उखु पेलेर पर्व खर्च जुटाउँदै महोत्तरीका किसान

महोत्तरी, यहाँका किसानले उखु पेलेर पर्व खर्च जुटाएका छन् । सामान्यतया उखुमा सक्खरको मात्रा भरिन मङ्सिर पर्खनुपर्ने भए पनि पर्व खर्च व्यवस्थापन गर्न यहाँका किसानले कात्तिक पहिलो सातादेखि उखु पेलेर सक्खर बनाउन थालेका हुन् । कात्तिक पहिलो सातामा परेको दीपावली र दोस्रो सातामा परेको छठमा सक्खरको माग उच्च हुने भएकाले यहाँका उखु किसानले आफ्नो पर्व खर्चको जोहो गर्न सक्खर बनाउन थालेका हुन् । “चाडपर्व मनाउन खर्चको व्यवस्थापन गर्नुपरेकाले केही छिटो मिठ्ठा (सक्खर) बनाउन थालिएको हो ।
यसैको आम्दानीले दीपावली धानियो, अब छठ पनि यसैबाट मनाउने हो”, भङ्गाहा–४ का किसान सुफल महतोले भन्नुभयो, “चिनी उद्योग कहिलेदेखि सञ्चालन हुने थाहा छैन, त्यसैले पर्व टार्न पहिले नै उखु पेल्न परेको हो ।” अहिलेको उखुमा रस कम र पानीको मात्रा बढी हुने उहाँले बताउनुभयो । “सक्खरको मात्रा भरिन मङ्सिर लाग्नुपर्छ । तर पर्व टार्न खर्चको जोहो गर्नुपरेको छ, यसबाट तत्काल नगद पाइने भएपछि चाडबाडको समयमा सक्खर बनाउन परेको हो”, उहाँले भन्नुभयो । चिनी उद्योगले कहिले ‘क्रसिङ’ सुरु गर्ने भन्ने तालिका नबन्दा अहिले चाडपर्वका लागि खर्चको जोहो गर्न उखु पेल्न थालिएको किसानको भनाइ छ । गौशाला, भङ्गाहा र बर्दिवास क्षेत्रका बस्तीमा बढी मात्रामा उखुखेती हुने गरेको छ । अहिले बस्तीबस्तीका किसान घरघरमा उखु पेल्न र रस पकाएर सक्खर बनाएर बेच्न व्यस्त देखिन्छन् । आजसम्म छठका लागि आवश्यक सामग्री जुटाउन बजारमा चलहपहल बढ्ने भएकाले किसान यो काममा लागेका हुन् । दीपावली र छठ पर्वमा उपभोक्ताले नयाँ सक्खर उपभोग गर्दछन् ।
“कात्तिक त्यसै पनि नगद जोहोमा अप्ठ्यारो महिना हो, किसानलाई यो महिनामा खेतीपाती धान्न र चाडपर्व धान्न नगद आवश्यक पर्दछ”, बर्दिवास–९ का किसान रामविनोद महतोले भन्नुभयो, “सरसापट पनि यो बेला पाइँदैन, त्यसैले उखु पेलेर चाडपर्व र खेतीपातीको खर्च जुटाउन लागेका हौँ ।” अहिले गहुँ छर्ने, दलहन बाली लगाउने र तरकारीखेतीका लागि बीउ, मल र जोतखन गर्न रकम आवश्यकपर्ने भएकाले उखु पेलेरै खर्च जुटाउन थालिएको उहाँले बताउनुभयो । “दीपावलीदेखि छठसम्म मिठ्ठा बढी माग हुन्छ । छठ सकिएपछि यसको बिक्री घट्छ, त्यसैले यो समयमा उखु पेलेर मिठ्ठा बनाउन लागेका हौँ”, बर्दिवास–१२ का किसान रामविलास कुशवाहाले भन्नुभयो, “अहिलेको उखुको रसमा मिठ्ठा पकाउन बढी समय लाग्छ, तर आफ्नै उत्पादनबाट नगदको जोहो हुने भएकाले सोहीअनुसार किसानको व्यस्तता बढेको हो ।” यस वर्ष कात्तिकको सुरुमा दीपावली र छठ परेकाले किसानलाई खर्च जुटाउन समस्या भएको उहाँको भनाइ छ ।
कात्तिकलाई यहाँका किसान ‘तेर्‍हौँ मास’ (तेर्‍हाैँ महिना) भन्ने गर्छन् । आम्दानीका क्षेत्र खासै नहुने र खर्च अन्य महिनाभन्दा बढ्ने हुँदा यसलाई प्रतिकात्मक रूपमा तेर्‍हौँ महिना भन्ने गरिएको भङ्गाहा–४ का किसान गङ्गाराम महतोले बताउनुभयो । अरु बेला प्रतिकिलो रु एक सयमा बिक्ने सक्खर चाडपर्वको समयमा प्रतिकिलो रु १२० मा बिक्री हुने उहाँले जानकारी दिनुभयो । दीपावलीमा बनाइने सेल र छठका लागि बनाइने ठकुवामा सक्खरमा राख्दा बढी स्वादिलो हुने भएकाले उपभोक्ताको रोजाइमा पर्ने गरेको गङ्गारामको बुझाइ छ । सक्खरको प्रयोगले चिनीको आपूर्ति पूरा गर्ने र गुलियोपन पनि कम हुने भएकाले यसले स्वास्थ्यमा प्रतिकूल असर नगर्ने बर्दिवास–१३ स्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिदेव महतोले बताउनुभयो । जिल्लामा यस वर्ष नौ हजार बिघामा उखुखेती भएको यहाँस्थित उखु उत्पादक कृषक सङ्घले जनाएको छ । पाँच हजार बिघाको खुट्टी उखु (एकपटक रोपिएको उखुको दुई वर्षको बाली हुन्छ ।
पहिलो वर्षको ‘मुडन’ र दोस्रो वर्षको ‘खुट्टी’ हो) रहेको सङ्घका अध्यक्ष नरेशसिह कुशवाहाले बताउनुभयो । उहाँका अनुसार अहिले किसानले दोस्रो वर्षको उखु पेलेर सक्खर बनाइरहेका छन् । मुडनमा पुस नलागी राम्ररी रस नपस्ने र खुट्टी अलिपहिले तयार हुने भएकाले किसानले खुट्टी पेल्न थालेका उहाँले उल्लेख गर्नुभयो । यस वर्ष उखु उद्योगले क्रसिङ कहिलेदेखि सुरु गर्ने निश्चित भएको छैन । उखु उत्पादक किसानका प्रतिनिधि संस्थाले उद्योगमा बुझाइने उखुको मूल्य सरकार, उद्योग र आफ्ना प्रतिनिधिको रोहबरमा हुनपर्ने अडान राख्दै आएका छन् ।
यो मूल्य निर्धारण कात्तिक मसान्तभित्र नभए प्रदर्शन गर्ने सङ्घका अध्यक्ष कुशवाहाले जानकारी दिनुभयो । किसानले आर्थिक वर्ष २०८०/८१ मा उखुमा पाउने अनुदानबापत प्रतिक्विन्टल रु ७० पाउनुपर्नेमा रु ३५ मात्र पाएका छन् । बाँकी रकम तत्काल दिन सरकारको ध्यानाकर्षण गराइएको कुशवाहाले बताउनुभयो । अहिले किसानले उखु पेल्न थालेपछि पछि उद्योगलाई दिने उखु घट्ने देखिन्छ । आर्थिक अभावका कारण आफूहरूलाई अहिलेको खर्चको जोहो गर्न यही साहारा भएको किसान बताउँछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९