मौसम सुधार भएपछि सहज बन्दै मनाङको अवस्था

मनाङ,  गत सोमबारदेखि परेको हिमपात रोकिएको छ । मौसममा आएको सुधारले विश्वकै अग्लो स्थान (चार हजार ९१९ मिटर) मा अवस्थित तिलिचो ताल घुम्न आएका र थोराङ्ला भञ्ज्याङ (पाँच हजार ४१६ मिटर) पदयात्रामा आएका पर्यटकका लागि सहज बन्दै गएको छ । मनाङ ङिस्याङ गाउँपालिका–९ स्थित तिलिचो ताल र ८ नम्बर वडास्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत थोराङ्ला भञ्ज्याङको पदयात्रामा आएका पर्यटक यात्रामा असहज भएपछि फर्किन थालेका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहानैदेखि सडकमा थुप्रिएको हिउँ हटाएपछि पर्यटक फर्कन थालेका छन् ।

 

उहाँले भन्नुभयो, “तिलिचो आधार शिविर (बेसक्याम्प)बाट सोमबार साँझ फर्किएका पर्यटक भने खाङ्सारमै बसेका छन् ।” काठमाडौँबाट तिलिचो ताल जान आएका पर्यटक शिवराज घिमिरेले खाङसार आइपुग्नेबित्तिकै हिमपात भएको र तालसम्म पुग्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “खाङ्सार आइपुगिएको छ, यहाँ आइपुग्नेबित्तिकै हिमपात भयो, हिमपातका कारण हामी माथि तालसम्म पुग्न सकेनौँ ।” मौसम अनुकूल बन्दै गए पनि माथिल्लो क्षेत्रको यात्रा नगरी फर्कने तयारी गरिरहेका घिमिरेले बताउनुभयो । खाङ्सारदेखि तल्लो क्षेत्र र माथि तिलिचोतर्फ मौसम विस्तारै खुल्दै गएको उहाँले जानकारी दिनुभयो ।

 

त्यस्तै मकवानपुरबाट तिलिचो तालको पदयात्रामा आउनुभएका मोहन ढकालले भन्नुभयो, “तिलिचो आधार शिविरबाट फर्किएर हुम्देमा बस्यौँ, अहिले मौसममा सुधार आएपछि फर्कदैछौँ, मौसम पनि सुधार भएको छ, तर सवारीसाधन पाउन सकस भएको छ, दुईपाङ्ग्रे सवारीसाधन चलाउन सक्ने अवस्थामा छैन, यहाँका प्रशासन, स्थानीय तहलगायत सुरक्षा निकाय यात्रा सहज बनाउने प्रयासमा जुटिरहनुभएको छ ।” मौसमको जानकारीबिना हिमाली क्षेत्रको यात्रा सहज नरहेको उहाँको भनाइ छ ।

 

होटल व्यवस्थापन समिति माथिल्लो मनाङका अध्यक्ष कर्म ओङ्गेल घलेले तिलिचो क्षेत्रबाट झरेका झण्डै दुई सय पर्यटकलाई निजी घर, होटलका कोठा, डाइनिङलगायत ठाउँमा मङ्गलबार राति बस्ने व्यवस्थापन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हिमपातका बीच पनि व्यवस्थापन गर्दै भ्राकासम्म पर्यटक पठाएर बस्ने व्यवस्था गरिएको थियो ।

 

पर्यटक आज बिहानैदेखि चामेतर्फ गएका पर्यटन व्यवसायी घ्याम्चो गुरुङले जानकारी दिनुभयो । “मौसम केही मात्रामा खुलेको छ, बादल हट्ने क्रममा देखिएको छ, हल्का घाम पनि देखिँदैछ”, उहाँले भन्नुभयोे, “केही आफ्नो मोटरसाइकलमा गन्तव्यतर्फ लागेका छन् भने केही पर्यटकलाई जिपमा व्यवस्थापन गर्दै तल्लो क्षेत्रतर्फ लागेका छन्, केही भने यहीँ छन् ।” उहाँका अनुसार थोराङ्ला पास गर्न आएका केही विदेशी पर्यटक फर्किएका छन् । हालसम्म माथिल्लो मनाङ गाउँबाट एक सय ५० जति पर्यटक फर्किएको उहाँले बताउनुभयो ।

 

जिल्ला विपद व्यवस्थापन समिति प्रमुख एवं प्रमुख जिल्ला अधिकारी पौड्यालले हिमपातमा फसेका पर्यटकको उद्धारमा जिल्लामा उपलब्ध भएका सवारीसाधनको उपयोग गरी गन्तव्यतर्फ जाने वातावरण बनाइरहेका बताउनुभयो । उहाँले भन्नुभयो, “मौसममा सुधार आएपछि एक्साभेटरले काम गर्न र यात्रामा सहज बन्दै गएको छ, दुईपाङ्ग्रे सवारीसाधनलाई यात्रामा सुरक्षित भएर सञ्चालन गर्न सुझावसहित हिँड्न दिएका छौँ ।”

 

फर्कनका निम्ति अप्ठ्यारोमा परेका पर्यटकलाई चामेसम्म निजी, सार्वजनिक तथा सरकारी सवारीसाधनको उपयोग गरिएको प्रमुख जिल्ला अधिकारी पौड्यालले बताउनुभयो । सडक सञ्चालनका लागि जिल्ला प्रशासन, स्थानीय तहलगायत सबै लागिपरेका छन् । अधिकांश स्वदेशी पर्यटक दुईपाङ्ग्रे सवारीसाधन खाङ्सारसम्म आउने र पदयात्रामार्फत तिलिचो ताल जाने गर्दछन् । विदेशी पर्यटक भने पदयात्रामा रमाउने भएकाले सुरक्षित अवस्थामा रहेका छन् । दुईपाङ्ग्रे सवारीसाधन हिउँबाट निकालिएका छन् । नवीन लामिछाने/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६८ रुपैयाँ...

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौँ,  प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न भएको छ ।त्यस अवसरमा मन्त्रीगण, प्रधान सेनापतिलगायत विभिन्न सुरक्षा निकायका उच्च अधिकारी, मुख्य सचिव तथा सचिव, विभागीय प्रमुख, निजी क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति थियो ।   कार्यक्रममा जीवन विज्ञानका...

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ,  स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । चार दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ७८ हजार र त्यति नै चाँदीको मोल रु पाँच...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

माघी पर्वको पहिलो दिन आज ‘जिता मर्ना’ मनाइँदै

कञ्चनपुर, माघी पर्वको पहिलो दिन आज कञ्चनपुरका थारु समुदायले ‘जिता मर्ना’ का रूपमा मनाइरहेका छन् । परम्पराअनुसार थारु समुदायको महान् पर्व माघी पुस मसान्तका दिनदेखि सुरु हुन्छ ।   ‘जिता मर्ना’ का दिन माघी पर्वका लागि आवश्यक मासुको व्यवस्थापन गरिने भएकाले आज बिहानैदेखि थारु बस्तीहरूमा विशेष...

झापामा इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउनुपर्ने

भद्रपुर (झापा),  जिल्ला प्रशासन कार्यालय झापाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन सार्वजनिक सूचना जारी गरेको छ ।   सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंका अनुसार जिल्लाभित्र इजाजत लिएर...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

गण्डकीमा मातृ स्वास्थ्यमा सुधार

गण्डकी,  नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणको पछिल्लो प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा संस्थागत प्रसूतिदर ८९ प्रतिशत छ । जुन राष्ट्रिय औसत ७९ प्रतिशतभन्दा बढी हो । सरकारले सन् २०३० सम्ममा संस्थागत प्रसूतिको दर ९० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । यसअनुसार गण्डकी प्रदेश उक्त लक्ष्यको नजिक रहेको...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

शिवशक्ति ग्रामीण विद्युत् सहकारीको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेपछि स्थगित

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा तथा खैरेनी क्षेत्रमा अवस्थित शिवशक्ति ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेका कारण स्थगित गरिएको छ।   संस्थाले २०८२ साल नौ महिना २९ गतेका लागि वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गर्दै कुल...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

९८ वर्षीय उजिरद्वारा विद्यालयमा खानेपानीको धारा निर्माण

टक्सार (भोजपुर),  भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित एक विद्यालयमा खानेपानीको धारा निर्माण गर्नुभएको छ । भोजपुर–८ पोखरेका प्रधानले श्रीमती रुपछिमीको स्मृतिमा रु दुई लाख खर्च गरेर स्थानीय सरस्वती आधारभूत विद्यालयमा पाँचवटा खानेपानीको धारा निर्माण गर्नुका साथै पाँच हजार लिटर क्षमताको...

पोखरामा विशिष्टीकृत अस्पताल बनाउने योजना अधुरै

गण्डकी,  पोखरामा क्यान्सर, मुटु, मिर्गौला र बालरोगसम्बन्धी एकीकृत सेवासहितको विशिष्टीकृत अस्पताल बनाउने गण्डकी प्रदेश सरकारको योजना कार्यान्वयनमा आउन सकेको छैन । प्रदेश स्थापनापछि गठित पहिलो सरकारले प्रदेश राजधानी पोखरामा विशिष्टीकृत अस्पताल स्थापना गर्ने निर्णय गरेको थियो । घोषणा भएको वर्षौं बितिसक्दा पनि अस्पताल निर्माण प्रक्रिया...

प्रधानमन्त्री कप क्रिकेटको जिल्लास्तरीय छनोट सञ्चालन गर्न निर्देशन

बैतडी,  प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटको सुदूरपश्चिम प्रदेशको जिल्लास्तरीय छनोट प्रतियोगिता सञ्चालन गर्न निर्देशन दिइएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार जिल्ला छनोट प्रतियोगिता आज देखि आगामी माघ ११ गतेसम्म सम्पन्न गर्न सबै जिल्लाहरूलाई निर्देशन दिइएको हो । जिल्ला छनोट...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९