Baigyanik Media

Advertisement

Skip Ad

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

काठमाडौँ, श्रद्धा, आत्मीय प्रेमसहित तराईको साझा सांस्कृतिक प्रतिविम्बको पहिचानका रूपमा मनाइने भ्रातृ द्वितीया अर्थात् भरद्वितीया (भाइपूजा) पर्व आज हर्षोल्लासकासाथ मनाइँदैछ । विशेषगरी मैथिल र भोजपुरी समाजमा दाजुभाइ, दिदीबहिनीबीचको आत्मीय प्रेमको प्रतीकका रूपमा रहेको भरद्वितीया पर्व तराईवासीहरूको महान् चाड हो । यो पर्व दीर्घायु तथा सुख, समृद्धिको कामना गर्दै यस समाजका दिदीबहिनीले आफ्ना दाजुभाइको पूजा गरी मनाउने गर्दछन् । धर्म, संस्कृति र चाडवाडका दृष्टिले समृद्ध मैथिल र भोजपुरी समाजमा मनाइने अनेक पर्वहरूमध्ये यस पर्वमा दाजुभाइ, दिदीबहिनीबीचको पवित्र, स्नेही, आत्मीय र निःस्वार्थ सम्बन्धलाई उजागर गर्दछ । हिन्दूहरूको महान् चाड तिहारको दुई दिनपछि अर्थात् कात्तिक शुक्ल पक्ष द्वितीयाका दिन मनाइने हुनाले यस पर्वलाई भर (भाइ) द्वितीया भनिएको हो ।
भरद्वितीया, भातृद्वितीया पनि भनिने यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई आफ्नै घरमा आउन निम्ता गर्छन् । अविवाहित दिदीबहिनी र दाजुभाइको एउटै घर हुने हुँदा स्वनिवासमै यो पर्व मनाउने परम्परा छ । सत्ययुगमा राजा बलिका बहिनी गङ्गा र यमुनाले स्वर्गका राजा इन्द्रसँग युद्ध गर्न हिँड्नुअघि दाजुको सौर्यवृद्धि, कल्याण र दीर्घजीवनको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिएको कथा नै यो पर्वको आधार परम्परा रहँदै आएको छ । यस पर्वमा दिदीबहिनीले दाजुभाइलाई निम्ता गर्ने चलन छ । विवाहित दिदीबहिनीको निम्ता मान्न दाजुभाइ नयाँ वस्त्र, आभूषणलगायत कोसेली लिएर जाने गर्छन् । यस पर्वका दिन दिदीबहिनीले दाजुभाइ आफ्नो घर आउँछ भनेर बाटो कुरेर बसेका हुन्छन् । यतिखेर मैथिल र भोजपुरी समाजका गाउँगाउँ र घरघरमा यस्तो गीत बजिरहेको जो कोहीले पनि सजिलै सुन्न सकिन्छ । दाजुभाइको निम्तोका लागि गीतबाट यस्तो भाव व्यक्त गर्दछन्– ए लई भरद्वितीया के पावन, ए बई गाओ यौ भैया । सबके बाट निहारत बहिन, गावे गाओ यौ भैया ।
अर्थात् भ्रातृ द्वितीया वा भरद्वितीयाको पर्व आउँदैछ, यो पर्व मनाउनका लागि दिदीबहिनीले आफ्ना दाजुभाइलाई मेरो गाउँ आउनका लागि निम्तो दिन्छ, यो पर्व मनाउनका लागि दिदीबहिनीले दाजुभाइका लागि बाटो कुरेर बसेका छन् । यस दिन मैथिल र भोजपुरी समाजको घरघरमा दिदीबहिनीले हर्षोल्लासका साथ आफ्ना दाजुभाइका लागि मीठोमीठो खानेकुराको परिकार बनाउने चलन छ । पर्वका दिन बिहानै नुहाइधुवाइ गरी घरको आँगनमा पिठारको (चामलको पीठो) अर्पणा बनाई त्यसमाथि सिन्दुर र अबिरले सजाएर राखिएको ठाउँमा काठको पीर्कामाथि दाजुभाइलाई बसाएर उनको निधारमा टीका लगाई दिदीबहिनीले दाजुभाइलाई पूजा गर्दछन् । पूजाका क्रममा दाजुभाइले दुवै हात अञ्जली बनाएर बस्दछन् । त्यसमा दिदीबहिनीले पाँचवटा पानको पात, सुपारी, द्रव्य र कुभिण्डोको फूल राखेर पवित्र जल हाल्दै धार्मिक विधिअनुरुप मन्त्रोउच्चारणसहित दाजुभाइलाई तीनचोटी पूजा गर्दछन् ।
पूजाका बेलामा दिदीबहिनीले यसरी मन्त्रोच्चारण गर्ने गर्छन्– यमुना नेओतैत छथी यम के, हम नेओतैत छी भाइके, हमर भाइ कुम्हरक फूल, बजरी खाय बज्र भके जीवे, जेना गङ्गा यमुना धार बढ्य, तहिना हमर भाइके औरदा बढय । अर्थात्, जसरी यमुनाले आफ्नो भाइ यमराजलाई घर आउन निम्तो दिएछ, त्यसरी नै म पनि आफ्नो दाजुभाइलाई निम्तो दिएछु । मेरो दाजुभाइ कुभिण्डोको फूलजस्तै होस् (जो छिटो ओइलिँदैन), बजरी (एक प्रकारको कडा दाना) खाओस् र बज्र भएर बाँचोस् तथा जसरी गङ्गा यमुनाको धार निरन्तर बगिरहन्छ, त्यसरी नै मेरो दाजुभाइको आयु निरन्तर बढिरहोस् भन्ने हो । पूजा सम्पन्न भएपछि दाजुभाइले आफ्नो हैसियतअनुसार दिदीबहिनीलाई विभिन्न उपहार, गरगहना, लत्ताकपडा अथवा रुपैयाँ पैसा दक्षिणास्वरुप दिने प्रचलन छ । त्यसपछि दिदीबहिनीले पकाएको मीठामीठा परिकार दाजुभाइले ग्रहण गर्छन् ।
दाजुभाइलाई खुवाएपछि मात्र दिदीबहिनीले पनि भोजन ग्रहण गर्छिन् । पौराणिक कथा अनुसार सत्ययुगमा बहिनी यमुनाले दाजु यमराजलाई आफ्नो घर आउन निम्ता गरिन् । आफ्नो घर आएको दाजु यमराजलाई पूजाआजा गरी विभित्र प्रकारका खानेकुरा खुवाएर बहिनी यमुनाले सम्मान र सत्कार गरिन् । बहिनीको सम्मान र सत्कारबाट खुसी भई यमराजले बहिनी यमुनालाई वरदान माग्न भने । बहिनीको इच्छानुसार मानिसले पनि दिदीबहिनी तथा दाजुभाइले परस्परमा पूजाआजा गरी इच्छासिद्धि गर्न पाऊन् भनी यमराजले वरदान दिएकाले त्यसैबेलादेखि कार्तिक शुक्ल द्वितीयाका दिन भ्रातृद्वितीया गर्ने परम्परा बसेको धार्मिक विश्वास छ ।
यमुनाले दाजु यमराजलाई भोजन गराएर यसै द्वितीयाका दिन वरदान प्राप्त गरेकीले यस पर्वलाई यमद्वितीया पनि भनिने गरिन्छ । भ्रातृ द्वितिया दाजुभाइ, दिदीबहिनीका लागि विशेष उत्सवको दिन हो । घरबाट टाढिएर बसेका दिदीबहिनी तथा दाजुभाइबीचको आत्मीय र स्नेही सम्बन्ध कायम राख्न भ्रातृ द्वितीयाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । शीतलप्रसाद महतो/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दोदा नदीमा निर्माणाधीन पुलको काम ९० प्रतिशत पूरा

कञ्चनपुर,  यहाँको दोदा नदीमा निर्माणाधीन पुलका काम ९० प्रतिशत कार्य पूरा भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी हरिशप्रसाद जोशीका अनुसार आगामी पुष मसान्तभित्र सम्पन्न गर्ने गरी पुल निर्माणको काम भइरहेको छ । हालसम्म पुलको ‘सुपरस्ट्रक्चर’को कार्य पूरा भएको र अब पुलको...

नेपाल सम्वत् हाम्रो स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय पहिचानको प्रतीक होः सभामुख घिमिरे

काठमाडौँ,  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल सम्वत् ११४६ ले सबैलाई संवैधानिक उपलब्धिको रक्षा गर्दै समुन्नत, समावेशी र सुशासित नेपाल निर्माणतर्फ एकजुट भई अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । नेपाल सम्वत् ११४६ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका...

आज अमेरिकी डलर स्थिर रहँदा यूरो र पाउण्डको भाउमा सामान्य गिरावट

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर स्थिर रहँदा यूरोपियन यूरो, युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ...

इजरायलद्वारा दक्षिण लेबनानमा हवाई आक्रमण

बेरुत, इजरायली लडाकु विमानहरूले सोमबार बिहान दक्षिण लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण गरेको लेबनान राष्ट्रिय समाचार संस्था (एनएनए) ले जनाएको छ। प्राप्त जानकारी अनुसार, इजरायली ड्रोनहरू अल–जहरानी क्षेत्रका गाउँ, बेरुत सहर र त्यसका दक्षिणी उपत्यकामा निकै तल्लो उचाइमा व्यापक रूपमा उडान गरिरहेका थिए, जसले...

मिथिलामा आज ‘भैयादुज’ पर्व

महोत्तरी, महोत्तरीसहित तराई-मधेशका अधिकांश क्षेत्रमा आज ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा छ । सामान्यतया पाँच दिनको हुने यमपञ्चक यसपालि भने धनतेरस गत शनिबार नै मनाइँदा...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत

बागमती,  चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब छ दशमलव १९ प्रतिशतमात्र खर्च गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८२/८३ को साउनदेखि असोजसम्ममा तीन महिनामा कुल...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

सुशासन प्रवर्द्धन र समाज रूपान्तरण सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य

लुम्बिनी , लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको भावना बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । तिहार पर्वका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले सत्य, न्याय र सकारात्मक सोचतर्फ समाजलाई उन्मुख गराउने तिहारको मूल्य र...

गुञ्जिन छाडे पुराना भैली गीत

कञ्चनपुर, तिहारका बेला कञ्चनपुरसहित सुदूरपश्चिमका गाउँगाउँमा पुराना भैली (भैलो) गीत गुञ्जिन छाडेका छन् । आधुनिकताको प्रवेशसँगै घरघरमा पुगेर डिजेमा बजाइने देउसीभैली गीतमा नाच्ने प्रवृत्ति मौलाउँदै जाँदा पुराना भैली गीत गाउने चलन हट्दै जान थालेको हो । आधुनिक साउण्ड सिस्टममा गीतहरू बजाएर नाच्ने कार्यले पुरानो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

मौन पीडामा मानसिक समस्या बढ्दै

विराटनगर,  गत भदौ २३ र २४ मा भएकोे ‘जेनजी’ प्रदर्शनले सत्ता परिवर्तनमात्र गरेन आम जनजीवनमा ‘अब के हुन्छ’ भन्ने प्रभाव छाड्यो । प्रदर्शनले गहिरो असर छाडेको छ । चाडपर्वका सम्मुखमा भएका प्रदर्शनले धेरैलाई तनावसमेत दियो । विराटनगरकी गृहिणी मञ्जु साह यस वर्षको दसँै पर्वभन्दा...

अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी धमाधम

झापा,  यही कात्तिक १५ देखि २२ गतेसम्म यहाँ हुने अन्तरराष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको तयारी धमाधम भइरहेको छ । आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले नवनिर्मित शिवसताक्षी नगरपालिकाको दुधे रङ्गशालामा प्रतियोगिता सञ्चालन हुने प्रतियोगिताको तयारीका क्रममा खेलमैदानको घाँस काट्ने र प्यारापिट सजाउने कार्य भइरहेको बताउनुभयो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९