नगरकोट प्रहरी प्रभागको नयाँ भवन सञ्चालनमा

काठमाडौँ, प्रहरी प्रभाग नगरकोटको नवनिर्मित भवन सञ्चालनमा आएको छ । मङ्गलबार आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्गले सो भवनको उद्घाटन गर्नुभएको हो । साथै उहाँले उक्त नवनिर्मित भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण गर्नुभएको छ । उक्त अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले नवनिर्मित भवन केवल भौतिक संरचना मात्र नभई आम नागरिकको प्रहरीप्रतिको जीवन्त अपेक्षा र विश्वासको प्रतीक समेत भएको उल्लेख गर्नुभयो ।

 

 

नवनिर्मित भवनले उच्च मनोबल तथा परिष्कृत सेवाभावका साथ प्रहरीद्वारा प्रदान गरिने सेवा प्रवाहलाई थप चुस्त, प्रभावकारी, पारदर्शी र जनमुखी बनाउँदै प्रहरी र नागरिकबीचको सम्बन्धलाई अझ सुमधुर र सुदृढ बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक खापुङ्गले कानुन कार्यान्वयन तथा समाजमा घट्ने हरेक विपत्ति, दुर्घटना र असामान्य परिस्थितिमा अग्रपंक्तिमा रही सेवा प्रवाह गर्दै आएको नेपाल प्रहरी प्रति नागरिहरूको ठूलो आस्था र भरोसा रहेको चर्चा गर्दै सो भरोसालाई जीवन्त बनाई राख्न विगतका कमी कमजोरीको विश्लेषण गर्दै शिष्ट आचरण र व्यवहारका साथ उत्कृष्ट कार्यसम्पदान गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।

 

 

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सरकारको नियमित बजेटबाट कुल रु चार करोड ४६ लाख १८ हजार एक सय ९७ को लागतमा उक्त भवन निर्माण सम्पन्न भएको हो ।

 

 

यस्तै, गोकर्णेश्वर नगरपालिका–१ रूप्सेटारबाट करिब पाँच सय ६८ ग्राम तौल बराबरको संरक्षित वन्यजन्तु भालुको पित्त जस्तो देखिने आखेटोपहार दुई थान सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा कालिकोट खाँडाचक्र नगरपालिका–६ घर भएका २५ वर्षीय रमेशबहादुर शाही र २८ वर्षीय कृष्णबहादुर शाही रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त आखेटोपहार सहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ ।

 

 

साथै गत भदौ २४ गते प्रहरी कार्यालयमा आगजनी, तोडफोड तथा हात हतियार लुटपाट गर्ने कार्यमा संलग्न १० जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । कास्कीमा हातहतियार लुटपाट गरी हिँड्ने तथा आगोमा जलाउने कार्यमा संलग्न चार जना, वडा प्रहरी कार्यालय बगर कास्कीमा हतियारको थुप्रो लगाई आगो लगाउने एक जना र प्रहरी चौकी नयाँपुल कासकीमा आगलागी गर्ने पाँच जना गरी जम्मा १० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा राजेश मक्रान्ती, नारायण साई, अरुण विक, रुपेश मगर, दीपु साई, लङबहादुर नेपाली, अरविन विक, ग्रीस क्षेत्री, थमबहादुर सार्की, पूर्णबहादुर नेपाली छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जेन्जी विद्रोहको १०० औँ दिनः मुद्दा संविधानमा संस्थागत नभएसम्म संघर्ष जारी- रवि किरण हमाल

काठमाडौँ – जेन्जी विद्रोहको १०० औँ दिन पूरा भएको सन्दर्भमा जेन्जी मुभमेन्ट नेपालले विद्रोहका मूल मुद्दा संविधानमा संस्थागत नभएसम्म शान्तिपूर्ण, संगठित र दृढ संघर्ष जारी रहने स्पष्ट पारेको छ।     जेन्जी अगुवा रवि किरण हमालले जारी गरेको प्रेस वक्तव्यमा नेपालको नवोदित पुस्ताले राष्ट्र र जनताका लागि...

सामुदायिक रेडियोलाई टिकाराइराख्न समस्या भयो : अकोराब

चितवन, सूचना र जानकारी समुदायमा पु¥याउन सशक्त माध्यम बनेको सामुदायिक रेडियो पछिल्लो समय संकटमा परेका छन् । यस्ता रेडियोको तीन दशकका यात्रामा टिकाइराख्न चरम आर्थिक संकट भएपछि कतिपय त बन्द समेत भएका छन् ।   सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) का अनुसार सङ्घमा आवद्ध ३८७ रेडियोमध्ये...

पाँचखपनका थापा बढी धान उत्पादन गर्ने किसानका रूपमा सम्मानित

खाँदबारी (सङ्खुवासभा),  सङ्खुवासभाको पाँचखपन नगरपालिका–६ का किसान भीमकुमार थापालाई धान उत्पादनमा उल्लेखनीय उपलब्धि हासिल गरेबापत सम्मान गरिएको छ । चालु आर्थिक वर्षमा ६० मुरीभन्दा बढी धान उत्पादन गर्न सफल हुनुभएका उहाँलाई नगरपालिकाभित्र सबैभन्दा बढी उत्पादन गर्ने किसानका रूपमा सम्मान गरिएको हो ।   आज यहाँ आयोजित...

ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गर्नुभएको छ । यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका देशहरूको सङ्ख्या करिब ४० पुगेको छ ।...

दिगो पर्यटन प्रवर्द्धनका लागि खाद्य सुरक्षा तथा स्वच्छता तालिम

काठमाडौँ,दिगो पर्यटन प्रवर्द्धनका लागि खाद्य सुरक्षाको महत्त्वलाई केन्द्रमा राख्दै खाद्य सुरक्षा तथा स्वच्छतासम्बन्धी तालिम आजदेखि काठमाडौँमा सुरु भएको छ ।नेपाल पर्यटन बोर्ड (एनटिबी) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को संयुक्त पहलअन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजना (एसटिपी)द्वारा रेष्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेबान)सँगको सहकार्यमा...

जेन्जी विद्रोहको १०० औँ दिनः मुद्दा संविधानमा संस्थागत नभएसम्म संघर्ष जारी- रवि किरण हमाल

काठमाडौँ – जेन्जी विद्रोहको १०० औँ दिन पूरा भएको सन्दर्भमा जेन्जी मुभमेन्ट नेपालले विद्रोहका मूल मुद्दा संविधानमा संस्थागत नभएसम्म शान्तिपूर्ण, संगठित र दृढ संघर्ष जारी रहने स्पष्ट पारेको छ।     जेन्जी अगुवा रवि किरण हमालले जारी गरेको प्रेस वक्तव्यमा नेपालको नवोदित पुस्ताले राष्ट्र र जनताका लागि...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।   संस्थाकी अध्यक्ष कल्पना थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) रहनुभएको थियो। विशिष्ट अतिथिमा सव–डिभिजन वन कार्यालय फलेबीसौंनाका वन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विद्यालय सङ्ख्याको अनुपातमा छैन शिक्षक दरबन्दी

भजनी (कैलाली), कैलालीमा विद्यार्थी र विद्यालयको सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी न्युन हुँदा पठनपाठनमा चुनौती देखिएको छ । माध्यमिक तहमा विद्यालय सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी न्यून हुँदा शिक्षकको अभाव छ ।जिल्लामा सामुदायिकतर्फ माध्यमिक तहसम्मको पठनपाठन हुने विद्यालय सङ्ख्या १७४ छ । संस्थागतसहित कूल ३१२ विद्यालयले...

तनहुँको थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु

दमौली (तनहुँ),जिल्लाको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा केन्द्र स्थापना भई सञ्चालनमा आएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले आज आँखा उपचार केन्द्रको उद्घाटन गर्दै यहाँका नागरिकले स्थानीयस्तरमा प्रभावकारी सेवा लिन सक्ने बताउनुभयो ।   योसँगै यस क्षेत्रका सर्वसाधारणलाई आँखा उपचारका लागि दमौली...

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो ।   नेपालका लागि दिलसाद अलीले सर्वाधिक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९