आलेखः थामिसक्नु छैन पर्यटकको चाप

मुस्ताङ,  यस वर्षको तिहार पर्व भाइटीका सकिएलगत्तै हिमालपारीको जिल्ला मुस्ताङमा अनेपेक्षित बढ्दो पर्यटक आगमन सङ्ख्याले यहाँको पर्यटन व्यवस्थापनमा निकै चुनौतीपूर्ण बन्यो । बर्खायामको भेल जस्तै मुस्ताङमा एकैसाथ पर्यटक ओइरिँदा यहाँका पर्यटन व्यवस्थापन अस्तव्यस्त रह्यो । विगतका वर्षमा पनि दसैँ तिहार र छठ पर्वलगायतमा यहाँ आन्तरिक पर्यटकको आगमन उल्लेख्य रुपमा हुने गथ्र्यो । यस वर्ष युवाको जेनजी आन्दोलनले उत्पन्न परिस्थिति र प्रतिकूल मौसमका कारण यहाँका पर्यटन व्यवसाय खासै चलायमान हुँदैन भन्ने लख काटिएको थियो । पर्यटक मुस्ताङ घुम्न आए पनि विगतका वर्ष जस्तो खासै चहलपहल हुँदैन भन्ने यहाँका पर्यटन व्यवसायले पूर्वानुमान गरेका थिए ।
देशको विषम परिस्थिति र सबै क्षेत्रको व्यवसाय धरासयी भइरहेको हुँदा नेपालीको कमाई नहुने र कमाई नहुने भएपछि घुमफिर गर्ने योजना पनि रोकिने बुझाई यहाँका पर्यटन व्यवसायीले गरेका थिए । तर, यहाँ पर्यटन व्यवसायीले गरेको पूर्वानुमान गलत सावित भइदियो । बिहीबारको तिहारको भाइटीका सकिएलगत्तै शुक्रबार र शनिबार मुस्ताङमा पर्यटकको बाढी नै आयो, जुन आज बिहानसम्म कायमै छ । जुन यहाँका पर्यटन व्यवसायीले कल्पनासम्म पनि गरेका थिएनन् । यहाँ हिमताल र हिमनदी पग्लेर बाढी आएको थिएन, न त बर्खायामको नियमित हुने भेल बाढी नै थियो । यो त मुस्ताङको सडक विकासले ल्याइदिएको पर्यटन क्षेत्रको नयाँ उभार थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमले मुस्ताङ उपत्यकालाई घुम्नै पर्ने सूचीमा पारेपछि मुस्ताङको पर्यटन क्षेत्रका नयाँ आयात नै थपिदियो । गत शुक्रबारदेखि राष्ट्रिय गौरवको निर्माणधीन (बेनी–जोमसोम–कोरला) सडकमार्गमा सवारीसाधनका लस्करले सडकमार्ग पूरै ढाकियो ।
म्याग्दी खण्डमा आधाजसो सडक कालोपत्र भएको छ भने आधाजसो सडक कालोपत्र छ । म्याग्दी र मुस्ताङको सीमाना घाँसादेखि मुक्तिनाथसम्मको सडकमा ९५ प्रतिशत सडक कालोपत्र भइसकेको छ । कागबेनीदेखि कोरलानाकासम्मको सडक ग्राभेल भए पनि सवारीसाधनका लागि आवतजावतमा निकै सहज भइसकेको छ । कोरला सडकको अधिकांश खोला, खोल्सीमा पुलपुलेसा निर्माण भइसकेकाले पोखरा–काठमाडौँलगायत सहरबाट मुस्ताङ आवतजावत गर्न कुनै समस्या छैन । उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक मार्गको तीव्र गतिको विकासले पर्यटकको ध्यान मुस्ताङतर्फ केन्द्रित भइरहेको छ । बडादसैँ, चैतेदसैँ औँसी र महत्वपूर्ण चाडपर्वमा आन्तरिक पर्यटकका लागि घुमफिरको केन्द्र बनेको छ मुस्ताङ ।
तिहारको भाइटीका सकेर मुस्ताङ हानिएका पर्यटकको चापले यतिबेला बेनी–जोमसोम सडकमार्ग र मुस्ताङको ट्राफिक व्यवस्थापन गर्नमा सुरक्षा निकायलाई निकै हम्मेहम्मे प¥र्यो । बेनी–जोमसोम सडकमार्गको म्याग्दी खण्डका केही स्थान र काभ्रेभिरलगायत सडकमा सवारीसाधनको लस्करले पर्यटकलाई गन्तव्यतर्फ प्रस्थान गर्न घण्टौँ समय लाग्यो । म्याग्दी र मुस्ताङको सिमाना प्रहरीचौकी घाँसामा मुस्ताङ भित्रिने सवारीसाधन र पर्यटक यात्रुको विवरण सङ्कलन गर्ने गरिन्छ । मुस्ताङ भित्रिएका सवारीसाधन र यात्रुको विवरण सङ्कलन गर्नमा त्यहाँ खटिएका प्रहरीहरुलाई निकै गाह्रो परेको छ । मुस्ताङ प्रहरीका अनुसार यो अहिलेसम्मकै ठूलो सङ्ख्यामा सीमित समयमा सवारीसाधन र यात्रु पर्यटक मुस्ताङ भित्रिएको दाबी गरिएको छ ।
भाइटीकापछि औसत आठ हजारको सङ्ख्यामा पर्यटक मुस्ताङ भित्रिएको बताइएको छ । बर्खायामको भेल जस्तै मुस्ताङमा पर्यटक एकैसाथ ओइरिँदा पर्वतको कुश्मादेखि मुस्ताङको कोरलानाकासम्मका होटल पर्यटकले भरिभराउ भएका छन् । यहाँ आएका पर्यटकमध्ये ९९ प्रतिशत आन्तरिक र एक प्रतिशत विदेशी पर्यटक रहेका छन् । मुस्ताङ घुम्न आइपुगेका पर्यटक कतिपयले पहिल्यै होटल ‘बुकिङ’ गरेर आइपुगेका थिए भने कतिपय बुकिङ नगरी आफ्नै तरिकाले घुम्न आउँदा पर्यटन व्यवस्थापनमा समस्या र चुनौती देखापरेको मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजुप्रसाद लालचनले जानकारी दिनुभयो । अध्यक्ष लालचन तिहारपछि मुस्ताङका होटल बिहानैदेखि भरिभराउ भएकाले पर्यटकलाई बासस्थानको समस्या देखिएको बताउनुहुन्छ ।
त्यसो त मुस्ताङमा यतिका सङ्ख्यामा पर्यटक एकैसाथ ओइरिन्छन् भन्ने न त यहाँ आइपुगेका पर्यटकहरुले कल्पना गरेका थिए, न त यहाँका स्थानीय प्रशासन, प्रहरी, जनप्रतिनिधि र पर्यटनसँग सम्बद्ध सङ्घसंस्थाले नै कल्पना गरेका थिए । आखिर भइदियो त्यस्तै । तिहार सकेर मुस्ताङमा घुम्न र रमाइलो गर्न आएका कतिपय पर्यटकको बसाई सुखद रहेन । खल्तीमा पैसा भएर पनि यहाँ आइपुगेका पर्यटकहरु न राम्ररी सुत्ने बास सुविधा पाए, न त राम्ररी खान खाने सुविधा नै भयो । मन श्रेष्ठसहित चार जनाको टोली काठमान्डौँबाट मोटरसाइकलमा कोरला नाका जाने योजना बनाएर शनिबार जोमसोम आइपुगे । बिहान १० बजे जोमसोम आइपुगेका उनीहरु होटलमा कोठा खोज्न भौंतारिए । यतिन्जेलसम्म मुस्ताङका होटल पर्यटकहरुले खचाखच भरिएको थियो ।
जोमसोम, कागबेनी, मार्फालगायतका स्थानमा होटल खोज्दा समेत बास बस्ने होटलहरु भटिएन । मुस्ताङमा घुम्न र रमाउन आएका उनीहरुमा बास नपाउने देखिएपछि निरास बने । दुई÷चार पैसा बढी तिरौँला बरु हामीलाई होटल खोजिदिनप¥यो भने स्थानीय पत्रकार मनिता थकालीसमक्ष अनुरोध गरे । स्थानीय पत्रकार थकालीले होटल नपाएको र कहीँकतै खाली भएमा सूचना दिनुहोला भनी सामाजिक सञ्जालमा पोस्ट गरिएपछि एक सामान्य स्तरको होटलमा जसोतसो व्यवस्था मिलाइएको थियोे । यसैगरी, पोखराबाट झन्डै ४० विद्यार्थी लिएर मुस्ताङ घुम्न आएको टोलीसमेत साँझ जोमसोममा बास नपाउँदा बिचल्लीमा पर्नुप¥यो । मुस्ताङमा होटलमा बास नपाएपछि कति पर्यटकले सवारीसाधनमा रात कटाएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी छिरिङ किप्पा लामाले तिहारपछि ठूलो सङ्ख्यामा पर्यटक मुस्ताङ ओइरिँदा होटल व्यवस्थापनमा समस्या परेको बताउनुभयो । डिएसपी लामाका अनुसार ‘बुकिङ’ नगरी मुस्ताङ आएका पर्यटकले बास नपाउँदा यहाँका धर्मशाला, सामुदायिक भवन र होमस्टेलगायतमा लगेर राखिएको बताउनुभयो । होटल बुकिङ नगरी उपल्लो मुस्ताङको भ्रमण गर्न गएका एक टोलीलाई लोमान्थाङस्थित आमा समूहको भवनमा लगेर राखिएको डिएसपी छिरिङ किप्पा लामाले जानकारी दिनुभयो । कोरला नाका अवलोकन गरी जोमसोम फर्किदै गरेको अर्को एक गाडी बीच माटोमै बिग्रिएपछि बिचल्लीमा परेका पर्यटकलाई छुसाङस्थित स्थानीयहरुको घरघरमा लगेर राखिएको डिएसपी लामाको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङ र यहाँका सरोकारवाला निकायले दसैँ, तिहार र छठ पर्वका बेलामा मुस्ताङ घुम्न आउँदा अनिवार्य होटल बुकिङ गरेर मात्रै आउन पर्यटकलाई सुझाएको छ । होटल बुकिङ नगरी आउँदा बास नपाइने र होटल र विचौलियाबाट ठगिन सक्ने भएकाले मुस्ताङ भ्रमण गर्दा होटल बुकिङ गरेर मात्रै यात्रा सहज हुने जनाएको छ । मुस्ताङमा पर्यटकको चाप बढेपछि यहाँका कतिपय होटल मनोमानी रुपमा खान र बस्नमा चर्को मूल्य लिएको गुनासोसमेत गरिएको छ । पर्यटकले मुस्ताङ महँगो भएको र व्यवसायीले पर्यटकलाई मनोमानी पैसा असुल्ने गरेको गुनासो लेखेर सामाजिक सञ्जालमा समेत सार्वजनिक गर्ने गरेको पाइएको छ । मुस्ताङ उद्योग वाणिज्य सङ्घले पर्यटकहरुलाई जथाभावी पैसा नलिन र उपयुक्त सेवा सुविधा र सुहाउँदो पैसा लिन समेत आग्रह गरेको छ ।
व्यवसाय एक पटकको मात्रै नभई सधैँका लागि भएकाले मुस्ताङको बदनाम हुने गरी व्यवसाय सञ्चालन नगर्न अनुरोध गरिएको छ । मुस्ताङमा सञ्चालित होटलहरुले आठ हजार पर्यटक थेग्न नसकिएपछि विषेश चाडपर्वका बेला वैकल्पिक व्यवस्था अपनाउनुपर्ने आवाज उठ्न थालेको छ । यहाँका गाउँगाउँमा समुदायको सामुदायिक भवन र सार्वजनिक भवन खाली हुने भएकाले पर्यटकलाई अप्ठ्यारो पर्दा त्यहाँ राख्ने व्यवस्था मिलाउनसकेमा पर्यटकलाई परेको पिरमर्का समाधान गर्न सकिने अवस्था रहेको सरोकारवालाहरुको भनाइ छ । मुस्ताङका पाँच स्थानीय तहमा साना ठूला गरी ३२५ वटा होटल सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । एक वर्षअघिको यो तथ्याङ्कमा केही नयाँ होटलहरु थपिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले बताएको छ । यहाँको लोमान्थाङ गाउँपालिकामा २०, लोघेकर दामोदरकुण्डमा ३०, बारागाउँ मुक्तिक्षेत्रमा ६३, घरपझोङ गाउँपालिकामा १६३ र थासाङ गाउँपालिकामा ४९ वटा होटल सञ्चालनमा रहेका छन् ।
यहाँ सञ्चालनमा रहेका होटलमध्ये ९० प्रतिशत राजमार्गमा रहेको र १० प्रतिशत होटल राजमार्गभन्दा बाहिर रहेको जनाइएको छ । सामान्य अवस्था पर्यटक व्यवस्थापनमा खासै अप्ठ्यारो नपर्ने भए पनि मुख्य चाडपर्वमा यहाँका होटलको सङ्ख्या अपुग हुने भएकाले पर्यटकहरु मुस्ताङ भ्रमण गर्न आउँदा यहाँको वस्तुस्थिति बुझेर मात्रै आउन प्रहरीले अनुरोध गरेको छ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा मुक्तिनाथ मन्दिरको दर्शन पहिलो प्राथमिकतामा पर्छ । यहाँ आइपुगेका पर्यटकहरुले मुक्तिनाथ मन्दिरको दर्शन गरी कोरला नाका, लोमान्थाङ दरबार, छोसेर गुफा, चिउँसी गुफा, चराङ गुम्बा, मराङ गुम्बा, कागबेनी, ढुम्बाताल र मार्फा गाउँको भ्रमण गर्ने गर्दछन् । यहाँ बर्सेनि आठ लाख बढी आन्तरिक र डेढ लाख बढी विदेशी पर्यटकले मुस्ताङको भ्रमण गर्ने गर्दछन् ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले तिहारको भाइटीकापछि मुस्ताङमा पर्यटकको चाप नरोकिएको जनाएको छ । म्याग्दी र मुस्ताङ सीमानामा पर्यटकको विवरण सङ्कलन गर्न तीन जना जनशक्ति खटिएको जनाएको छ । आइतबार पनि मुक्तिनाथमा दर्शनार्थीको सङ्ख्या बाक्लो रहेको त्यहाँ कार्यरत समितिका कर्मचारी रवीन सुवेदीले जानकारी दिनुभयो । यहाँ दर्शन तथा स्वास्थ्य सुरक्षा र अन्य सुरक्षा व्यवस्थापका आवश्यक जनशक्ति परिचालन भइरहेको बताउनुभयो । दसैँ, तिहारलगायत चाडपर्वको लामो बिदाका अवसरमा स्कुल कलेजका विद्यार्थी, युवा तन्नेरी, कर्मचारी, बैंक तथा वित्तीय संस्था र चाडपर्व मनाउन स्वदेश फर्किएका नेपालीहरु मुस्ताङ घुम्न आएका बताइएको छ ।
मुस्ताङमा चिसो बढेकाले पर्यटक बिरामी परेर अस्पताल भर्ना हुनेको सङ्ख्या बढे पनि हालसम्म कसैको ज्यान नगएको मुस्ताङस्थित प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डन डा समीक्षा कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार तिहारपछि करिब दुई हजार पर्यटकले अस्पतालबाट स्वास्थ्य सेवा लिएका छन् । सुन्दरकुमार थकाली/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जातीय विभेदको मुद्दामा फरार प्रकाश चन्द दिल्लीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै

बैतडी । जिल्ला अदालत बैतडीबाट जातीय विभेदको कसुरमा दोषी ठहर भई ४ महिनाको कैद सजाय सुनाइएका प्रकाश चन्द भारतको दिल्ली गुडगावस्थित बजाज कम्पनीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै आएका छन् । जता जहाँ गए पनि विवादास्पद क्रियाकलाप गर्ने उनी घरपरिवारको नजरमा समेत घृणित सदस्यका रूपमा...

चाडपर्वको संरक्षणले सहअस्तित्वसहितको समाज निर्माणमा सहयोग पुग्नेः अध्यक्ष नेपाल

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान सबै जाति, समुदायका चाडपर्वले सामाजिक विविधतालाई एकताबद्ध गर्ने बताउनुभएको छ । तिहारका अवसरमा शुभकामना दिँदै उहाँले नेपालीको मौलिक पहिचान बोकेको पर्व, संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ,  यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । नेप्से परिसूचक पाँच दशमलव १९ अङ्कले बढेर दुई हजार ५०९ दशमलव ०४ को बिन्दुमा कायम भएको हो । विभिन्न ३१३ कम्पनीका ५५ लाख ९६ हजार ७७ कित्ता...

ट्रम्पद्वारा क्यानाडाली सामानमा १० प्रतिशत कर वृद्धि घोषणा

अमेरिका,  (रासस/एएफपी) : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानाडाली सामानहरूमा थप १० प्रतिशत कर वृद्धि गर्ने घोषणा गर्नुभएको छ । यो निर्णय क्यानाडाले प्रसारण गरेको एउटा एन्टी–ट्यारिफ विज्ञापन अभियानको प्रतिक्रियामा आएको हो । उक्त विज्ञापनमा दिवङ्गत अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको पुरानो सम्बोधन प्रयोग गरिएको...

जातीय विभेदको मुद्दामा फरार प्रकाश चन्द दिल्लीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै

बैतडी । जिल्ला अदालत बैतडीबाट जातीय विभेदको कसुरमा दोषी ठहर भई ४ महिनाको कैद सजाय सुनाइएका प्रकाश चन्द भारतको दिल्ली गुडगावस्थित बजाज कम्पनीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै आएका छन् । जता जहाँ गए पनि विवादास्पद क्रियाकलाप गर्ने उनी घरपरिवारको नजरमा समेत घृणित सदस्यका रूपमा...

कैलालीमा पनि छठ पूजा गर्नेको सङ्ख्या बढ्दै

कैलाली,  छठ पर्वका अवसरमा छठपूजा सेवा समिति धनगढीले कैलालीको मोहना नदीतटमा विगत १३ वर्षदेखि आयोजना गर्दै आएको छठपूजामा श्रद्धालु भक्तजनको सङ्ख्या बढ्दै गएको छ । छठ पूजाका लागि मोहना नदीतटमा पाँच वटा पालसहितको घर बनाएर सुरुका वर्षमा पर्व मनाउँदै आएकामा हिजोआज कम्तिमा २६० को...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

गण्डकी प्रदेशमा ६५ सवारीसधान चोरी, १७ मात्र भेटिए

गलकोट (बागलुङ),  गण्डकी प्रदेशमा सवारी साधन चोरी भएका सवारी सङ्ख्याको तुलनामा कमै मात्र भटिएको छ । गत आर्थिक वर्षमा गण्डकी प्रदेशमा चारपाङ्ग्रे दुई वटा सवारीसाधन चोरी भएको थियो भने दुई पाङ्ग्रे ६५ वटा चोरी भएको थियो । हराएका या चोरी भएका कूल ६५ सवारी...

सुशासन प्रवर्द्धन र समाज रूपान्तरण सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य

लुम्बिनी , लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको भावना बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । तिहार पर्वका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले सत्य, न्याय र सकारात्मक सोचतर्फ समाजलाई उन्मुख गराउने तिहारको मूल्य र...

जातीय विभेदको मुद्दामा फरार प्रकाश चन्द दिल्लीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै

बैतडी । जिल्ला अदालत बैतडीबाट जातीय विभेदको कसुरमा दोषी ठहर भई ४ महिनाको कैद सजाय सुनाइएका प्रकाश चन्द भारतको दिल्ली गुडगावस्थित बजाज कम्पनीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै आएका छन् । जता जहाँ गए पनि विवादास्पद क्रियाकलाप गर्ने उनी घरपरिवारको नजरमा समेत घृणित सदस्यका रूपमा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

दार्चुलामा पहिलोपटक स्त्रीरोग विशेषज्ञद्वारा सेवा सुरु

दार्चुला, यहाँ पहिलो पटक स्त्रीरोग विशेषज्ञ डाक्टरहरुबाट सेवा दिन थालिएको छ । जिल्ला अस्पताल स्थापना भएयता पहिलो पटक स्त्रीरोग विशेषज्ञका रूपमा डा स्मृति शाहीले सेवा थाल्नुभएको हो । गत असोज ९ गते डाक्टर शाही जिल्ला अस्पतालमा हाजिर हुनुभएको हो । विसं २०४२ मा स्थापना...

अफगानिस्तानसँग नेपाल पराजित

काठमाडौँ,  बङ्गलादेशमा जारी सेन्ट्रल एसिया भलिबल सङ्घ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा अफगानिस्तानसँग नेपाल पराजित भएको छ । ढाकामा आज भएको खेलमा अफगानिस्तानले नेपाललाई ३–० को सोझो सेटमा हराएको हो । अफगानिस्तानले नेपाललाई खेलको पहिलो सेटमा २५–१८ ले पराजित गरेको थियो भने नेपाल दोस्रो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९