अनलाइन टिभीलाई नयाँ मूलधारको मिडियाका रूपमा स्थापित गर्नुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ,  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन टेलिभिजनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले आज मन्त्रालयमा ती सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूसँग अन्तरक्रिया गरेको छ । मन्त्रालयले पहिलो पटक अनलाइन टिभीका प्रतिनिधिहरूसँग छलफल गरी राय सुझाव लिएको हो ।

 

ती सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूले चौथो पुस्ताको पत्रकारितालाई सुदृढ र सशक्त बनाउनुपर्ने, पेसागत व्यावसायिकता, विश्वसनियता, गुणस्तर र जिम्मेवार बनाउनुपर्नेमा जोड दिनुभएको छ । छलफलका क्रममा उहाँहरूले अनलाइन टिभीलाई मूलधारको मिडियाका रूपमा मान्यता दिई राज्यकोतर्फबाट लोककल्याणकारी विज्ञापनलगायत अन्य सहुलियतका लागि पहल गरिदिन मन्त्रालयलाई आग्रह गर्नुभयो ।

 

सञ्चारमन्त्री खरेलले अनलाइन टिभीलाई नयाँ मूलधारको मिडियाको रूपमा स्थापित गर्न पहल गरिने विश्वास व्यक्त गर्नुभयो । उहाँले अनलाइन टिभीको भूमिका अबको सूचनाको मुख्य माध्यमका रूपमा विस्तार भइरहेको भन्दै सरकारले अनलाइन सञ्चारमाध्यमलाई जिम्मेवार, व्यवस्थित र सशक्त बनाइने विश्वास व्यक्त गर्नुभयो । सञ्चारमन्त्री खरेलले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण प्रक्रिया सूचना विभागमार्फत नै हुनेगरी व्यवस्था मिलाइएको जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठकबाट अनलाइन दर्ता र नवीकरणसम्बन्धी नियमावली पारित भई केही दिनमै राजपत्रमा प्रकाशित हुने जानकारी दिनुभयो ।

 

सञ्चारमन्त्री खरेलले सरकार नागरिक पत्रकारिता कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेमा संवेदनशील भएको र नयाँ मूलधारका माध्यमहरूले सरकारले प्राथमिकतामा राखेको फागुन २१ को निर्वाचनको पक्षमा सूचना सम्प्रेषण गरेर सहयोग गर्न आग्रह गर्नुभयो ।

‘सामाजिक सञ्चाल कहिल्यै बन्द हुँदैन’

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले सामाजिक सञ्जाल कहिल्यै पनि बन्द नहुने र बन्द नगरिने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले नयाँ मूलधारको मिडिया वा कुनै पनि सञ्चारमाध्यम बन्द हुन नहुने स्पष्ट पार्नुभयो । सञ्चारमन्त्री खरेलले भन्नुभयो, “म सञ्चारमन्त्रीको हैसियतले स्पष्ट पार्न चाहन्छु, सामाजिक सञ्जाल र नयाँ मूलधारको मिडिया कहिल्यै पनि बन्द हुनुहुँदैन र बन्द गरिदने छैन । कुनै पनि प्रकारका मिडिया बन्द गरिनु हुँदैन र त्यस्तो हुनेछैन ।”

मन्त्री खरेलले सामाजिक सञ्जाल व्यवस्थित र जिम्मेबार बनाउनुपर्छ र सबै जिम्मेवार बन्नुपर्छ भन्ने सरकारको धारणा रहेको स्पष्ट पार्नुभयो । उहाँले नयाँ मूलधारका मिडियाका प्रतिनिधिलाई तालिमका लागि मन्त्रालयले पहल गर्ने विश्वास व्यक्त गर्नुभयो । अन्तरक्रियामा अनलाइन टिभी सङ्घका अध्यक्ष जीवन भण्डारीले अनलाइन टिभीहरूलाई पनि सरकारले लोक–कल्याणकारी विज्ञापन दिनुपर्नेमा जोड दिनुभयो । उहाँले अनलाइन टिभीलाई व्यवस्थित गर्न सूचीकरण, पत्रकार प्रशिक्षण, डिजिटल साक्षरता अभियान तथा सामाजिक सुरक्षाका लागि पहल गरिदिन आग्रह गर्नुभयो ।

 

त्यस्तै लोकसञ्चारकर्मी सङ्घका अध्यक्ष चन्द्रमणि गौतमले लोकसञ्चारकर्मीहरूले सम्पूर्ण लोकका लागि पत्रकारिता गर्दै आएको र मुलुकको धार्मिक, सांस्कृतिक पर्यटनका लागि कलम चलाउँदै आएको जानकारी दिनुभयो । उहाँले डिजिटल सञ्चारको नियमन र प्रवद्र्धनमा प्रभावकारी काम गरिनुपर्नेमा जोड दिनुभयो । डिजिटल मिडिया अलाइन्सका उपाध्यक्ष मोनिका सिंहले अनलाइन मिडियालाई मूलधारका मिडियासरह सहुलियत र व्यवस्थित गर्न जरुरी भएको बताउनुभयो ।

 

अन्तरक्रियामा पत्रकारहरूले अनलाइन टिभीलाई प्राथमिकता दिएर सरोकारका विषयमा छलफल र सुझाव लिएकोमा सञ्चारमन्त्रीलाई धन्यवाद दिएका छन् । कार्यक्रममा अनलाइन टिभी पत्रकार सङ्घ र राष्ट्रिय लोकसञ्चारकर्मी सङ्घलगायत विभिन्न अनलाइन टिभीमा आवद्ध पत्रकारहरूको सहभागिता थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कुम्भिया टोल विकास संस्थाद्वारा वृहत सरसफाई अभियान

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ कुम्भियामा कुम्भिया टोल विकास संस्थाको आयोजनामा वृहत सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ। “सफा सहर, स्वच्छ गाउँ, सबै मिली फोहोर हटाऔँ” भन्ने नारासहित सञ्चालन गरिएको अभियानमा एक सयभन्दा बढी स्थानीय नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो।   सरसफाई कार्यक्रम...

पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना

पर्वत,  पर्वतमा मदन स्मृति पुस्तकालय सञ्चालनमा आएको छ । ३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा पुस्तकालय सञ्चालनमा ल्याइएको हो । पुस्तकालयको पूर्वमन्त्री तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य पदम गिरी र नेपाल कम्युनिष्ट पार्टी पर्वतका संस्थापक तोयानाथ चालिसेले विभिन्न विधाका पुस्तक हस्तान्तरण गरेर आज बिहान शुभारम्भ...

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ,   स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यमा घटेको छ । सुन तोलामा रु चार हजार ५०० र चाँदी रु ३३० ले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

चार दिनमा १६९ तीर्थालु भित्रिए

अदानचुली (हुम्ला),  वर्षायाम सुरु भएसँगै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको सङ्ख्या सिमकोटमा बाक्लिन थालेको छ ।सिजन सुरु भएपछि नेपालगन्जबाट हवाईमार्ग हुँदै जिल्ला सदरमुकाम सिमकोटबाट हिल्सा भएर चीनको मानसरोवर कैलाश पर्वतको दर्शन गर्न पर्यटक आउन सुरु भएको चार दिनमा मात्र १६९ जना...

किरणराज ढुङ्गाना र मिना जैशीद्वारा विवाहको अवसरमा १० लाखको बीमा योजना खरिद

कैलाली । पछिल्लो समय जन्मोत्सव, विवाह, वर्षगाँठ तथा अन्नप्राशनजस्ता विशेष अवसरहरूमा तडकभडकपूर्ण खर्च गर्ने प्रवृत्तिभन्दा भविष्य सुरक्षित गर्ने उद्देश्यले बीमा पोलिसी उपहार दिने संस्कार समाजमा विस्तारै बढ्दै गएको छ। यसले बचत गर्ने बानी, आर्थिक अनुशासन तथा सकारात्मक सोचको विकासमा महत्वपूर्ण भूमिका खेलेको सरोकारवालाहरू बताउँछन्।     यसैक्रममा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कुम्भिया टोल विकास संस्थाद्वारा वृहत सरसफाई अभियान

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ कुम्भियामा कुम्भिया टोल विकास संस्थाको आयोजनामा वृहत सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ। “सफा सहर, स्वच्छ गाउँ, सबै मिली फोहोर हटाऔँ” भन्ने नारासहित सञ्चालन गरिएको अभियानमा एक सयभन्दा बढी स्थानीय नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो।   सरसफाई कार्यक्रम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन

कैलाली। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन भएका छन्। समितिका सदस्यहरूमा योगेश बगालेमगर, दिलमाया थापामगर र कल्पना भण्डारी रहेका छन्।   त्यसैगरी, पदेन सदस्यमा नानी दमाई, शिक्षक प्रतिनिधिमा रमेशकुमार कठरिया तथा सदस्य सचिवमा मान...

चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने

नारायणगढ (चितवन),  जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जिपिएस जडान गर्नुपर्ने...

अमेरिकाविरुद्ध भुर्तेलद्वारा शतक प्रहार

कीर्तिपुर (काठमाडौँ),  नेपाली ओपनिङ ब्याटर कुशल भुर्तेलले शतकीय पारि खेलेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा आज भइरहेको आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु शृङ्खलामा उनले अमेरिकाविरुद्ध शतक प्रहार गरेका हुन । उनले अमेरिकी बलर मोहम्मद मोहशिनको बलमा एक रन लिँदै शतक पूरा...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९