यस्ता छन् सरकारले सार्वजनिक संस्थानमा देखेको चुनौती र समस्या

काठमाडौँ,  सरकारले सार्वजनिक संस्थानको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी प्रभावकारिता र कार्यकुशलता अभिवृद्धि गर्नु जस्ता विषयलाई प्रमुख चुनौतीका रुपमा चित्रण गर्दै सुधारको मार्गचित्र सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयले सार्वजनकि गरेको ‘सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२’ मा वित्तीय सुधार र अनुशासन कायम गर्नु, सरकारी लगानीको उचित प्रतिफल सुनिश्चित गर्नुलाई चुनौतीका रुपमा चित्रण गरिएको छ । सार्वजनिक संरचनाको सङ्गठनात्मक पुनःसंरचना गरी प्रशासनिक खर्च अनावश्यक आर्थिक दायित्व घटाउनु, सञ्चालक समितिको प्रभावकारिता अभिवृद्धि गर्नु, सार्वजनिक संस्थानको व्यावसायिकताका लागि उपयुक्त स्वरुप र सञ्चालन ढाँचा निर्धारण गर्ने काम चुनौतीका रुमपा लिइएको छ ।

आमनागरिकको अपेक्षाअनुसार वस्तु तथा सेवाको उत्पादन तथा वितरणमा सुधार गर्नु र नीतिगत, कानुनी र प्रक्रियागत सुधारमार्फत संस्थान सञ्चालनमा विद्यमान बाह्य हस्तक्षेप न्यूनीकरण गर्नुपर्ने विषयलाई चुनौतीका रुपमा चित्रण गरिएको छ । कार्य सञ्चालनको नियमित अनुगमन ता मूल्याङ्कन नियमन गर्ने प्रभावकारी संयन्त्र नहुनु, संस्थानको कार्यकारी प्रमुखमा संस्थाको उद्देश्य एवं कार्यक्षेत्र कमोजिमको योग्य व्यक्ति नहुनलाई समस्याका रुपमा लिइएको छ । अधिकांश सार्वजनिक संस्थानमा कर्मचारी व्यवस्थापन कमजोर हुनु, सरकारी लगानीको यर्थाथ आकलन हुन नसक्नु, सरकारको लगानीको प्रतिफल अत्यन्त न्यून हुनु, कोषम व्यवस्था नभएको दायित्व तथा सम्भावित दायित्व निरन्तर बढ्दै जानु समस्याको रुपमा रहेको छ । संस्थानमा आन्तरिक नियन्त्रण प्रणाली कमजोर हुुनु, संस्थानको समग्र कार्य सम्पादनमा पारदर्शिताको अवस्था कमजोर रहनुलाई समस्याका रुपमा लिइएको छ ।

 

सरकारले संस्थानको व्यावसायिक कार्ययोजना, वार्षिक बजेट र वित्तीय  प्रतिवेदन स्वीकृत गरी लागू गराउने, कार्यकारी प्रमुखको कार्य सम्पादन मूल्याङ्कन गर्ने, संस्थानको लेखापरीक्षण, जोखिम व्यवस्थापन, व्यावसायिक सुशासन र पारिश्रमिकसम्बन्धी व्यवस्थालाई पारदर्शी र समयसापेक्ष बनाउने लक्ष्य राखेको छ । यस्तै, सार्वजनिक संस्थानको सङ्गठनात्मक संरचना स्वीकृत गराइ लागू गर्ने गराउने, संस्थानमा वित्तीय अनुशासन सुनिश्चित गर्ने, संस्थान गठन गर्ने कानुन बमोजिम तोकिएका कार्यहरु गर्ने लक्ष्य राखिएको छ ।

 

सार्वजनिक संस्थान व्यवस्थापनको नेतृत्व तथा सञ्चालक छनोट प्रक्रियामा योग्यता प्रणाली र समावेशिता सुनिश्चित गर्ने, सार्वजनिक संस्थानको सेवा प्रवाहलाई प्रविधिमा आधारित र एकीकृत बनाउने, सार्वजनिक संस्थानमा व्यवसाय प्रक्रिया पुनःनिर्धारण गरिनेछ । संस्थानको सञ्चालन र व्यवस्थापन तथा निर्णय प्रक्रियामा पारदर्शिता कायम गर्ने, सेवाग्राही तथा ग्राहकप्रति उत्तरुदायित्व सुनिश्चित गर्ने रणनीति लिइएको छ ।

 

नियमित अनुगमन र मूल्याङ्कन प्रणाली विकास गर्ने, पारदर्शी वित्तीय व्यवस्थापन र अनुशासन कायम गरी आर्थिक रुपमा सबल बनाउने, सार्वजनिक संस्थानको लेखा प्रणालीलाई विश्वसनीय समयानुकूल र तुलनायोग्य बनाइनेछ । नीतिमा सार्वजनिक संस्थानबाट हुने सम्भावित वित्तीय जोखिम पहिचान  नियन्त्रण गर्ने, कार्यसम्पादन मापनलाई व्यवस्थित गरी कार्यसमपादनमा आधारित प्रोत्साहन प्रणाली लागू गरिने उद्देश्य राखिएको छ ।

 

सार्वजनिक संस्थानमा कार्यरत जनशक्तिको क्षमता विकास गर्ने र उपयुक्त जनशक्ति भित्र्याउने, सार्वजनिक संस्थानको सङ्गठनलाई संस्थानको उद्देश्य अनुरुप बनाउने, सहभागितामूलक निर्णय प्रक्रिया अवलम्बन गर्ने विषयलाई नीतिमा प्रष्ट उल्लेख गरिएको छ । संस्थानमा श्रमिकको सीप विकास र आधुनिक प्रविधि उपयोगलाई प्रोत्साहन गर्ने, अनुसन्धान, नवप्रवर्तन र गुणस्तरमा सुधारमा जोड दिइनेछ ।

 

हाल ४५ सार्वजनिक संस्थान कायम छन् । हाल कायम रहेकामध्ये २० वटा सरकारको पूर्ण स्वामित्व र २५ वटा अधिकांश स्वामित्वमा सञ्चालित छन् । आव २०८०÷८१ सम्म सरकारले सार्वजनिक संस्थानमा कूल रु सात खर्ब तीन अर्ब ९३ करोड ८८ लाख लगानी गरेको छ । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : सेना

काठमाडौँ, मुस्ताङको ‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिला सहित १२ स्वदेशी पर्यटकको उद्धारको प्रयास भइरहेको छ ।राससले ‘हिडन भ्याली’ मा तीन बेलायती महिला र १२ स्वदेशी पर्यटक समस्यामा’ शीर्षकमा आज मध्याह्न समाचार सम्प्रेषण गरेको थियो ।   सैनिक प्रवक्ता राजाराम बस्नेतले ‘हिडन भ्याली’ मा...

प्रतिनिधिसभा विघटनविरुद्ध रिट सुनुवाइ सुरु

काठमाडौँ,  सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा सनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा मनोजकुमार शर्माको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो ।   सर्वाेच्च अदालतको एनेक्स भवनको संवैधानिक इजलासमा सुरु भएको सुनुवाइमा रिट...

चितवनमा मौरी चरन क्षेत्र अभाव

चितवन, जिल्लाका मौरी पालक किसानले मौरी चरनका लागि बाहिरी जिल्ला लैजान थालेका छन् । यहाँ मौरीका लागि चरनको अवस्था यो मौषममा नहुने भएकाले जिल्ला बाहिर लैजान थालेका हुन् । मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अङ्गाइका अनुसार अहिलेको समयमा चरन क्षेत्रको अभाबका कारण यहाँका...

ट्रम्प–ताकाइचीबीच ‘नयाँ स्वर्ण युग’को घोषणा

टोकियो,  (रासस/एएफपी) : अमेरिकासँग महत्त्वपूर्ण खनिज सुरक्षा सम्झौता गर्नुअघि जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीले मङ्गलबार टोकियोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका क्रममा दुवै देशबीचको सम्बन्धलाई ‘नयाँ स्वर्ण युग’ मा प्रवेश गराउने वाचा गर्नुभएको छ ।   जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले ट्रम्पको द्वन्द्व मध्यस्थतामा भूमिकाको प्रशंसा...

दाङखोलामा अलपत्र पुल बनाउन दबाब

म्याग्दी, दाङखोलामा ठेक्का सम्झौता भएको छ वर्षसम्म पनि निर्माण सुरु नभएको पुल बनाउन सरोकार भएका निकायका प्रतिनिधिले दबाब दिएका छन् ।  दरवाङ–दाङखोला–धारापानी–ताकम–मुना–लुलाङ–गुर्जा सडकअन्तर्गत मालिका गाउँपालिका–५ र धवलागिरि गाउँपालिका–७ को सिमानामा पर्ने दाङखोलामा मोटरेबल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दी र इन्द्रेणी–फेवा जेभी पोखराबीच विसं...

पर्वतमा आठ प्रजातिका धानबालीको अनुसन्धान

पर्वत,  यस वर्ष यहाँ खेती गरिएकामध्ये आठ प्रजातिको धानबालीको मूल बीउ अनुसन्धान गरिएको छ । कुन स्थानमा कुन प्रजातिको धानखेती गर्दा प्रशस्त उत्पादन हुन्छ भन्ने पत्ता लगाउन अनुसन्धान गरिएको हो ।राष्ट्रिय धान बाली अनुसन्धान केन्द्रले फलेवास नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएको आठ जातका धानमाथि अनुसन्धान...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण : दुई सय घरपरिवार लाभान्वित

म्याग्दी, ११ कात्तिक : मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव...

सुशासन प्रवर्द्धन र समाज रूपान्तरण सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य

लुम्बिनी , लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको भावना बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । तिहार पर्वका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले सत्य, न्याय र सकारात्मक सोचतर्फ समाजलाई उन्मुख गराउने तिहारको मूल्य र...

जातीय विभेदको मुद्दामा फरार प्रकाश चन्द दिल्लीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै

बैतडी । जिल्ला अदालत बैतडीबाट जातीय विभेदको कसुरमा दोषी ठहर भई ४ महिनाको कैद सजाय सुनाइएका प्रकाश चन्द भारतको दिल्ली गुडगावस्थित बजाज कम्पनीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै आएका छन् । जता जहाँ गए पनि विवादास्पद क्रियाकलाप गर्ने उनी घरपरिवारको नजरमा समेत घृणित सदस्यका रूपमा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

त्रिविद्वारा शैक्षिक क्यालेण्डर सार्वजनिक

काठमाडौँ,  त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि सुरु हुने शैक्षिकसत्रका लागि ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरेको छ । त्रिविले यसै शैक्षिकसत्रका लागि स्नातक तह वार्षिक परीक्षा र सेमेष्टर प्रणाली तथा स्नातकोत्तर तह सेमेष्टर प्रणालीको ‘शैक्षिक क्यालेण्डर’ मङ्गलबार सार्वजनिक गरेको हो ।   त्रिविका शिक्षाध्यक्ष प्रा डा खड्ग केसीले...

सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ आज विश्व पक्षाघात दिवस मनाइँदै

काठमाडौँ, सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थाको सहयोगमा नेपालसहित विश्वका विभिन्न मुलुकमा आज विविध चेतनामूलक कार्यक्रम आयोजना गरेर विश्व पक्षाघात दिवस मनाइँदै छ ।चिकित्सकहरूका अनुसार पक्षाघात एक जटिल शारीरिक समस्या हो । यो मानव मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने...

सिरहामा प्रथम धनगढीमाई टि-२० क्रिकेट प्रतियोगिता सुरु

सिरहा,  खेलकुदको विकास र युवा प्रतिभाको पहिचान गर्ने उद्देश्यका साथ सिरहाको धनगढीमाईमा आजदेखि ‘प्रथम धनगढीमाई टि-२० क्रिकेट प्रतियोगिता’ सुरु भएको छ । वीर युवा क्रिकेट क्लबको आयोजनामा सुरु भएको उक्त प्रतियोगितामा नगरभित्रका १० वटा टोलीले प्रतिस्पर्धा गर्नेछन् । आयोजक क्लबका अध्यक्ष वीरेन्द्रकुमार यादवले मधेस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९