मौसम सुधार भएपछि सहज बन्दै मनाङको अवस्था

मनाङ,  गत सोमबारदेखि परेको हिमपात रोकिएको छ । मौसममा आएको सुधारले विश्वकै अग्लो स्थान (चार हजार ९१९ मिटर) मा अवस्थित तिलिचो ताल घुम्न आएका र थोराङ्ला भञ्ज्याङ (पाँच हजार ४१६ मिटर) पदयात्रामा आएका पर्यटकका लागि सहज बन्दै गएको छ । मनाङ ङिस्याङ गाउँपालिका–९ स्थित तिलिचो ताल र ८ नम्बर वडास्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत थोराङ्ला भञ्ज्याङको पदयात्रामा आएका पर्यटक यात्रामा असहज भएपछि फर्किन थालेका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहानैदेखि सडकमा थुप्रिएको हिउँ हटाएपछि पर्यटक फर्कन थालेका छन् ।

 

उहाँले भन्नुभयो, “तिलिचो आधार शिविर (बेसक्याम्प)बाट सोमबार साँझ फर्किएका पर्यटक भने खाङ्सारमै बसेका छन् ।” काठमाडौँबाट तिलिचो ताल जान आएका पर्यटक शिवराज घिमिरेले खाङसार आइपुग्नेबित्तिकै हिमपात भएको र तालसम्म पुग्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “खाङ्सार आइपुगिएको छ, यहाँ आइपुग्नेबित्तिकै हिमपात भयो, हिमपातका कारण हामी माथि तालसम्म पुग्न सकेनौँ ।” मौसम अनुकूल बन्दै गए पनि माथिल्लो क्षेत्रको यात्रा नगरी फर्कने तयारी गरिरहेका घिमिरेले बताउनुभयो । खाङ्सारदेखि तल्लो क्षेत्र र माथि तिलिचोतर्फ मौसम विस्तारै खुल्दै गएको उहाँले जानकारी दिनुभयो ।

 

त्यस्तै मकवानपुरबाट तिलिचो तालको पदयात्रामा आउनुभएका मोहन ढकालले भन्नुभयो, “तिलिचो आधार शिविरबाट फर्किएर हुम्देमा बस्यौँ, अहिले मौसममा सुधार आएपछि फर्कदैछौँ, मौसम पनि सुधार भएको छ, तर सवारीसाधन पाउन सकस भएको छ, दुईपाङ्ग्रे सवारीसाधन चलाउन सक्ने अवस्थामा छैन, यहाँका प्रशासन, स्थानीय तहलगायत सुरक्षा निकाय यात्रा सहज बनाउने प्रयासमा जुटिरहनुभएको छ ।” मौसमको जानकारीबिना हिमाली क्षेत्रको यात्रा सहज नरहेको उहाँको भनाइ छ ।

 

होटल व्यवस्थापन समिति माथिल्लो मनाङका अध्यक्ष कर्म ओङ्गेल घलेले तिलिचो क्षेत्रबाट झरेका झण्डै दुई सय पर्यटकलाई निजी घर, होटलका कोठा, डाइनिङलगायत ठाउँमा मङ्गलबार राति बस्ने व्यवस्थापन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हिमपातका बीच पनि व्यवस्थापन गर्दै भ्राकासम्म पर्यटक पठाएर बस्ने व्यवस्था गरिएको थियो ।

 

पर्यटक आज बिहानैदेखि चामेतर्फ गएका पर्यटन व्यवसायी घ्याम्चो गुरुङले जानकारी दिनुभयो । “मौसम केही मात्रामा खुलेको छ, बादल हट्ने क्रममा देखिएको छ, हल्का घाम पनि देखिँदैछ”, उहाँले भन्नुभयोे, “केही आफ्नो मोटरसाइकलमा गन्तव्यतर्फ लागेका छन् भने केही पर्यटकलाई जिपमा व्यवस्थापन गर्दै तल्लो क्षेत्रतर्फ लागेका छन्, केही भने यहीँ छन् ।” उहाँका अनुसार थोराङ्ला पास गर्न आएका केही विदेशी पर्यटक फर्किएका छन् । हालसम्म माथिल्लो मनाङ गाउँबाट एक सय ५० जति पर्यटक फर्किएको उहाँले बताउनुभयो ।

 

जिल्ला विपद व्यवस्थापन समिति प्रमुख एवं प्रमुख जिल्ला अधिकारी पौड्यालले हिमपातमा फसेका पर्यटकको उद्धारमा जिल्लामा उपलब्ध भएका सवारीसाधनको उपयोग गरी गन्तव्यतर्फ जाने वातावरण बनाइरहेका बताउनुभयो । उहाँले भन्नुभयो, “मौसममा सुधार आएपछि एक्साभेटरले काम गर्न र यात्रामा सहज बन्दै गएको छ, दुईपाङ्ग्रे सवारीसाधनलाई यात्रामा सुरक्षित भएर सञ्चालन गर्न सुझावसहित हिँड्न दिएका छौँ ।”

 

फर्कनका निम्ति अप्ठ्यारोमा परेका पर्यटकलाई चामेसम्म निजी, सार्वजनिक तथा सरकारी सवारीसाधनको उपयोग गरिएको प्रमुख जिल्ला अधिकारी पौड्यालले बताउनुभयो । सडक सञ्चालनका लागि जिल्ला प्रशासन, स्थानीय तहलगायत सबै लागिपरेका छन् । अधिकांश स्वदेशी पर्यटक दुईपाङ्ग्रे सवारीसाधन खाङ्सारसम्म आउने र पदयात्रामार्फत तिलिचो ताल जाने गर्दछन् । विदेशी पर्यटक भने पदयात्रामा रमाउने भएकाले सुरक्षित अवस्थामा रहेका छन् । दुईपाङ्ग्रे सवारीसाधन हिउँबाट निकालिएका छन् । नवीन लामिछाने/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९