीय विद्यार्थी पाब्लो पेरेजले क्विरोगाको हार स्वीकार गर्न अस्वीकार गर्दै एएफपीसँग भन्नुभयो, “अपमानजनक कुरा के हो भने त्यहाँ धाँधली भएको थियो र मतदानको सम्मान गरिएको छैन ।