गुह्येश्वरी–गौरीघाटमा बर्तालु बढ्न थालेपछि छठघाट थप गर्न माग

काठमाडौँ,  छठ पर्वका अवसरमा राजधानीमा भक्तजनको उपस्थिति बढ्न थालेपछि छठघाट बढाउनुपर्ने माग बढ्न थालेको छ । राजधानीमा सबैभन्दा बढी छठका बर्तालु पशुपति क्षेत्रस्थित गुह्येश्वरी–गौरीघाटमा जम्मा भएका थिए । श्री छठ पूजा समिति गौरीघाट–गु्ह्येश्वरीले यस वर्ष छ सय छठघाट निर्माण गरेको थियो ।

 

छठघाट माग गर्ने भक्तजन बढेपछि सहज व्यवस्थापनमा सास्ती भएको समितिका अध्यक्ष अनिल सिंहले राससलाई जानकारी दिनुभयो । पशुपति क्षेत्र विकास कोष, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिलगायत सरोकार भएका निकायलाई छठघाट बढाउन माग गरिएको पनि उहाँले बताउनुभयो ।

 

अर्को वर्ष कम्तीमा पनि सात सय छठघाट निर्माण गर्नुपर्ने आवश्यकता देखिएको जनाउँदै उहाँले अधिकार सम्पन्न वाग्मती समितिको कार्यालयअघिको नदी किनारका दायाँबायाँ भागमा छठघाट थप गर्न सकिने धारणा राख्नुभयो ।गुह्येश्वरीबाट गौरीघाटसम्मको वाग्मती नदी किनार दायाँबायाँ छठका दिन (कात्तिक १० गते) बेलुकी पाँच लाख भक्तजन पुगेका समितिको अनुमान छ । यो तथ्याङ्क नेपाल टेलिकमको नेटवर्क सहजीकरण भ्यानका प्राविधिकले उपलब्ध गराएको विवरणका आधारमा भनिएको छठ व्यवस्थापनमा सक्रिय हुनुभएका निखिल विश्वासले उल्लेख गर्नुभयो ।

 

विसं २०६२ मा समिति दर्ता भएर गुह्येश्वरी–गौरीघाट क्षेत्रमा छठ पूजा गर्ने वातावरण बनाइएको थियो । समिति दर्ता भएका बेला वर्षमा ३० देखि ४० वटा मात्र छठघाटमा पूजा, आराधना गर्ने गरी भक्तजन जम्मा हुने गर्दथे । त्यसबेला बढीमा दुईदेखि तीन सय श्रद्धालु भक्तजन मात्र यहाँको छठ मेलामा जम्मा हुने गरेका अध्यक्ष सिंहले स्मरण गर्नुभयो ।

 

नेटवर्क सहजीकरण भ्यानले उक्त क्षेत्रमा चलेका मोबाइल नेटवर्कका आधारमा पाँच लाख बढी भक्तजन गुह्येश्वरी–गौरीघाट क्षेत्रमा पुगेका जानकारी दिएको हो । लाखौँ मानिस नदी किनारमा बसेर छठी माताको पूजा, आराधना गरेपनि त्यस अनुसारका पूर्वाधार नहुँदा भक्तजनलाई असहज भएको थियो ।

 

छठका माध्यमबाट धार्मिक पर्यटन प्रवर्द्धन गर्न सकिने भएकाले यस क्षेत्रको पूर्वाधार निर्माणमा पनि ध्यान दिनुपर्ने बर्तालु धम्मावती कुशवाहले बताउनुभयो । बेलुकी अस्ताउँदो सूर्यलाई पूजा, आराधना गरी अर्घ्य दिएर रातभर छठीमाताको आराधना गरेर जागरण बस्ने भक्तजनले शौचालय नपाएर छट्पटिने अवस्थाको अनुभव आफूले गरेको उहाँको भनाइ छ । लाखौँ भक्तजन उपस्थित हुने भएपछि कम्तीमा पर्याप्त मात्रामा शौचालयको व्यवस्था गरिनुपर्ने अधिकांश भक्तजन माग छ ।

 

समितिले एउटा छठघाटको रु एक हजार ५०० लिएर भक्तजनलाई उपलब्ध गराउने गरेकामा केही भक्तजनले भने गुनासो गरेका छन् । पशुपति क्षेत्रमा हुने अन्य पर्वका भक्तजनसँग शुल्क नलिने गरिएकामा छठका बर्तालुसँग किन शुल्क लिइएको भन्ने गुनासो भक्तजनले गर्ने गरेका कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले बताउनुभयो । उहाँको अनुसार उक्त शुल्क समितिले उठाउने गरेको छ । कोषले प्रारम्भिक बैठक राखेर सरोकार भएका निकायबीच आवश्यक समन्वय मात्र गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

“दुई हप्तापछि पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्व मनाइँदैछ । बाला चतुर्दशीलगायत अन्य पर्वमा आउने भक्तजनसँग कुनै शुल्क नलिन कोषले सार्वजनिक रूपमा आह्वान गर्दछ । तर छठ पर्वमा भने किन शुल्क लिइएको ?”, भक्तजन श्यामसुन्दर रायले प्रश्न गर्नुभयो । छठ पूजाको व्यवस्थापन पनि कोषले  गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

 

समितिले ३५ वटा छठघाट निःशुल्क भक्तजनलाई दिइएको जनाएको छ  । शुल्क तिर्न नसक्ने तर विधिपूर्वक छठीमाता, सूर्यदेव र वाग्मती नदीको पूजा आराधना गर्न चाहनेका लागि समितिले उक्त सेवा दिएको थियो । छठ व्रत गर्न चाहने तर पूजा सामग्री किन्न नसक्ने श्रद्धालु भक्तजनका लागि पूजा सामग्रीको समेत व्यवस्था गरिएको समितिले जनाएको छ ।

छठ पूजामा बढ्दै पहाडीमूलका भक्तजन

सुरुआती वर्षमा गुह्येश्वरी गौरीघाटको छठ पूजामा एक प्रतिशत पनि पहाडीमूलका मानिस सहभागी नहुने अवस्था थियो । पहाडी समुदायको सहभागिता क्रमशः छठ पूजामा बढ्दै गएको हो । यस वर्ष २१ प्रतिशत पहाडी मूलका मानिसले छठघाट दर्ता (आफ्ना लागि स्थान सुरक्षित गर्नु) गरेर विधिपूर्वक पूजा आराधना गरेका थिए ।

 

बीस वर्ष अघिसम्म गौरीघाट–गुह्येश्वरी क्षेत्रमा छठ मनाउने मानिस फाट्टफुट्टमात्र हुने गरेको आध्यात्मिक मासिक पत्रिका गौरीका सम्पादक अर्जुन लामिछानेले स्मरण गर्नुभयो । छठको चारदिने अवधिमा नदीमा मानिसले सफा गरेझै ३६५ दिन सरसफाइ गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

 

काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मतीलाई कुनै पर्व विशेषमा मात्र नभई सधैँ सफा राखिनुपर्ने भक्तजनको पनि माग छ । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठपर्वका अवसरमा गुह्येश्वरी–गौरीघाटलगायत राजधानीका अन्य स्थानमा पनि विशेष रुपमा सजाइने गरिएको छ । यहाँको साजसज्जा हेर्न पनि भक्तजनको भीड लाग्ने गर्छ । भजन एवं भक्ति सङ्गीतले पशुपति क्षेत्रको वाग्मती नदी किनारको वातावरण मेलामय बन्ने गर्दछ ।

 

यस वर्ष राजधानीमा गुह्येश्वरीबाट गौरीघाटसम्मको वाग्मती नदी किनारको दायाँबायाँ, कमलपोखरी, थापाथली, कुपण्डोल, सानेपास्थित रामतीर्थलगायत विभिन्न स्थानका नख्खु खोला, विष्णुमती र वाग्मती नदी किनारमा छठघाट निर्माण गरी सजाइएको थियो । यी स्थानमा छठघाटसँगै छठीमाताको माटाको मूर्ति पनि निर्माण गरेर सजाइएको थियो ।

लाखौँ भक्तजन उपस्थित हुने मेलाका लागि निजी क्षेत्रको सेक्युरिटी कम्पनीसहित नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीलाई पनि गुह्येश्वरी गौरीघाट क्षेत्रमा खटाइएको थियो । छठ व्रत गरेमा मनले चिताएको पूरा हुने कुरा सूर्यपुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ । महाभारतकालमा द्रोपदीसहित पञ्चपाण्डवले सूर्यको पूजा आराधना गरी एक वर्षे अज्ञातवास सफल भएको उल्लेख गरिएको छ । यसै विश्वासका आधारमा यो पर्व मनाउने परम्परा सुरु भएको विश्वास रहिआएको छ ।

 

छठ पर्वमा पहाडी समुदायमात्र होइन मुस्लिम समुदायको पनि उत्तिकै सहभागिता रहने गरेको छ । यसले धार्मिक सद्भाव पनि बढाएको छ । कति मुस्लिम समुदाय त छठ घाटमै पुगेर विधिपूर्वक व्रत गर्ने गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पर्यटन प्रवर्द्धन तथा आयआर्जनका लागि पूर्वाधार निर्माण

वालिङ (स्याङ्जा),  भीरकोट नगरपालिका–४ सिसौघारीमा मन्दिरसहितको तलाउ निर्माण थालिएको छ । मन्दिरसहितको तलाउलाई धार्मिक पर्यटन प्रवर्द्धनमा जोड दिँदै आम्दानीको स्रोतको रुपमा विकास गर्ने उद्देश्यले पालिकाल निर्माण थालेको हो   सहरी विकास मन्त्रालय सहरी विकास तथा भवन निर्माण विभाग कास्कीको एकीकृत सहरी पूर्वाधार कार्यक्रमअन्तर्गत तलाउ, मन्दिरसहित पक्की...

राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले सो प्रतिवेदन पेस गर्नुभएको हो ।नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आयोगले...

गृहिणीबाट उद्यमीः सीपले जीवन बदल्दै भोजपुरका महिला

भोजपुर,पहिले घरधन्दा र परिवारमा सीमित भोजपुरका महिला अहिले आफ्नै सीपबाट आम्दानी गर्न थालेका छन् । गाउँपालिका र वडास्तरमा सञ्चालित सिलाइकटाइ, ढाका बुनाइ, बेमौसमी तरकारीखेती, मुढा बनाउने, अचार बनाउने, गड्यौलाको मल उत्पादनलगायत सीपमूलक तालिमले महिलालाई स्वरोजगार र उद्यमशील बन्ने अवसर प्रदान गरेको हो ।   महिलालाई आत्मभिर्नरसँगै...

ट्रम्पसँग व्यापारिक सहमति भएको राष्ट्रपति सीको भनाइ

चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकासँग आर्थिक तथा व्यापारिक विषयमा सहमति कायम भएको जानकारी दिनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिहीबार दक्षिण कोरियाको बुसानमा भएको भेटवार्तापछि चिनियाँ राज्य सञ्चारमाध्यम सिन्ह्वाले सो जानकारी दिएको हो ।सन् २०१९ पछि पहिलोपटक भएको यो उच्चस्तरीय भेटमा विश्वका दुई ठूला...

महायज्ञ सुरु नहुँदै आश्रम बनाउन जुट्न थाल्यो सहयोग रकम

गलकोट (बागलुङ),मानव सेवा आश्रमको भवन निर्माणका लागि महायज्ञको तयारी तीव्र पारिएको छ । यही कात्तिक २१ देखि २८ गतेसम्म बागलुङको निरयघाटमा आयोजना गरिएको मानवसेवा आश्रम, बागलुङको भवन निर्माणार्थ आयोजित श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु नहुँदै बागलुङमा सहयोग जुट्ने क्रम सुरु भएको छ ।   महायज्ञको...

जीप दुर्घटनमा एक जनाको मृत्यु, चार घाइते

दशरथचन्द(बैतडी),  जिल्लाको शिवनाथबाट मेलालीतर्फ आइरहेको से १ ज ७३२ नम्बरको जीप मेलौली नगरपालिका–७ स्वाखानीमा गए राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । गम्भीर घाइते भएका मेलाली नगरपालिका–२ की २३ वर्षीय तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण : दुई सय घरपरिवार लाभान्वित

म्याग्दी, ११ कात्तिक : मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जातीय विभेदको मुद्दामा फरार प्रकाश चन्द दिल्लीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै

बैतडी । जिल्ला अदालत बैतडीबाट जातीय विभेदको कसुरमा दोषी ठहर भई ४ महिनाको कैद सजाय सुनाइएका प्रकाश चन्द भारतको दिल्ली गुडगावस्थित बजाज कम्पनीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै आएका छन् । जता जहाँ गए पनि विवादास्पद क्रियाकलाप गर्ने उनी घरपरिवारको नजरमा समेत घृणित सदस्यका रूपमा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

त्रिविद्वारा शैक्षिक क्यालेण्डर सार्वजनिक

काठमाडौँ,  त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि सुरु हुने शैक्षिकसत्रका लागि ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरेको छ । त्रिविले यसै शैक्षिकसत्रका लागि स्नातक तह वार्षिक परीक्षा र सेमेष्टर प्रणाली तथा स्नातकोत्तर तह सेमेष्टर प्रणालीको ‘शैक्षिक क्यालेण्डर’ मङ्गलबार सार्वजनिक गरेको हो ।   त्रिविका शिक्षाध्यक्ष प्रा डा खड्ग केसीले...

‘नेपालमा बर्सेनि ५० हजार बढीलाई मस्तिष्कघात’

काठमाडौँ,  नेपालमा प्रत्येक वर्ष मस्तिष्कघातका कारण ५० हजारभन्दा बढी मानिस प्रभावित हुने गरेको पाइएको छ । नेपाल पक्षघात सङ्घले गरेको अध्ययनमा प्रत्येक वर्ष नेपालमा मस्तिष्कघातका कारण ५० हजारदेखि ६० हजार मानिस प्रभावित हुने गरेका हुन् । नेपाल पक्षघात सङ्घका निवर्तमान अध्यक्ष एवम् ग्राण्डी अन्तरराष्ट्रिय...

धनगढीमा यु–१९ महिला एक दिवसीय क्रिकेट प्रतियोगिता हुँदै

बैतडी, कैलालीको धनगढीमा प्रथम यु–१९ महिला एक दिवसीय क्रिकेट सिरिज–२०८२ को तयारी थालिएको छ । चटकपुर स्पोट्स क्लबको आयोजनामा प्रतियोगिता यही कात्तिक २० गतेदेखि सुरु हुनेछ । सुदूरपश्चिमका नौ वटै जिल्लाका खेलाडीको प्रतिनिधित्व हुने गरि चार टोली बनाइएको आयोजक चटकपुर स्पोट्स क्लबका सचिव लोकराज...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९